आरुघाट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

११:०९, ३० अप्रिल २०१२ (युटिसी(UTC)) आरुघाट बजार गोरखा र धादिङ जिल्लाको सिमानामा पर्दछ। आरुघाट बजार एक ब्यापारिक थलो हो जहाँ गोरखा र धादिङ जिल्लाको उत्तरी भेगका मानिसहरू किनमेल गर्न आउछन। धादिङ जिल्लापट्टिको आरुघाट बजारलाई विशालनगर र गोरखा जिल्ला पट्टिको आरुघाट बजार लाई आरुघाट बजार नै भनिन्छ। पहिला पहिला यहाँ नेवारको बस्ति थियो अहिले उत्तरी भेगका मानिसहरू आफ्नो गाउँबाट बसाइ सरेर आरुघाट बजारमा बस्न थालेका छन् अहिले आरुघाट बजारमा नेवार भन्दा मतुवाली (गुरूङ,मगर, घले)आदि जातिका मानिसहरूको संख्या धेरै छन्।
आरुघाट बजारमा जानको लागि गोरखाको सदरमुकाम बाट र धादिङ जिल्लाको सदरमुकाम बाट बसबाट जन सकिन्छ। आरुघाटमा एउटा पुरानो बिद्यालय पनि छ जसलाई श्री भीमोदय माध्यमिक बिद्यालय भानिन्छ अहिले यो बिद्यालयलाई श्री भीमोदय बहुमुखी क्याम्पसको नामले पनि चिनिन्छ, यो क्याम्पस विक्रम सम्बत २००७ सालमा स्थापना भएको थियो र विक्रम सम्बत २०५७ सालमा स्वर्ण जयन्ति मनाएको थियो। अहिले यो क्याम्पसमा स्नातकोत्तरको कक्षा संचालन गर्नको लागि भौतिक संरचनाहरूको निर्माण कार्य तिब्ररूपमा भैरहेको छ।
लेखक: हरि बहादुर गुरूङ
बंगैचा, आरुघाट गोरखा
हाल पोखरा
IT Trainer/System Adminstrator
Minux Institute of Technology