श्यामदास वैष्णव
श्यामदास वैष्णव |
---|
श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाको सहयोगी रहेका थिए । श्यामदास वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रियजन मात्र नभएर गणेश नै मानिन्थे । देवकोटा मुखले भन्थे वैष्णवले लेखिदिन्थे ।उनका कृति प्रेसमा लानुअघि वैष्णवले नै साफी गर्थे । त्यसपछि देवकोटाको फेरि अर्को कृति तयार हुन्थ्यो ।
जन्म प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]श्यामदास वैष्णवको जन्म वि.स. १९८१, श्रावणमा ज्ञानेश्वर, मैतीक्षेत्र, काठमाडौमा भएको थियो ।
शिक्षा - नेपाली मध्यम,
विधा - कविता/नाथक, अन्य
उनको पहिलो रचना - "शारदा" मा "सूर्य" शीर्षकको कविता प्रकाशित भएको थियो ।
उनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको सहयोगी समेत रहेका थिए ।
देवकोटाले नेपाली भाषानुवाद परिषद्मा जागिर पाएपछि उनले श्यामदास वैष्णवलाई आफ्नो कारिन्दा बनाएर त्यहीँ लगे । त्यहाँ उनले वैष्णवलाई पण्डितको दर्जा दिलाए । त्यस बेला देवकोटा मासिक सत्तरी रुपियाँ तलब खान्थे र वैष्णव पन्ध्र रुपियाँ खान्थे ।
मुख्य कृति
[सम्पादन गर्नुहोस्]- रातको आँसु-गीति कविता
- पतकर-कविता सङ्ग्रह
- अन्तरध्वनि-कविता सङ्ग्रह
- उपहार-कविता सङ्ग्रह
- केही लघु नाटक
- केही गीति नाटक
- नयाँ लहर - साझा प्रकाशन
सम्पादित, अनूदित र फुटकर कृति
[सम्पादन गर्नुहोस्]विभिन्न पत्रपत्रिकाहरूमा कविता, गीत, लेख, निबन्ध आदि प्रकाशित
पुरस्कार मान-सम्मान पदक
[सम्पादन गर्नुहोस्]- वि.स. २०४५ मा "महेन्द्र प्रज्ञा पुरस्कार"
- गोरखा दक्षिण बाहु
- कवितामा विश्व निकेतनबाट स्वर्ण पदक प्राप्त
- समय-समयमा नगद पुरस्कार प्राप्त
- हरिहर शास्त्री सावित्रि देवी साहित्यिक पुरस्कार प्राप्त