हरिवंश आचार्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हरिवंश आचार्य
तस्वीर उपलब्ध छैन
जन्मवि.सं. २०१४ कार्तिक २७
गैरीधारामा, नेपाल
राष्ट्रियतानेपाली
पेशानायक, हाँस्य व्यंग्यकार,गायक
धर्मदुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य
जीवनसाथीमीरा आचार्य
वेबसाइटOfficial Site of Maha

हरिवंश आचार्य (वि.सं. २०१५) एक अभिनेता हुन्। उनी सबै भन्दा बढि सफल नेपाली हाँस्य कलाकारहरू मध्येमा पर्छन्। यिनी अभिनय तथा गायनमा धेरै कुशल छन्। उनी "मह जोडी" नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी मदन कृष्ण श्रेष्ठ हुन्।

जीवनी[सम्पादन गर्ने]

हरिवंश आचार्य एक ब्राह्मण परिवारमा जन्मिएका थिए। उनको जन्म वि.सं. २०१४ कार्तिक २७ गते (सन् १९५८ अक्टोबर ९) काठमाडौंको गैरीधारामा भएको हो। उनका पिताका नाम होमञ्जय आचार्य र माताको नाम गणेशकुमारी हो।

उनका बाबुले ५३ वर्षको हुँदा १३ वर्षकी बालिकासँग विवाह गरे। बुवा ७३ वर्षको हुँदा उनी जन्मेका हुन्। बुवा पण्डित भएकाले उनलाई पनि संस्कृत पढाएर पण्डित बनाउन चाहन्थे। पण्डित नै विद्वान् हुन् भन्ने मान्यता थियो। उनी ६ वर्षको हुँदा बुवाको निधन भयो। बुवाकै इच्छाअनुसार उनलाई आमाले ठमेलस्थित वेद वेदाङ्ग विद्यालयमा भर्ना गरिदिनुभयो। ठमेल ४ वर्ष धाएपछि उनी दरबार हाइस्कुलमा पढ्न थाले। त्यहाँ पनि संस्कृत नै पढे।

उनका साथीहरू अङ्ग्रेजी स्कुल जान्थे। उनलाई पनि अङ्ग्रेजी पढ्ने रहर थियो। टुपी पाल्नुपर्थ्यो। उनलाई भने टुप्पी नराख्न र बङ्गाली कट कपाल काट्न मन लाग्थ्यो। सधैं टोपी लगाएर हिँड्नुपर्थ्यो। सबै कुरा उनका इच्छाअनुसार थिएनन्। घरमा गोलभेडा, लसुन र प्याज खानु हुन्न भन्ने मान्यता थियो।

बिहान भात खानुअघि चण्डीको किताब पूरै पढ्नुपर्थ्यो। किताब मोटो थियो। फुच्चे केटाका निम्ति त्यो कठिन थियो। उगले एक एक गर्दै बीचका पाना च्यात्दै गए। किताब निकै पातलो भयो। पछि त आमाले थाहा पाउनुभयो। सजाय दिनुभयो।

उनी ११ वर्षको भएपछि आमा पनि बित्नुभयो। उनका दिदीहरूमा विन्दु अधिकारी, जानुदेवी अर्याल, सप्तरूपा शर्मा, गीता ढकाल र गायत्री भूर्तेल हुनुहुन्थ्यो। उनी र विन्दु दिदीको उमेर डेढ वर्षमात्र फरक थियो। दिदी जानुदेवी पनि उनकी सहयोगी हुनुभयो। साहिँली सानिमा कमलालक्ष्मी ढकालले धेरै भरथेग गर्नुभयो। हेरविचार गर्नुभयो।

आमाको निधनपछि उनी बढी स्वतन्त्र भएँ। अङ्ग्रेजी पढ्ने इच्छा पूरा हुने भो जस्तो लाग्यो। उनी पद्मोदय स्कुलमा कक्षा ५मा पढ्न थाले। आफैं गएर भर्ना भए। वर्षभरिको 'फी' पनि पसलमा बाँकी राखेजस्तो राख्न मिल्थ्यो। उनले उधारोमा पढे। पास भए। स्कुल नै छाडे। शान्ति विद्यागृह गए। सरहरूले के-के सोधेर कक्षा ६मा पढ्न मिल्छ भने। त्यहाँ पनि 'फी' नतिरी उधारोमा पढे। कक्षा ६मा पास भए। कक्षा ७ देखि पद्मोदयमा नै पढे। २०३२ सालमा पद्मोदयबाट एसएलसी दिए। २०३५मा थर्ड डिभिजनमा पास भए।

आमा बितेपछि अलि अप्ठ्यारोमा पर्दै गएका थिए। गैरीधारामा सगोलको घर थियो। बेचे। उनी त्यसबेला १७/१८ वर्षको थिए। एकजनाले मलाई जग्गा/घर दिन्छु भनेर ५९ हजार रूपैयाँ लग्यो। उसले केही दिएन। मुद्दा लाग्यो। उनी र विन्दु दिदी भने त्यही झगडियाका घर नक्सालमा गएर बस्न थाले। एघार वर्ष मुद्दा धाए। बुवाआमा नभएको ठिटोलाई हेपेको बल्ल उगले थाहा पाए। हरिवंशको पुर्ख्यौली थलो काभ्रेपलाञ्चोकको शंखु हो। त्यहाँ उनीहरूको जग्गा थियो। अहिले पनि छ। घरवारविहीन भए पनि त्यहीँको चामल, गहुँ ल्याएर खाए।

उनले एसएलसी दिएपछि पद्मोदयका साथी सुशीलका बुवा लक्ष्मीप्रसाद अधिकारीले मलाई जागीर दिलाईदिनुभयो। उनी रत्नराज्य स्कुलमा एकाउन्टेन्ट भए। महिनाको १ सय ३५ रूपैयाँ तलब पाउन थाले। यो २०३२को कुरा हो। विन्दु दिदी टंगाल स्कुलमा पढाउनुहुन्थ्यो। उनको तलब १ सय ७५ रूपैयाँ थियो। उनीचाहिँ घर खर्च भनेर १ सय रूपैयाँ दिदीलाई दिन्थे। ३५ रूपैयाँ आफैं खर्च गर्थे। रत्नराज्यमा एक वर्ष काम गरे। दिउँसो रत्नराज्यमा काम गरेर साँझ भैरवबहादुर थापाको भैरव नृत्य दलमा पुग्थे। उनलाई पनि नृत्य गर्ने इच्छा थियो। उक्त दलमा जैनेन्द्र लामा, खेलबहादुर लामा र कृष्णबहादुर लामा थिए। उनीहरूले नाच्न लानुभयो। म साह्रै दुब्लो थिए। नाच्न सुहाउँदैन भनेर उनलाई झाँक्री नृत्यमा बिरामी र पद्मसम्भव नृत्यमा लाभा फुक्ने काम दिइयो। त्यहाँ पैसा पाइँदैनथ्यो। दलमा काम गर्न पाउनु नै ठूलो कुरा थियो।

नक्साल बस्दा नाटककार जितेन्द्र महत 'अभिलाषी' सधैं नक्सालमा हिँड्थे। उनलाई भेटेर नाटकमा खेलाउन आग्रह गरे। उनले नाचघर लानुभयो। त्यहाँ हरिले नाटक खेल्न थाले। त्यहाँ उनलाई तलब १ सय ७५ रूपैयाँ दिन थालियो। नाचघरमा जान थालेपछि भैरव दल छाडे। नाचघरमा राजारानी र राजपरिवारका सदस्य नाटक हेर्न आउँथे। नाचघरमा मैले 'अमरसिंह' नाटकमा गोली लागेको अभिनय गरे। राजाका सचिव नारायणप्रसाद श्रेष्ठले नाचघरका मुख्य प्रबन्धक इन्द्रप्रसाद काफ्लेलाई, 'यो केटोको हो ? निकै राम्रो अभिनय गर्दो रहेछ,' भन्नुभएछ। मुख्य प्रबन्धक काफ्लेले उनको तलबमा एक सय थपिदिए। त्यसपछि 'हाम्रो पनि कथा छ' भन्ने नाटकमा हाँस्यपात्र बने। उनको अभिनय रानी ऐश्वर्यलाई खुब हाँस उठेछ। यो देखेर मुख्य प्रबन्धक काफ्लेले मेरो तलबमा फेरि एक सय थपिदिनुभयो। तलब ३ सय ७५ पुग्यो।

विवाह[सम्पादन गर्ने]

उनको विवाह बिक्रम संवत २०४० मा मीरा आचार्य सँग विवाह गरे। उनको परिवारको कुरा गर्दा, उनका दुई छोराहरू त्रिलोक आचार्य र मोहित आचार्य छन्। हरिवंश कि श्रीमती[१] मीरा आचार्य २०११ अप्रिल २०मा ह्रृदयघातबाट मृत्यु भयो। उनी लामो समय देखि हृदय रोगबाट पिडित थिइन। उनले वि.सं. २०६९ असारमा रमिला पाठकसँग दोस्रो बिहे गरे। [२]

मह जोडीको जन्म[सम्पादन गर्ने]

उनले गाइजात्रा महोत्सवमा वि.सं. २०३४ मा भाग लिए, जसको कारणले उनको प्रसिद्धि बढ्यो। मदन कृष्ण श्रेष्ठको साथ प्रदर्शन र 'महजोडी' को एक हिस्सा बन्नु भन्दा, उनले ६ वर्षको लिगी मनोरंजन अकेला क्षेत्र में संघर्ष गरेको थियो।

हरिवंश आचार्यले चलचित्र पनि खेलेका छन्। लोभिपापी, फिलिम, राजामति, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस नी बद्री उनका लोकप्रिय फिलिमहरू मध्ये केही हुन् जुन नेपाली फिलिम उद्योगमा निकै नै लोकप्रिय थिए। उनको लाल पुर्जा, पन्द्र गते, भकुण्डे भूत, हरि बहादुर र मदन बहादुर, ५०/५०,दशैंको च्याङ्ग्रा इत्यादीको सीरीज निकै नै उल्लेखनीय कमेडी श्रृंखला हरू मध्ये केही हुन् जसलाई अझै पनि नेपाली हरू द्वारा मन पराइन्छन्।

छायांकन[सम्पादन गर्ने]

  • लोभि पापी
  • फिलिम
  • राजामति
  • बलिदान
  • जे भो राम्रै भो
  • तँ त सार्है नै बिग्रिस नि बद्री
  • शत्रु गते

उनि नेपाल टेलिभिजनको शुरुआती दिनहरूमा सक्रिय रूपले प्रसस्त रूपमा हास्य सृंखलाहरूमा जोडिएका थिए। यी मध्ये उल्लेख गर्नको लागि केही सफल हास्य कृतिहरू तल छन् :

  • लाल पुर्जा
  • १५ गते
  • भकुण्डे भूत
  • हरि बहादुर र मदन बहादुरको श्रृंखला
  • ५०/५०
  • दशैं

उपन्यास[सम्पादन गर्ने]

  • चिना हराएको मान्छे
  • हरिबहादुर

पुरस्कार[सम्पादन गर्ने]

श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देशविदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेबापत मदन कृष्ण श्रेष्ठसँग वि.सं. २०४६ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो।

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]