अमर न्यौपाने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अमर न्यौपाने
Amar Neupane
जन्म नेपाल
पेशा साहित्य
भाषा नेपाली
राष्ट्रियता नेपाली
उल्लेखनीय कार्यहरू सेतो धर्ती
उल्लेखनीय सम्मानहरू मदन पुरस्कार २०६८

अमर न्यौपाने साहित्यकार हुन्। युवा आख्यानकार न्यौपानेले वि.सं. २०६८ सालको मदन पुरस्कार पाएका हुन्।

जीवनी[सम्पादन गर्ने]

नेपाली भाषाका साहित्यकार अमर न्यौपानेको जन्म बि.सं. २०३४ सालमा चितवन जिल्लाको रंगीला भन्ने स्थानमा पिता एकनाथ न्यौपाने र माता हरिमाया न्यौपानेका दोस्रो सन्तानका रूपमा भएको थियो। उनको पहिलो कृति पानिको घाम नामक उपन्यास वि.सं. २०६६ मा प्रकाशित भएको थियो। यस कृतिले २०६६ सालको पद्मश्री साहित्य सम्मान प्राप्त गरेपछि उनी नेपाली साहित्य जगतमा चिनिएका हुन्। उनको अर्को उपन्यास सेतो धरतीले बि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त गरेपछि उनको चर्चा एकाएक चुलियो। न्यौपाने चितवनका स्थायी बासिन्दा हुन्।

‍‍

लेखनशैली[सम्पादन गर्ने]

"भगवानलाई पनि पाप लाग्ने भए सवैभन्दा धेरै पाप उनैलाई लाग्थ्यो होला ।"
अमर न्यौपाने, सेतो धरती


कृति[सम्पादन गर्ने]

पुरस्कार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]