खड्गप्रसाद ओली
सम्माननीय खड्गप्रसाद ओली | |
---|---|
![]() | |
४१ औँ [[नेपालको ४१औँ प्रधानमन्त्री]] | |
पद बहाली २०७४ फाल्गुन ३ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
पूर्वाधिकारी | शेरबहादुर देउवा |
कार्यकाल १२ अक्टोबर २०१५ – ४ अगस्ट २०१६ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
पूर्वाधिकारी | सुशील कोइराला |
उतराधिकारी | पुष्पकमल दाहाल |
नेपालको उपप्रधानमन्त्री | |
कार्यकाल २०६४ – २०६५ | |
शासक | राजा ज्ञानेन्द्र |
नेपालको गृहमन्त्री | |
कार्यकाल २०५१ – २०५२ | |
शासक | राजा वीरेन्द्र |
व्यक्तिगत विवरण | |
जन्म | इवागाऊँ तेह्रथुम, नेपाल | २२ फेब्रुअरी १९५२
राजनीतिक पार्टी | नेकपा |
जीवन साथी(हरू) | राधिका शाक्य |
खड्गप्रसाद शर्मा ओली (जन्म: विसं २००८ साल फागुन ११, प्रख्यात नाम: केपी ओली) नेपालका राजनीतिज्ञ तथा वर्तमान (४१ औं) प्रधानमन्त्री हुन् ।[१] राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भएका हुन्[२]। यस अघि २०७२ मा यिनी पहिलो पटक प्रधानमन्त्री[३][४] बनेका थिए। यिनी नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै विसं २०७२ असोज २४ गते नेपालको ३८ औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन्। [५]
पारिवारिक जीवनी
खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए।।[६] ओली तत्कालिन नेकपा (माले) को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए। ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७बाट पराजित भए। विसं २०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य[६] भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन्। हाल उनी नेकपा (एमाले)को संसदीय दलका नेता पनि हुन्। झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण भए। उनी भाषण गर्दा उखान-टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन्। ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।
राजनौतिक जीवन यात्रा
![]() | यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
प्रथम कार्यकाल
![]() | यो अनुभाग रित्तो छ। यसलाई बढाउन यहाँ क्लिक गर्नुहोस्। |
दोस्रो कार्यकाल
यो पनि हेर्नुहोस्
पार्टी राजनीतिक कार्यालय | ||
---|---|---|
अघिल्लो झलनाथ खनाल |
नेकपा एमालेको अध्यक्ष २०१४-वर्तमान |
बहालवाला |
राजनीतिक कार्यालय | ||
अघिल्लो सुशील कोइराला |
नेपालको प्रधानमन्त्री २०१५-२०१६ |
पछिल्लो पुष्प कमल दाहाल |
अघिल्लो शेरबहादुर देउवा |
नेपालको प्रधानमन्त्री २०१८-वर्तमान |
पछिल्लो बहालवाला |
![]() |
विकिमिडिया कमन्समा खड्ग प्रसाद ओली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
विकिकथनमा खड्गप्रसाद ओली का सम्बन्धित भनाइहरू उपलब्ध छन् । |
![]() |
विकिपुस्तक परियोजनामा अझ बढी सामग्रीहरू रहेका छन् : खड्गप्रसाद ओली |
ग्यालरी
सन्दर्भ सामग्रीहरू
- ↑ "केपी ओली", प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालय, अन्तिम पहुँच १५ फेब्रुअरी २०१८।
- ↑ "एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त...", कान्तिपुर, अन्तिम पहुँच १५ फेब्रुअरी २०१८।
- ↑ "ओली प्रधानमन्त्री भएपछि जन्मघरमा खुशीयाली", इकान्तिपुर, अन्तिम पहुँच ११ अक्टोबर २०१५।
- ↑ "नयाँ प्रधानमन्त्रीमा केपी ओली निर्वाचित", बिबिसी नेपाल, अन्तिम पहुँच ११ अक्टोबर २०१५।
- ↑ "यस्तो छ ओलीको जीवनचित्रः गरिब पृष्ठभूमी र कम पढेका प्रधानमन्त्री", Setopati.com, अन्तिम पहुँच १४ अक्टोबर २०१५।
- ↑ ६.० ६.१ उज्यालो अनलाइन:संविधान सभा चुनाव २०७० "खड्गप्रसाद ओली", अन्तिम पहुँच ९ अक्टोबर २०१५।
बाह्य कडीहरू
- विस्तार गर्नुपर्ने लेखहरू
- विस्तार गर्नुपर्ने सबै लेखहरू
- रित्तो भागहरू सहितका लेखहरू
- रित्तो भागहरू सहितका सबै लेखहरू
- सानो सन्देश बाकसहरूको प्रयोग भएका लेखहरू
- नेपालका प्रधानमन्त्रीहरू
- जीवनी
- नेपाली राजनीतिज्ञहरू
- नेपाल कम्युनिष्ट पार्टीका राजनीतिज्ञहरू
- पूर्वमन्त्री
- जीवित नेपालीहरू
- नेपालका मन्त्रीहरू
- नेपालका परराष्ट्रमन्त्रीहरू
- नेपालका अर्थमन्त्रीहरू
- नेपालका उप-प्रधानमन्त्रीहरू
- सन् १९५२ मा जन्म