सामग्रीमा जानुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रतिनिधि सभा निर्वाचन, २०७४

 २०७० १० मङ्सिर
२१ मङ्सिर २०७४
२०७९ 
दर्ता भएका मतदाताहरू१५,४२७,७३१
मतदान१०,५८७,५२१ (६८.६३%)[][] ह्रास ९.७१ प्रतिशत मत
 
दल नेकपा (एमाले) नेपाली कांग्रेस नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
लोकप्रिय मत ३,१७३,४९४ ३,१२८,३८९ १,३०३,७२१
प्रतिशत ३३.२५% ३२.७८% १३.६६%

 
दल राजपाने ससफोने
लोकप्रिय मत ४७२,२५४ ४७०,२०१
प्रतिशत ४.९५% ४.९३%

निर्वाचन क्षेत्र अनुसार नतिजा

अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

शेरबहादुर देउवा
नेपाली काङ्ग्रेस

निर्वाचित प्रधानमन्त्री

खड्गप्रसाद ओली
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)

प्रतिनिधिसभा निर्वाचन नेपालको संसदको तल्लो सदन प्रतिनिधि सभाको २७५ सदस्य चयनका लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा सम्पन्न भएको थियोे।[][] यो निर्वाचन सँगै देशको सात प्रदेशहरूको प्रादेशिक सभा गठन गर्न पहिलो पटक प्रादेशिक निर्वाचन पनि सम्पन्न गरिएको थियो। यस निर्वाचनबाट निर्वाचित सांसदहरूले देशको प्रधानमन्त्रीको चयन गर्ने व्यवस्था रहेको छ। देशको प्रधानमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले बहुसङ्ख्यक सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ। निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ रहेकोमा निर्वाचनमा भाग लिने मतदाताको सङ्ख्या १,०५,८७,५२१ (६८.६३)%[][] रहेको थियो।

सन् २००२ को मे महिनामा प्रतिनिधि सभाको नयाँ निर्वाचन गराउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाहको सल्लाहमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् १९९९ मा निर्वाचित भएका पछिल्लो प्रतिनिधि सभालाई भङ्ग गरेका थिए। जारी ससस्त्र संघर्ष का कारण निर्वाचन हुन नसक्दा अन्ततः राजा ज्ञानेन्द्रले चार प्रधानमन्त्रीहरूलाई केही वर्षको अन्तरमा खारेज गरेर सन् २००५ फेब्रुअरीमा शाही सत्ता कब्जा गरे। सन् २००६ को जनआन्दोलन पछि राजाले पूर्व प्रतिनिधि सभालाई बहाल गरे। सन् २००७ जनवरी १५ मा अन्त्तरिम व्यवस्थापिका संसदको स्थापना गरिएको थियो। अन्त्तरिम व्यवस्थापिका संसदमा सात दलको गठबन्धन र नेपाली कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको समझौता अनुसार नियुक्त गरिएका सदस्यहरू सामेल थिए।

अन्त्तरिम व्यवस्थापिका संसदले नेपालको पहिलो संविधान सभाको निर्वाचन गराएको थियो जसको मुख्य उद्देश्य देशको नयाँ संविधान बनाउनु थियो।[] निर्धारित समयसीमा भित्र पहिलो संविधान सभामा निर्वाचित सदस्यहरूको असफलताले गर्दा संविधान बन्न सकेन जसले गर्दा नेपालको दोस्रो संविधान सभाको निर्वाचन भएको थियो जसले सन् २०१५ सेप्टेम्बर २० मा नेपालको संविधान २०७२ लाई मञ्जुरी दियो। संविधानको घोषणा लगत्तै, दोस्रो संविधान सभालाई एकात्मक व्यवस्थापिका संसदमा परिवर्तित गरेको थियो। दोस्रो संविधान सभाको कार्यकाल २१ जनवरी २०१८ सम्म वा प्रतिनिधि सभाको निर्वाचनको लागि नामाङ्कन दिने अन्तिम दिनसम्म तोकिएको थियो। यस प्रावधान अनुसार, व्यवस्थापिका संसदको कार्यकाल सन् २०१७ अक्टोबरमा १४ मा सकिएको छ।

सर्वोच्च अदालतको पूर्व न्यायधिश कमल नारायण दासको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोगको स्थापना गरियो जसलाई सन् २०१३ को निर्वाचनमा भएको २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ निर्वाचन क्षेत्र कायम गर्नु थियो। आयोगले सन् २०१७ अगस्ट २० मा आफ्नो प्रतिवेदन सरकार समक्ष प्रस्तुत गरेको थियो। यस आयोगद्वारा निर्धारित निर्वाचन क्षेत्रहरू नेपालको संविधान २०७२ अनुसार आगामी २० वर्षसम्म परिवर्तन गर्न सकिने छैन।

प्रतिनिधिसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको हो। यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ५ लाख, प्रचारप्रसार सामग्रीको लागि १ लाख, ढुवानीका लागि ७५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ८ लाख, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि १ लाख, कार्यलय सञ्चालनका लागि ५ लाख, प्रतिनिधि परिचालनका लागि २ लाख तथा विविध खर्चका लागि १ लाख २२ हजार तोकेको छ।[]

निर्वाचन कार्यक्रम

[सम्पादन गर्नुहोस्]

वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको हो।[] पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो।[][]

निर्वाचन प्रणाली

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ।[११] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन्। सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।[१२]

चर्चित उम्मेदवारहरू

[सम्पादन गर्नुहोस्]

गगन थापा,

राजनीतिक दल र गठबन्धन

[सम्पादन गर्नुहोस्]

वाम गठबन्धन

[सम्पादन गर्नुहोस्]

नेकपा एमाले, नेकपा माओवादी केन्द्रनयाँ शक्ति पार्टी एकता गरी बाम गठबन्धनको गठन गरेको हो। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको निर्वाचन सिट सुनिश्चित नभएपछि वहाँले गठबन्धन त्याग गर्नुभएको थियो।[१३][१४][१५]नेकपा मालेराष्ट्रिय जनमोर्चा समेत यस गठबन्धन प्रवेश गरी केही निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो।

रानजीतिक दलउम्मेदवारीजित
नेकपा (एमाले)१०३[१६]८०[१७]
नेकपा माओवादी केन्द्र५९३६[१८]
नेकपा माले५९
राष्ट्रिय जनमोर्चा८९[१९]

लोकतान्त्रिक गठबन्धन

[सम्पादन गर्नुहोस्]

मतदाता र जम्मा मतदान

[सम्पादन गर्नुहोस्]

प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत निर्वाचन आयोग, नेपालको तथ्याङ्क अनुसार तयार पारिएको विवरण यस प्रकार रहेको छ।[२०][२१][२२]

क्र. सं. जिल्ला पुरुष उम्मेदवार[२३] पुरुष मतदाता पुरुष मत खसेको महिला उम्मेदवार[२३] महिला मतदाता महिला मत खसेको कूल उम्मेदवार कूल मतदाता कूल मत खसेको कूल सिट सङ्ख्या
कोशी प्रदेश
ताप्लेजुङ४१,३७४२७,२३३३७,०३७२४,६३४७८,४११५१,८६७
पाँचथर६४,७९२३८,७३५६०,४३०३९,२००१,२५,२२२७७,९३५
धनकुटा५१,९३८५३,२६११,०५,१९९
तेह्रथुम१०३३,५३७३३,२०४११६६,७४१
सङ्खुवासभा११५३,६९७३४,३५०५१,३६४३४,७८८१११,०५,०६१६९,१३८
भोजपुर५८,३६२३३,१०७५५,५३४३३,१०७१,१३,८९६६६,२१५
सोलुखुम्बु३५,१३८२०,१७६३४,२८४२१,२०९६९,४२२४१,३८५
ओखलढुङ्गा५०,९९५३१,८६२५१,२६७३४,१६६१,०२,२६३६६,०२८
खोटाङ६४,५७८३५,०७५६०,५९९३६,१२६१०१,२५,१७८७१,२०१
१०इलाम१८१,०४,६९३९९,३५५१८२,०४,०५०
११उदयपुर१८९८,०२३९५,८८९१९१,९३,९१३
१२सुनसरी४९२,३६,७६६२,३७,५३४५३४,७४,३००
१३झापा५५२,८८,८६७२,९६,३५२५७५,८५,२२८
१४मोरङ५८३,२६,००६३,१८,७७७६१६,४४,७८५
कूल२७३१५,०८,७६६१४१४,८४,८८७२८८२९,९३,६५३२८
मधेश प्रदेश
  • पहिलो चरण: मङ्सिर १०, २०७४

प्रत्यक्ष निर्वाचन प्रणाली- नतिजा

[सम्पादन गर्नुहोस्]
८० ३६ २३ ११ १०
एमाले माओवादी केन्द्र नेपाली काङ्ग्रेस राजपा ससफो अन्य
पार्टी नेकपा (एमाले) माओवादी केन्द्र काङ्ग्रेस राष्ट्रिय जनता पार्टी सङ्घीय समाजवादी फोरम अन्य
नेता खड्गप्रसाद ओली प्रचण्ड शेरबहादुर देउवा महन्थ ठाकुर उपेन्द्र यादव -
सिट ८० (४९%) ३६ (२२%) २३ (१४%) ११ (७%) १० (६%) ५ (२%)
८० / १६५
३६ / १६५
२३ / १६५
११ / १६५
१० / १६५
५ / १६५

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "पहिलो चरणको मतदान शान्तिपूर्ण सम्पन्न, ६५ प्रतिशत मत खस्यो" (नेपालीमा), २०१७-११-२६, अन्तिम पहुँच २०१७-१२-०७[स्थायी मृत कडी]
  2. 1 2 "'६७ प्रतिशत मतदान'" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७
  3. "Govt decides to hold provincial, parliamentary polls in two phases", The Himalayan Times, International Media Network Nepal (Pvt) Ltd, अन्तिम पहुँच ३१ अगस्ट २०१७
  4. "प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन", सेतोपाटी, अन्तिम पहुँच १६ भदौ २०७४[स्थायी मृत कडी]
  5. Ltd., Setopati Sanchar Pvt., "५७५ विजयी सभासदको नाम राष्ट्रपतिलाई बुझाइसक्यौः उप्रेती", archive.setopati.com, अन्तिम पहुँच २०१७-१२-०५ अभिलेखिकरण २०१७-१२-२२ वेब्याक मेसिन
  6. "प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७[स्थायी मृत कडी]
  7. "प्रदेश र प्रतिनिधि सभा निर्वाचन मङ्सिर १० र २१ मा", annapurnapost.com (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ अभिलेखिकरण २०१७-११-२७ वेब्याक मेसिन
  8. "प्रतिनिधि र प्रदेश सभा सदस्यमा जम्मा ४१ जना महिला उम्मेदवार" (नेपालीमा), २०१७-१०-२४, अन्तिम पहुँच २०१७-१२-०७[स्थायी मृत कडी]
  9. "दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ३ सय ८४ सिटका लागि झन्डै ५ हजारको उम्मेदवारी" (नेपालीमा), २०१७-११-०३, अन्तिम पहुँच २०१७-१२-०७[स्थायी मृत कडी]
  10. "निर्वाचन कार्यक्रम" (pdf), १५ भदौ २०७४, अन्तिम पहुँच २१ मङ्सिर २०७४
  11. Article 84 Constitution of Nepal
  12. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७
  13. "नयाँ शक्ति पार्टी बाम गठबन्धनबाट बाहिरियो -आखाँ चुनाब चिन्ह लिएर निर्वाचनमा सहभागी हुने" (नेपालीमा), २०१७-१०-१३, अन्तिम पहुँच २०१७-१२-०७ अभिलेखिकरण २०१७-१०-२९ वेब्याक मेसिन
  14. "के गर्दैछ बाम गठबन्धन ?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७
  15. "वामपन्थी गठबन्धनको ‘काउन्टर’मा अर्को गठबन्धन बनाउन ६ पार्टीको कार्यदल गठन" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७[स्थायी मृत कडी]
  16. "३२ जिल्लामा एमाले र माओवादीको भागवण्डा टुंगियो (सूचीसहित)", अन्तिम पहुँच २०१७-१२-०७
  17. "प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक, कुन दलको कति प्रतिशत सिट?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-१३ अभिलेखिकरण २०१८-०१-२३ वेब्याक मेसिन
  18. "मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल", अन्तिम पहुँच २०१७-१२-१३
  19. "प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम आयो, ६ वटा प्रदेशमा एमाले पहिलो पार्टी" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-१३ अभिलेखिकरण २०१७-१२-१४ वेब्याक मेसिन
  20. "पहिलो चरणको मतदान विवरण", निर्वाचन आयोग नेपाल, अन्तिम पहुँच २०१७ नोभेम्बर २९
  21. "प्रतिनिधिसभा र प्रदेशसभा चुनावः कुन जिल्लामा कति मतदाता (तथ्यांकसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७
  22. नागरिक, "मतदाता १ करोड ५४ लाख" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७
  23. 1 2 "प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ४१ जना महिला उम्मेदवार" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७[स्थायी मृत कडी]