केदारमान व्यथित
Kedar Man Vyathit | |
---|---|
Young Kedar Man Vyathit | |
मूल नाम | केदारमान व्यथित |
जन्म | Kedar Man Shrestha Oct/Nov 1914(Kartik 1971 BS) Bansbari, Sindhupalchok, Bagmati |
मृत्यु | १० सेप्टेम्बर १९९८ TU Teaching Hospital, Maharajgunj, Kathmandu | (उमेर ८३–८४)
साहित्यिक नाम | Vyathit |
पेशा |
|
भाषा |
|
राष्ट्रियता | Nepali |
शिक्षा | 3औँ grade |
अवधि | अन्दाजी 1946–अन्दाजी 1983 |
उल्लेखनीय पुरस्कारहरू | Vednidhi Puraskar 1989-90 Jyotirmaya Trisaktipatta– First class year unknown Jagadambashri Puraskar year unknown Gorkha Dakshinbahu– First class year unknown |
सक्रिय अवधि | अन्दाजी 1939–1998 |
जीवनसाथी | Jyotsana Pradhan (अन्दाजी 1932–unknown) |
बच्चाहरू | 10 (6 sons, 4 daughters) |
अभिभावकहरू |
|
Founding secretary of Nepali Citizens Rights Committee | |
कार्यकाल अन्दाजी 1940 CE – unknown | |
Minister of Transport and Communications | |
कार्यकाल 1962–unknown | |
एकाधिपति | राजा महेन्द्र |
नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति | |
कार्यकाल unknown–unknown | |
पूर्वाधिकारी | राजा महेन्द्र |
Minister of Home Affairs | |
कार्यकाल अन्दाजी 1979–unknown | |
एकाधिपति | Birendra |
Founding secretary of Nepali Literature Institute | |
कार्यकाल 1962 – अन्दाजी 1964 | |
President of Nepali Literature Institute | |
कार्यकाल अन्दाजी 1964–unknown | |
केदारमान व्यथित (वि. सं. १९७१- वि. सं. २०५५) नेपालका चर्चित साहित्यकार हुन्। यिनी नेपालका पूर्वमन्त्री पनि हुन्। यिनी वि. सं. २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि वि. सं. २०१९ चैत २० गते गठीत तुल्सी गिरीको मन्त्रीमण्डलमा मन्त्री भएका थिए।
जन्म तथा प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]केदारमानको जन्म बाबु सूर्यमान श्रेष्ठ र आमा पद्मकुमारीका पुत्रका रूपमा बाँसबारी, बाहुनेपाटि, सिन्धुपाल्चोकमा वि. सं. १९७१ साल कात्तिक महिनामा भएको हो। उनको निधन वि. सं. २०५५ साल भाद्र २५ गतेका दिन भयो। व्यथितले जम्मा तीन कक्षा पास गरे । उनले स्वाध्यायनबाट शिक्षा लिएका थिए। उनको विवाह चक्रसुन्दर प्रधान र शिवमाया प्रधानकी छोरी ज्योत्स्ना प्रधानसँग भयो ।[१]
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनले बढी संख्यामा कविता लेखे। उनका प्रकाशित कृतिहरूः
- संगम (कवितासङ्ग्रह, वि.सं. २००३)
- प्रणव (कवितासङ्ग्रह, वि.सं. २००३)
- २००९ सालको कविता (कवितासङ्ग्रह, वि.स. २००९)
- एक दिन (कवितासङ्ग्रह, वि.स. २०११)
- त्रिवेणी (कवितासङ्ग्रह, वि.सं २०१५)
- संचयिता (कवितासङ्ग्रह)
- जुनेली (कवितासङ्ग्रह, वि.सं. २०१९)
- सप्तर्ण (कवितासङ्ग्रह, वि.सं. २०२८)
- नारी-रस माधुर्य आलोक (कवितासङ्ग्रह, वि.सं. २०२५)
- आवाज (कवितासङ्ग्रह, वि.सं. २०३१)
- बदलिरहने बादलका आकृति (कविता सङ्ग्रह, वि.सं. २०३३)
- मेरो सपनामा हाम्रो देश र हामी (कविता सङ्ग्रह, वि.सं. २०३४)
- मेरी प्रियसी प्रजातान्त्रिक स्वतन्त्रता (काव्य, वि.सं. २०३६)
- रस त्रिफला (कवितासङ्ग्रह, वि.सं. २०३८
- अग्नि श्रृङ्गार (मुक्तकसंग्रह, वि.सं. २०३९)
- फेरि अर्को एउटा कुरुक्षेत्र (कवितासङ्ग्रह)
- प्रतिक्षा (नेवारी कवितास्रंगह)
- दिवस चित्र (नेवारी कवितासङ्ग्रह)
- स्वविं प्याः गुम्ये (नेवारी कवितासङ्ग्रह)
- छ्वास (नेवारी कवितासङ्ग्रह)
- हमारा देश हमारा स्वप्न (हिन्दी कवितासङ्ग्रह)
- त्रयी (हिन्दी कवितासङ्ग्रह)
- अग्नि श्रृंगार (हिन्दी कवितासङ्ग्रह)
- सेलेक्टेड पोयम्स् (अङ्ग्रेजी कवितासङ्ग्रह)
संलग्नता
[सम्पादन गर्नुहोस्]नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति (बि.सं. २०२६-२०३१),
[सम्पादन गर्नुहोस्]राजा महेन्द्रले आफूले लिएको नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिको पद गद्दी राजा महेन्द्रले केदारमान व्यथितलाई दिए । साहित्यिक राजाको गद्धीमा बस्ने व्यथित पहिलो जनताका छोरा थिए। [२] राजा महेन्द्रले केदारमान व्यथितलाई कुर्सी खाली गरिदिनु कहाँ सोच्न सक्ने कुरा थियो त ! [३]
व्यथितले पदभार ग्रहण गरेपछि प्रज्ञाको कार्यशैलीले अर्कै गति लियो । उनी नयाँ सोच र शैलीका साथ आएका रहेछन् । राजालाई मनाएर पहिले त्यहाँको विधान नै संशोधन गरिदिए । हुँदै नभएको आठवटा सहायक प्राज्ञको नयाँ पद सिर्जना गरे । त्यसमा भटाभट नयाँ प्राज्ञहरू नियुक्ति गरे । उनीहरू थिए कृष्णचन्द्रसिंह प्रधान, विजय मल्ल, पोषण पाण्डे, प्रा. चूडामणि भट्टराई, रत्नध्वज जोशी, जनकविकेशरी धर्मराज थापा, श्यामदास वैष्णव र सत्यमोहन जोशी । [३]
नेपाल साहित्यकार संसदका सदस्य,
[सम्पादन गर्नुहोस्]नेपाली साहित्य संस्थानका सचिव
[सम्पादन गर्नुहोस्]साहित्य परिषद्का अध्यक्ष,
[सम्पादन गर्नुहोस्]काव्य प्रतिष्ठानका सदस्य,
[सम्पादन गर्नुहोस्]पुरस्कार
[सम्पादन गर्नुहोस्]उत्कृष्ट काव्य-कृति र विभिन्न संस्थागत माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति आधा शताब्दीभन्दा बढी समयदेखि अनवरत रूपमा सृजनशील र क्रियाशील रही नेपाली भाषा र साहित्यको प्रतिष्ठा बढाएबापत उनलाई वि. सं. २०४८को जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। यसबाहेक उनलाई वि.स.२०४६को वेदनिधि पुरस्कार, ज्योर्तिमय त्रिशक्ति पट्ट प्रथम, नेपाल एवं भारतमा अभिनन्दन गरिएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ प्रसाई, नरेन्द्रराज (पुस ४, २०७०), "राजाको गद्दीमा बस्ने पहिलो नेपाली केदारमान व्यथित", साहित्य संसार (नेपालीमा), साहित्य संसार, अन्तिम पहुँच साउन ११, २०७९। একের অধিক
|accessdate=
र|access-date=
উল্লেখ করা হয়েছে (सहायता) - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;ap
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ ३.० ३.१ जोशी, सत्यमोहन (२०७६ बैशाख २८), "https://jhannaya.nayapatrikadaily.com/news-details/214/2019-05-11", झन् नयाँ, नयाँ पत्रिका, अन्तिम पहुँच साउन ११, २०७९। একের অধিক
|accessdate=
र|access-date=
উল্লেখ করা হয়েছে (सहायता)