आन्तरिक राजस्व विभाग (नेपाल)
आन्तरिक राजस्व विभाग | |
निकाय विवरण | |
---|---|
गठन | १९६० (कर विभाग) |
Preceding agency |
|
अधिकार क्षेत्र | ![]() |
प्रधान कार्यालय | लाजिम्पाट, काठमाडौँ, नेपाल |
मन्त्री | |
निकाय कार्यकारी |
|
भगिनी निकाय | अर्थ मन्त्रालय (नेपाल) |
वेबसाइट | www.ird.gov.np |
अनुसन्धानमा आधारित कर नीतिको तर्जुमा, करदाताको आवश्यकतामा आधारित चेतनामूलक करदाता शिक्षा, सूचना प्रविधिमा आधारित करदाता सेवा, वैज्ञानिक प्रक्षेपणमा आधारित कर राजस्वको लक्ष्य निर्धारण गरी आन्तरिक कर कानूनहरूको प्रभावकारी एवं कुशल कार्यान्वयन गर्ने उद्देश्यका साथ साविकको कर विभाग र मूल्य अभिबृद्धि कर विभागलाई एकीकृत गरी विक्रम सम्वत २०५८ साल बैशाख २ गते आन्तरिक राजस्व विभागको गठन भएको हो ।
आन्तरिक राजस्व विभागले वित्तीय नीति अन्तर्गत कर नीतिको महत्त्वपूर्ण उपकरण मानिएको प्रत्यक्ष कर आयकर तथा अप्रत्यक्ष कर मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क जस्ता आन्तरिक कर नीति निर्माण र ती कर नीतिको कार्यान्वयन र प्रशासन तथा अनुगमन गर्दछ ।
५९ वटा क्षेत्रगत कार्यालय ( ३८ आन्तरीक राजस्व कार्यालयहरु, १९ करदाता सेवा कार्यालयहरु , १ मध्यमस्तरीय करदाता कार्यालय र १ ठूला करदाता कार्यालयको माध्यमवाट सेवा प्रदान गर्दछ।
सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]
आन्तरिक राजस्व विभाग
लाजिम्पार्ट, काठमाण्डौ, नेपाल
टेलिफोन: + ९७७-१-४४१५८०२
फयाक्स: + ९७७-१-४४११७८८
आधिकारीक वेबसाईट[सम्पादन गर्नुहोस्]
- ↑ "Inland Revenue Department Nepal", अन्तिम पहुँच १० अक्टोबर २०१७।