सामग्रीमा जानुहोस्

नेपाल धितोपत्र बोर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल धितोपत्र बोर्ड
नेपाल धितोपत्र बोर्ड
निकाय विवरण
गठनवि. सं. २०५० जेष्ठ २५ गते
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयखुमलटार ललितपुर ठाकुर म्यान्सन
निकाय कार्यकारी
वेबसाइटsebon.gov.np

नेपाल धितोपत्र बोर्ड नेपालको धितोपत्र बजारको नियामक निकाय हो। यसको स्थापना वि.सं. २०५० जेष्ठ २५ मा धितोपत्र बजारको नियमनकारी निकायको रूपमा भएको हो।[] यसको सञ्चालन र काम कारबाही धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार हुन्छ ।

नेपाल धितोपत्र बोर्डको स्थापना भन्दा अगाडी शेयर निष्कासनको नियमन सेक्यूरिटिज खरिद बिक्री केन्द्रमार्फत हुन्थ्यो ।

वि.सं. २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० लाई प्रथम संशोधन गरी धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण गर्न नेपाल सरकारबाट २०५० जेष्ठ २५ मा यसको स्थापना भएको हो।

बोडको स्थापना कालमा धितोपत्र बजारको आकार अत्यन्त सानो थियो भने धितोपत्र सम्बन्धी ऐन, नियम तथा व्यवस्थाहरुसमेत पयार्प्त थिएनन्। धितोपत्र कारोबारको लागि आवश्यक बजार मध्यस्थ संस्थाहरूको प्रवेश नभएको तथा धितोपत्र विनिमय कारोबारसमेत व्यवस्थित हुन नसकेको पृष्ठभूमिमा बजारको समयसापेक्ष विकास तथा विस्तारका लागि बोर्ड सामु मुख्यतः दुई(२) प्रकारका चुनौतीहरु रहेका थिए। अपयार्प्त रूपमा रहेको कानूनी तथा नीतिगत व्यवस्थामा संरचनात्मक परिवतर्न ल्याउने र नयाँ कानूनी तथा नीतिगत व्यवस्था माफर्त् सानो आकारमा रहेको धितोपत्र बजारको अवस्थामा सुधार गरी बजारलाइ उपर्युक्त दिशा प्रदान गर्ने पहिलो चुनौती तथा जिम्मेवारी बोर्डलाई थियो भने स्थापनाकालको प्रारम्भमा दुई(२) टेलिफोन लाइन, तीन (३) थान कम्प्युटर र दुई महाशाखा अन्तर्गत छ (६) जना कमर्चारी मात्र रहेको अवस्थामा सीमित श्रोत र  साधनबाट पनि धितोपत्र बजार रेखदेख गर्ने सक्षम नियमन निकायको रूपमा स्थापित भको थियो। []

नेपालको पुँजी बजारमा हाल एकमात्र धितोपत्र विनिमय बजार (Stock Exchange) रहेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हाल नेपाली पुँजी बजारमा रहेका स्वपूँजी (Equity), ऋणपत्र (Debentures), सामूहिक लगानी योजना (Mutual Fund Schemes) हरूको दोश्रो बजारमा खरिद विक्रि गर्नका लागि बजारको सञ्चालन गर्दै आइरहेको छ ।

नेपालमा धितोपत्रसम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको "सेक्युरिटी  खरिद विक्री केन्द्र"लाई स्थापना भएको  करिब १७ वषर्पछि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा परिवर्तन गरी धितोपत्रको दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापन गर्ने छुट्टै दोस्रो बजारको व्यवस्था भयो ।

धितोपत्र बोर्डको सञ्चालक समितिमा ७ सदस्य हुन्छ, जसमा निम्न व्यक्तिहरू समावेश छन्:

  • अध्यक्ष – नेपाल सरकारले नियुक्त गरेको व्यक्ति
  • सदस्य – सह–सचिव, अर्थ मन्त्रालय
  • सदस्य – सह–सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
  • सदस्य – प्रतिनिधि, नेपाल राष्ट्र बैंक
  • सदस्य – प्रतिनिधि, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था
  • सदस्य – प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ
  • सदस्य – विज्ञहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना

काम, कर्तव्य र अधिकार

[सम्पादन गर्नुहोस्]
  • धितोपत्र सार्वजनिक रुपमा निष्काशन गर्न सक्ने गरी स्थापना भएको संगठित संस्थाको धितोपत्र दर्ता गर्ने ।
  • धितोपत्र सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरणपत्र स्वीकृत गर्ने ।
  • धितोपत्र बजार संचालन गर्न चाहने संगठित संस्थालाई धितोपत्र बजार संचालन गर्न अनुमति दिने ।
  • धितोपत्र बजार तथा धितोपत्र व्यवसायीका काम कारबाहीको नियमन गर्ने ।
  • धितोपत्र व्यवसाय संचालन गर्न चाहने कम्पनी वा संस्थालाई धितोपत्र व्यवसाय संचालन गर्न अनुमतिपत्र दिने ।
  • सामूहिक लगानी कोष संचालन गर्न स्वीकृति दिने ।
  • वस्तु विनिमय बजार तथा कवस्तु कारोबारको विकाससँग सम्बन्धित विषयमा नेपाल सरकारलाई रायसुझावदिने ।
  • वस्तु विनिमय बजारको विकासको लागि दीर्घकालीन तथा अल्पकालीन योजना तथा नीति स्वीकृत गर्ने ।
  • वस्तु विनिमय बजार सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन गर्ने ।
  • वस्तु विनिमय बजारमा कारोबार गर्न सकिने वस्तु तथा वस्तु करारको दर्ता गर्ने ।
  • कुनै वस्तु सूचीकरण गराउन वा सूचीकरणबाट हटाउन वा कुनै कारोबार रोक्का गर्न सम्बन्धित वस्तु विनिमय बजारलाई निर्देशन दिने ।

Former Chairman[]

सि.नं. अध्यक्षको नाम देखी सम्म
१. डम्बर प्रसाद ढुङ्गेल २०५०-०२-२५ २०६०-०५-१४
२. दीपक राज काफ्ले २०६०-०५-१५ २०६४-०५-१०
३. डा. चिरञ्जीवी नेपाल २०६४-०५-११ २०६५-०८-११
४ . सुरबिर पौड्यल् २०६५-०९-०९ २०६८-०५-१०
५ . बाबु राम श्रेष्ठ २०६८-०६-३० २०७२-०६-२९
६ . डा. रेवत बहादुर कार्की २०७२-०७-०१ २०७६-०६-३०
७. भिष्मराज ढुंगाना २०७६-०९-२३ २०७८-०६-१९
८. रमेश हमाल २०७८-११-०८ २०८०-०९-२०
९. सन्तोषनारायण श्रेष्ठ २०८१-०८-१० २०८३-०१-०४
१०. डा. गोपाल प्रसाद भट्ट २०८३-०३-०५

यो पनि हेर्नु होस्

[सम्पादन गर्नुहोस्]
  1. धितोपत्र अध्यादेश २०६२
  2. नेपाल धितोपत्र बोर्ड रजत जयन्ती वर्ष स्मारिका २०७५
  3. "Former Chairman", नेपाल धितोपत्र बोर्ड