पुष्पकमल दाहाल
सम्माननीय पुष्पकमल दाहाल | |
---|---|
![]() | |
३३+३९ औँ प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल २०७३ साउन २० – २०७४ जेष्ठ १७ | |
राष्ट्रपति | विद्या भण्डारी |
पूर्वाधिकारी | खड्गप्रसाद ओली |
उतराधिकारी | शेरबहादुर देउवा |
Taking office १८ अगस्त २००८ | |
राष्ट्रपति | रामवरण यादव |
Succeeding | गिरिजा प्रसाद कोइराला |
व्यक्तिगत विवरण | |
जन्म | छबिलाल दाहाल २०११ मंसिर २६ कास्की |
राजनीतिक पार्टी | माओवादी केन्द्र |
जीवन साथी(हरू) | सीता पौडेल |
सन्तान(हरू) | ३ |
नातेदार | प्रकाश दाहाल (छोरा) |
पुष्पकमल दाहाल (प्रचलित नाम प्रचण्ड) नेपालका कम्युनिष्ट राजनीतिज्ञ तथा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का दुई मध्ये एक अध्यक्ष हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२-६३ को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन्। संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित उनी त्यसपछि नेपालको प्रधानमन्त्री बन्न पुगेका थिए। [१] यिनले २०७३ साल साउन १९ गते दोस्रो पटक पनि प्रधानमन्त्रीको पद सम्भालेका थिए । संविधान सभाको चुनावमा उनी एक्ला उम्मेदवार भए पनि संसद्को बहुमतको आधारमा प्रधानमन्त्री घोषणा गरिएको थियो ।[२]
प्रारम्भिक जीवन
दाहालको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गा. वि. स. वडा नं २ लिवाडेमा वि. सं २०११ साल मंसिर २६ गतेका दिन भएको थियो । यिनी पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट जेष्ठ पुत्रका रूपमा, जन्मेका थिए । यिनको बाल्यकालको नाम छविलाल दाहाल थियो ।
राजनीतिक यात्रा
पढाईमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अङ्कुराउन थालेको हो। प्रचण्ड त्यो क्षण सम्झन्छन्, "पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो। त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो। मेरै घरनजिकधनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन्। उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए। उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन्।" त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो। चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो। त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ। भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए। ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे। उनको विश्लेषणमा, "लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो। मोहनविक्रम नै मेरा विरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्यो।"
फेरि वैद्य नजिक
प्रचण्डको सम्बन्ध मोहन वैद्यसँग नजिकहुन पुग्यो। किनभने, त्यतिखेर वैद्य पनि मोहनविक्रमबाट छुट्टीएर नेकपा 'मशाल' का महामन्त्री भएका थिए। त्यसबेला गोप्य योजना बनाई सशस्त्र विद्रोहको तयारी गर्न नपाउँदै प्रहरीकहाँ त्यो सूचना पुग्यो र दर्जनौँ कार्यकर्ता पक्राउ परे। त्यसपछि वैद्यले नैतिकताका आधारमा राजीनामा दिई प्रचण्डलाई महामन्त्री पदमा सिफारिस गरे। ०४६ सालको जनआन्दोलनपछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू 'मशाल', चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री भए। त्यसपछि ०५१ सालमा फेरि एकताकेन्द्र छुट्टीएर दुई चिरा भएपछि प्रचण्ड समूहचाहिँ नेकपा माओवादीका रूपमा देखा पर्यो, जसले एक वर्षपछि सशस्त्र विद्रोह थाल्यो। ०४६ सालको जनआन्दोलन हुनु केही समयअघि प्रचण्डले गोरखाको सिरूबारीको तिरानचोकमा १६ जनालाई पहिलोपटक हतियार चलाउने तालीम दिएका थिए। २०६२ फागुन २ गतेको 'जनादेश' लाई दिइएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, "त्यो तालीमको तयारीका लागि राइफल किन्न बादल र म मनाङस्थित देव गुरुङको घरमा गयौँ। त्यही क्रममा ०४५ सालमा पार्टीका सैन्य दस्तावेज, लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएको एउटा पेस्तोल र १० गोला जिलेटिन शरीरमा लुकाएर बादल र म बसबाट गोरखा जाँदै गर्दा मुग्लिनको पुल तरेपछि तनहुँको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा रौँ प्रमाणले मात्र बँचियो।" त्यो समुहका प्रायः सदस्यहरू अहिले केन्द्रीय समितिमा छन्। त्यसपछि ०५२मा 'जनयुद्ध' थाल्नुभन्दा केही समयअघि गोरखाकै गाईपुरमा अर्को तालीम दिए, प्रचण्डले। १० वर्षका समयमा लडाइँका मोर्चाहरू तयार पार्नेदेखि आक्रमणका योजना बनाउनेसम्म काम गरे पनि उनी अहिलेसम्म प्रत्यक्ष लडाइँमा सहभागी भएका छैनन्।
व्यक्तिगत जीवन
आमा बित्दाको क्षण
२०५२ सालमा भूमिगत हुनुभन्दा केही समयअघि उनकी आमा क्यान्सरको बिरामीले थला परिन्। उनलाई वीर अस्पताल पुर्याइयो। मुक्तिरामलाई सम्झना ताजै छ, प्रचण्ड त्यसबेला आफैँ वीर अस्पतालमा कुरूवा बसेका थिए। दुर्भाग्यवश, त्यहीँ उनकी आमाको निधन भयो। अनि दाहसंस्कारको व्यवस्था मिलाएर प्रचण्ड त्यहाँबाट हिँडे। किरिया गरेनन्, भाइले गरे। २०५२ सालपछि २०६३ सालमा प्रचण्डको बाबुसँग भेट भयो। न्वारानको नाम छविलाल भएकाले उनलाई छवि नै भन्थे परिवारमा। घरको प्यारो नाम 'बाबु' थियो। तर, स्कूल पढ्दापढ्दै छविले आफ्नो नाम आफैँ पुष्पकमल राखेछन्। बाबुआमाले प्रचण्ड भन्ने नाम आफ्नो छोराको हो भनेर धेरै ढिलो मात्रै थाहा पाएका हुन्।
समयानुक्रम
- २०२६ सालमा एसएलसी
- २०३० सालमा आइएस्सी पाटन संयुक्त क्याम्पस
- २०३३ सालमा बीएस्सी एजी कृषी तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवन
- २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटमा अध्यापन
- २०३८ सालमा नेकपामा प्रवेश
- २०३५ सालदेखि पूर्णकालीन तथा भूमिगत जीवन प्रारम्भ
- २०४६ महामन्त्री नेकपा (मशाल)
- २०४८ महामन्त्री नेकपा (एकता-केन्द्र)
- २०५१ महामन्त्री नेकपा (माओवादी)
- २०५७ अध्यक्ष, नेकपा (माओवादी)
- २०६३ आम जनतासमक्ष सार्वजनिक
पूर्वाधिकारी गिरिजा प्रसाद कोइराला |
नेपालको प्रधानमन्त्री अगस्ट् १८, २००८ देखि मे ४, २००९ |
उत्तराधिकारी माधब कुमार नेपाल |
पूर्वाधिकारी खड्गप्रसाद ओली |
नेपालको प्रधानमन्त्री १९ साउन २०७३ देखि |
उत्तराधिकारी शेरबहादुर देउवा |
सन्दर्भ सामग्रीहरू
यो पनि हेर्नुहोस्
बाह्य कडीहरू
- cmprachanda
.com - Prachanda - hero or villain? By Rabindra Mishra (BBC Nepali service)
- Prachanda speech on democracy given at Hindustan Times Leadership Summit, New Delphi, India, November १८, २००६ / Video of the Speech (together with Lord Neill Kinnock, Labour Party Great Britain)
- L'Espresso-Interview with Prachanda: Our revolution won, November २००६
- L'Espresso-Interview with Prachanda as Video, November २००६
- Interview with Kantipur Online
- Exclusive interview with Prachanda, The Hindu (India) of February ८, ९, र १०, २००६
- An interview with Prachanda
- BBC news Video Interview with Prachanda
- My Free Nepal
- Interview with Revolutionary Worker in २०००
![]() |
विकिमिडिया कमन्समा पुष्पकमल दाहाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |