निष्ठानन्द बज्राचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

निष्ठानन्द बज्राचार्य नेपालभाषा पुनर्जागरण कालका प्रमुख लेखक मध्ये एक हुन्। उनीलाई नेपालभाषा वाङ्मयमा गद्यगुरु र पुनर्जागरणकालका चार खम्ब (प्यम्ह थां) मध्ये एकका रूपमा लिइने गरिन्छ। खानी विशेषज्ञ देवराज शाक्यको संगत भएका शिक्षित वैज्ञानिक एवं प्राविधिज्ञमा काठमाडौंका पण्डित निष्ठानन्द बज्राचार्य पनि थिए। निष्ठानन्द बज्राचार्यले नेपालमा पहिलोपटक हातेप्रेस अर्थात् लिथो मेसिन निर्माण गरेका थिए। उनले वि.सं. १९६७-६८ तिर निर्माण गरेको उक्त लिथो मेसिन कन्तुर आकारको थियो। त्यसमा कम्पोज गरिएको अक्षर राखी रोलरले मसी दली त्यसमाथि कागज राखेर छापिन्थ्यो। नेपाल भाषामा लिखित आफ्नो गद्यग्रन्थ 'ललित विस्तार' मुद्रण गर्ने इच्छाअनुसार कलकत्ता गएर अक्षर छाप्ने टाइप किनेर उनले यो मेसिन आप्नै बुद्धिवर्कत लगाएर बनाएका थिए।

छापाखानाको स्थापना र पुस्तकको प्रकाशनबिना साँस्कृतिक सामाजिक, धार्मिक ज्ञानको प्रचार-प्रसार हुनसक्दैन भन्ने ठानेर आफ्नो अदम्य साहस, उत्साह र जाँगरको बल लिथोमेसिन बनाएर उनले एकातिर आफ्नो प्राविधिक क्षमताको परिचय दिए भने अर्कोतिर उनले नेपाल भाषा र बौद्धधर्मको जागरणमा ठूलो योगदान दिए। उनले ठूलो साहसका साथ नेपाल भाषाका रचना लेख्ने, छाप्ने र प्रचार-प्रसार गर्ने कार्य गर्दै आफ्नो जीवन बिताए।

हेर्नुहोस्[सम्पादन गर्ने]