युवराज खतिवडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सम्माननीय
डा. युवराज खतिवडा
Yubaraj Khatiwada.jpg
अर्थ मन्त्री
कार्यकाल
वि.सं. २०७६ फाल्गुन २१[१] – भाद्र १९, २०७७[२]
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीयुवराज खतिवडा
उतराधिकारीखड्गप्रसाद ओली
अर्थ मन्त्री
कार्यकाल
वि.सं. २०७४ फाल्गुन १४ – वि.सं. २०७६ फाल्गुन २०
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीखड्गप्रसाद ओली
पूर्वाधिकारीज्ञानेन्द्र बहादुर कार्की
उतराधिकारीयुवराज खतिवडा
नेपाल राष्ट्र बैङ्कको पन्ध्रौँ गभर्नर
कार्यकाल
२२ मार्च २०१० – १९ मार्च २०१५
पूर्वाधिकारीदिपेन्द्र बहादुर क्षेत्री
उतराधिकारीडा. चिरञ्जीवी नेपाल
व्यक्तिगत विवरण
जन्म१४ अगस्ट १९५६
राष्ट्रियतानेपाल नेपाली
निवासकाठमाण्डौं, नेपाल
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशाअर्थविद्

डा. युवराज खतिवडा (जन्म: वि.सं. ३० साउन २०१३) नेपाली अर्थविद् तथा नेपालका वर्तमान अर्थमन्त्री हुन्। यिनी नेपाल राष्ट्र बैङ्कको पन्ध्रौँ गभर्नर थिए।[३] उनले कोलम्बोमा यूएनडीपी रिजनल सेन्टरमा वरिष्ठ तीन वर्ष (असार २०६३) मा अर्थशास्त्रीको रूपमा सेवा र डा.युवराज खतिवडा वि.सं. २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएका थिए। यस अघि उनी नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागको प्रमुख (वि.सं. २०५५-२०५८), वि.सं. २०३८ मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र वि.सं. २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालयकाठमाडौँ विश्वविद्यालयमा एक अतिथि सङ्काय सदस्यको रूपमा कार्य गरेका थिए।

अध्ययन[सम्पादन गर्ने]

३० साउन वि.सं. २०१३ मा जन्मिएका खतिवडाले मेची क्याम्पस भद्रुपरबाट अर्थशास्त्र विषयमा स्नातकसम्मको अध्ययन गरेका थिए। उनले त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट वि.सं. ०३७ मा अर्थशास्त्रमा र वि.सं. ०४० मा जनप्रशासनमा स्नातकोत्तर गरेका थिए। खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट वि.सं. ०४७ मा वित्तीय अर्थशास्त्रमा विद्यावारिधी गरेका थिए।

जागिर[सम्पादन गर्ने]

सहायक अनुसन्धान अधिकृतका रूपमा वि.सं. ०३९ मा नेपाल राष्ट्र बैङ्कमा प्रवेश गरेका उनले त्यहाँ करिब २० वर्ष बिताएका थिए। खतिवडा वि.सं. ०५७ मा राष्ट्र बैङ्कको कार्यकारी निर्देशकमा बढुवा भएका थिए। राष्ट्र बैङ्कको अनुसन्धान विभाग प्रमुखका रूपमा करिब तीन वर्ष काम गरेपछि उनी वि.सं. ०५८ देखि २०६१ सम्म राष्ट्रिय योजना आयोगको सदस्य भएका थिए। उनले त्यसवेला पञ्चवर्षीय योजना तुर्जमामा महत्त्वपूर्ण योजना दिएका थिए।

उनले योजना आयोग छाडेपछि वि.सं. ०६२ देखि तीन वर्षसम्म युएनडिपीको क्षेत्रीय केन्द्र, कोलम्बोमा वरिष्ठ अर्थविद्का रूपमा काम गरेका थिए। त्यसपछि उनी नेपाल फर्किएका थिए। असार वि.सं. ०६६ मा उनलाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए। आयोगको उपाध्यक्षमा नौ महिना काम गरेर उनले राजीनामा गरेका थिए। [४]

राष्ट्र बैङ्कको गभर्नर[सम्पादन गर्ने]

९ चैत वि.सं. ०६६ मा उनी नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त भएका थिए। उनले राष्ट्र बैङ्कको गभर्नर हुँदा घरजग्गा र सेयर कारोबारलाई अनुत्पादक क्षेत्र भन्दै कडाई (के को?) गरेका थिए।

वि.सं. २०७२ मा पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए। उनले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षण, विकास र नियोजन सम्बन्धित मुद्दा तथा कार्यक्रमहरूको सेमिनारमा पनि सहभागिता जनाइसकेका छन्।

राष्ट्रिय सभा सदस्य[सम्पादन गर्ने]

अर्थमन्त्री[सम्पादन गर्ने]

उनी ओली मन्त्रिमण्डलका अर्थमन्त्री थिए। गोकुल बाँस्कोटाले प्रेस सेकुरिटीको घुस प्रकरणमा राजिनामा दिएपछि उनले सुचना तथा सञ्चार प्रविधि मन्त्रीको समेत काम गर्दै आएका छन्।

राष्ट्रिय सभा सदस्य पद वि.सं. २०७६ फाल्गुन २० मंगलबार मध्यरातिबाट स्वतः सकिने भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै उनले पुनर्नियुक्ति पाएका थिए। प्रधानमन्‍त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार पुन: अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो।[५]

भाद्र १९, २०७७ मा मन्त्री खतिवडाले शुक्रबार साँझ दिएको राजीनामा स्वीकृत गरेर दुवै मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्ने गरी प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभूषण[सम्पादन गर्ने]

डा.युवराज खतिवडाले वि.सं. २०५० मा महेन्द्र विद्या भूषण तथा वि.सं.२०५७ सुप्रबल गोर्खा दक्षिण बाहुबाट सम्मानित भएका थिए।

स्रोत[सम्पादन गर्ने]