कृष्णप्रकाश श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णप्रकाश श्रेष्ठ
व्यक्तिगत विवरण
जन्मइ.स. १९३८
चुनीखेल, काठमाडौं, नेपाल अधिराज्य
मृत्यु२९ मार्च २०२१
राष्ट्रियतानेपाली
जीवन साथीइरिना श्रेष्ठ
सन्तान(हरू)२ (जान्न श्रेष्ठ र मरिना श्रेष्ठ)

कृष्णप्रकाश श्रेष्ठ नेपाली साहित्यिक श्रस्टा हुन् ।

शिक्षा[सम्पादन गर्नुहोस्]

बैतडी पाठशाला (वि.सं. २००० - २००४), श्री सरस्वती देवसिंह हाईस्कूल, पिथौरागढ, भारत (सन् २००५–२००८), शान्ति विद्या गृह, काठमाडौं (वि.सं. २००९–२०१०), विश्व निकेतन, काठमाडौं (वि.सं. २०११), प्रवेशिका परीक्षा (काठमाडौं, सन् १९५५), बी.ए. (पटना विश्वविद्यालय, भारत, सन् १९५९), एम.ए. (पत्रकारिता, मास्को राजकीय विश्व विद्यालय, रुस, सन् १९६६), नेपाली साहित्यालोचनात्मक चिन्तनको विषयमा विद्यावारिधिको लागि अनुसंधान कार्य (सोभियत विज्ञान एकेडेमीअन्तर्गत प्राच्यविद्या संस्थान, मास्को, रुस), नेपाली साहित्य र संस्कृतिको अनुसंधानमा संलग्न (भारतवर्ष अनुसन्धान केन्द्र, प्राच्यविद्या संस्थान, रूस विज्ञान प्रज्ञाप्रतिष्ठान, मास्को) ।

प्रथम कृति[सम्पादन गर्नुहोस्]

उषा–अनिरुद्ध मिलन (नाटक), मञ्चन (वि.सं. २०१३), नेवारीमा अनुवाद प्रकाशन (सन् २०१७)।

पेशा[सम्पादन गर्नुहोस्]

पत्रकार, अनुवादक, लेखक, शोधकर्ता ।

संप्रति[सम्पादन गर्नुहोस्]

रेडियो मास्कोको नेपाली सेवाको संचालक, उद्घोषक र अनुवादक (सन् १९६३ अक्टोवरदेखि सन् २००६ अक्टोबरसम्म), मास्कोका प्रगति प्रकाशन र रादुगा प्रकाशनबाट नेपालीमा प्रकाशित कृतिहरुको अनुवादक (सन् १९८०—१९९०), नेपाली छात्रसंघ सोभियत संघको मुखपत्र ‘किरण’ पत्रिकाको संस्थापक–सम्पादक (सन् १९६१), रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघको मुखपत्र ‘सार्थवाह’ को सम्पादक (ई.सं. १९९९), नेपाली नारी निकुञ्ज, रूसको मुखपत्र ‘नारीदृष्टि’ को सम्पादक (सन् २००३), हिमाल प्रकाशन गुठीको संस्थापक, रूस नेपालविद्या केन्द्रको संयोजक, रसियाली विज्ञान प्रज्ञाप्रतिष्ठानको मातहतमा रहेको प्राच्यविद्या संस्थानअन्तर्गत भारतवर्ष अध्ययन केन्द्रमा वैज्ञानिक कार्यकर्ता (सन् १९९९ जूनदेखि) ।

साहित्यिक गतिविधि[सम्पादन गर्नुहोस्]

नेपाली छात्र संघ, सोभियत संघको मुखपत्र ‘किरण’ पत्रिकाको संस्थापक–सम्पादक (सन् १९६१–१९६६), विश्वसाहित्य अनुवाद संस्थान, मास्कोको संस्थापक र प्रधान सम्पादक (सन् १९६९–१९८०), हिमाल प्रकाशन गुठीको संस्थापक (सन् १९९३), रूस नेपालविद्या केन्द्रको संस्थापक (सन् २००३), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रुसको सदस्य (सन् २०१३), विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको सदस्य (सन् २०१४ देखि), केन्द्रीय सल्लाहकार (सन् २०१६ देखि), रूस हिमालय तथा तिब्बत अनुसन्धाता संघको सदस्य (सन् २०१९ मा स्थापनाको मितिदेखि) ।

अन्य गतिविधि[सम्पादन गर्नुहोस्]

भविष्यसेवा मिडिल स्कूल, थानकोटमा अवैतनिक प्रधानाध्यापक (वि.सं. २०११—२०१३), रुस– नेपाल मैत्री एवं सहयोग समाजको उपाध्यक्ष (ई.सं. १९९९–२००१), प्रकाशन–प्रमुख (सन् २००१ देखि), रुस लेखक संघको सदस्य (सन् १९९९ देखि), गैरआवासीय नेपाली संघ रूसको सदस्य (सन् २००३ देखि), अन्तरराष्ट्रिय समन्वय परिषद्को सल्लाहकार (सन् २००९–२०११), संस्कृति सम्पदा उपसमितिको सल्लाहकार (सन् २०१९—२०२१) ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • जगदम्बा–श्री पुरस्कार(सन् २००३)[१]
  • नइ देरुनिख पुरस्कार(सन् २०११)
  • अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार (नेपाल प्रज्ञाप्रतिष्ठान) [१]

पदक[सम्पादन गर्नुहोस्]

  • टेलिभिजन र रेडियोका उत्कृष्ट कार्यकर्ता (सन् १९८८) [१]
  • मैत्री कार्यमा योगदान वापत् (सन् २००५)
  • भानुभक्त स्वर्णपदक (सन् २०१४)
  • सत्यमोहन जोशी शताब्दी पदक (सन् २०१६) [१], आदि।

सम्मान[सम्पादन गर्नुहोस्]

  • महाकवि देवकोटा शताब्दी सम्मान (सन् २००९) [१]
  • जय पृथ्वी – इभान मिनाएभ स्रष्टा–सम्मान (सन् २०१४)
  • अस्वीकृत विचार साहित्य सम्मान (सन् २०१७)
  • शिक्षानुरागीप्रति पुश्किन स्वर्णपदक (रुसी वाङ्मय प्रज्ञाप्रतिष्ठान, मास्को)[२]

लेखन जीवन[सम्पादन गर्नुहोस्]

नेपाली र रूसी भाषामा कृष्णप्रकाश श्रेष्ठका मौलिक र अनूदित ग्रन्थहरू

नेपाली भाषामा प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

१. रूसमा नेपालको अध्ययन. नेपाल–सोभियत साँस्कृतिक संघ. काठमाडौं, सन् १९८० । [३]

२. स्थाननामकोश. नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौं. वि.सं. २०४४ (प्रथम संस्करण), हिमाल किताब, काठमाडौं. वि.सं. २०६७ (दोस्रो संस्करण) ।[४]

३. नेपालभाषा साहित्य. हिमाल प्रकाशन गुठी, मास्को–काठमाडौं. वि.सं. २०५४ (सन् १९९७) ।[५]

४. रूसमा नेपालको छवि. हिमाल प्रकाशन गुठी, काठमाडौं. वि.सं. २०५६ । [३]

५. नेपाली समालोचक र समालोचना. तन्नेरी प्रकाशन, काठमाडौं. वि.सं. २०५७ (प्रथम संस्करण), साझा प्रकाशन, काठमाडौं. वि.सं. २०६४ (द्वितीय संस्करण) ।[६]

६.नेपाली किम्बदन्तीमाला (छन्दोबद्ध). तन्नेरी प्रकाशन, काठमाडौं. वि.सं. २०६३ । [५]

७. चुनिखेलदेखि धुलिखेलसम्म (यात्रा–संस्मरण). जनमत प्रकाशन, बनेपा, वि.सं. २०७० (सन् २०१३) ।

८. हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष गणतन्त्रतिर (लेखसङ्ग्रह). आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति, रूस महासंघ, मास्को, वि.सं. २०७१ (सन् २०१५) ।

९. सृष्टिवर्णन (नेपालका किम्बदन्ती, छन्दोबद्ध), आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति, रूस महासंघ, मास्को, वि.सं. २०७३ (सन् २०१६) ।

१०. उषा–अनिरुद्ध मिलन (नाटक). रचना र थानकोटमा मञ्चन, वि.सं. २०१३, नेवारीमा अनुवादः रिजु श्रेष्ठ, हलिं नेवाः गुथि, काठमाडौँ, ने.सं. ११३७ (सन् २०१७) ।

११. मिनाएभको नेपाल यात्रा, वि.स. २०७८, काठमाडौं

अन्य उल्लेखनीय केही कृति[सम्पादन गर्नुहोस्]

१. रसियामा नेपाली भाषासाहित्य: हिजो, आज र भोलि ।।नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तार. त्रिमूर्ति निकेतन, काठमाडौं. वि.सं. २०६७।

२. रूसमा नेपाली वाङ्मयको विकास र महाकवि लक्ष्मीप्रसाद देवकोटाको देन | अनेक डायस्पोरामा देवकोटा (समीक्षा संग्रह). अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंगटन डि.सी., वि.सं. २०६९ (ई.सं. २०१३) ।

उल्लेख्य अनूदित प्रतिवेदन[सम्पादन गर्नुहोस्]

लक्ष्मीप्रसाद देवकोटा. नेपाली साहित्य (अफ्रो–एशियाली लेखक सम्मेलन, ताशकन्द, १९५८ मा प्रस्तुत प्रतिवदन) ।।रूपरेखा, पूर्णाङ्क २३४. ई.सं. १९८० ।

संस्कृतबाट अनूदित पुस्तक[सम्पादन गर्नुहोस्]

कृष्णगीता (भागवद् गीता). नेपालभाषा अकादेमी, कान्तिपुर. ने.सं. ११२८ (वि.सं. २०६४) । (नेवारीमा)

नेपालीमा अनूदित रूसी साहित्यिक कृतिहरू[सम्पादन गर्नुहोस्]

१. अलेक्सान्द्र पुश्किन. जिप्सी (काव्य). तेजकुमारी श्रेष्ठ, शेणितपुर, काठमाडौं. ई.सं. १९६८ । [१]

२. इभान तुर्गेनेभ. गद्यमा कविता (लघुकथासङ्ग्रह). तेजकुमारी श्रेष्ठ, शोणितपुर, काठमाडौं. ई.सं. १९७० ।

३. क्यालेण्डरको पाना (सोभियत कथासङ्ग्रह). मित्रकुञ्ज, काठमाडौं. ई.सं. १९७० ।

४. मिखाइल शोलोखोभ. मान्छेको भाग्य (लघुउपन्यास). ‘प्रगति’ प्रकाशन, मास्को. ई.सं. १९८२ । मान्छेको भाग्य र दोनका कथाहरू.‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९८८ ।

५. मिखाइल लेमोन्तोभ. हाम्रो जमानाको चरित्रनायक (उपन्यास). ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९८३ ।

६. लेभ तोल्स्तोइ. कथाकहानी (लघुउपन्यास सङ्ग्रह). ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९८४ (प्रथम) । लेभ तोल्स्तोइका विश्वप्रसिद्ध उत्कृष्ट कथाहरू. दीपक प्रकाशन, काठमाडौं. वि.सं. ?. (दोस्रो)

७. अलेक्सान्द्र ग्रीन. राता पालहरू (लघुउपन्यास). ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९८५ ।

८. अलेक्सान्द्र पुश्किन. दुब्रोभ्स्की (लघुउपन्यास). रादुगा प्रकाशन, मास्को. ई.सं. १९८७ । [१]

९. रूसी चरित्र (सोभियत कथासङ्ग्रह). ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९८७ ।

१०. मिखाइल शेलोखोभ. मान्छेको भाग्य (लघुउपन्यास). ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९८८ ।

११. लेनिन–गाथा (कविासङ्ग्रह). ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९८८।

१२. माक्सिम गोर्की. मेरा विश्वविद्यालयहरू (आत्मकथात्मक उपन्यास). ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९८९।

१३. अलेक्सान्द्र पुश्किन. बेल्किनका कथाकहानी (लघुउपन्यास). ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९८९ । [१]

१४. इभान तुर्गेनेभ. पिता र पुत्र (उपन्यास). ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९९० ।

१५. चिंगिज आइत्मातोभ. प्रथम शिक्षक (लघुउपन्यास). ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९९० ।

१६. एम. इल्यिन, ए. सेगाल. मान्छेको पराक्रम. ‘रादुगा’ प्रकाशन, मास्को. ई.सं. १९९० ।

१७. रासुल हाम्जातोभ. जीवित देवी (काव्य). नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, काठमाडौँ, वि.सं. २०५३ (सन् १९९६) ।

१८. सुनौला सिउर (रूसी दन्त्यकथासङ्ग्रह). हिमाल प्रकाशन गुठी, मास्को—काठमाडौँ, वि.सं. २०५४ (सन् १९९७)। [५]

१९. रूसी महावीरहरूको कथा (किम्बदन्ती कङ्ग्रह). बालसाहित्य प्रबर्धन केन्द्र, हिमाल एशोसिएशन, काठमाडौँ, वि.सं. २०५८ (सन् २००१) ।

२०. कविताञ्जलि (रूसी कवितासङ्ग्रह). मित्रकुञ्ज, काठमाडौं, सन् २००४ । २१. भ्लादिमिर सिल्किन. कामवाण (द्विभाषिक कवितासङ्ग्रह). ‘स्तार्त’ प्रकाशनर्गह, रियाजान, सन् २०१० ।

२२. ल्युदमिला अलेक्सान्द्रोभ्ना आगानिना. नेपालका महाकविको कथा (लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व र कृतित्व). त्रिमूर्ति निकेतन, काठमाडौं, वि.सं. २०६८ (सन् २०११) ।

२३. इगोर एलिसेएभ. स्वर्गद्वारीको पुल (द्विभाषिक कवितासंग्रह). ‘बुलात’ प्रकाशनगृह, दोनवर्ती रोस्तोभ, सन् २०१५ ।

२४. रासुल हाम्जातोभ. दुई देवताप्रति (सचित्र त्रिभाषिक काव्यसङ्ग्रह). (जीवनचक्र र जीवित देवी कुमारी). इन्भेस्तिओन्नी सोयुज, मास्को, सन् २०१३ (वि.सं. २०७०) ।

२५. अलेक्सान्द्र पुश्किन. रुसाल्का (लघुत्रासदीत्रय र केही कविता). आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति, रूस महासंघ. मास्को, वि.सं. २०७३ (सन् २०१६) । [१]

२६. रूसी काव्यपल्लव (द्विभषिक कविता सङ्कलन). विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समिति. काठमाडौँ, वि.सं. २०७५ (सन् २०१८) ।

रूसी बालसाहित्यका पुस्तकहरू[सम्पादन गर्नुहोस्]

१. ग.लेबेदेभा. माशाको पिराहा तकिया (कथा). प्रगति प्रकाशन, मास्को, सन् १९७५ ।

२. र.आ.कुदाशेभा. बच्चो कुरो (कविता). प्रगति प्रकाशन, मास्को, सन् १९७५ ।

३. यु.द्रुनिना. आलिस्का (बालउपन्यास). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८९ ।

४. स.मिखाल्कोभ. बग्गीदेहि राकेटसम्म (कविता). प्रगति प्रकाशन, मास्को, सन् १९७५ ।

५. ए.सेरोभा. दुम्सीको पन्जा (कविता). प्रगति प्रकाशन, मास्को, सन् १९७५ ।

६. कुकुर, ढाडे, बिरालो र कुखुरा (लोकगीत). प्रगति प्रकाशन, मास्को, सन् १९७५ ।

७. भ्लादिमिर मायाकोभ्स्की. खराब के हो, के हो बेस? (कविता). प्रगति प्रकाशन, मास्को, सन् १९७६ ।

८. पनेरोमा गैगयो मूसा (लोकगीत). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९७६ ।

९. भ.सुतेएभ. उपहार (कथा). प्रगति प्रकाशन, मास्को, सन् १९७८ ।

१०. आ.मित्याएभ. ग्रिश्का र अन्तरिक्षयात्री (कथा). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८४ ।

११. स.साखार्नोभ. जहाज चल्छन् समुद्रहरूमा (कविता). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८४ ।

१२. आ.म.लाप्तेभ. एक, दुई, तीन... (कविता). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८४ ।

१३. एन.बोग्दानोभ. लेमिमको मुस्कान (कथा). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८७ ।

१४. आ.क्रिलोभ. राँकोदेखि रिएक्टरसम्म (कथा). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८७ ।

१५. भ.बिआन्की. वनको बस्ती (कथा). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८८ ।

१६. आग्नेइ बार्तो. अज्ञानी भालुको बच्चा (कविता). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८८ ।

१७. एफ.क्रिभिन. ब्रह्माण्ड – हाम्री बिज्यै (कथा). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८८ ।

१८. आ.लाप्तोभ. बच्चाबच्ची (कथा). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८८ ।

१९. माछाको हुकुम (लोककथा). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८९ ।

२०. आल्योनुश्का र इभानुश्का (लोककथा). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८९ ।

२१. फ्याउरी र सारौँ (लोककथा). ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९९० ।

२२. एलेना कारेभा, दिमित्री कोरोल्योभ. गुलाफ र सिउँडी (बालदन्त्यकथासङ्ग्रह). बालकोसेली प्रकाशन, काठमाडौं, वि.सं. २०६१ (सन् २००४)।

२३. जीवजन्तु र मान्छे (कथासङ्ग्रह). विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौं, वि.सं. २०६४ (सन् २००७)।

२४. एलेना कारेभा, दिमित्री कोरोल्योभ, भ्ािदा कोरोल्योभा. किताबको किरो (लघुउपन्यास र कथा). रूस नेपालविद्या केन्द्र, मास्को—काठमाडौं, वि.सं. २०६८ (सन् २०११)।

२५. येलेना कारेवा, दिमित्री कराल्योव. अनोखे चीजों की दुकान (आधुनिक बाललोककथा संग्रह). ‘दिआमात’ प्रकाशन, मास्को. ई.सं. २००८ । (हिन्दीमा)

साहित्येतर ग्रन्थहरू[सम्पादन गर्नुहोस्]

१. इभान पाभ्लोभिच मिनाएभ. इ.पा.मिनाएभको नेपाल (यात्रावृतान्त). जगदम्बा प्रकाशन, काठमाडौँ, ललितपुर, वि.सं. २०२८ (सन् १९७१) ।

२. भ्लादिमिर इल्यिच लेनिन. केबाट शुरु गर्ने? (लेखसङ्ग्रह). विश्वसाहित्य अनुवाद संस्थान, मास्को–काठमाडौं, वि.सं. २०३२ (सन् १९७५) ।

३. ल. लेओन्तएभ. संक्षिप्त राजनीतिक अर्थशास्त्र (गद्य). प्रगति प्रकाशन, मास्को, सन् १९७६ ।

४. भिक्टर आफानास्येभ. दर्शनशास्त्रको प्रारम्भिक ज्ञान (द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद). प्रगति प्रकाशन, मास्को. सन् १९७७ ।

५. भ्लादिमिर इल्यिच लेनिन. गाउँका गरीबहरूलाई (गद्य). प्रगति प्रकाशन, मास्को. सन् १९७७ ।

६. कार्ल माक्र्स र पे्रडरिख एन्गेल्स. कम्युनिष्ट पार्टीको घोषणापत्र (गद्य).प्रगति प्रकाशन, मास्को. सन् १९७९ ।

७. भ्लादिमिर इल्यिच लेनिन. राज्य र क्रान्ति (गद्य), प्रगति प्रकाशन, मास्को. सन् १९८१ ।

८. मिनाएभ र नेपाल (कृतिसंग्रह).हिमाल किताब, काठमाडौं. वि.सं. २०६८ (जुलाई २०१०) ।

९. रूसमा नेपालको बिम्ब (प्राज्ञिक लेखकङ्ग्रह). आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति, रूस महासंघ. मास्को, वि.सं. २०७१ (सन् २०१५) ।

नेपाली पत्रपत्रिका सम्पादन[सम्पादन गर्नुहोस्]

१. किरण (हस्तलिखित), अङ्क १, नेपाली छात्रसंघको मुखपत्र, मास्को, वि.सं. २०१८ (विजयादशमी) (सन् १९६१), (लिथोग्राफी)

२. झिल्को, अङ्क १, (टङ्कणित), विश्वसाहित्य अनुवाद संस्थानको मुखपत्र, मास्को, सन् १९८० । अङ्क २, सन् १९८२, अङ्क ३, १९८३ ।

३. सार्थवाह (वाणिज्यदूत), अङ्क १, नेपाल–सीआईएस–रूस उद्योगवाणिज्य संघको मुखपत्र, मास्को, सन् १९९९, अङ्क २, सन् २००३, अङ्क ३, सन् २००५ ।

४. नारी–दृष्टि, अङ्क १, नेपाली नारी निकुञ्जको मुखपत्र, सन् २००३ । अङ्क २, सन् २००५ ।

नेपाली पुस्तक सम्पादन[सम्पादन गर्नुहोस्]

१. भ्लादिमिर इल्यिच लेनिन (जीवनीमूलक कथाहरू). अनु. विश्वसाहित्य अनुवाद संस्थान, इन्टरनेशनल बुक हाउस, काठमाडौँ, वि.सं. २०६१ (सन् १९७०) ।

२. अक्टूबरको देशमा : १९२२–१९७२ (सोभियत संघको स्वर्णजयन्तीको उपलक्ष्यमा). नेपाली छात्रसंघ, सोभियत संघ. वि.सं. २०३० (सन् १९७३)।

३. कोसेली (विचारप्रधान लेखहरूको सँगालो). नेपाली छात्रसंघ, सोभियत संघ, मास्को. वि.सं. २०३१ (सन् १९७४)।

४. लेनिनया खँ (सोभियत लेखकका कथाहरू). विश्वसाहित्य अनुवाद संस्थान, मास्को–काठमाडौं, ने.सं. १०९५ (सन् १९७४) । (नेवारीमा)

५. अग्नि–चरो (रूसी लोककथा सङ्ग्रह), विश्वसाहित्य अनुवाद संस्थान, मास्को–काठमाडौं, सन् १९७९ (वि.सं. २०३६) ।

६. अद्भुत जीव (बालकवितासङ्ग्रह), विश्वसाहित्य अनुवाद संस्थान, मास्को–काठमाडौं, सन् १९७९ (वि.सं. २०३६) ।

७. तोपोलको रुख (सोभियत कथासङ्ग्रह), विश्वसाहित्य अनुवाद संस्थान, मास्को–काठमाडौं, सन् १९७९ (वि.सं. २०३६) ।

८. तामिलिन आ. पृथ्वीको आकारको खोजी (बालकथा), अनु. सूर्यप्रकाश पौड्याल, ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८६ ।

९. आर्काडी गैदार. तिमुर र उसका साथीहरू, अनु. श्याम उपाध्याय, ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८६ ।

१०. माक्सिम गोर्की, बालककाल (आत्मजीवनी), अनु. नीलाम्बर आचार्य, प्रगति प्रकाशन, मास्को, सन् १९८७।

११. बिआन्की भ. वनको बस्ती (बालपुस्तक), अनु. श्याम उपाध्याय, ‘रादुगा’ प्रकाशन, मास्को, सन् १९८८ ।

१२. माक्सिम गोर्की, मान्छेहरूको माझमा (आत्मजीवनी), अनु. सुदर्शन देवकोटा, प्रगति प्रकाशन, मास्को, सन् १९८९ ।

१३. काव्यमय नेपाल (स्थाननाम कवितासङ्ग्रह). आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति, रूस महासंघ. मास्को, वि.सं. २०७२ (सन् २०१५) ।

१४. नाज सिंह. तिर्खा (त्रिभाषिक कवितासङ्ग्रह). प्रकाशकः सूर्यनाथप्रसाद सिंह र बिल्त्री सिंह.रूस नेपालविद्या केन्द्र, मास्को–काठमाडौं, वि.सं. २०७६ (सन् २०१९) ।

रूसी भाषामा प्रकाशित केही कृतिहरू[सम्पादन गर्नुहोस्]

रुसी भाषामा प्रकाशित मौलिक कृतिहरु[सम्पादन गर्नुहोस्]

१. नेपालमा पशुपक्षीको पूजा. नेपालमाला–१. मास्को, सन् १९९३ । ५ं नेपाली वर्णमाला (स्वयंशिक्षक), नेपालमाला–२, मास्को, सन् १९९४ ।

२. नेवारी साहित्य. नेपालमाला–३. मास्को, सन् १९९५ ।[३]

३. मित्रता र सहयोगको गाँठो. गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद्, मास्को, सन् २००६।

४. रेलगाडीमा हिमालयतिर (नेपालविषयक लेख–संग्रह), प्रकाशक ः रूस लेखक संघ, मास्को, २००९ ।

५. ककेशिया चुलीदेखि हिमाली उच्चतातक (दागेस्तान र नेपालमा बीसौं–एक्काईसौं शताब्दीमा सामाजिक–आर्थिक तथा नृवांशिक–सांस्कृतिक परिवर्तन). (सेर्गेइ मुर्तुजालिएभसँग सहलेखन). रसियाली बौद्धिक इतिहास समाज, मास्को—काठमाडौं, सन् २०१२ ।

६. रूस—नेपालः व्यक्ति, घटनावली, दस्तावेज. रूस–नेपाल सहयोग तथा मैत्री समाज, मास्को, सन् २०१८ ।

७. नेपालका पुराकथा र किम्बदन्ती. प्राच्यविद्या संस्थान, रूस विज्ञान प्रज्ञाप्रतिष्ठान, मास्को, सन् २०१९ ।

रूसका प्राज्ञिक सङ्कलनमा प्रकाशित केही उल्लेख्य कृतिहरू[सम्पादन गर्नुहोस्]

क) कार्यपत्रहरू[सम्पादन गर्नुहोस्]
  • वर्तमान नेपालमा ईसाईधर्म (कार्यपत्र) ।।क्रिश्चियन जगत् ः धर्म, संस्कृति, नृवंश (वैज्ञानिक सम्मेलनका सामग्रीहरु), रूसको संस्कृति मन्त्रालय. राजकीय धार्मिक इतिहास संग्रहालय. रसियाली नृवंशविज्ञान संग्रहालय. सेन्टपीटर्सबुर्ग, सन् २००० । पृ. ७८–८४ ।
  • नेपालका परम्परागत नगरहरूको धार्मिक अवस्थिति (कार्यपत्र). ।।संस्कृतिको धार्मिक क्षेत्र –अन्तरराष्ट्रिय सम्मेलनका सामग्रीहरू). सेन्ट–पिटर्सबुर्ग रजकीय विश्वविद्यालय, सेन्टपिटर्सबुर्ग, सन् २००१ । पृ. ९४–९७।
  • किरात जातिको धर्म (कार्यपत्र) ।।सम्म्मेलनका सामग्रीहरु. रुस विज्ञान प्रज्ञाप्रतिष्ठान, प्राच्यविद्या संस्थान, मास्को, डिसम्बर २००२) ।
  • हिन्दु अधिराज्य नेपालमा क्रिस्चियन र इस्लाम धर्म (कार्यपत्र) ।।दक्षिण एशियाः संघर्ष र सम्झौता (सम्म्मेलनका सामग्रीहरु). रुस विज्ञान प्रज्ञाप्रतिष्ठान, प्राच्यविद्या संस्थान, मास्को, सन् २००४.। पृ. ८४–१००।
  • मुन्धुम – किरात जातिको धार्मिक र न्यायिक ग्रन्थ (कार्यपत्र) ।।सैंतिसौं अन्तरराष्ट्रिय प्राच्यविद्या सम्मेलनका सामग्री. सम्मेलन सचिवालय प्रकाशन. मास्को, सन् २००४ । पृ. ९५४–९५६।
ख. शोधपत्रहरू[सम्पादन गर्नुहोस्]
  • नेपालको साहित्य: परम्परा र आधुनिकता (शोधपत्र) ।।नेपालको संस्कृति परम्परा र आधुनिकता. राजकीय कलाअनुसन्धान संस्थान, मास्को, सन् २००१ ।
  • इतिहासको परिप्रेक्ष्यमा नेपालका किम्बदन्ती र परम्परागत उत्सवपर्व (शोधपत्र) ।।प्रादेशिक विकासका विशेषताहरूः भारत, नेपाल, तिब्बत. प्राच्य संस्कृति – २. राजकीय कलाअनुसन्धान संस्थान, मास्को, सन् २००८ ।
  • ‘नयाँ नेपाल’: अवधारणाको विकास (शोधपत्र) ।।राजनैतिक प्रतीक तथा दक्षिण एशियाको विकास. प्राच्यविद्या संस्थान रूस विज्ञान प्रज्ञाप्रतिष्ठान, मास्को, सन् २०१० । पृ. ३५६–३९८ ।
  • नेपालको परम्परागत भोज (शोधपत्र). ।।पूर्वेली जनताहरूको आचार–व्यवहार (परम्परागत मर्यादा, रीतिथिति र कर्मकाण्ड). ‘प्राच्य सााहित्य’ प्रकाशन, मास्को, सन् २०११ । पृ. ४६९–४७७।
  • नेपालका परम्परागत किल्लाहरू : इतिहास र संस्कृतिको त्रिपाश्र्वबाट (शोधपत्र). ।। द्यगनिबचष्बल, इततयmबल बलम ऋबगअबकष्बल क्तगमष्भक। ‘:द्यब्’ प्रकाशन. मास्को, सन् २०१२। पृ. ३९६–४१२।
  • नेपालको राष्ट्रिय झण्डाका केही ऐतिहासिक तथा सांस्कृतिक पक्षहरू (शोधपत्र) ।।भारत–तिब्बतः संस्कृतिमा अभिलेख र अन्तरअभिलेख (रेरिख अध्ययन २००६–२०१०). प्राच्यविद्या संस्थान, रूस विज्ञान प्रज्ञाप्रतिष्ठान, मास्को, सन् २०१२ । पृ. २६३–२७१।
  • बोल्ने ढुङ्गाको कथा (लेख) ।।रुकोपिस (साहित्यिक सङ्कलन), अङ्क १९, दोनवर्ती रोस्तोभ, सन् २०१३। पृ. ३–१६।
  • नेपालका किम्बदन्तीका पात्रको रूपमा नागहरूको भूमिका (शोधपत्र) ।।भारत–तिब्बतः संस्कृतिमा अभिलेख र अन्तरअभिलेख (रेरिख अध्ययन २०१२–२०१५). प्राच्यविद्या संस्थान, रूस विज्ञान प्रज्ञाप्रतिष्ठान, मास्को, सन् २०१७ । पृ. २५३–२६६।

अनूदित साहित्यिक कृति[सम्पादन गर्नुहोस्]

१. यमलोकमा जिउँदो मान्छे (नेपाली लोककथा संग्रह) (सहअनुवादिका ल्युदमिला आगानिना). ललित साहित्य प्रकाशन, मास्को, सन् १९७१ । [१]

२. लैनसिंह बांगदेल. लङ्गडाको साथी (लघुउपन्यास). (रूसी भाषाको शीर्षकः ‘एक मात्र मित्र’) ।।प्राच्य साहित्य (वार्षिक संकलन), अंक १४, मास्को, सन् १९८६, पृ. १५८—१७७ । [१]

३. रमेश विकल. फुटपाथ मिनिस्टर्स (कथा). (रूसी भाषाको शीर्षकः ‘टुहुराहरुका राजा’) ।।प्राच्य साहित्य (वार्षिक सङ्कलन), अंक १४, मास्को, सन् १९८६, पृ. १७८–१८६ ।

४. कल्चौडी चरीको ठुंग र नङ्ग्रा पहेंला किन ? (बाल लोककथा संग्रह). (सहअनुवादिका ल्युदमिला आगानिना), बालसाहित्य प्रकाशनगृह, मास्को, सन् १९८९ ।

५. स्वस्थानी (नेपालका अनुश्रुति र किम्बदन्ती). नेपालमाला—४, मास्को, सन् १९९६ ।

६. ज्ञानकाजी मानन्धर. कुमारी चण्डेश्वरी (नेवारी नाटक). रूस लेखक संघ, मास्को, सन् २००५ ।

७. लक्ष्मीप्रसाद देवकोटा. सुनको विहान (बालकवितासङ्ग्रह). ((सहकाव्यानुवादिका ल्युदमिला साल्तिकोभा), रूस नेृवपालविद्या केन्द्र, ‘स्मार्त’ प्रकाशन, रियाजान, सन् १९८९ ।

८. लक्ष्मीप्रसाद देवकोटा. मुनामदन (काव्य). (नेपाली लयमै इभान गोलुब्निचीसँग सहअनुवाद). ।।देवकोटा र पुश्किन. ‘मुनामदन र ‘जिप्सी’ (द्विभाषिक काव्यसङ्ग्रह). गैरआवासीय नेपाली संघ, रूस. मास्को, सन् २०११ । [१]

९. भानुभक्त आचार्य. लोक्को गरूँ हित् भनी (द्विभाषिक पुस्तक). (सहकाव्यानुवादिका ल्युदमिला साल्तिकोभा). विश्व नेपाली साहित्य महासंघ रूस शाखा. मास्को–काठमाडौँ, सन् २०७० (सन् २०१३) ।

१०. गोनु झा. कथाकुङ्ग्री (मैथिली लोकाख्यान). आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रूस महासंघ, मास्को–काठमाडौँ, वि.सं. २०७१ (सन् २०१४) ।

११. उत्तम कुँवर. स्रष्टा र साहित्य (अन्तरवार्ता–सङ्ग्रह). आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रूस महासंघ, मास्को–काठमाडौँ, वि.सं. २०७३ (सन् २०१६) ।

१२. विष्णुबहादुर सिंह. कविताको रङ (द्विभाषिक कविता–सङ्ग्रह). (सहकाव्यानुवादिका ताच्याना चेग्लोभा). रूस नेपालविद्या केन्द्र, मास्को–काठमाडौँ, वि.सं. २०७३ (सन् २०१६) ।

१३. नेपाली कविता कुञ्ज (कविता–सङ्ग्रह). विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समिति, काठमाडौं, वि.सं. २०७४ (सन् २०१७) ।

१४. नेपाली साहित्य सङ्गम (आख्यान र कविता सङ्ग्रह). भाषासाहित्य उपसमिति गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्, मास्को–काठमाडौं, वि.सं. २०७६ (सन् २०१९) ।

साहित्येतर पुस्तकहरूको रूसी भाषामा अनुवाद[सम्पादन गर्नुहोस्]

१. हिरण्यलाल श्रेष्ठ. नेपाल परिचय (गद्य). रूस लेखक संघ, मास्को, सन् २००६ ।

२. स्वामी आनन्द अरुण. सन्त–दर्शन (गद्य). रूस लेखक संघ, मास्को, सन् २००७ । (कृष्णप्रकाश श्रेष्ठको पादटिप्पणी सहित)

३. मणि–मन्त्र (अवलोकितेश्वरको मूलमन्त्र). तिब्बती लीपिमा स्तोत्रसहित नेपालीमा व्याख्याकार : लोपन टसी छिरिङ शेर्पा (होमबहादुर लामा). रूस नेपालविद्या केन्द्र, मास्को, सन् २००७ । (कृष्णप्रकाश श्रेष्ठको शब्दानुक्रमणिका सहित) ।

पुस्तक संयोजन–सम्पादन[सम्पादन गर्नुहोस्]

१. लक्ष्मीप्रसाद देवकोटा. संकलित रचना (गद्य र कविता), प्रकाशक ः रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, मास्को, सन् १९९९ ।

२. नेपाल सहस्त्राव्दीहरुको संघारमा (प्राज्ञिक लेखसङ्ग्रह), प्रकाशक ः प्राच्यविद्या संस्थान, रुस विज्ञान प्रज्ञाप्रतिष्ठान, मास्को, सन् २००२ ।

कोष सङ्कलन र सम्पादन[सम्पादन गर्नुहोस्]

१. रूसी नेपाली शव्दकोष (करीव २५ हजार शव्द र वाक्यांशसहित), रुसी भाषा प्रकाशनगृह, मास्को, सन् १९७५।

२. नेपाली–नेपालभाषा शव्दावली. विश्व साहित्यानुवाद संस्थान, मास्को–काठमाडौं, सन् १९७८ ।

३. संक्षिप्त अंग्रेजी–नेपाली पारिभाषिक शव्दकोष. विश्व साहित्यानुवाद संस्थान, मास्को–काठमाडौं, सन् १९८१।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]