सामग्रीमा जानुहोस्

प्रतिनिधि सभा (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रतिनिधि सभा
दोस्रो सङ्घीय संसद
प्रकार
समयावधि
५ वर्ष
इतिहास
पूर्ववर्तीनेपालको दोस्रो संविधान सभा
नेतृत्वकर्ता
देवराज घिमिरे, नेकपा (एमाले)
पदासीन: २०७९ माघ ५
इन्दिरा राना मगर, रास्वपा
पदासीन: २०७९ माघ ७
केपी शर्मा ओली, नेकपा (एमाले)
पदासीन: २०८१ असार ३१
संरचना
सिट२७५
सरकार (१८२)

बाह्य समर्थन (१३)

प्रतिपक्ष (८०)

निर्वाचन
समानान्तर मत प्रणाली:
४ मङ्सिर २०७९
बैठक स्थल
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौँ, नेपाल
वेबसाइट
hr.parliament.gov.np/np

प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो। सङ्घीय संसदको माथिल्लो सदन भने राष्ट्रिय सभा हो। प्रतिनिधि सभाका सदस्यहरू समानान्तर मतदान प्रणालीबाट निर्वाचित हुन्छन्। प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को सुझावमा सभा पहिल्यै विघटन नगरिएको खण्डमा ५ वर्षको रहन्छ। सभाको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वर, काठमाडौँमा हुन्छ।

प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत दुई तरिकाले गरिन्छ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिन्छ।[] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउँछन्। समानुपातिकतर्फ कुनै पनि एक पार्टी वा चुनावी गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।[] प्रतिनिधि सभाको कार्यकाल, पहिल्यै विघटन नगरिएको खण्डमा, आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि ५ वर्षसम्मको रहन्छ। यद्यपि आपतकालिन अवस्थामा प्रतिनिधि सभाको कार्यकाल सङ्घीय कानुन बमोजिम बढिमा एक वर्ष थप हुन सक्छ।

वर्तमान प्रतिनिधि सभा वि.सं. २०७९ मा निर्वाचित भएको थियो र यसको पहिलो बैठक वि.सं. २०७९ पौष २५ मा बसेको थियो।[][][]

तत्कालीन प्रतिनिधि सभा भवन

प्रतिनिधि सभाका बारेमा सर्वप्रथम "नेपालको अधिराज्यको संविधान, २०४६" द्वारा निर्दिष्ट गरिएको थियो जसले संसदको तत्कालीन पञ्चायत प्रणालीलाई द्विसद्रीय संसदमा प्रतिस्थापित गर्‍यो। तत्कालीन प्रतिनिधि सभामा एकल सदस्य निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा २०५ सदस्यहरू निर्वाचित थिए। ५ वर्षीय अवधि भएतापनि सभाको कार्यकाल समाप्त हुनुभन्दा अघि प्रधानमन्त्रीको सल्लाहमा राजाले यसलाई विघटन गर्न सक्थे।

वि.सं. २०५९ वैशाख (सन् २००२ मे) मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहमा राजा ज्ञानेन्द्रले प्रतिनिधिसभालाई विघटन गरे। त्यसवेला गृहयुद्धका कारण चुनाव हुन सकेन, जसको परिणामस्वरूप राजा ज्ञानेन्द्रले एकल राज सुरु गरे। वि.सं. २०६३ (सन् २००६) को लोकतन्त्र आन्दोलनपछि राजाले अघिल्लो प्रतिनिधि सभालाई पुनर्स्थापित गरे। वि.सं. २०६३ माघ १ (सन् २००७ जनवरी १५) मा प्रतिनिधि सभालाई एक अन्तरिम व्यवस्थापिकाका रूपमा परिणत गरियो, जसमा सात दलको गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीचको सम्झौता अन्तर्गत नियुक्त सदस्यहरू थिए।

वि.सं. २०१५ फागुन १ (सन् १९५९ फेब्रुअरी १२) मा घोषणा गरिएको नेपाल अधिराज्यको संविधान, २०१५ (धारा १) मा पहिलोपटक प्रतिनिधि सभाको बारेमा उल्लेख यसरी गरिएको थियो: "संसदको संरचना यस प्रकारको रहनेछ जसमा श्री ५ सरकारका अतिरिक्त दुई सदन हुनेछन्, जसको नाम क्रमशः महासभा र प्रतिनिधिसभा हुनेछन्।" वि.सं. २०१५ को संविधानलाई वि.सं. २०१९ पौष १ मा रद्द गरियो र नयाँ संविधान (नेपालको अधिराज्यको संविधान, २०१९) घोषणा गर्दै नेपाल अधिराज्यको संसदलाई एक सदनात्मक कायम गरियो।

समग्रमा २०१५ सालदेखि २०८० साल सम्म मा नेपाली जनताले आठ पटक प्रतिनिधि सभा सदस्य चुन्ने अवसर पाए पनि तीमध्ये केवल चार पटक मात्र पूर्ण कार्यकाल सम्पन्न भए, जसमा दुई पटक विघटनको प्रयास सर्वोच्च अदालतले रोकिदिएको थियो। २००७ सालमा प्रजातन्त्र आए पनि पहिलो आम निर्वाचन २०१५ सालमा मात्र भयो, तर २०१६ सालको संसद् राजा महेन्द्र र बीपी कोइरालाबीचको टकरावका कारण २०१७ सालमा राजा महेन्द्रले संसद् र दल दुवैलाई अन्त्य गर्दै पञ्चायती व्यवस्था लागू गरे। पञ्चायतकाल (२०१७–२०४६) मा चुनाव भए पनि निर्वाचित प्रतिनिधिहरू स्वतन्त्र नभएकाले त्यसलाई संसदीय अभ्यास मानिएको छैन। २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्र पुनःस्थापना भयो र २०४८ सालमा पहिलो आम निर्वाचन सम्पन्न भए पनि कांग्रेसभित्रको टकरावका कारण संसद् अपूर्ण रह्यो। १९९० को दशकमा २०५१ सालको संसद्ले सर्वोच्च अदालतको अस्वीकृतिले मात्र पूर्ण कार्यकाल पूरा गर्न सक्यो भने २०५६ सालको संसद् शेरबहादुर देउवाको विघटन र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन हस्तक्षेपले अपूर्ण रह्यो। २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य भई २०६४ सालमा संविधान सभाको निर्वाचन भयो, जसले पूर्ण कार्यकाल त बितायो तर संविधान दिन सकेन; संविधान भने दोस्रो संविधान सभाबाट २०७२ सालमा जारी भयो। नयाँ संविधानअन्तर्गत २०७४ सालमा भएको प्रतिनिधि सभा चुनावले सकसपूर्ण रूपमा पूर्ण कार्यकाल बितायो, यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक विघटन गरे पनि सर्वोच्च अदालतले असंवैधानिक भन्दै पुनःस्थापना गरिदियो। त्यसपछि २०७९ सालको प्रतिनिधि सभा बारम्बारको गठबन्धन परिवर्तन र अन्ततः २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध चर्किएको Gen Z आन्दोलनका कारण अस्थिर बन्यो, जसमा ५१ जनाको ज्यान गयो, र अन्ततः २४ भदौ २०८२ मा प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि प्रतिनिधि सभा विघटन भई ६ महिनाभित्र नयाँ चुनावको घोषणा गरियो।[]


संवैधानिक व्यवस्था ‍‍

[सम्पादन गर्नुहोस्]

सदनको संरचना र शक्तिहरू नेपालको संविधानको भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। प्रतिनिधिसभाको सदस्यको योग्यता संविधानको धारा ८७ का अतिरिक्त प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ मा तोकिएको छ।[]

  • देहायको योग्यता भएको व्यक्ति सङ्घीय संसदको सदस्य हुन योग्य हुनेछः
    • नेपालको नागरिक,
    • पच्चीस वर्ष उमेर पूरा भएको,
    • नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
    • कुनै सङ्घीय कानुनले अयोग्य नभएको, र
    • कुनै लाभको पदमा बहाल नरहेको। (“लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।)
  • कुनै पनि व्यक्ति एकै पटक दुवै सदनको सदस्य हुन सक्ने छैन।
  • निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम सङ्घीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा सङ्घीय संसदको सदस्य पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ।

सदस्यको स्थानको रिक्तता

[सम्पादन गर्नुहोस्]

देहायको कुनै अवस्थामा सङ्घीय संसदको सदस्यको स्थान रिक्त हुनेछः[]

  • निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
  • निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
  • प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएमा,
  • निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा,
  • जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले सङ्घीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,
  • निजको मृत्यु भएमा।

प्रदेश अनुरूप संरचना

[सम्पादन गर्नुहोस्]
प्रदेश निर्वाचन क्षेत्र
कोशी प्रदेश २८
मधेश प्रदेश ३२
वाग्मती प्रदेश ३३
गण्डकी प्रदेश १८
लुम्बिनी प्रदेश २६
कर्णाली प्रदेश १२
सुदूरपश्चिम प्रदेश १६

सदनका कार्यकारीहरू

[सम्पादन गर्नुहोस्]
नाम दल पदभार ग्रहण पद छोडेको कार्यकाल
कृष्णप्रसाद भट्टराई[] नेपाली काङ्ग्रेस २०१६ असार १९ २०१७ पुस १ पहिलो प्रतिनिधि सभा
दमननाथ ढुङ्गाना[१०][११] नेपाली काङ्ग्रेस २०४८ असार ९ २०५१ असोज १५ दोस्रो प्रतिनिधि सभा
रामचन्द्र पौडेल[११] नेपाली काङ्ग्रेस २०५१ पुस ३ २०५५ चैत ९ तेस्रो प्रतिनिधि सभा
तारानाथ रानाभाट[१२][१३] नेपाली काङ्ग्रेस २०५६ असार ९ २०६३ वैशाख १५ चौथो प्रतिनिधि सभा
सुवासचन्द्र नेम्वाङ नेकपा (एमाले) २०६३ वैशाख ३० २०६३ माघ १ अन्तरिम व्यवस्थापिका संसद
ओनसरी घर्ती[१४] नेकपा (माओवादी केन्द्र) २०७२ असोज २९ २०७४ असोज २९ व्यवस्थापिका संसद
कृष्णबहादुर महरा[१५][१६] नेकपा (माओवादी केन्द्र) २०७४ माघ २७ २०७६ असोज १४ पाँचौँ प्रतिनिधि सभा
अग्नीप्रसाद सापकोटा[१७] नेकपा (माओवादी केन्द्र) २०७६ माघ १२ २०७९ असोज २
देवराज घिमिरे[१८][१९][२०] नेकपा (एमाले) २०७९ माघ ५ २०८२ भदौ छैटौँ प्रतिनिधि सभा

उपसभामुखहरू

[सम्पादन गर्नुहोस्]
नाम दल पदभार ग्रहण पदभार छोडेको कार्यकाल
महेन्द्रनारायण निधि नेपाली काङ्ग्रेस २०१६ चैत १८ २०१७ पुस १ पहिलो प्रतिनिधि सभा
महन्थ ठाकुर २०४८ असार ९ २०५१ पुस २ दोस्रो प्रतिनिधि सभा
रामविलास यादव राष्ट्रिय प्रजातन्त्र पार्टी २०५१ पुस ३ २०५४ असोज २७ तेस्रो प्रतिनिधि सभा
लीला श्रेष्ठ सुब्बा नेकपा (एमाले) २०५५ वैशाख २३ २०५५ असोज २४
भोजराज जोशी २०५५ असोज २८ २०५५ चैत ९
चित्रलेखा यादव नेपाली काङ्ग्रेस २०५६ असार १५ २०६३ माघ ३ चौथो प्रतिनिधि सभा
अन्तरिम व्यवस्थापिका संसद
शिवमाया तुम्बाहाम्फे नेकपा (एमाले) २०७४ चैत ४ २०७६ माघ ६ पाँचौँ प्रतिनिधि सभा
पुष्पा भुसाल नेपाली काङ्ग्रेस २०७९ असार ३१ २०७९ असोज २
इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ माघ ७ २०८२ भदौ छैटौँ प्रतिनिधि सभा

प्रतिनिधि सभाहरूको सूची

[सम्पादन गर्नुहोस्]
निर्वाचन प्रतिनिधि सभा कार्यकाल सभामुख
सुरु अन्त्य
नेपाल अधिराज्यको संसद
२०१५ पहिलो प्रतिनिधि सभा वि.सं. २०१६ जेठ वि. सं. २०१७ पौष कृष्णप्रसाद भट्टराई
२०४८ [२१] दोस्रो प्रतिनिधि सभा वि.सं. २०४८ जेठ वि.सं. २०५१ साउन दमननाथ ढुङ्गाना[२२][११]
२०५१[२३] तेस्रो प्रतिनिधि सभा वि.सं. २०५१ असोज वि.सं. २०५६ वैशाख रामचन्द्र पौडेल[११]
२०५६[२४] चौथो प्रतिनिधि सभा वि.सं. २०५६ जेठ वि.सं. २०५९ वैशाख तारानाथ रानाभाट[११][२५]
अन्तरिम व्यवस्थापिका संसद वि.सं. २०६३ वैशाख वि.सं. २०६३ माघ सुवासचन्द्र नेम्वाङ
संघीय संसद
२०७४ पाँचौ प्रतिनिधि सभा वि.सं. २०७४ फागुन वि.सं. २०७९ असोज कृष्णबहादुर महरा[२६][२७] (वि.सं. २०७६ असोज १४ सम्म)
अग्निप्रसाद सापकोटा[२८] (वि.सं. २०७६ माघ १२ देखि)
२०७९ छैटौं प्रतिनिधि सभा वि.सं. २०७९ पौष वि.सं. २०८२ भदौ २७ देवराज घिमिरे[२९]

दलगत सदस्यता

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९ को दलगत सदस्यता

[सम्पादन गर्नुहोस्]
दल संसदीय दलका नेता सदस्य
नेपाली कांग्रेस शेरबहादुर देउवा ८९
नेकपा (एमाले) केपी शर्मा ओली ७९
नेकपा (माओवादी-केन्द्र) पुष्पकमल दाहाल (प्रचण्ड) ३२
राष्ट्रिय स्वतन्त्र पार्टी डोलप्रसाद अर्याल १९
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्रप्रसाद लिङ्देन १४
जनता समाजवादी पार्टी, नेपाल उपेन्द्र यादव १२
नेकपा (एकीकृत समाजवादी) माधवकुमार नेपाल १०
जनमत पार्टी चन्द्रकान्त राउत
लोकतान्त्रिक समाजवादी पार्टी महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ
नेपाल मजदुर किसान पार्टी प्रेम सुवाल
राष्ट्रिय जनमोर्चा चित्रबहादुर केसी
स्वतन्त्र
रिक्त
कुल २७५

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Article 84 Constitution of Nepal
  2. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 
  3. "Around 61 percent cast votes in largely peaceful polls", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१९ 
  4. Kamat, Ram Kumar (२०२२-१२-२८), "Prez summons new Parliament session on January 9", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१९ 
  5. Republica, "First HoR meeting after elections being held today", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१९  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१९ मिति
  6. "नेतृत्वको टकराव र अहंकारले प्रतिनिधि सभालाई सधैं पिरलो", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०९-१५ 
  7. "भाग ८ सङ्घीय व्यवस्थापिका, धारा ८७ सदस्यका लागि योग्यता", नेपाल कानुन आयोग, अन्तिम पहुँच २३ जुन २०२० 
  8. "भाग ८ सङ्घीय व्यवस्थापिका, धारा ८९ स्थानको रिक्तता", नेपाल कानुन आयोग, अन्तिम पहुँच २३ जुन २०२० 
  9. "Remembering KP Bhattarai", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ डिसेम्बर २०२० 
  10. "Dhungana makes a comeback to politics after 23 years", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०२० 
  11. ११.० ११.१ ११.२ ११.३ ११.४ Subedi, Ishwari, "Bill for privileges to ex-VVIPs getting fast-tracked", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०२० मिति
  12. Subedi, Ishwari, "Bill for privileges to ex-VVIPs getting fast-tracked", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१९  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१२ मिति
  13. "Nepal king dissolves parliament", www.telegraph.co.uk, अन्तिम पहुँच २०२३-०१-१९ 
  14. "Onsari Gharti Magar elected first woman Speaker", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-१२-२० 
  15. "Krishna Bahadur Mahara elected Nepal parliament's Speaker", The New Indian Express, अन्तिम पहुँच २०२३-०१-१९ 
  16. Sharma, Bhadra (२०१९-१०-०१), "Parliament Speaker in Nepal Resigns After Rape Accusation", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२३-०१-१९ 
  17. "Sapkota becomes Speaker amid concerns from conflict victims and rights watchdogs", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ जनवरी २०२० 
  18. "प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१९ 
  19. Setopati, सेतोपाटी संवाददाता, "देवराज घिमिरे सभामुख निर्वाचित", Setopati (en-USमा), अन्तिम पहुँच २०२३-०१-१९ 
  20. "पूर्व पदाधिकारीहरू", hr.parliament.gov.np, अन्तिम पहुँच २०२२-११-२७ 
  21. "Kingdom of Nepal: Parliamentary Elections, May 12, 1991", ifes.org, ३१ मे १९९१, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 
  22. http://kathmandupost.ekantipur.com/news/2017-11-03/dhungana-makes-a-comeback-to-politics-after-23-years.html
  23. "NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1994", archive.ipu.org, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 
  24. "NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1999", archive.ipu.org, अन्तिम पहुँच १६ डिसेम्बर २०१७ 
  25. https://www.telegraph.co.uk/news/1394997/Nepal-king-dissolves-parliament.html
  26. "Krishna Bahadur Mahara elected Nepal parliament's Speaker", The New Indian Express, अन्तिम पहुँच २०२०-०१-२६ 
  27. Sharma, Bhadra (२०१९-१०-०१), "Parliament Speaker in Nepal Resigns After Rape Accusation", The New York Times (en-USमा), अन्तिम पहुँच २०२०-०१-२६ 
  28. "Sapkota becomes Speaker amid concerns from conflict victims and rights watchdogs", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-०१-२६ 
  29. "एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२३-०१-२०