प्रवेशिका परीक्षा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

प्रवेशिका परीक्षा School Leaving Certificate Examination (SLC) नेपालको [१]विद्यालयस्तरको अन्तिम परीक्षा हो । दशम कक्षा उतीर्ण गर्ने विद्यार्थीहरूले प्रवेशिका परीक्षा दिन पाउँछन् । यो परीक्षाको सञ्चालन तथा परीक्षाफल सम्बन्धि सम्पूर्ण प्रकृया नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा विभाग अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दछ । बि.स. १९९० देखी सुरु भएको प्रवेशिका परिक्षा (एस.एल.सी.) तात्कालिन समयमा नेपालको शैक्षिक क्षेत्रको महत्वपुर्ण सफलता थियो ।

इतिहास[सम्पादन गर्ने]

नेपालका प्रथम राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणा बेलायतलगायत आसपासका मुलुकहरूको ऐतिहासिक भ्रमण सम्पन्न गरी संवत् १९०७मा स्वदेश फर्केपछि आफ्ना सन्ततीहरूलाई अङ्ग्रेजी भाषामा शिक्षा दिन र सामर्थवान् बनाउन वि.सं. १९१० असोज २४ गते आफ्नै निवास थापाथली दरबारस्थित दाखचोकको भुईंतल्लामा अङ्ग्रेजी प्रारम्भिक स्कूलको स्थापना गरेका थिए। बेलायतबाट नेपाल फर्केपछि जंगबहादुरको विचारधारामा केही परिवर्तन भएको देखिन्थ्यो। बेलायती नागरिकहरूका चेतना र चिन्तन, विज्ञान र विकास एवम् स्तर र शिक्षाप्रतिको गहिरो छाप श्री ३ जंगबहादुर राणामा पनि परेको थियो। यसै सन्दर्भमा नेपालको पहिलो र ऐतिहासिक गौरव बोकेको शिक्षण संस्था दरबार हाइस्कूलले डेढ सय वर्ष पूरा गरिसकेको छ। राणाकालमा दरबारभित्रबाटै प्रारम्भ दरबार स्कूल संवत् १९३४ सालमा दरबार हाइस्कूलमा परिणत भयो भने १९४२ देखि सर्वसाधारण नेपालीहरूका लागि पनि अध्ययन प्रवेश खुला गरियो।

ऐतिहासिक दरबार हाइस्कूलले वि.सं. १९३६ देखि कलकत्ता विश्वविद्यालय र १९८० देखि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो भने १९९० कार्तिक १६ गते नेपालमा पहिलोपटक एस.एल.सी. परीक्षा बोर्डको गठन भयो। त्यसपूर्व परीक्षा दिन छात्रछात्राहरू कलकत्ता र पटना विश्वविद्यालयमा जानु पर्दथ्यो नेपालमै परीक्षा बोर्ड गठन भई परीक्षा दिन पाउने प्रबन्ध भए पनि परीक्षासम्बन्धी सबै प्रक्रिया नेपाल सरकारका लागि पटना विश्वविद्यालयले नै गर्दथ्यो। उक्त परीक्षाको सञ्चालनसमेत पटना विश्वविद्यालयबाट खटिआएका सुपरिटेण्डेण्टहरूले गर्थे भने प्रश्नपत्रहरूसमेत लिएर काठमाडौं आउँथे। सुपरिटेण्डेण्टलाई नेपाल सरकारको पाहुना मानेर परीक्षा कायम रहुञ्जेल त्रिपुरेश्वरमा राखिन्थ्यो। परीक्षा सकिएपछि सबै उत्तरपुस्तिका पोको पारेर उनीहरू पटना जान्थे। यसरी पटना विश्वविद्यालयको मातहतमा सञ्चालन हुँदै आएको एस.एस.सी. परीक्षाको अन्त्य २००३ सालमा नेपाल सरकारद्वारा सञ्चालन गर्ने व्यवस्था भएपछि भयो। तसर्थ, नेपालमा एस.एल.सी. परीक्षा गठन भएपछि पहिलोपटक १९९० साल पुस अन्तिम सातादेखि परीक्षा भएको थियो। तत्काल परीक्षा केन्द्र दरबार हाइस्कूलदेखि दक्षिणपट्टीको भवनमा थियो। परीक्षा आधाआधी हुँदा संवत् १९९० साल माघ २ गतेका दिन विनाशकारी महा भूकम्प गयो, जसका कारण केही दिन परीक्षा स्थगित गर्नुपर्‍यो।

भूकम्पका कारण दुई वर्ष दरबार हाइस्कूलको पढाइ त्रि-चन्द्र कलेजमा चल्यो। पहिलोपटक कुल ३४ परीक्षार्थी सहभागी रहेको उक्त परीक्षामा कोही पनि प्रथम श्रेणीमा उत्तीर्ण भएनन्। यीमध्ये १० जना द्वितीय श्रेणी र नौजना तृतीय श्रेणीमा उत्तीर्ण भए भने १४ जना असफल र एकजना अनुपस्थित भएको देखिन्छ। द्वितीय श्रेणीमा उत्तीर्ण भएका १० जनामध्ये सर्वाधिक अङ्क भक्तपुरका पुष्पभक्त मल्लले प्राप्त गरेका थिए। परीक्षार्थीमध्ये एकजना छात्रा सविनाकुमारी देवीले परीक्षा फर्म भरे पनि उनी परीक्षामा अनुपस्थित रहिन्। कुल आठसय पूर्णाङ्क रहेको उक्त परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा ३६ नम्बर ल्याउनुपरथ्यो। अधिराज्यमै सर्वप्रथम संस्थापित हुनु दरबार हाइस्कूलको विशेषता मात्र होइन परन्तु देशको शैक्षिक, बौद्धिक र प्राज्ञिक इतिहासमा समेत अग्रणी स्थान छ। देशकै शैक्षिकस्तर र उपलब्धिको प्रसङ्ग उठाउने हो भने दरबार हाइस्कूलले आफ्नो समयको योगदान सङ्ख्यात्मक र गुणात्मक क्षमतामा श्रेयपूर्ण स्थान ओगटेको छ। नेपालमा एस.एल.सी. परीक्षा प्रारम्भ भएको समयताको देशमा दरबार हाइस्कूलहरू पाटन हाइस्कूल स्थापना भइसकेका भए पनि १९९० देखि २००४ सालसम्म बोर्डफस्ट हुने सौभाग्य दरबार हाइस्कूलका छात्रले कायम राखेका थिए भने २०३१ देखि २०३९ सम्म तेस्रोदेखि दशौं स्थानसम्म बोर्डमा ६ पटक प्रतिनिधित्व गरेका थिए। बोर्डमा सर्वप्रथम हुने विद्यार्थीहरूको नाम घोषणा गर्ने परम्परा १९९० सालदेखि चल्दै आएको हो।

परिक्षा केन्द्र[सम्पादन गर्ने]

नेपाललाई राजनैतिक हिसाबले ५ बिकास क्षेत्र र ७५ जिल्लामा विभाजित गरिएको छ र सम्पूर्ण क्षेत्रमा बिधार्थीको चाप अनुसार परिक्षा केन्द्र राख्ने गरिएको छ । परिक्षा सबै क्षेत्रमा समयमै संचालित हुने गर्दछ ।

नतिजा[सम्पादन गर्ने]

प्रवेशिका परिक्षा दिएको मिती देखि तीन महिना भित्र परीक्षा नियन्त्रण कार्यालयले यस परिक्षाको परिक्षाफल प्रकाशित गरें गर्दछ । बिधार्थीको अंकको आधारमा तीनलाई निम्न श्रेणीमा छुट्याउने गरिन्छ :-

  • विशिष्ट श्रेणी - ८०% वा सो भन्दा माथि
  • प्रथम श्रेणी - ६०% वा सो भन्दा माथि
  • दोश्रो श्रेणी - ४५% वा सो भन्दा माथि
  • तेश्रो श्रेणी - ३२% वा सो भन्दा माथि
  • अनुतिर्ण-३२% भन्दा मुनी

परिक्षा उतिर्ण गर्न निम्न मापदण्ड भएता पनि ग्रामिण भेगमा बसोबास गर्ने तथा सरकारी बिद्यालयमा पठन पाठन गर्ने बिधार्थीहरू अझै पनि उतिर्ण गर्न कठिनाइ हुने गरेको पाइएको छ । परिक्षा प्रणाली अनुसारको पठन पाठन भएतापनि हालका दिनमा उतिर्णांक प्रतिसत घट्दै गरेको पाइएको छ ।

प्रवेशिका नतिजा[सम्पादन गर्ने]

बि.स.१९९० देखि बि.स.२०४४ सम्म [२][सम्पादन गर्ने]

बर्ष जम्मा परीक्षार्थी जम्मा उतिर्ण उतिर्णांक प्रतिसत बोर्ड प्रथम
१९९० ३३ १९ ५७.५८% पुष्पभक्त मल्ल
१९९१ २६ १५ ५७.६९% गोपाल प्रसाद रिमाल
१९९२ ३५ २४ ६८.५७% यदुनाथ खनाल
१९९३ ३६ २२ ६१.११% श्याम कृष्ण गौतम
१९९४ ५० ३६ ७२.००% चन्द्रदेव ओझा
१९९५ ५५ २९ ५२.७३% तिर्थ प्रसाद प्रधान
१९९६ ५५ ३५ ६३.६४% भारत बहादुर प्रधान
१९९७ ४१ २९ ७०.७३% भुवन लाल प्रधान
१९९८ ५४ ४२ ७७.७८% रुनुलाल सिंह सुवाल
१९९९ ८४ ५५ ६५.४८% तिर्थ बहादुर प्रधान
२००० १३३ ७८ ५८.६५% ज्ञानमनी आचार्य दिक्षित
२००१ १४१ ८९ ६३.१२% विष्णु प्रसाद धिताल
२००२ २२७ १४३ ६३.००% रन्जनराज शर्मा खनाल
२००३ १८७ ११७ ६२.५७% उपेन्द्रमान मल्ल
२००४ २२२ १०५ ४७.३०% भवानी शंकर राजबंशी
२००५ २४३ ९२ ३७.८६% दामोदर फुंयाल
२००६ २५९ १०८ ४१.७०% शईद मोहन शाह
२००७ ८० ५३ ६६.२५% नन्द कृष्ण अग्रवाल
२००८ ७८५ १९५ ४५.१४% महावीर प्रसाद अग्रवाल
२००९ ७८५ २९५ ३७.५८% बाबु लाल अग्रवाल
२०१० ११५१ ४२१ ३६.५८% पुरुषोत्तम नारायण श्रेष्ठ
२०११ १३२६ ४२३ ३१.९०% पदम लाल श्रेष्ठ
२०१२ १६४१ ५८१ ३५.४१% राम बाबु शर्मा
२०१३ १७६८ ८३८ ४७.४०% अनान्दमान सिंह अमात्य
२०१४ २३३८ ९७१ ४१.५३% दिव्यरत्न शाक्य
२०१५ २३९५ १०९४ ४५.६८% प्रकाश चन्द्र जोशी
२०१६ २७०० ११०८ ४१.०४% शिव प्रसाद अधिकारी
२०१७ ३५७१ ११८४ ३३.१६% रमेश शर्मा भट्ट
२०१८ ३८९६ १३०४ ३३.४७% प्रचण्ड जङ्ग शाह
२०१९ ३६१६ ६७७ १८.७२% रमेशानन्द भैद्य
२०२० ४१३७ १६५५ ४०.००% दिपक बज्राचार्य
२०२१ ४८३३ २५५९ ५२.९५% भेषराज कंडेल
२०२२ ६११९ ३०३१ ४९.५३% नरेन्द्रनाथ शर्मा
२०२३ ९२१८ ३६२४ ३९.३१% प्रकाश मानन्धर
२०२४ १२१३४ ५८७१ ४८.३८% डम्बर बहादुर नेपाली
२०२५ १५५९५ ८२९४ ५३.१८% भक्त बहादुर आले
२०२६ १७२११ ५२७९ ३०.६७% बाबुराम भट्टराई
२०२७ १७१९२ ५१५७ ३०.००% आङ्गरिता शेर्पा
२०२८ ३३ १९ ५७.५८% द्रोण प्रसाद रसाइली
२०२९ १६२०२ ५९२९ ३६.५९% राजेन्द्र कुमार काबरा
२०३० २१२८६ ७८१३ ३६.७०% प्रमोद राज पोखरेल
२०३१ २७७२९ ११२५० ४०.५७% किशोर थापा
२०३२ ३३ १९ ५७.५८% राम चन्द्र शर्मा
२०३३ ३५१८९ १०९३९ ३१.०९% बलराम पाण्डे
२०३४ ४१००८ १३९६१ ३४.०४% अनिल बहादुर मानन्धर
२०३५ ४८४४३ १३५११ २७.८९% विजय कृष्ण श्रेष्ठ/शतिश बजाज
२०३६ ६३९८९ १८७८९ २९.३६% उत्तम कृष्ण श्रेष्ठ
२०३७ ७२८१९ १५६०८ २१.४३% द्वारिका प्रसाद श्रेष्ठ
२०३८ ७९९६८ १३३३७ १६.६८% अच्युत बाबु तिवारी
२०३९ ८०८८६ १६४३४ २०.३२% लुना भट्ट (पहिलो महिला बोर्ड प्रथम)
२०४० १००००१ २३८२४ २३.८२% निशा धौबाधेल
२०४१ ९९८६२ २९५४६ २९.५९% शम्भु शरण शाह
२०४२ ६३६८९ १५११९ २३.७४% रन्जन लाल प्रधान
२०४३ ४९३५१ १७२०१ ३४.८५% दिप कुमार सिंह
२०४४ ५०४९५ १८४०२ ३६.४४% प्रमोद आचार्य

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]