सामग्रीमा जानुहोस्

नेपाल प्रज्ञा प्रतिष्ठान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठानको लोगो

नेपाल प्रज्ञा प्रतिष्ठानको बाह्य भाग
निकाय विवरण
गठन२२ जुन १९५७; ६८ वर्ष पहिले (१९५७-०६-22)
अधिकार क्षेत्र नेपाल
प्रधान कार्यालयकमलादी, काठमाडौँ, बागमती प्रदेश
२७°४२′३०″उ ८५°१९′१४″पू / 27.70833°N 85.32056°E / 27.70833; 85.32056
निकाय कार्यकारीहरू
  • श्री भूपाल राई, कुलपति
  • श्री विमलकृष्ण श्रेष्ठ (विमल निभा), उप-कुलपति
  • डा. धनप्रसाद सुवेदी, सदस्य सचिव
भगिनी विभागसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सरकार
वेबसाइटhttps://nepalacademy.gov.np
नक्सा
नेपाल प्रज्ञा प्रतिष्ठान मा पर्दछ काठमाडौँ
नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठान (काठमाडौँ)

नेपाल प्रज्ञा प्रतिष्ठान (पुरानो नाम: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान) भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न स्थापित संस्था हो। हाल यस प्रतिष्ठानका कुलपति श्री भूपाल राई रहेका छन्। उपकुलपतिमा श्री विमलकृष्ण श्रेष्ठ (विमल निभा), सदस्य-सचिव डा. धनप्रसाद सुवेदी रहेका छन्।

वि.सं. २०१३ सालमा इतिहासकार बालचन्द्र शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना बमोजिम राजा महेन्द्रबाट नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी)को स्थापना भएको हो। काठमाडौँको कमलादीमा रहेको ५० रोपनी जग्गामा आफ्नै निजी कोषबाट यसको स्थापना भएको थियो। तत्कालिन राजाको यो कदमले साहित्यिक क्षेत्रमा ठूलै हलचल ल्याएको थियो। साहित्यकारहरूले आफू पनि सम्मानित भएको अनुभूति गरेका थिए।[]

नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न काठमाडौँ र आवश्यकताअनुसार नेपालको विभिन्न स्थानहरूमा शाखा खोल्न सकिने गरी स्थापना गरिएको प्रतिष्ठान हो।[]

चित्र दिर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. जोशी, सत्यमोहन, "हामी यसरी प्राज्ञ भयौँ", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-१३ अभिलेखिकरण २०२२-०८-१० वेब्याक मेसिन
  2. व्यवस्थापिका संसदले बनाएको २०६४ सालको ऐन न. २१, नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]