मनु ब्राजाकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनु ब्राजाकी
जन्मवि.सं. १९९९ साउन १९
महोत्तरी औरही
पेशालेखक
राष्ट्रियतानेपाली
विधाकथा, साहित्यकार, गजल
उल्लेखनीय पुरस्कारहरूमैनाली कथा पुरस्कार, साझा पुरस्कार, गङ्गालक्ष्मी पुरस्कार, महाकवि देवकोटा पुरस्कार

मनु ब्राजाकी (वि.सं. १९९९ - २०७४ माघ १९) एक साहित्यकार हुन्। उनको साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हो भने खास नाम 'चेतमानसिंह भण्डारी' हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७० सालमा पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो । गजलका तीन कृति ‘गजलगङ्गा’, ‘काँडाका फूलहरू’ र ‘के हेरेको ए जिन्दगी’ तथा कथाकृतिहरू ‘अवमूल्यन’, ‘आकाशको फल’, ‘तिम्रीस्वास्नी र म’, ‘भविष्ययात्रा’, ‘पारदर्शी मान्छे’ ‘अन्नपूर्णाको भोज’ उनका प्रकाशित कृतिहरू हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानले २०६० सालमा प्रकाशनार्थ लिएको उनको ‘आमालाई बेच्नुहुँदैन लाटा’ कथासङ्ग्रहको पाण्डुलिपि हराइदिएको थियो । त्यो एकेडेमीबाट कसले गायब पार्यो ? अझै पत्तो लाग्न सकेको छैन ।

 "गजल"
कहाँसम्म पुगिएला यसैगरी खोच्याएर
छोट्ट्याउँनु पर्ला बाटो पुग्ने ठाउँ सच्याएर ।

आवारा झैं भएपछि डुलुवा यो मन बोकी
आकाशलाई ओढेको छु धर्तीलाई ओछ्याएर ।

फाँट बेंसी गाउँघरमा छँदा कति ठुलो थिएँ
धेरैमाथी पुगें क्यारे आफूलाई होच्याएर ।

मन चोर्ने बोल्या छैन, धन चोर्ने चाँही आज
साधु बनी बसेको छ कोकोहोलो मच्चाएर ।

ईश्वरसँग हिँड्यौ भने स्वर्ग पक्कै पुग्छौ होला
घर पुग्नु परे हिँड मनुलाई पछ्याएर ।

गजल

जीवनी[सम्पादन गर्नुहोस्]

मनुको जन्म वि.सं. १९९९ साउन १९ गते महोत्तरी जिल्लाको औरहीमा भएको हो। वि.स. २०३८ देखि उनका साहित्यिक कृति प्रकाशित छन् । उनको ७५ वर्षको उमेरमा वि.सं. २०७४ माघ १९ गते शुक्रवार बिहान पाटन अस्पतालमा निधन भयो । मस्तिष्क शिरोघात भएपछि उनको उपचार भइरहेको थियो । नेपाली साहित्यमा उनले कथा र गजल विधामा कलम चलाएका छन् । [१]

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनको पहिलो रचना वि.सं. २०१९ मा 'अञ्चल सन्देश'मा कथा प्रकाशित भएको थियो । मनुका प्रकाशित मौलिक कृतिहरू

class="wikitable "

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भहरु[सम्पादन गर्नुहोस्]

  1. रहेनन् साहित्यकार मनु ब्राजाकी -थाहाखबर डटकम

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]