नेपाली साहित्य
नेपाली साहित्य नेपाली भाषामा लेखिएका साहित्यिक रचनाहरू हुन् । नेपाली भाषा नेपालको राष्ट्रभाषा हो र भारतको सरकारी मान्यता प्राप्त भाषा हो । यी देशहरू बाहेक भूटान, बर्मा वा नेपाल बाहिरका लाखौंको संख्यामा रहेका नेपालीहरूको मातृभाषा हो; नेपाली भाषा भारतीय प्रान्त सिक्किम र पश्चिम बङ्गालको पनि राज्यभाषा (अधिकारिक भाषा) पनि हो।
नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन इतिहासको पत्ता लगाउनु धेरै मुस्किल छ किन भने धेरै विद्वानहरूले संस्कृतमा लेखेका छन, विशेष रूपमा धार्मिक साहित्य।
नेपाली साहित्यलाई पाँच अवधिहरूमा बाँडन सकिन्छ।
पूर्व-भानुभक्त काल
[सम्पादन गर्नुहोस्]नेपाली साहित्य सैकडौं वर्ष सम्म अवश्य नैं मौखिक र लोकगीतको रूपमा अस्तित्वमा रहेको थियो होला। यद्यपि भानुभक्त आचार्य भन्दा पहिला नेपाली साहित्यमा साहित्यिक कामको प्रकाशनको कुनै प्रमाण उपलब्ध छैन भने धेरैको मत रहेको छ।
भानुभक्त काल
[सम्पादन गर्नुहोस्]केहीले भानुभक्तलाई नेपाली भाषाको "आदिकवि" भनेर सम्मान गर्छन् तर यसमा मतैक्य छैन। नेपाली साहित्यमा भानुभक्तको आफ्नो सबैभन्दा महत्त्वपूर्ण योगदान रामायणलाई नेपालीमा उल्था गर्नु हो।
नेपाली भाषाका प्रमुख साहित्यकारहरू
[सम्पादन गर्नुहोस्]- भानुभक्त आचार्य
- लक्ष्मीप्रसाद देवकोटा
- मोतिराम भट्ट
- लेखनाथ पौड्याल
- गोपालप्रसाद रिमाल
- बालकृष्ण सम
- सिद्धिचरण श्रेष्ठ
- विश्वेश्वर प्रसाद कोइराला
- माधवप्रसाद घिमिरे
- बैरागी काँइला
- मुकुन्दशरण उपाध्याय
- लीलबहादुर क्षेत्री
- परशु प्रधान
- अभि सुवेदी
- बानिरा गिरी
- गोविन्द बहादुर मल्ल “गोठाले”
- तारानाथ शर्मा
- सरुभक्त
- सुमन पोखरेल
- पारिजात
- इन्द्रबहादुर राई
- हरिभक्त कटुवाल
- भूपि शेरचन
- ईश्वरबल्लभ
- जगदीश शमशेर राणा
- अमर न्यौपाने
- रमेश विकल
- नयनराज पाण्डे
- जगदीश घिमिरे
- बुद्धि सागर
- पारसमणि प्रधान
- धरणीधर कोइराला
- कृष्णभूषण बल
- दिनेश अधिकारी
- तारानाथ शर्मा
- शारदा शर्मा
- मोमिला
- केशरी अम्गाई
टुक्का कविता परिचय
[सम्पादन गर्नुहोस्]लघुत्तम प्रयाेगवादी काव्यिक उपविधा टुक्का कविता:
नेपाली साहित्यमा हाल धेरै काव्यिक विधाहरू मौलाउदै गरेका छन् । जस मध्ये दुई हरफमा पूर्ण हुने गरि लेखिने लघुत्तम उपविधाको रुपमा टुक्का कविता छोटो समयमा लोकप्रिय विधाको रुपमा देखा परेको छ । टुक्का कविता प्रयोगवादी काव्यिक उपविधा हो ।
यसको प्रारम्भ सन् २०२० अगष्ट ९ तारिख बाट गरिएको हो। टुक्का कविताका प्रवर्तक /परिकल्पना ताराप्रसाद चापागाईं हुन ।
टुक्का कविता लेख्ने मुख्य नियमहरू १। टुक्का दुई हरफको मात्र अर्थपूर्ण संरचना हुनु पर्ने । २। दुवै हरफको अन्तमा तुक ९अन्त्यानुप्रास० मिलेको हुनु पर्न । शब्दानुप्रास र एकाक्षरी तुकान्त मान्य हुने छैन । अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । ३। दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म राख्न सकिन्छ । ४। पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रोमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने । ५। टुक्का लेखनलाई मुख्य दुई भागमा बर्गिकरण गरिएको छ।
क. छन्द टुक्का ख. स्वच्छन्द टुक्का