मुद्रा बजार
स्वरूप
समयको आधारमा एक वर्ष भन्दा कम समयावधिको लागि निष्कासन गरिने तथा खरिद-बिक्री गरिने प्रतिभूतिहरूको कारोबारमा संलग्न बजारलाई मुद्रा बजार भनिन्छ । ती वित्तीय बजारहरू , जसले अल्पकालीन कोषको प्रवाहमा मद्दत गर्दछन त्यसलाई मुद्रा बजार भनिन्छ। धितोहरूको उच्च तरलताको कारण लगानी गर्न मुद्रा बजारलाई सुरक्षित ठाउँ मानिन्छ। मुद्रा बजार एक अनियमित र अनौपचारिक बजार हो र पूँजी बजार जस्तो संरचनात्मक हुँदैन, जहाँ चीजहरू औपचारिक रूपमा व्यवस्थित हुन्छन्। मुद्रा बजारले लगानी कर्ताहरूलाई कम प्रतिफल दिन्छ तर विभिन्न उत्पादनहरू प्रदान गर्दछ। [१]
मुद्रा बजारमा खरिद-बिक्री गरिने प्रतिभूतिहरू
[सम्पादन गर्नुहोस्]मुख्य प्रतिभूतिहरू
[सम्पादन गर्नुहोस्]- कुनै पनि देशको सरकार वा केन्द्रिय बैङ्कहरूले निष्कासन गर्ने ट्रेजरी बिल जसको परिपक्व अवधि ६० दिन, ९० दिन, १८० दिन र बढीमा १ वर्ष हुन्छ ।
- आयात-निर्यात तथा वैदेशिक व्यापारमा सहयोग गर्ने उद्देश्यले व्यावसायिक संघटनलाई बाणिज्य बैङ्कहरूले प्रदान गर्ने जमानत अर्थात बैङ्क स्वीकृति पत्र जसको परिपक्व अवधि प्रायः १८० दिनको हुन्छ।
- छोटो अवधिको अल्पकालिन ऋण प्राप्त गर्ने उद्देश्यले व्यावसायिक संघटनहरूले निष्कासन गर्ने वाणिज्य पत्र
- ठूला-ठूला लगानीकर्ताहरूलाई वाणिज्य बैङ्क र वित्तीय संस्थाहरूले निष्कासन गर्ने निक्षेप प्रमाणपत्र
- ट्रेजरी बिल, वाणिज्यपत्र , बचतपत्र आदि जस्ता अल्पकालीन प्रतिभूतिमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको पारस्परिक कोष , जसलाई मुद्रा बजार पारपरिक कोष (म्युचल फण्ड) पनि भनिन्छ ।
- वाणिज्य बैङ्क , वित्तीय संस्थाहरू र ऋण सहकारी संस्थाहरूबाट प्रदान गरिने उपभोक्ता साख कर्जा र अन्य अल्पकालीन ऋणहरू
मुद्रा बजारमा खरिद-बिक्री हुने प्रतिभूतिहरू तरल र बजारयोग्य हुने भएकाले तुरुन्त खरिद-बिक्रि गर्न सकिन्छ । यस प्रकारका प्रतिभूतिहरूमा त्रुटी जोखिम र प्रतिफल दुवै कम हुन्छ ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Definition of 'Money Market'" ['मुद्रा बजार' को परिभाषा], अन्तिम पहुँच १४ मार्च, २०२०।