यादव प्रसाद पन्त
स्वरूप
डा. यादव प्रसाद पन्त | |
|---|---|
डा. यादव प्रसाद पन्तको तस्विर | |
| नेपाल राष्ट्र बैङ्कका पाँचौं गभर्नर[१] | |
| कार्यकाल सन् २४ अप्रिल १९६८ – सन् २८ अप्रिल १९७३ | |
| पूर्वाधिकारी | भेष बहादुर थापा |
| उतराधिकारी | कुलशेखर शर्मा |
| नेपालको अर्थमन्त्री | |
| जापनको लागि नेपाली राजदूत | |
| वाणिज्य तथा जलश्रोत मन्त्री[२] | |
| कार्यकाल वि.सं. २०४० – ?? | |
| व्यक्तिगत विवरण | |
| मृत्यु | नोभेम्बर १४, २००७ |
| मातृ शिक्षाप्रतिष्ठान | वनारस हिन्दू विश्वविद्यालय |
| पेशा | गभर्नर, कूटनीतिज्ञ, मन्त्री |
| हस्ताक्षर | |
| Nickname | डा. यादव प्रसाद पन्त |
डा. यादव प्रसाद पन्त (जन्म ??- मृत्यु नोभेम्बर १४, २००७) नेपालका अर्थशास्त्री तथा अर्थविद् थिए। उनले आफ्ना लेखनहरूबाट नेपालको अर्थतन्त्रलाई विश्वसामु चिनाउन योगदान गरेका छन्। [३]
पन्तले जापानका लागि नेपाली राजदुत, नेपाल राष्ट्र बैङ्कका पाँचौं गभर्नर, वाणिज्य तथा जलश्रोत मन्त्री र अर्थमन्त्री लगाएतका पदमा रही काम गरेका थिए। उनी २०४० मा लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा जलश्रोत मन्त्री थिए।[२] पन्तले सन् २४ अप्रिल १९६८ देखि २८ अप्रिल १९७३ सम्म नेपाल राष्ट्र बैङ्कको गभर्नरको रूपमा काम गरेका थिए। [१] पन्तले वनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए।[३]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- 1 2 नेपाल राष्ट्रबैङ्कको आधिकारिक वेवसाइट "गभर्नरहरूको सूची", अन्तिम पहुँच १ अक्टोबर २०१५। अभिलेखिकरण ३ नोभेम्बर २०११ वेब्याक मेसिन
- 1 2 जलश्रोत मन्त्रालयको आधिकारिक वेवसाइट "तत्कालीन जलश्रोत मन्त्रालयका भूतपूर्व मन्त्रीहरु", अन्तिम पहुँच १ अक्टोबर २०१५। अभिलेखिकरण २ मार्च २०१० वेब्याक मेसिन
- 1 2 माई रिपब्लिका "Dr Yadav Prasad Pant: A true hero", अन्तिम पहुँच १ अक्टोबर २०१५। अभिलेखिकरण १ अक्टोबर २०१५ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]