सेक्युरिटी प्रेस प्रकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एल्वियन प्रिन्टिङ प्रेस

सेक्युरिटी प्रेस प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण वा सेक्युरिटी प्रेस खरिद प्रकरण नेपालको एक कमिसनसँग सम्बन्धित मन्त्रीस्तरीय भ्रष्टाचारको प्रकरण हो । यस कमिसन प्रकरणमा तत्कालीन नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले स्वीस कम्पनीका नेपाली प्रतिनिधि विजयप्रकाश मिश्रसँग सेक्युरिटी प्रेस खरिदमा घुस मागेको अडियो बुधवार १९ फेब्रुअरी २०२० मा सार्वजनिक भएको थियो । उक्त संवादका अनुसार मन्त्री बाँस्कोटा र सम्बन्धित पक्षलाई ("हामी" भनिएको) कमिसनमा ने.रु. ५५ करोड (ने.रु. ७०-७५ करोडको ७०%) आउने निष्कर्ष निस्किएको थियो । विजय मिश्रका अनुसार उक्त संवाद डेढ वर्ष पुरानो हो । उक्त संवादमा मन्त्री बाँस्कोटाले मन्त्रालयका निजामती कर्मचारीहरूलाई अपशब्द पनि प्रयोग गरेका थिए ।[१][२] मन्त्री बाँस्कोटाले अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए ।[३][४] प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्री बाँस्कोटा निर्दोष भएको र घुस प्रकरण सावित नभएको भनी रक्षण गरेका थिए । प्रम ओलीले मन्त्री बाँस्कोटाको राजीनामा नैतिक दवाब भएको तथा उक्त अडियो टेपको बोली मन्त्री बाँस्कोटाको नभएको दावी गरेका थिए ।[५] मन्त्री बाँस्कोटाले विजय मिश्र लाई मानहानीको मुद्दा पनि दायर गरेका थिए ।[६]

स्रोत[सम्पादन गर्नुहोस्]

हेर्नुहोला[सम्पादन गर्नुहोस्]