तारिणीप्रसाद कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तारिणीप्रसाद कोइराला आधुनिक नेपाली कथाका क्षेत्रमा विजय मल्ल र भवानी भिक्षुको हाराहारीमा देखिएका मनोवैज्ञानिक कथाकारका रूपमा परिचित छन्। यिनको जन्म वि.सं. १९७९ वैशाख १८ गते भएको हो। वी.पी. कोइरालाले कथाका क्षेत्रमा सर्वप्रथम भित्र्याएको मनोविज्ञानलाई विजय र भिक्षुले मात्र अनुकरण गरेनन् यसका अनुशीलनकर्ता तारिणीप्रसाद पनि भए। वी.पी. बाटै प्राप्त यौनवादलाई भिक्षुले उच्छृङ्खल बनाउन चाहेनन् भने तारिणीले चाहिँ आफ्नै दाजुको बिंडो थामेर यस धारालाई स्पष्ट वा छर्लङ्गै पार्ने जमर्को गरेको पाइन्छ- उनका कृतिहरूका अध्यात्मबाट। जननायक बीपी कोइरालाका सहोदर भाइ एवं निकटतम् सहयोगी तारिणी प्रसाद कोइराला वास्तविक अर्थमा बहुआयामिक व्यक्तित्वका धनी मानिस थिए। देशको पहिलो रेडियोकर्मी, पहिलो स्टेसन म्यानेजर, जनजागरण-गानका पहिलो लेखक, उच्चकोटीको कवि, गीतकार र कथाशिल्पी, आख्यान साहित्यमा बाल-यौनमनोविज्ञानको पहिलो प्रयोक्ता उनले, आफ्नो मेधा, कर्मठता र प्रयोगशील रचनात्मकताका वलमा आधुनिक नेपाली समाजको विकासक्रममा अति नै महत्त्वपूर्ण योगदान गरेका थिए। राणाशाहीविरुद्धको पहिलो जनआन्दोलनको प्रचार-प्रसार गर्ने र क्रान्तिकारी योद्धामा उत्साहको ऊर्जा भर्ने उद्देश्यले एक्लैले खोलेको, सञ्चालन गरेको नेपाल प्रजातन्त्र रेडियो अहिले रेडियो नेपालका रूपमा देशका कुनाकुनामा गुञ्जने विशाल प्रसारण सञ्जाल बनेको छ। उनको कर्मठ जीवनयात्राको यही एउटा आयाम मात्रले पनि उनलाई अमर बनाउनेछ भन्दा अत्युक्ति हुँदैन।

यस्ता विशाल व्यक्तित्व तारिणी बाबुका बारेमा अध्ययन, अनुशीलन भने भएकै छैन भन्दा पनि हुन्छ। अस्वस्थकर खानपान र जीवनशैलीका कारण ५२ वर्षको अल्पायुमै दिवंगत भएका तारिणीबाबुलाई धेरै वर्षसम्म कसैले पनि, न उनले जीवनभर सेवा गरेको नेपाली कांग्रेसले, न रेडियो नेपालले, न त नेपाली साहित्य-जगत्ले नै सम्झने कष्ट उठायो। उनको मृत्यु भएताका -२०३१ साल)मा राजनीतिक दल प्रतिबन्धित भएको र छापाहरूमा कांग्रेस र कोइरालाको 'क�' पनि निषेध गरएिकाले नेपाली समाजले उनलाई धेरै दिनसम्म सम्भिmए पनि बिर्सिएजस्तो गररिहेको थियो।

यस साल उनले चोला बिसाएको ३७ वर्षपछि ती बहुप्रतिभाशाली व्यक्तिको जीवनी, कृतित्व र उनले जीवनमा आर्जन गरेका उपलब्धिको अभिलेख सँगालेर तारिणीप्रसाद कोइराला, एक दृष्टि : अनेक स्�मृति शीर्षकमा एउटा स्मृतिग्रन्थको प्रकाशन गरेका छन् उनका छोरा-बुहारी ज्योति र इन्दिराले। उनको र उनकी श्रीमती रोशाको सम्झनामा संयुक्त रूपले स्थापित तारिणी रोशा स्मृति कोषको तत्त्वावधानमा प्रकाशित यस ग्रन्थलाई ज्योति कोइरालाले स्मारकिा भनेका छन्।

तारिणीबाबुको सम्झनामा उनका साथीसंगाती, परजिन र उनीप्रति श्रद्धाभाव राख्ने मानिसले लेखेका संस्मरणात्मक लेख-रचना समेटिएको खण्ड 'क�', उनले र उनलाई उनका आफन्तले लेखेका चिट्ठीहरूको खण्ड 'ख�' र फोटोसंग्रहको खण्ड 'ग�' गरी तीन भागमा विभाजित यो स्मृतिग्रन्थ उनको व्यक्तित्व र कृतित्वलाई उद्भाषित गर्न सक्षम देखिन्छ। तारिणीप्रसादको प्रयोगशील साहित्यस्रष्टालाई राम्रोसँग चिनाउन सक्ने गम्भीर लेखरचना भने यसमा परेका छैनन्। नेपाली साहित्यमा बाल-यौनमनोविज्ञानमा सम्पूर्णतः आधारति उपन्यास सर्पदंश लेखेर उनले जुन एउटा नितान्त नौलो क्षितिज नेपाली साहित्यमा खोलिदिएका थिए, त्यसमाथि अध्ययन र मन्थन हुनु जरुरी थियो र छ। तारिणीबाबुमै पूर्णतः केन्दि्रत कुनै कृति प्रकाशित गर्दा यसबारेमा विचार पुर्‍याउन सकेको भए यसको गहनता अझै बढ्न सक्थ्यो। सम्पादकहरूबाट यसमाथि आवश्यक दृष्टि दिइएको छैन।

ग्रन्थमा परेका संस्मरणमा छोरा ज्योति, बुहारी इन्दिरा, दाइ बीपीकी बुहारी सुषमा, नवीनप्रकाशजंग शाह र भतिजा शेखर र शशांक कोइरालाका उम्दा लाग्छन् र तिनले स्वर्गीय तारिणीबाबुको व्यक्तित्वमा निहित सरलता र फक्कड जीवनशैलीमाथि प्रामाणिक रूपमा प्रकाश पार्छन। यी रचना पढ्दा पाठक तारिणीबाबुको जीवन र जगत्प्रतिको उदार दृष्टिकोण, चुरोट र रक्सीप्रतिको घातक सीमासम्मका आशक्ति अनि आफ्ना विख्यात अग्रज बीपीका प्रति उनको भक्तिभावसँग साक्षात्कार गर्न पुग्छ। तारिणीप्रसाद मूलतः एक भावुक हृदय, रोमान्टिक कवि र साहित्यकार भएको, राजनीतिमा त पारविारकि वातावरण र दाजु बीपीको नेपाली जनताको मुक्तिको सपना साकार पार्ने अभियानको आकर्षणका कारण मात्र लागेको कुरा पनि यी रचनाबाट थाहा पाउन सकिन्छ।

यस ग्रन्थमा परेको गणेशमान सिंहको 'बिर्सन नसक्ने राजनीतिक व्यक्तित्व�' शीर्षक लेख विचारोत्तेजक छ, जसमा स्वर्गीय लौहपुरुष सिंहले ०१७ सालको काण्डपछि क्षोम, द्विविधा, अन्योल र दिशाहीन अवस्थामा पुगेका तारिणीबाबुको निराश मनस् ि�थतिलाई शान्त पार्ने प्रक्रममा कांग्रेसका बहुसंख्यक कार्यकर्ताको प्रजातन्त्रप्रतिको अप्रतिम निष्ठाको जुन ज्यूँदो चित्र खिच्नुभएको छ, त्यो अद्भुत छ। सिंहले त्यतिबेला नेपाली कांग्रेसको मूलधारका कार्यकर्ताले प्रजातन्त्रको दीपलाई मर्न दिएका छैनन्, दिने पनि छैनन् भनेर तारिणीबाबुलाई आश्वस्त बनाउन खोज्नुभएको थियो वास्तवमा सिंहको त्यो आकलन वस्तुपरक थियो भन्ने कुरा तारिणीको देहान्त भएको १५ वर्षपछि कांग्रेसको नेतृत्वमा भएको सफल जनआन्दोलनले पनि पुष्टि गरेको छ।

स्मृतिग्रन्थमा परेको सुशील कोइरालाको 'रेडियो प्रसारण र तारिणीप्रसाद कोइराला�' शीर्षकको लेखले नेपालको रेडियो प्रसारणको इतिहासलाई विस्तारका साथ प्रस्तुत गरेको छ। यो एउटा उपयोगी रचना हो।

यस पुस्तकमा छापिएका तारिणीबाबुले आफन्तलाई लेखेका र उहाँलाई अरूले लेखेका चिट्ठीहरू वास्तवमा ऐतिहासिक महत्त्वका सामग्री हुन्। यिनीहरूमध्ये स-साना घरायसी गन्थन भएका केही चिट्ठी छाडेर अधिकांश नेपालको राजनीति र प्रजातान्त्रिक आन्दोलनको दशा र दिशासँग नै सम्बन्धित छन्। सुन्दरीजल जेलबाट बीपीले तारिणीलाई लेखेका चिट्ठी हुन् वा केशव कोइरालाले तारिणीलाई र तारिणीले केशवलाई लेखेका चिट्ठी हुन्, ती सबैमा व्यक्ति कोइरालाका भन्दा नेपाली समाज र राजनीतिकै कुरा प्रमुखताका साथ उठाइएका छन्। बीपी र तारिणीका चिट्ठीहरू सुन्दर पत्र लेखनकलाका नमुनाजस्ता लाग्छन्। बीपीकी धर्मपत्नी सुशीलाको अङ्ग्रेजी भाषामाथिको अधिकार पनि उनका पत्रहरूमा राम्रोसँग देखिएको छ। उनका आठवटा उपन्यास र थुप्रै फुटकर कथाहरूले नेपाली साहित्यको ढुकुटीलाई भरिपूर्ण पारिदिएका छन्। उनमा साहित्यिक व्यक्तित्वको साथसाथै राजनीतिक व्यक्तित्व पनि थियो। विश्वविख्यात राजनीतिज्ञ भएर पनि आफ्नो साहित्यलेखनमा त्यसको एउटा छिटो पनि पर्न नदिनु वी.पी.को विशेषता हो भने त्यसबाट बच्न चाहिँ तारिणीप्रसाद कोइरालाले नसकेको स्पष्टै देखिन्छ। किनकि उनका अधिकांश आत्मसंस्मरणात्मक कथाहरूमा राजनीति नै मुख्य विषयवस्तु बनेको प्रतीत हुन्छ। उनी राजनीतिक व्यक्तित्व भएकै कारणले अन्याय र अत्याचारी शासकहरूका विरुद्धमा पाइला चाल्दा र आवाज उठाउँदा उनले काठमाडौँ जेलको हावा खानु परेको थियो। उनी अङ्ग्रेजी, हिन्दी र फ्रेञ्च गरी तीनवटा विदेशी भाषाका ज्ञाता थिए। २००७ सालको जनक्रान्तिमा सक्रियता देखाउने तारिणीप्रसाद कोइरालाले पूर्वी मोर्चाको एक सशक्त सिपाहीको भूमिका निर्वाह गरेका हुन्। प्रजातन्त्र रेडियो नेपालका संस्थापक व्यक्तित्व पनि उनी नै हुन्। अनि २००८ सालतिर रेडियो नेपालको बाल कार्यक्रम (बालप्रोग्राम) सञ्चालक बनी कार्यक्रम चलाउन उनको साहसी कार्यलाई प्रशंसा गर्नुपर्छ। उनका क्रान्तिकथा निकै नै उत्कृष्ट छन्। यिनको मृत्यु २०३१ सालमा अल्पायुमैं भएको थियो।

कथाकार तारिणीप्रसाद कोइरालाका खास प्रवृत्तिलाई कोट्याउँदा मनोविज्ञान, यौनमनोविज्ञान, तत्कालीन सामाजिक, राजनीतिक यथार्थको प्रस्तुति, सरलता, सहजता र सरसता नै हुन् भन्ने देखिन्छ। सानैदेखि प्रवासी बन्नुपरेका कारणले गर्दा यिनको भाषामा हिन्दीको प्रभाव छ। वी.पी.ले भनेका छन्- "तारिणीको भाषा राम्रो छ, सर्र जाने वा राम्रो लेख्ने व्यक्ति उनी हुन् तर ईश्वर बल्लभले चाहिँ दुवै दाजुभाइको भाषालाई राम्रो मानेका छैनन् र अप्ठ्यारो ठानेका छन्। यौनवादी प्रयोगमा कथाकार तारिणीलाई कतिपयले वी.पी. कोइरलाकै अर्का रूपको रूपमा चित्रित गरेका छन्।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]



बाह्य सूत्र[सम्पादन गर्नुहोस्]