आम निर्वाचन २०४८

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आम निर्वाचन २०४८ नेपालमा जनआन्दोलन २०४६बाट प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् भएको पहिलो निर्वाचन हो। यसले २०५ प्रतिनिधि सभा सदस्यहरू निर्वाचित गरेको थियो।

नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०४८ बैशाख २९ गते संसदको निर्वाचन भयो। जसमा नेपाली कांग्रेस बहुमतका साथ सत्तामा पुग्यो भनें उल्लेख्य सीट सहित नेकपा एमाले प्रमुख प्रतिपक्ष बन्न पुग्यो। नेपाली जनता खुसी थिए। प्रजातान्त्रिक सरकारप्रति हाम्रा थुप्रै आशा, अपेक्षा थिए। वर्षौंको नियन्त्रित जीवनपछि अब नेपाली जनताले आफ्नो मालिक आफै भएको महसूस गर्न थाले। यो सरकार हाम्रो जीवनस्तर उकास्नका लागि थियो, हाम्रो देशलाई प्रगतिको मार्गतर्फडोर्यायउनका लागि थियो। नयाँ उत्साहले राष्ट्रलाई समेटेको थियो, नयाँ बाटो खुलेका थिए।

आमनिर्वाचन २०४८ सम्बन्धी केही तथ्य[सम्पादन गर्ने]

  • मिति २०४८ वैशाख २९ (Sunday, May १२, १९९१)
  • जम्मा उम्मेदवार संख्या (Total candidates Account) - १३४५ जना
  • कुल मतदाता - १,११,९१,७७७
  • जम्मा खसेको मत - ७२,९१,०८४ (६५.१५ %)
  • जम्मा सदर मत - ९५.५८ %
  • जम्मा वदर मत - ४.४२ %
  • जम्मा मतदान केन्द्र - ८२२५
  • जम्मा उपमतदान केन्द्र - ६५६४
  • निर्वाचन आयोगमा नाम दर्ता संख्या - ४७
  • मान्यता प्राप्त दल - ४४
  • उम्मेदवारी दर्ता दल - २६
  • उम्मेदवारी कायम दल - २०

निर्वाचनको नतिजा[सम्पादन गर्ने]

Nepal PratinidhiSabha 1991.svg
राजनीतिक दल नेता उम्मेदवार मत % सिट
नेपाली कांग्रेस कृष्णप्रसाद भट्टराई २०४ २७,४२,४५२ ३७.७५ ११०
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) मदन भण्डारी १७७ २०,४०,१०२ २७.९८ ६९
राष्ट्रीय प्रजातन्त्र पार्टी (चन्द) लोकेन्द्रबहादुर चन्द १५४ ४,७८,६०४ ६.५६
राष्ट्रीय प्रजातन्त्र पार्टी (थापा) सूर्यबहादुर थापा १६३ ३,९२,४९९ ५.३८
संयुक्त जनामोर्चा नेपाल बाबुराम भट्टराई ७० ३,५१,९०४ ४.८३
नेपाल सद्भावना पार्टी गजेन्द्रनारायण सिंह ७५ २,९८,६१० ४.१०
नेकपा (प्रजातान्त्रिक) बिष्णुबहादुर मानन्धर ७५ १,७७,३२३ २.४३
नेपाल मजदूर किसान पार्टी नारायणमान बिजुक्छे ३० ९८,३३५ १.२५
नेपाल राष्ट्रीय जनमुक्ति पार्टी मलाबर सिंह थापा ५० ३४,५०९ ०.४७
नेकपा (वर्मा समूह) कृष्णराज वर्मा ३६ १६,६९८ ०.२३
जनता दल (समाजवादी प्रजातान्त्रिक) केशरजंग रायमाझी १५ ५,७६० ०.०८
नेपाल राष्ट्रीय जनता पार्टी ५,७३२ ०.०८
नेकपा (अमात्य समूह) तुलसीलाल अमात्य १४ ४,८४६ ०.०७
राष्ट्रीय जनता पार्टी ४,२८० ०.०६
नेपाल रूढिवादी पार्टी २,५६२ ०.०४
बहुजन जनता दल २,०१२ ०.०३
एकता पार्टी ९४ ०.००
दलित मजदूर किसान पार्टी ९२ ०.००
स्वतन्त्र २१९ ३,०३,७२३ ४.१७
Invalid votes ३,२२,०२३ ४.४२
जम्मा १,३४५ ७२,९१,०८४ १०० २०५

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]