मिलेनियम च्यालेन्ज कर्पोरेसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिलेनियम च्यालेन्ज कर्पोरेसन
Millennium Challenge Corporation
Seal
लोगो
निकाय विवरण
गठनजनवरी २००४
प्रधान कार्यालयवासिङ्टन, डी.सी.
कर्मचारीहरू~३०० (२०११)
वार्षिक बजेट$८०करोड (आर्थिक वर्ष २०१८)[१]
निकाय कार्यकारी
  • Agency Head
वेबसाइटwww.mcc.gov
Partner countries as of May 2011. Countries in green have active compacts; countries in orange have active threshold compacts.

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विश्वव्यापी गरिबीसँग जुध्न विभिन्न मुलुकहरूमा आर्थिक अनुदान उपलब्ध गराउने अमेरिकाको वैदेशिक सहायता एजेन्सी हो ।

अमेरिकी कंग्रेसले सन् २००४ जनवरीमा एमसीसी पारित गरेको थियो ।

आर्थिक वृद्धि प्रबर्द्धन, गरिबी न्यूनीकरण र संस्थाहरूको सुदृढीकरणका लागि निश्चित समयका लागि एमसीसीले अनुदान सहयोग गर्छ ।

एमसीसीले विश्वभर ‘कम्प्याक्ट एन्ड थ्रेसहोल्ड’ कार्यक्रम अन्तर्गत कृषि, सुशासन, शिक्षा, ऊर्जा, उद्यमशीलता विकास, स्वास्थ्य, भूमिसुधार, यातायात पूर्वाधार, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा १३ बिलियन अमेरिकी डलरभन्दा बढी सहयोग दिइसकेको छ ।

एमसीसीको सञ्चालक समितिमा अमेरिकी विदेशमन्त्री अध्यक्ष हुन्छन् । अमेरिकी अर्थमन्त्री, युएसएआईडीका प्रशासक, अमेरिकी व्यापार प्रतिनिधि, एमसीसीका प्रमुख कार्यकारी र निजी क्षेत्रबाट चारजना यसमा सदस्य रहन्छन् ।

राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

कम्प्याक्ट देशहरू थ्रेसहोल्ड देशहरू
 आर्मेनिया  अल्बानिया
 बेनिन  बुर्किना फासो
 बुर्किना फासो  गुयाना
 केप भर्ड  जोर्डन
 एल साल्भादोर  इन्डोनेसिया
 जर्जिया (देश)  केन्या
 घाना  किर्गिस्तान
 होन्डुरस  लाईबेरिया
 इन्डोनेसिया  मलावी
 जोर्डन  मल्दोभा
 Lesotho  नाइजर
 माडागास्कर  पाराग्वे
 मलावी  पेरू
 माली  फिलिपिन्स
 मल्दोभा  रुवान्डा
 मङ्गोलिया
 मोरक्को
 मोजाम्बिक
 नामिबिया  साओ तोमे र प्रिन्सिपी
 निकाराग्वा  तान्जनिया
 फिलिपिन्स  पूर्वी टिमोर
 सेनेगल  युगान्डा
 श्रीलङ्का  तान्जनिया  युक्रेन
 भानुअटु  जाम्विया

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "FY 2019 Congressional Budget Justification - Department of State, Foreign Operations, and Related Programs", U.S. Department of State, फेब्रुअरी १२, २०१८, मूलबाट फेब्रुअरी १२, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २४, २०१८