विक्रम पाण्डे
विक्रम पाण्डे | |
|---|---|
| राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष[१] | |
| पद बहाली २०७८ मङ्सिर १९ | |
| अध्यक्ष | |
| वन तथा वातावरण मन्त्री | |
| कार्यकाल २०७४ भदौ २६ – २०७४ फागुन ३ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| प्रधानमन्त्री | शेरबहादुर देउवा |
| पूर्वाधिकारी | शेरबहादुर देउवा |
| उतराधिकारी | शक्तिबहादुर बस्नेत |
| भूमिसुधार तथा व्यवस्थापन मन्त्री | |
| कार्यकाल २०७३ साउन २७[२] – २०७४ वैशाख २५ | |
| उतराधिकारी | गोपाल दहित |
| व्यक्तिगत विवरण | |
| जन्म | thumb विक्रम पाण्डे |
| मृत्यु | thumb विक्रम पाण्डे |
| चिहान | thumb विक्रम पाण्डे |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
| अभिभावक |
|
| मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
विक्रम पाण्डे नेपाली राजनीतिज्ञ तथा व्यवसायी हुन्। पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष हुन्।[३] उनी पुष्पकमल दाहाल "प्रचण्ड" नेतृत्वको सरकार, २०७३ मा वन तथा वातावरण मन्त्री थिए।[४]
राजनैतिक जीवन
[सम्पादन गर्नुहोस्]विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टिका उपाध्यक्ष हुन् । वि.सं. २०७८ मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा भएको पार्टीको महाधिवेशनमा उनी खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशन कार्की विजयी भएका हुन् ।[५]
चुनावी इतिहास
[सम्पादन गर्नुहोस्]| चितवन ५ (निर्वाचन क्षेत्र) | |||
|---|---|---|---|
| दल | उम्मेदवार | मत | |
| राष्ट्रिय प्रजातन्त्र पार्टी | विक्रम पाण्डे | १०,७५८ | |
| नेकपा (एमाले) | दानबहादुर तामाङ | ८,४०६ | |
| नतिजा | राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी | ||
| स्रोत: चितवन पोस्ट | |||
२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाण्डे चितवन ३ बाट उम्मेदवार बनेका थिए। यसै क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका नेता पुष्पकमल दाहाल उठेका थिए। [६] पाण्डेलाई नेपाली काङ्ग्रेसले समर्थन गरेको थियो भने दाहाललाई एमालेले समर्थन गरेको थियो। [७][८] नेपाली काङ्ग्रेसको समर्थनमा पाण्डे उम्मेदवार बनेका थिए।[९] तथापि, पाण्डे ९,३२७ मतान्तरले पराजित भएका थिए।[१०][११]
| चितवन ३ (निर्वाचन क्षेत्र) | |||
|---|---|---|---|
| दल | उम्मेदवार | मत | |
| नेकपा (माओवादी) | पुष्पकमल दाहाल | ४८,२७६ | |
| राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) | विक्रम पाण्डे | ३८,९३५ | |
| नेकपा (मार्क्सवादी लेनिनवादी) | डम्बर श्रेष्ठ | १,५८७ | |
| अन्य | १,४९५ | ||
| बदर मत | ३,५२० | ||
| नतिजा | माओवादी केन्द्र विजयी | ||
| स्रोत: निर्वाचन आयोग | |||
प्रतिनिधि सभा निर्वाचन, २०७९ मा, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे सत्ता गठबन्धनका साझा उम्मेदवार डाक्टर भोजराज अधिकारीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। नेकपा (एमाले)को समर्थनमा नेपाली काङ्ग्रेसबाट बिद्रोह[१२] गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइराला भने चौथो स्थानमा सीमित भएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार जीता बराल भने तेस्रो स्थानमा रहेकी थिइन् उनले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भोजराज अधिकारीलाई ९,२३३ मतान्तरले पराजित गरेका थिए।[१३]
| चितवन ३ (निर्वाचन क्षेत्र) | |||
|---|---|---|---|
| दल | उम्मेदवार | मत | |
| राष्ट्रिय प्रजातन्त्र पार्टी | विक्रम पाण्डे | ३५,०५५ | |
| नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) | भोजराज अधिकारी | २४,६७१ | |
| नतिजा | राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी | ||
| स्रोत: गोरखापत्र | |||
व्यवसाय
[सम्पादन गर्नुहोस्]- कालिका कन्स्ट्रक्सन
- कालिका एफ एम
- कालिका पावर कम्पनी
- कालिका टावर
विवाद
[सम्पादन गर्नुहोस्]राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर १९ गते पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।अख्तियारले ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डे, आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ सीडीई इन्जिनियर, सिँचाइ विभागका ३ इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र ३ इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।[१४][१५] पाण्डेले २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँबराबरको भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । अदालतले प्रारम्भिक सुनुवाइमा पाण्डे दोषी ठहर हुन सक्ने भन्दै ४ करोड रुपैयाँ धरौटीमा रिहा गरी मुद्दाको प्रतिवाद गर्ने अवसर दिएको थियो ।[१६] विशेष अदालतले २०७९ असार ५ मा पाण्डेलाई उक्त आरोपमा सफाइ दिए पनि यो मुद्दा अन्तिम किनारा लागिसकेको छैन । आमसञ्चारमा अदालतको आलोचना भइरहेको छ र अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भनेको छ ।[१७] विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की त्यहाँको माटोलाई दोष दिएर सबै उम्किने प्रयास गरेको बताउँछन् ।[१८]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी, ल्याए सर्वाधिक मत"। रातोपाटी ((नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।
- ↑ https://thehimalayantimes.com/kathmandu/pm-assigns-portfolios-rpp-ministers/
- ↑ राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी, ल्याए सर्वाधिक मत
- ↑ २०७३ साउन २४ नेपाल राजपत्र
- ↑ "राप्रपा पदाधिकारीमा थापा पक्षको बर्चश्व, कसले कति मत पाए ?", अनलाइनखबर, २०७८ मंसिर १९।
- ↑ "विक्रम पाण्डे भन्छन्, 'प्रचण्ड मेरा प्रतिस्पर्धी होइनन्'", विक्रम पाण्डे भन्छन्, 'प्रचण्ड मेरा प्रतिस्पर्धी होइनन्' (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०७।
- ↑ "विक्रम पाण्डे भन्छन्- कांग्रेसको सबै भोट मैले पाउँछु", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७।
- ↑ "प्रचण्डलाई चितवनमा विक्रम पाण्डेको चुनौती", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७।
- ↑ रातोपाटी, "यस्तो छ प्रचण्ड र विक्रम पाण्डेका मतदाताको मुड", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७।
- ↑ रातोपाटी, "विक्रम पाण्डेले कांग्रेसका तीन शीर्ष नेतासँग आशीर्वाद लिएर मतदान गरे", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७।
- ↑ "चितवन ३ मा प्रचण्ड भन्दा विक्रम पाण्डे २१४ मतले अगाडि (अपडेट)", चितवन ३ मा प्रचण्ड भन्दा विक्रम पाण्डे २१४ मतले अगाडि (अपडेट) (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०७।
- ↑ "चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९।
- ↑ "चितवन ३ मा राप्रपाका पाण्डे विजयी", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९।
- ↑ https://www.setopati.com/social/171128
- ↑ https://www.bbc.com/nepali/news-46488288
- ↑ https://www.onlinekhabar.com/2019/01/734743
- ↑ https://nepallive.com/story/284305
- ↑ https://www.onlinekhabar.com/2022/09/1188173