रूक्माङ्गद कटवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूक्माङ्गद कटवाल
रुकमाङ्गद कटवाल
महारथी श्री
रुकमाङ्गद कटवाल
नेपालका प्रधान सेनापतिहरू
कार्यकाल
२०६३ भदौ २०[१] September 10, 2006 – August, 2009
पूर्वाधिकारीप्यार जङ्ग थापा
उतराधिकारीछत्रमानसिंह गुरुङ
व्यक्तिगत विवरण
जन्म (1948-12-12) १२ डिसेम्बर १९४८ (उमेर ७५)
ओखलढुंगा
नाताउमा कटवाल (wife)
पुरस्कारBirendra Prajatantra Bhaskar Class II
गोरखा दक्षिण बाहु
सैन्य सेवा
निष्ठा नेपाल
Roundel of Nepal.svg
Roundel of Nepal
शाखा/सेवानेपाली सेना
सेवाको वर्षहरू1969-2009
श्रेणीमहारथी
आदेशहरूShree Kalidhoj Battalion (1976-1977)
United Nation Interim Force in Lebanon (UNIFIL) (1988)
Shree Pashupati Prashad Battalion (1990-1993)
Commandant of the Royal Nepalese Military Academy (1993)
Adjutant General (AG) of the Directorate of Military Intelligence (DMI) (1999)

रूक्माङ्गद कटवाल नेपाली सेनाका प्रधानपति थिए। कटवाललाई राजा महेन्द्रले हुर्काएका, पढाएका र बढाएका हुन् ।

कटवाल प्रकरण[सम्पादन गर्नुहोस्]

२०६६ वैशाख २१ गते 'कटवाल प्रकरण'का कारण दाहाल ९ महीनामै सरकारबाट बाहिरिनुपरेको थियो । नागरिक सरकारले दिएको आदेश पालना नगरेको भन्दै प्रचण्ड सरकारले कटवालसँग स्पष्टीकरण मागेपछि तीन हप्तासम्म विवाद चलेको थियो । २०६६ साल वैशाख २० मा उनले प्रधान सेनापति रूक्माङ्गद कटवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई निमित्त प्रधान सेनापति बनाएका थिए ।

आफ्नो पद बचाउनका लागि प्रधान सेनापति राजनीतिक शक्तिहरूको समर्थन जुटाउन लागि परे । माओवादीको यो कदमलाई कू र सत्ता कब्जा भएको दाबी गर्दै आफ्नो पक्षमा समर्थन जुटाएका थिए । निर्वाचनमा राजनीतिक चुनौती पेस गर्न नसकेका काङ्ग्रेसएमालेलाई के लाग्यो भने माओवादीलाई ठेगान लगाउने एक मात्र संस्था सेना नै हो । उनीहरूले माओवादीले गरेको निर्णयको विरोध गरे । धेरैखाले आइरोनी सतहमा देखिए । जब प्रधानमन्त्री प्रचण्डले सेनापति कटवाललाई हटाएको घोषणा गरे, गठबन्धन सरकारमा सहभागी अन्य दलले आफ्नो समर्थन फिर्ता लिइसकेका थिए । त्यही रात राष्ट्रपति रामवरण यादवलेअनपेक्षित कदम चाल्दै सोझै सेनापतिलाई पत्र लेखेर आफ्नो पदमा अडिग रहन र प्रधानमन्त्रीको आदेश उल्लङ्घन गर्न आदेश दिए । संवैधानिक सीमा नाघ्दै निर्वाचित कार्यकारीलाई बाइपास गरेर नै राष्ट्रपतिले सो कदम उठाएका थिए ।

तर प्रधानमन्त्रीले पनि उस्तै गल्ती गरेका थिए । राष्ट्रपतिमार्फत सेनापतिलाई बर्खास्त गराउनु साटो उनले सोझै बर्खास्त गर्ने निर्णय गरेका थिए । अरु सबै पार्टीलाई गठबन्धन सरकारबाट आफ्नो समर्थन फिर्ता गर्न लगाएर माओवादीलाई अल्पमतमा पार्न नेपथ्यबाट भारतले नै मुख्य भूमिका खेलेको थियो । यी घटना घटेकै हप्ताको सुरूआतमै भारतीय राजदूत सुदले राष्ट्रपति रामवरण यादवसँग बिहान ६ः३० बजे नै भेटघाट गरेका थिए । नेपाली सेनाको सुप्रिम कमान्डरसमेत रहेका यादवलाई उनले माओवादीको सेनापति हटाउने निर्णयविरूद्ध बलियो भएर उभिन आग्रह गरेका थिए । यो घटनाकै सेरोफेरोमा भारतीय राजदूतावासका कनिष्ठ कर्मचारीले राष्ट्रपतिका सल्लाहकारहरूसँग नजिकको सम्बन्ध बनाएका थिए ।

राष्ट्रपतिले सो कदम चालेको भोलिपल्ट दिउँसो माओवादी सचिवालयको बैठक बस्यो । बैठकलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्दै पदबाट राजीनामा दिए ।[२][३] रामवरण यादवले 'कटवाल प्रकरण' मा आफूले तत्कालीन सरकारलाई साथ नदिएर नेपाली सेनाको सङ्गठन ध्वस्त हुनबाट बचाएको बताएका थिए ।[४]

आत्मकथा[सम्पादन गर्नुहोस्]

प्रधान सेनापतिबाट अवकाश पाएपछि उनले आत्मकथा लेखे। पूरै गणतन्त्र आफैले ल्याएको पाराको व्याख्या भएको किताब पनि चर्चामा रह्यो। सार्वजनिक भएको दुई हप्तामा पहिलो पटक छपाइएका सबै पच्चिस हजार प्रति बिकेको पूर्व सेनापती रूपमाङ्गत कटवालको आत्मकथा अहिले गाली गलौज, बहस देखी चिया गफ सबैको तात्तातो विषय बनेको छ । भलै अखबरी कफी गफ्फी नारायण वाग्ले उनको अमृकाने गफ मै मग्न छन ।

जीवनी[सम्पादन गर्नुहोस्]

कटवाललाई राजा महेन्द्रले हुर्काएका, पढाएका र बढाएका हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "रुकमाङ्द कटवाललाई नेपाली सेनाको महारथी पदमा सेनाको प्रधान सेनापति पदमा नियूक्त गरेको", नेपाल राजपत्र, २०६३ भदौ २०, अन्तिम पहुँच २०६३ भदौ २० 
  2. प्रयोगशाला (पुस्तक)
  3. प्रशान्त झा द्धारा लिखित तथा उज्ज्वल प्रसाईद्धारा अनुवादित पुस्तक गणतन्त्रको सङ्घर्ष
  4. पाण्डे, जगदीश्वर (चैत्र २९, २०७२), "सेनाको सङ्गठन बचाएँ : यादव" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]