तेस्रो दाहाल मन्त्रिपरिषद्, २०७९
तेस्रो दाहाल मन्त्रिपरिषद् | |
---|---|
![]() नेपालको मन्त्रिपरिषद् | |
वि. सं. २०७९ देखि हाल | |
![]() | |
गठन मिति | वि. सं. २०७९ पौष ११ |
सदस्य र सङ्गठन | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
उपप्रधानमन्त्री | नारायणकाजी श्रेष्ठ |
हटाइएका मन्त्रीहरू | १६ |
कुल मन्त्री सं. | ७ |
दल सङ्ख्या | |
सभामा स्थिति | बहुमतको गठबन्धन सरकार (६५%) नेपाली कांग्रेस, रास्वपा, जसपा, नाउपा र अन्य स्वतन्त्र सांसदको समर्थनमा १८० / २७५ |
इतिहास | |
निर्वाचन(हरू) | प्रतिनिधि सभा निर्वाचन, २०७९ |
संसद कार्यकाल(हरू) | नेपालको दोस्रो सङ्घीय संसद |
पूर्वाधिकारी | पाँचौँ देउवा मन्त्रिपरिषद् |
तेस्रो दाहाल मन्त्रिपरिषद् नेपालको वर्तमान मन्त्रिपरिषद् हो। सो मन्त्रिमण्डल २०७९ को आम निर्वाचनपछि वि.सं. २०७९ पौष ११ मा पुष्पकमल दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि गठन भएको हो।[१][२]
पृष्ठभूमि[सम्पादन गर्नुहोस्]
दाहालको प्रधानमन्त्री पदको दाबीलाई उनको आफ्नै दल नेकपा (माओवादी केन्द्र) का साथै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो।[३] प्रधानमन्त्री दाहालले वि.सं. २०७९ पौष ११ मा तीन उपप्रधानमन्त्री र चार मन्त्रीसँगै शपथ लिएका थिए।[४]
वि.सं. २०७९ पौष २६ मा प्रधानमन्त्री दाहालले २७५ सदस्यीय प्रतिनिधि सभामा खसेका २७० मत मध्ये २६८ मत ल्याई विश्वासको मत जितेका थिए, जहाँ उनलाई सत्तारूढ गठबन्धनका साथै प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल को समेत समर्थन प्राप्त भयो।[५]
त्यसपछि माघ ३ मा थप एक उपप्रधानमन्त्री, ११ मन्त्री र तीन राज्यमन्त्री समावेश गरी मन्त्रिपरिषद् विस्तार गरियो।[६][७]
वि.सं. २०७९ माघ १३ मा सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुन: प्राप्त गर्ने बेला उचित प्रक्रिया पालना नगरेकाले उनी कानुनी रूपमा नेपाली नागरिक नरहेको फैसला गरेपछि लामिछानेलाई सबै निर्वाचित पदबाट हटाइएको थियो।[८] रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रिपरिषद्बाट आफ्ना सदस्य फिर्ता बोलाउने निर्णय गरेपछि सो पार्टीका बाँकी मन्त्रीहरूले माघ २२ गते राजीनामा दिए।[९]
वि.सं. २०७९ फाल्गुन १३ मा राप्रपाका सबै मन्त्रीहरूले सरकारबाट राजीनामा दिंदै सो पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो, जब नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एस), जनमत पार्टी, लोसपा, नाउपा र राष्ट्रिय जनमोर्चाले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमतिमा नयाँ गठबन्धन गठन गरे।[१०][११] त्यसपछि फाल्गुन १५ मा नेकपा (एमाले) ले सरकार छाड्ने र आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेपश्चात् त्यही दिन सो पार्टीका मन्त्रीहरूले सामूहिक राजीनामा दिए।[१२][१३]
प्रधानमन्त्री दाहालले अब चैत १४ गते सम्ममा संसदमा विश्वासको मत लिनुपर्नेछ र उनले छिट्टै नयाँ गठबन्धनका सदस्यहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्ने अपेक्षा गरिएको छ।[१४][१५]
वर्तमान व्यवस्था[सम्पादन गर्नुहोस्]
पूर्व व्यवस्था[सम्पादन गर्नुहोस्]
वि.सं. २०७९ फाल्गुन १५ सम्म[सम्पादन गर्नुहोस्]
वि.सं. २०७९ फाल्गुन १३ सम्म[सम्पादन गर्नुहोस्]
वि.सं. २०७९ माघ २२ सम्म[सम्पादन गर्नुहोस्]
वि.सं. २०७९ माघ १३ सम्म[सम्पादन गर्नुहोस्]
टिप्पणीहरू[सम्पादन गर्नुहोस्]
- ↑ श्रेष्ठलाई वि.सं. २०७९ पुस ११ मा उपप्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त गरिएको थियो। वि.सं. २०७९ चैत्र १७ मा उनी उपप्रधानमन्त्री र गृह मन्त्रीको रूपमा सेवा गर्दै छन्।[१७][१८][१९][२०]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन", कान्तिपुर, अन्तिम पहुँच २०२२-१२-२६।
- ↑ "Dahal sworn in as prime minister", The Kathmandu Post (Englishमा), अन्तिम पहुँच २६ डिसेम्बर २०२२।
- ↑ "Oli, Dahal reach Sheetal Niwas to claim government leadership", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ Republica, "PM Dahal forms eight-member cabinet including three deputy prime ministers", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ "Prime Minister Pushpa Kamal Dahal secures vote of confidence", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ "Prime Minister Dahal expands Cabinet; inducts 12 ministers, three state ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१७।
- ↑ "Council of Ministers", Office of the Prime Minister and Council of Ministers (en-USमा), अन्तिम पहुँच २६ डिसेम्बर २०२२।
- ↑ "Court strips Lamichhane of all posts over citizenship", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ Samiti, Rastriya Samachar (२०२३-०२-०५), "Rastriya Swatantra Party decides to quit govt", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-११।
- ↑ "Rastriya Prajatantra Party exits government", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ "Eight political parties to support Congress candidate in presidential election", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ "UML pulls out of government", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ "UML decides to quit Dahal-led government", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ Republica, "PM Dahal under constitutional obligation to seek vote of confidence as UML and RPP withdraw their support to govt", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ "Dahal moulding a small Cabinet after UML pullout", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८।
- ↑ १६.०० १६.०१ १६.०२ १६.०३ १६.०४ १६.०५ १६.०६ १६.०७ १६.०८ १६.०९ १६.१० १६.११ "प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, नेपाली कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानमन्त्री बने", बिबिसी समाचार नेपाली (नेपालीमा), २०२३-०३-३१, अन्तिम पहुँच २०२३-०४-२०।
- ↑ "नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१।
- ↑ "भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले गरे पदभार ग्रहण", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१।
- ↑ "नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दै!", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१।
- ↑ "चौथो पटक मन्त्री बन्दा नारायणकाजी दोस्रो पटक गृहमन्त्री", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१।
- ↑ २१.० २१.१ २१.२ २१.३ "राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२०।
- ↑ २२.० २२.१ "एकीकृत समाजवादीबाट नन्दा चपाई बनिन् राज्यमन्त्री", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२०।
- ↑ "मन्त्रिपरिषद्", नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२०।