मधेश प्रदेश सभा निर्वाचन, २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मधेश प्रदेश सभा निर्वाचन, २०७४

वि.सं. २०७४ मङ्सिर २१ २०७८ →

मधेश प्रदेश सभाको सम्पूर्ण १०७ सिट[१]
बहुमतको लागि ५४ सिट[२]
दर्तावाल मतदाता२७,६७,३६९[३]
कुल मतदान१९,२८,७६६
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
नेता लालबाबु राउत जितेन्द्र सोनल सत्यनारायण मण्डल
दल ससफोने राजपाने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
शीर्ष नेता घोषित वि.सं. २०७४ माघ २२[५][६] वि.सं. २०७४ माघ २९[७][८] वि.सं. २०७४ फाल्गुन ३[४]
प्राप्त सिट २०+९ १५+१० १४+७

  चौथौ दल
 
नेता रामसरोज यादव
दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
शीर्ष नेता घोषित वि.सं. २०७४ माघ २२[९]
प्राप्त सिट १४+७

निर्वाचित मुख्यमन्त्री

मोहम्मद लालबाबु राउत
सङ्घीय समाजवादी फोरम, नेपाल

मधेश प्रदेश सभा निर्वाचन मधेश प्रदेश सभाको सबै १०७ सिटको लागि वि.सं. २०७४ मङ्सिर २१ मा आयोजित गरिएको थियो।[१०][११]एक चरणमा आयोजना गरिएको यस निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको अन्तिम नतिजा वि.सं. २०७४ मङ्सिर २५ मा निर्वाचन आयोगले घोषणा गरेको थियो।[१२] मधेश मा २७, ६७,३६९ मतदाता रहेकोमा कुल १९,२८,७६६ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए। निर्वाचन आयोगले मतदान सम्पन्न भए लगत्तै सबै मतदान केन्द्रबाट मत पेटिकाहरू मतगणना स्थलमा सुरक्षितसाथ ल्याएर मत गणना गर्ने कार्य आरम्भ गरेको थियो। पहिलो हुने निर्वाचित हुने उम्मेदवारहरूको नतिजा प्रकाशन गरिसकेपछि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सफल भएका उम्मेदवारहरूको सूची निर्वाचन आयोगले प्रकाशित गरेको थियो।[१३]

यस निर्वाचनको परिणामस्वरूप प्रदेशमा तत्कालिन ससफो-राजपाको गठबन्धनमा प्रदेश सरकारको गठन भएको थियो। दुवै गठबन्धनद्वारा संसदीय दलको नेताको रूपमा मोहम्मद लालबाबु राउतलाई छानेपछि उनले मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गरेका थिए। यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि उक्त उम्मेदवारले ५४ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ।[१४]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

आयोजन[सम्पादन गर्नुहोस्]

खर्च सीमा[सम्पादन गर्नुहोस्]

प्रदेश सभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको हो । यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको छ ।[१५]

निर्वाचन कार्यक्रम[सम्पादन गर्नुहोस्]

वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको हो ।[१६]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो ।[१७][१८]मधेश को ८ जिल्लाहरूमा दोस्रो चरण अन्तर्गत निर्वाचन सम्पन्न भएको हो ।


निर्वाचन प्रणाली[सम्पादन गर्नुहोस्]

मधेश को प्रदेश सभाका १०६ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; ६४ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ४३ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[२०] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।[२१]

नतिजाहरू[सम्पादन गर्नुहोस्]

राजनीतिक दल निर्वाचन चिन्ह प्रत्यक्ष समानुपातिक कुल

सिट

मत % सिट मत % सिट
नेपाली काङ्ग्रेस ५,०९,१३९ २७.८२ ३,७०,५५० २४.११ ११ १९
राष्ट्रिय जनता पार्टी ३,०३,०४१ १६.५६ १५ ३,१८,५२४ २०.७२ १० २५
सङ्घीय समाजवादी फोरम ३,२६,२९८ १७.८३ २० २,८४,०७२ १८.४८ २९
नेकपा (एमाले) २,८२,७१८ १५.४५ १४ २,४९,७३४ १६.२५ २१
नेकपा (माके) २,३४,१६० १२.८० १,८२,६१९ ११.८८ ११
नेपाल सङ्घीय समाजवादी पार्टी १७,९७६ ०.९८ ३२,८६४ २.१४
अन्य ६६,६३३ ३.६५ ९८,८०८ ६.४२
स्वतन्त्र ८९,८४२ ४.९१
बदर/खाली मत ९८,९५९ ३,७४,८५३
कुल १९,२८,७६६ १०० ६४ १९,१२,०२४ १०० ४३ १०७
कुल मतदाता २७,६७,३७९ ६९.६९ ६७,६७,३७९ ६९.०९
स्रोत: निर्वाचन आयोग

निर्वाचन क्षेत्र अनुसार नतिजा[सम्पादन गर्नुहोस्]

प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित सभासदहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र विजेता निकटतम प्रतिद्वन्द्वी
उम्मेदवार राजनीतिक दल प्राप्त मत उम्मेदवार राजनीतिक दल प्राप्त मत
सप्तरी १ (१) सत्यनारायण मण्डल नेकपा (एमाले) ११,३०२ राजकुमार लेखी राष्ट्रिय जनता पार्टी ९,२५२
सप्तरी १ (२) नवल किसोर साह सुडी राष्ट्रिय जनता पार्टी १३,६४७ बद्री नारायण महत्मान यादव नेपाली काङ्ग्रेस ६,३३३
सप्तरी २ (१) शैलेन्द्र प्रसाद साह सङ्घीय समाजवादी फोरम १०,५७७ सरोज कुमार मण्डल नेकपा (माके) ७,५९३
सप्तरी २ (२) मनिष कुमार सुमन राष्ट्रिय जनता पार्टी ८,९३९ महेश प्रसाद यादव नेकपा (माके) ४,९८६
सप्तरी ३ (१) मोहम्मद समिम नेपाली काङ्ग्रेस ११,६२८ दिनेश कुमार यादव राष्ट्रिय जनता पार्टी ९,९७९
सप्तरी ३ (२) बिदेश्वर प्रसाद यादव राष्ट्रिय जनता पार्टी १०,३२८ भगवती प्रसाद यादव नेपाली काङ्ग्रेस ६,२१२
सप्तरी ४ (१) गोविन्दबहादुर न्यौपाने नेकपा (एमाले) १५,११३ सिताराम साह नेपाली काङ्ग्रेस ११,३९५
सप्तरी ४ (२) अभिषेक यादव सङ्घीय समाजवादी फोरम ९,६०५ विवेकानन्द झा नेपाली काङ्ग्रेस ७,३३६
सिरहा १ (१) लगनलाल चौधरी नेकपा (एमाले) ११,५४२ सन्तोष कुमार चौधरी नेपाली काङ्ग्रेस १०,६९९
सिरहा १ (२) अशोक कुमार यादव नेकपा (एमाले) ११,११० राजकुमार गुप्ता सङ्घीय समाजवादी फोरम १०,६०८
सिरहा २ (१) विजय कुमार यादव सङ्घीय समाजवादी फोरम १०,३८३ जिवछ कुमार यादव नेकपा (माके) ९,१५४
सिरहा २ (२) मदनसेन प्रसाद श्रीवास्तव नेकपा (एमाले) १२,५२१ तपेश्वर महतो कोइरी नेपाली काङ्ग्रेस ८,४१४
सिरहा ३ (१) राम कुमार यादव नेकपा (एमाले) ११,८६६ मनोज कुमार सिंह सङ्घीय समाजवादी फोरम १०,९३३
सिरहा ३ (२) प्रमोद कुमार यादव नेकपा (माके) ११,९५४ सुभाष चन्द्र यादव नेपाली काङ्ग्रेस ९,४८६
सिरहा ४ (१) दिलिप कुमार साह नेकपा (माके) ११,१२१ राम कुमार मण्डल राष्ट्रिय जनता पार्टी ९,९८३
सिरहा ४ (२) सुरेश कुमार मण्डल राष्ट्रिय जनता पार्टी १०४८० गणेश कुमार मण्डल नेपाली काङ्ग्रेस ७,४९९
धनुषा १ (१) किशोरी साह कमल नेकपा (एमाले) १४,२०९ श्यामनारायण यादव सङ्घीय समाजवादी फोरम ८,९११
धनुषा १ (२) रामचन्द्र मण्डल नेकपा (माके) १३,४६८ रिता यादव राष्ट्रिय जनता पार्टी ९,८६५
धनुषा २ (१) शैलेन्द्र कुमार यादव सङ्घीय समाजवादी फोरम १६,५२३ नवल किशोर साह नेकपा (माके) ९,०८५
धनुषा २ (२) रामअशिष यादव सङ्घीय समाजवादी फोरम १७,१३२ रामचन्द्र मण्डल नेकपा (एमाले) ९,४८९
धनुषा ३ (१) राम सरोज यादव नेपाली काङ्ग्रेस १५,६८५ कविन्द्र नाथ ठाकुर राष्ट्रिय जनता पार्टी १४,०४७
धनुषा ३ (२) परमेश्वर साह सुडी राष्ट्रिय जनता पार्टी १५,२९३ श्याम प्रसाद साह नेपाली काङ्ग्रेस १०,४७२
धनुषा ४ (१) ज्ञानेन्द्र कुमार यादव सङ्घीय समाजवादी फोरम १४,६०६ चन्द्रमोहन यादव नेपाली काङ्ग्रेस ७,८७३
धनुषा ४ (२) शत्रुधन महतो नेकपा (एमाले) १२,८०० बासुलाल महतो कोइरी नेपाली काङ्ग्रेस ११,५४९
महोत्तरी १ (१) शारदादेवी थापा नेकपा (एमाले) १०,२८२ प्रह्लाद कुमार चौधरी नेपाली काङ्ग्रेस ९,०३१
महोत्तरी १ (२) भारत प्रसाद साह नेकपा (एमाले) १०,०९३ विनोद कुमार महतो सङ्घीय समाजवादी फोरम ९,६६८
महोत्तरी २ (१) जयनुल राइन सङ्घीय समाजवादी फोरम १४,४५६ शुशिल कुमार यादव नेपाली काङ्ग्रेस ६,४७८
महोत्तरी २ (२) सरिता कुमारी साह राष्ट्रिय जनता पार्टी १२,५२१ राजकरण प्रसाद साह सुडी नेपाली काङ्ग्रेस ६,४९७
महोत्तरी ३ (१) अभिराम शर्मा राष्ट्रिय जनता पार्टी ९,११४ राम आधार कापर नेकपा (माके) ५,५१०
महोत्तरी ३ (२) रानी कुमारी तिवारी नेकपा (माके) ७,४३० सुरेश साह सोनार स्वतन्त्र ५,५९८
महोत्तरी ४ (१) कौशल कुमार यादव नेकपा (माके) ९,२७७ गोखुल राय यादव नेपाली काङ्ग्रेस ७,३९३
महोत्तरी ४ (२) सरोज कुमार सिंह नेपाली काङ्ग्रेस ७,५५५ सरोज कुमार यादव नेकपा (एमाले) ५,०७९
सर्लाही १ (१) उपेन्द्र महतो राष्ट्रिय जनता पार्टी १२,६०३ रामचन्द्र सिंह कुशवाहा नेकपा (माके) ८,८९३
सर्लाही १ (२) वेची लुङ्गेली नेकपा (एमाले) १५,३६३ शेख साह दुल्लाह नेपाली काङ्ग्रेस ९,१९७
सर्लाही २ (१) गौरी नारायण साह तेली राष्ट्रिय जनता पार्टी १०,१४१ विनोद कुमार साह तेली नेपाली काङ्ग्रेस ८,५३४
सर्लाही २ (२) अशोक कुमार यादव सङ्घीय समाजवादी फोरम १५,७७८ नागेन्द्र प्रसाद यादव नेपाली काङ्ग्रेस ११,०१५
सर्लाही ३ (१) डिल्लीप्रसाद उप्रेती नेकपा (एमाले) २०,२४६ कपिल मुनी मैनाली नेपाली काङ्ग्रेस ७,०५०
सर्लाही ३ (२) संजय कुमार यादव सङ्घीय समाजवादी फोरम ११,३६८ कृष्णदेव यादव नेपाली काङ्ग्रेस ९,२९७
सर्लाही ४ (१) विरेन्द्र प्रसाद सिंह नेपाली काङ्ग्रेस १४,२४२ फकिरा महतो नेकपा (माके) १०,७५३
सर्लाही ४ (२) उपेन्द्र प्रसाद कुशवाहा नेपाली काङ्ग्रेस ११,५०४ केदार नन्दन चौधरी राष्ट्रिय जनता पार्टी १०,७५६
रौतहट १ (१) बाबुलाल साह कानु राष्ट्रिय जनता पार्टी १०,५२४ भिखारी प्रसाद यादव नेकपा (एमाले) ७,२१०
रौतहट १ (२) योगेन्द्र राय यादव सङ्घीय समाजवादी फोरम ८,९५७ राजेश कुमार चौधरी नेपाली काङ्ग्रेस ८,६७९
रौतहट २ (१) नागेन्द्र प्रसाद सिन्हा नेपाली काङ्ग्रेस ११,८५१ शैलेन्द्र साह नेकपा (एमाले) ७,७६१
रौतहट २ (२) रामकिशोर प्रसाद यादव सङ्घीय समाजवादी फोरम ९,५२२ मनोज कुमार यादव नेकपा (माके) ७,९६६
रौतहट ३ (१) नागेन्द्र राय यादव नेकपा (एमाले) ११,१८२ गोविन्द चौधरी राष्ट्रिय जनता पार्टी १०,८३४
रौतहट ३ (२) कुन्दनप्रसाद कुशवाहा नेकपा (माके) १४,३०२ वृजकिशोर प्रसाद यादव सङ्घीय समाजवादी फोरम १०,३३४
रौतहट ४ (१) धनलाल ठोकर नेपाली काङ्ग्रेस १३,६१० देवेन्द्र प्रसाद पटेल नेकपा (माके) १२,२७२
रौतहट ४ (२) शेख अबुल कलाम आजाद स्वतन्त्र ७,३९३ रामाज्ञा राय नेपाली काङ्ग्रेस ७,२६८
बारा १ (१) त्रिलोकी प्रसाद नेकपा (एमाले) १८,४४५ पेमा सिद्धि लामा नेपाली काङ्ग्रेस १६,४८४
बारा १ (२) सरोज कुमार यादव राष्ट्रिय जनता पार्टी १४,२६९ भागवत प्रसाद साह नेपाली काङ्ग्रेस ८,१२६
बारा २ (१) शारदाशङ्कर प्रसाद कलवार सङ्घीय समाजवादी फोरम १६,६७१ राम प्रवेश यादव नेपाली काङ्ग्रेस ८,१००
बारा २ (२) बच्चा राउत अहिर सङ्घीय समाजवादी फोरम ११,५०३ मणिभूषण कुमार यादव नेपाली काङ्ग्रेस ६,११९
बारा ३ (१) ज्वालाकुमारी साह नेकपा (माके) ११,७७१ रामानन्द प्रसाद यादव नेपाली काङ्ग्रेस १०,१४७
बारा ३ (२) पारस प्रसाद साह सङ्घीय समाजवादी फोरम ११,५१७ जयचन्द्र प्रसाद चौरसिया नेपाली काङ्ग्रेस ४,३८६
बारा ४ (१) सुन्दरबहादुर विश्वकर्मा नेकपा (एमाले) ११,७७० ओमकृष्ण कार्की नेपाली काङ्ग्रेस ८,३२३
बारा ४ (२) जितेन्द्र प्रसाद सोनार राष्ट्रिय जनता पार्टी १३,११८ उमेश कुमार कुशवाहा नेकपा (माके) ५,६९२
पर्सा १ (१) जनत अंसारी सङ्घीय समाजवादी फोरम ८,५९३ रामनारायण प्रसाद कुर्मी नेपाली काङ्ग्रेस ७,१७१
पर्सा १ (२) लालबाबु राउत सङ्घीय समाजवादी फोरम १०,०९३ विजय कुमार सर्राफ नेपाली काङ्ग्रेस ६,८२९
पर्सा २ (१) राजेश्वर प्रसाद साह नेपाली काङ्ग्रेस १०,२५९ रामनरेश प्रसाद यादव सङ्घीय समाजवादी फोरम १०,०७९
पर्सा २ (२) रमेश प्रसाद कुर्मी राष्ट्रिय जनता पार्टी ९,७०६ रामरूप प्रसाद नेपाली काङ्ग्रेस ७,६६२
पर्सा ३ (१) अब्दुल रहिम अंसारी सङ्घीय समाजवादी फोरम ७,००४ चन्द्र किशोर प्रसाद नेपाली काङ्ग्रेस ६,८४५
पर्सा ३ (२) प्रह्लाद गिरी गोस्वामी सङ्घीय समाजवादी फोरम ६,३४५ जनार्दन सिंह क्षेत्री नेपाली काङ्ग्रेस ६,२५०
पर्सा ४ (१) शंकरप्रसाद चौधरी नेपाली काङ्ग्रेस ७,४८८ जयप्रकाश थारु नेकपा (एमाले) ७,०४०
पर्सा ४ (२) सिंहासन साह कलवार सङ्घीय समाजवादी फोरम ११,७०८ वशिष्ट नारायण प्रसाद कुर्मी नेपाली काङ्ग्रेस ६,०२७
स्रोत साभार: निर्वाचन आयोग

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सभासदहरू[सम्पादन गर्नुहोस्]

क्र.सं. सदस्यको नाम राजनीतिक दल लिङ्ग समावेशी समूह
सञ्चमाया मोक्तान सङ्घीय समाजवादी फोरम महिला आ.ज.
सुनितादेवी मोची सङ्घीय समाजवादी फोरम महिला दलित अल्पसङ्ख्यक
चमेलीदेवी दास सङ्घीय समाजवादी फोरम महिला दलित अल्पसङ्ख्यक
उषा कुमारी सङ्घीय समाजवादी फोरम महिला मधेशी
उपमा कुमारी देव सङ्घीय समाजवादी फोरम महिला मधेशी
भिमा यादव सङ्घीय समाजवादी फोरम महिला मधेशी
रागिनीदेवी वनरवाल सङ्घीय समाजवादी फोरम महिला मधेशी
किरणकुमारी राय सङ्घीय समाजवादी फोरम महिला मधेशी
करिमा वेगम सङ्घीय समाजवादी फोरम महिला मुस्लिम
१० एसिया देवी थरुनी नेपाली काङ्ग्रेस महिला थारु
११ प्रमिलादेवी दास नेपाली काङ्ग्रेस महिला दलित
१२ श्यामपरी देवी नेपाली काङ्ग्रेस महिला दलित
१३ शिवचन्द्र चौधरी नेपाली काङ्ग्रेस पुरुष मधेसी
१४ ओमप्रकाश शर्मा नेपाली काङ्ग्रेस पुरुष मधेसी
१५ नरेशकुमार यादव नेपाली काङ्ग्रेस पुरुष मधेसी
१६ सरस्वती चौधरी नेपाली काङ्ग्रेस महिला मधेसी
१७ गीता कुमारी यादव नेपाली काङ्ग्रेस महिला मधेसी
१८ मञ्जु कुमारी नेपाली काङ्ग्रेस महिला मधेसी
१९ सेखरासिद अली नेपाली काङ्ग्रेस पुरुष मुस्लिम
२० शोभा लामा नेपाली काङ्ग्रेस महिला आ.ज.
२१ रामनरेश राय राष्ट्रिय जनता पार्टी पुरुष मधेशी
२२ जानकीशरण साह राष्ट्रिय जनता पार्टी पुरुष मधेशी
२३ नेत्रविक्रम साह राष्ट्रिय जनता पार्टी पुरुष मधेशी
२४ बबिता कुमारी राष्ट्रिय जनता पार्टी महिला मधेशी
२५ निलमदेवी भूमिहारनी राष्ट्रिय जनता पार्टी महिला मधेशी
२६ अन्जु कुमारी राष्ट्रिय जनता पार्टी महिला मधेशी
२७ डिम्पल कुमारी झा राष्ट्रिय जनता पार्टी महिला मधेशी
२८ निरा कुमारी साह राष्ट्रिय जनता पार्टी महिला मधेशी
२९ अलका कुमारी झा राष्ट्रिय जनता पार्टी महिला मधेशी
३० रिना यादव राष्ट्रिय जनता पार्टी महिला मधेशी
३१ सिता गुरुङ नेकपा (एमाले) महिला आ.ज.
३२ रविन्द्र बैठा धोबी नेकपा (एमाले) पुरुष दलित
३३ मनोज कुमार सिंह नेकपा (एमाले) पुरुष मधेशी अल्पसङ्ख्यक
३४ जगतारणी देवी सुडी नेकपा (एमाले) महिला मधेशी अल्पसङ्ख्यक
३५ अनिता कुमारी नेकपा (एमाले) महिला मधेशी
३६ मंजु कुमारी यादव नेकपा (एमाले) महिला मधेशी
३७ हसिमा खातुन नेकपा (एमाले) महिला मुस्लिम
३८ जगत प्रसाद यादव नेकपा (माके) पुरुष मधेशी
३९ महम्मद समीर नेकपा (माके) पुरुष मुस्लिम
४० रुवी कुमारी कर्ण नेकपा (माके) महिला मधेशी अल्पसङ्ख्यक
४१ प्रमिला कुमारी यादव नेकपा (माके) महिला मधेशी
४२ फुलया देवी सदाय नेकपा (माके) महिला दलित
४३ सावित्री देवी साह नेपाल सङ्घीय समाजवादी पार्टी महिला मधेशी
स्रोत साभार: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. सुवेदी, ईश्वरी, "प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  2. "यसरी बन्ने छ नेपालमा पहिलो पटक प्रदेश सरकार", http://hamrakura.com/ (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  3. "प्रतिनिधिसभा र प्रदेश सभा चुनावः कुन जिल्लामा कति मतदाता ? (तथ्यांकसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११ 
  4. "प्रदेश २ एमाले संसदीय दलको नेतामा सत्यनारायण मण्डल (अपडेट)", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०७ 
  5. "राउत बने संसदीय दलको नेता, बन्लान् त मुख्यमन्त्री?", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०७ 
  6. "प्रदेश २ मा फोरमको संसदीय दलको नेतामा राउत चयन, मुख्यमन्त्री बन्ने बाटो खुल्यो", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०७ 
  7. "राजपा : प्रदेश २ को संसदीय दलको नेतामा सोनल, सरोज यादव सभामुखको उम्मेदवार", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०७ 
  8. "जितेन्द्र सोनल बने लोसपा प्रदेश दुई संसदीय दलको नेता", नेपाल भ्युज (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०७ 
  9. "प्रदेश २: कांग्रेस संसदीय दलको नेता बने रामसरोज", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०७ 
  10. "Govt decides to hold provincial, parliamentary polls in two phases", The Himalayan Times, International Media Network Nepal (Pvt) Ltd, अन्तिम पहुँच ३१ अगस्ट २०१७ 
  11. "प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन", सेतोपाटी, अन्तिम पहुँच १६ भदौ २०७४ 
  12. "सप्तरीको सबै नतिजा सार्वजनिक, १२ मध्ये ८ सिटमा मधेसी गठबन्धन विजयी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२६ 
  13. "निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेश सभातर्फको समानुपातिक नतिजा (नाम सहित)", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२६ 
  14. "लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री नियुक्त, को हुन् राउत ?", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-२६ 
  15. "प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७ [dead link]
  16. "प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर १० र २१ मा", annapurnapost.com (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२७ मिति
  17. "प्रतिनिधि र प्रदेश सभा सदस्यमा जम्मा ४१ जना महिला उम्मेदवार" (नेपालीमा), २०१७-१०-२४, अन्तिम पहुँच २०१७-१२-०७ 
  18. "दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ३ सय ८४ सिटका लागि झन्डै ५ हजारको उम्मेदवारी" (नेपालीमा), २०१७-११-०३, अन्तिम पहुँच २०१७-१२-०७ [dead link]
  19. "निर्वाचन कार्यक्रम" (pdf), १५ भदौ २०७४, अन्तिम पहुँच २१ मङ्सिर २०७४ 
  20. Article 84 Constitution of Nepal
  21. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]