सामग्रीमा जानुहोस्

भैरव अर्याल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जन्मतीर्थनाथ अर्याल
१९९३ असोज ५
कुपण्डोल, ललितपुर
मृत्यु२०३३ असोज १९
गोकर्ण, काठमाडौँ
पेशालेखक
राष्ट्रियतानेपाली
विधाहास्यव्यङ्ग्य उपन्यास, व्यङ्ग्य, हास्य

भैरव अर्याल नेपाली साहित्यका लेखक थिए। उनका लेखन नेपाली जीवनशैलीका सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक पक्षहरूमा आधारित छन्, र उनका व्यङ्ग्यपूर्ण निबन्धहरूको सङ्कलन 'जय भुँडी' नेपाली साहित्यका सबैभन्दा लोकप्रिय कृतिहरूमध्ये एक हो।[][][] उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्।[][][] []

जीवन यात्रा

[सम्पादन गर्नुहोस्]
भैरव अर्याल

उनको जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा भएको हो। उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो।[]

सुरुमा, आर्यालले २०१० देखि २०१४ सम्म पोखरा र काठमाडौँमा चार वर्षसम्म शिक्षकको रूपमा काम गरेका थिए। पछी घाँटीको रोगका कारण आवाज बिग्रन थाल्यो र यही कारणले उनलाई शिक्षण पेशा छोड्न बाध्य हुनुपर्यो।[][१०]

नेपालीमा एम्ए, साहित्यरत्न र संस्कृतमा मध्यमा सम्मको अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरेका थिए। उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरेका थिए। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीँ पत्रकार नियुक्त भएका थिए र पछि गोरखापत्र को सम्पादन समूहमा रहेका थिए। ‘मधुपर्क’ लाई स्तरीय बनाउन काम गरेका उनले ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रहेको थियो।[११][१२] [१३][१४]

नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यङ्ग्य साहित्य आकाशका कहिल्यै ननिभ्ने तारा हुन्।

उनको निधन वि. सं. २०३३, असोज १९ मा, गोकर्ण काठमाडौँको गोकर्णमा आत्महत्याको कारण भएको थियो।[१५]

साहित्यिक यात्रा

[सम्पादन गर्नुहोस्]

उनको पहिलो प्रकाशित कविता 'नव जीवन्' शीर्षकमा थियो, जुन २००८ मा प्रकाशन भएको प्रतिभा पत्रिकामा थियो। त्यसपछि उनले व्यङ्ग्यात्मक निबन्ध र कविताहरू पनि प्रकाशित गरेका थिए। उनको पहिलो प्रकाशित पुस्तक काव्य सङ्कलन 'उपवन' थियो। अर्को वर्ष उनले 'काउकुती' प्रकाशित गरेका थिए जसले उनको व्यङ्ग्यात्मक यात्रामा सार्वजनिक प्रवेशको सङ्केत दिएको थियो।[१६][११][१७] २०२१ मा, उनको सबैभन्दा प्रशंसा प्राप्त साहित्यिक कृति 'जय भुँडी' प्रकाशित भएको थियो, जसले प्रसिद्ध व्यङ्ग्यात्मक निबन्धहरू 'जय भोली' र 'जय भुँडी' समावेश गरेको थियो।[१८][१९][२०][१२]

सम्पादित, अनूदित र फुटकर कृति

[सम्पादन गर्नुहोस्]

सम्पादित, अनूदित र फुटकर कृति -

[सम्पादन गर्नुहोस्]

१) साझा कथा - कथा सङ्ग्रह- २०२५ -

२) छ्याकन - कविता सङ्ग्रह -

३) रत्नश्री - सम्पादन

४) गोरखापत्र -स. सम्पादक

५) विभिन्न पत्र-पत्रिकाहरूमा कविता, लेख समालोचना, हास्य व्यंग्यात्मक रचनाहरु प्रकाशित

उनका केही चर्चित निबन्धहरूः

उनका केही चर्चित कथाहरूः

उनका केही चर्चित कविताहरूः

पुरस्कार, मानसम्मान, पदक

[सम्पादन गर्नुहोस्]
  • वि. सं. २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा प्रथम।
  • गोरखा जिल्लाको घ्याल्चोकबाट पत्ता लागेको भुइँफड्केको नयाँ वंशको नाम भैरव अर्यालको सम्मानमा Aryalidonta Subedi et Kasalo, 2023 राखिएको; उक्त वंशको मानक प्रजातिको नाम अर्यालको कृति इतिश्रीबाट Aryalidonta itishreea Subedi et Kasalo, 2023 राखिएको छ भने बोलाउने नाम अर्यालको कृति दश औतारबाट अर्यालको दश औतारी भुइँफड्के राखिएको छ। [२१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. अर्याल, भैरव, "जय भुँडी (हास्यव्यङ्ग्य सङ्ग्रह)", pustakalaya.org, मूलबाट २०१४-०७-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-२९ अभिलेखिकरण २०१४-०७-१४ वेब्याक मेसिन
  2. "भैरब अर्यालका छ हास्य निबन्धहरु by Bhairav Aryal on iBooks", iBooks (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-२९
  3. "- Nepali Times", nepalitimes.com, मूलबाट २०१७-०७-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-२९ अभिलेखिकरण २०१७-०७-२९ वेब्याक मेसिन
  4. "Himalayan Voices", publishing.cdlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-२९
  5. "On Motiram's tribe", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-२९
  6. "भैरव अर्यालको व्यङ्ग्य : भान्सा भो हजुर ?", Online Khabar, अन्तिम पहुँच २०१७-०७-२९
  7. "भैरवजी"[स्थायी मृत कडी]
  8. "सम्झनामा भैरव अर्याल / रोचक घिमिरे | Online Sahitya"
  9. "Amar Nyaupane and Rochak Ghimire | हाँस्यव्यंग्य: भैरव अर्याल मीमांसा |", YouTube, १८ जनवरी २०२०।
  10. "Bhairav Aryal Biography - One of the most popular Nepali Comedy writer", युट्युब, ३० अप्रिल २०२०।
  11. 1 2 "भैरव अर्यालबारेका भ्रम र सच्चाइ | www.samakalinsahitya.com", www.samakalinsahitya.com, अन्तिम पहुँच २०१९-०४-०५
  12. 1 2 "भैरव अर्याल | Online Sahitya Nepali Literature", onlinesahitya.com, अन्तिम पहुँच २०१९-०४-०५
  13. "भैरव रिसाल र भैरव अर्यालको एउटै चुल्हो", Himal Khabar, अन्तिम पहुँच २०२१-०३-२५
  14. "पत्रकारितामा पनि अब्बल भैरव अर्याल" अभिलेखिकरण २०२४-१२-१० वेब्याक मेसिन
  15. "हास्य व्यङ्ग्यको शाश्वत शिल्पी", साहित्यपोस्ट (en-USमा), २०२०-१०-०५, अन्तिम पहुँच २०२१-०३-२५
  16. "भैरव दु:खान्त", nepal.ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०४-०५ अभिलेखिकरण २०१८-१२-०१ वेब्याक मेसिन
  17. "भैरव अर्यालबारेका भ्रम र सच्चाइ | प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल"
  18. "भैरव–रोचक दमदार दोस्ती" अभिलेखिकरण २०२२-०२-०२ वेब्याक मेसिन
  19. "भैरव अर्यालको निबन्ध : नेता नम्बर एक सय एक"
  20. "गजब निबन्ध: टाउको"
  21. Subedi, Madan; Kasalo, Niko (२०२३), "Aryalidonta itishreea, a new genus and species of Thoradontini (Orthoptera, Tetrigidae) from Nepal honors the Emperor of Laughter", Journal of Orthoptera Research 32: 63–80, डिओआई:10.3897/jor.32.94918

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]