गोपाल प्रसाद रिमाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(गोपालप्रसाद रिमाल बाट पठाईएको)
Jump to navigation Jump to search
गोपाल प्रसाद रिमाल
गोपाल प्रसाद रिमाल
जन्म१९७५
लगनटोल, काठमाडौं, नेपाल
मृत्युवि.सं. २०३० कार्तिक ८
वासस्थानकाठमाडौं, नेपाल
पेशासाहित्यकार
सन्तानमनोहर प्रसाद रिमाल (छोरा)
मातापिताउमाकान्त रिमाल

गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौंको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको "आमाको सपना" कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.सं.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । छन्दमा लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेखेको हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै जस कमाउनेमा उनी पनि एक हुन् ।[१][२]

जीवनी[सम्पादन गर्ने]

बाल्यकाल[सम्पादन गर्ने]

रिमालको जन्म वि.सं. १९७४ जेठ १८ गते लगनटोल, काठमाडौंमा भएको थियो। उनको बुवाको नाम उमाकान्त रिमाल हो।

शिक्षा[सम्पादन गर्ने]

उनी वि.सं १९९१ सालको प्रवेशिका परिक्षाको बोर्ड प्रथम हुन । उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरे ।

साहित्यिक यात्रा[सम्पादन गर्ने]

रिमालको प्रकाशित रचना वि.सं. १९९२मा शारदामा "प्रति" शीर्षकको कवितालाई मानिन्छ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

निधन[सम्पादन गर्ने]

उनको निधन वि.सं. २०३० कार्तिक ८ गते काठमाडौंमा भएको थियो।

कृतिहरू[सम्पादन गर्ने]

१) मसान (नाटक, वि.सं. २००३)
२) यो प्रेम (नाटक,लेखन २००२, प्रकाशन वि.सं. २०१५)
३) आमाको सपना (कविता सङ्ग्रह २०१९)
उनको मसान समकालिन साहित्यमा चर्चित नाटक हो। आमाको सपना कवितासंग्रह लगायतका उनका विभिन्न कृतिहरू प्रकाशित छन्। चर्चित नेपाली गीत " रातो रगत र चन्द्र सूर्य जंगी निशान हाम्रो " यिनैले लेखेका हुन्।

पुरस्कार, मान-सम्मान, पदक[सम्पादन गर्ने]

१) वि.सं. २०१९ को मदन पुरस्कार आमाको सपना का लागि प्राप्त[३]
२) वि.सं. २०३० मा 'त्रिभुवन पुरस्कार' प्राप्त

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाण्डौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान
  2. [१]
  3. मदन पुरस्कार गुठी