चिरञ्जीवी नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा. चिरञ्जीवी नेपाल
नेपाल राष्ट्र बैङ्कको सोर्हौं गभर्नर
कार्यकाल
मार्च १९, २०१५[१] – २०७६ चैत्र २४[२]
पूर्वाधिकारीयुवराज खतिवडा
उतराधिकारीमहाप्रसाद अधिकारी
नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष
कार्यकाल
२०६४-०५-११ – २०६५-०८-११
पूर्वाधिकारीदीपक राज काफ्ले
उतराधिकारीसुरबिर पौड्यल

डा. चिरञ्जीवी नेपाल (जन्म: २०१९) नेपाल राष्ट्र बैङ्कको सोर्हौं गभर्नर हुन् ।[३] गभर्नरमा नियुक्ति पाएका डा. नेपाल यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा कार्यरत थिए ।[४]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

चिरञ्जीवी नेपालको जन्म पाल्पा जिल्लामा भएको हो भने उनले औपचारिक शिक्षा भने काठमाडौँमा लिएका हुन् ।

शिक्षा[सम्पादन गर्नुहोस्]

सन् १९९४ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रमअर्थतन्त्रको सम्बन्धमा विद्यावारिधि गरेका नेपाल २८ वर्षदेखि प्राध्यापन पेसामा छन् । उनले काठमाडौँ विश्वविद्यालयका भिजिटिङ प्रोफेसर भएर ६ वर्ष विताएका थिए । उनले त्यहाँ एमफिल र २३ जनालाई पिएचडिसमेत गराएका थिए । २२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन पनि गराए ।

संलग्नता[सम्पादन गर्नुहोस्]

  1. प्रधानमन्त्रीको आर्थिक सल्लाहकार
  2. अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार
  3. अर्थ शास्त्रीहरूको सङ्गठन नेपाल आर्थिक संघका उपाध्यक्ष
  4. उनी नेपाल उद्योग वाणिज्य महासङ्घनेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार
  5. आइटि पार्कको पहिलो प्रमुख
  6. औद्योगिक व्यवसाय विकास प्रतिस्ठानका कार्यकारी निर्देशक
  7. नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष
  8. विश्व बैङ्कको स्कुल सपोर्ट कार्यक्रमको संयोजक
  9. मिलेनियम च्यालेन्ज कोअपरेसनका प्रमुख अर्थशास्त्री
  10. २०३६ सालमा पाल्पा जिल्लामा नेविसंघको संस्थापक अध्यक्ष

कृती[सम्पादन गर्नुहोस्]

चिरञ्जीवी नेपालको 'बाल श्रम र आर्थिक असर' भन्ने पुस्तक अक्सफोर्ड पब्लिकेसनबाट प्रकाशन भएको छ ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]