सामग्रीमा जानुहोस्

आम निर्वाचन २०५६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आम निर्वाचन २०५६

← २०५१ २०५६ वैशाख २० र जेठ ३ २०६४ (संविधान सभा) →

प्रतिनिधि सभाको सबै २०५ सिट
१०३ बहुमतका लागि आवश्यक सिट
कुल मतदान६५.७९%
  पहिलो दल दोस्रो दल तेस्रो दल
 
नेता कृष्णप्रसाद भट्टराई माधवकुमार नेपाल सूर्यबहादुर थापा
दल नेपाली काङ्ग्रेस नेकपा (एमाले) राप्रपा
अघिल्लो निर्वाचन ८३ ८८ २०
प्राप्त सिट १११ ७१ ११
सिट परिवर्तन २८ ह्रास १७ ह्रास
जम्मा मत ३२,१४,७८६ २७,३४,५६८ ९,०२,३२८
प्रतिशत ३७.१७% ३१.६१% १०.४३%
उछाल ३.७० प्रतिशत अङ्क ह्रास ०.२५ प्रतिशत अङ्क ह्रास ८.०८ प्रतिशत अङ्क

अघिल्लो निर्वाचनमा निर्वाचित प्रधानमन्त्री

गिरिजाप्रसाद कोइराला
नेपाली काङ्ग्रेस

निर्वाचन पछि प्रधानमन्त्री

कृष्णप्रसाद भट्टराई
नेपाली काङ्ग्रेस

नेपालमा २०५६ वैशाख २० र जेठ ३ मा आम चुनाव सम्पन्न भएको थियो। नेपाली काङ्ग्रेस २८ सिट जितेर सबैभन्दा ठुलो दल बनेको थियो भने नेकपा (एमाले) १७ सिट सहित दोस्रो ठुलो दल बनेको थियो।

वि.सं २०५१ मा भएको प्रतिनिधि सभाको अघिल्लो चुनावमा नेकपा (एमाले) विजयी भएको थियो र ठुलो दल बन्न सफल भएको थियो र पहिलो पटक लोकप्रिय रूपमा निर्वाचित साम्यवादी सरकार गठन भएको थियो। २०५६ सम्ममा, वामदेव गौतमचन्द्रप्रकाश मैनाली नेतृत्वको गुटको बहिर्गमन जस्ता आन्तरिक कलहले नीतिगत निर्णयहरूमा बाधा पुर्‍याएको थियो र केही मानिसहरूलाई पार्टीलाई मतदान गर्नबाट रोकेको थियो।

निर्वाचनको नतिजा

[सम्पादन गर्नुहोस्]
राजनीतिक दल मत सिट
सङ्ख्या % संख्या +/-
नेपाली काङ्ग्रेस ३२,१४,०६८ ३७.२९ १११ २८
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) २७,२८,७२५ ३१.६६ ७१ ह्रास१७
राष्ट्रिय प्रजातन्त्र पार्टी ८,९९,५११ १०.४४ ११ ह्रास
नेपाल सद्भावना पार्टी २,७७,२३९ ३.२२
राष्ट्रिय जनमोर्चा १,२१,३९४ १.४१
संयुक्त जनमोर्चा नेपाल ७०,११९ ०.८१
नेपाल मजदुर किसान पार्टी ४८,०१५ ०.५६ ह्रास
नेकपा (मार्क्सवादी–लेनिनवादी) ५,६७,९८७ ६.५९ Steady
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) २,९३,९५२ ३.४१ Steady
अन्य १,६१,३३८ १.८६ Steady
स्वतन्त्र २,३६,५४८ २.७४ ह्रास
जम्मा ८६,१८,८९६ २०५

निर्वाचन पश्चात्

[सम्पादन गर्नुहोस्]

चुनाव पछि, विभिन्न दलहरूलाई माओवादी विद्रोहीहरूको नीतिलाई सहयोग गर्न र अन्तिम रूप दिन गाह्रो भएको थियो परिणाम स्वरूप २०६१ मा राजा ज्ञानेन्द्रले संसद विघटन गरेका थिए।

राजतन्त्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलहरू सात दलीय गठबन्धनमा आवद्ध भएर लोकतन्त्र आन्दोलन सफल बनाएका थिए र पछि २०६३ मा सदन पुनर्स्थापित भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. जैनेन्द्र जीवन, "जनआन्दोलन : इतिहास र अब", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच १० असोज २०८२ 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

आम निर्वाचन २०५१ र २०५६ का विजेता तथा उपविजेताहरू