नेपाल राष्ट्र बैंक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपालको केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंक
बैंकको लोगो
बैंकको लोगो
नेपालको केन्द्रीय बैंकको भवन
नेपालको केन्द्रीय बैंकको भवन
केन्द्रीय कार्यालयबालुवाटार, काठमाडौं
स्थापनावैशाख १४, २०१३
स्वामित्वनेपाल सरकार
गभर्नरमहाप्रसाद अधिकारी[१] [२]
केन्द्रीय बैंकनेपाल
मुद्रारुपैयाँ
रु. (आइएसओ ४२१७)
वेबसाइटhttp://www.nrb.org.np/
नेपाल राष्ट्र बैंक को भवन ललितानिवास


नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो। नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो। नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरूको मौद्रिक विनिमायक र प्रक्षेपण को रुपमा रहेको छ। तत्कालिन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ परिचालन गरी त्यसमा बैंकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण, विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ।[३]

उद्देश्य[सम्पादन गर्ने]

यसका उद्देश्य हुन् -

१. अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने।

२. बैंकिङ्ग तथा वित्तिय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने।

३. सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने।

४. बैंकिङ्ग तथा वित्तिय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने।

५. नेपाल अधिराज्यको समग्र बैंकिङ्ग तथा वित्तिय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने।

बैंकका गभर्नर[सम्पादन गर्ने]

नेपाल राष्ट्र बैंकमा एकजना गभर्नर र दुईजना डेपुटी गभर्नर रहन्छन्। गभर्नर नियुक्त हुनुपूर्व राजा त्रिभुवनका सबै मुद्राहरूको हस्ताक्षरी सदर मुलुकी खानाका प्रमुख खजाञ्चीले गर्दथे । उनीहरू यसप्रकार थिए;

१. जनक राज- पहिलो कागजी नोटको हस्ताक्षर

२. भरत राज

३. नरेन्द्र राज

हालसम्मका गभर्नरहरूको नाम तल दिइएको छ -

S.no गभर्नर कार्यकाल
हिमालय सम्शेर जबरा[४] April 26, 1956 – February 7, 1961
लक्ष्मीनाथ गौतम[४] February 8, 1961 – June 17,  1965
प्रद्युम्नलाल राजभण्डारी[४] June 18, 1965 – August 13, 1966
डा. भेष बहादुर थापा[४] August 14, 1966 – July 26, 1967
डा. यादव प्रसाद पन्त[४] April 24, 1968 – April 28, 1973
कुलशेखर शर्मा[४] April 29, 1973 – December 12,  1978
कल्याण विक्रम अधिकारी[४] June 13, 1979 – December 8,  1984
गणेश बहादुर थापा[४] March 25, 1985 – May 22, 1990
हरिशंकर त्रिपाठी[४] August 10, 1990 – January 17,  1995
१० सत्येन्द्र प्यारा श्रेष्ठ[४] January 18, 1995 – January 17,  2000
११ डा. तिलक बहादुर रावल[४] January 18, 2000 – January 17, 2005
१२ दिपेन्द्र पुरुष ढकाल[४] August 29, 2000 – April 27,  2001
* डा. तिलक बहादुर रावल
१३ विजयनाथ भट्टराई[४] January 31, 2005 – January 30, 2010
१५ दिपेन्द्र बहादुर क्षेत्री[४] January 15, 2009 – July 26, 2009
* विजयनाथ भट्टराई
१५ युवराज खतिवडा[४] March 22, 2010 – March 19, 2015
१६ डा. चिरञ्जीवी नेपाल[४] March 19, 2015 – April 6, 2020
१७ सिए महाप्रसाद अधिकारी[५][४] April 6, 2020 - present
  • मुद्धा चल्दा केही समय वर्खास्त भै पुनर्वहाली भएका गभर्नरहरू

नोट: कृष्ण बहादुर मानन्धर मुद्रामा हस्ताक्षर गर्ने कायम मुकायम गभर्नर थिए ।

बाह्य सूत्रहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]