सामग्रीमा जानुहोस्

जनता समाजवादी पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टी
छोटो रूपजसपा
सभापतिअशोक राई
सहअध्यक्षरेणुकुमारी यादव
महासचिवमोहम्मद इश्तियाक राई
स्थापना५ मे २०२४; ५ महिना पहिले (२०२४-०५-05)
टुक्रिएकोजनता समाजवादी पार्टी, नेपाल
प्रमुख कार्यालयबालकुमारी, ललितपुर
विचारधारालोकतान्त्रिक समाजवाद
सङ्घीयता
धर्म निरपेक्षता
राजनीतिक स्थानमध्य-वाम देखि वामपन्थी
निर्वाचन आयोग स्थितिराष्ट्रिय दल
प्रतिनिधि सभामा सिट
७ / २७५
राष्ट्रिय सभामा सिट
० / ५९
प्रदेश सभामा सिट
३ / ५५०
मुख्यमन्त्री
० / ७
नगरप्रमुख/अध्यक्ष
५ / ७५३
वडाध्यक्ष
५०० / ३५,०११
सरकारमा रहेका प्रदेशहरूको सङ्ख्या
२ / ७
निर्वाचन चिह्न
वेबसाइट
peoplesocialist.org

जनता समाजवादी पार्टी नेपालको छैटौँ ठूलो राजनीतिक दल हो। २०८१ वैशाख २३ गते, जनता समाजवादी पार्टी, नेपाल विभाजन भई यस पार्टीको गठन भएको थियो।[][] पार्टीको गठन सङ्घीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा जनता समाजवादी-नेपालका बहुमत सङ्घीय सांसदहरूको समर्थनमा भएको थियो।

तल्लो सदन प्रतिनिधि सभामा २७५ मध्ये ७ सिट रहेको यो पार्टी नेपालको सङ्घीय संसदको छैटौँ ठूलो राजनीतिक दल हो।[]

पार्टीले पहिचानमा आधारित सङ्घीयता र समावेशी संसद्को वकालत गर्दछ। दलले प्रादेशिक र स्थानीय सरकारहरूलाई थप शक्तिको प्रत्याभूति दिने अधिक विकेन्द्रीकृत सरकारी संरचनालाई पनि समर्थन गर्दछ। पार्टीले विभिन्न पहिचान सम्बन्धि आन्दोलनका सहमति कार्यान्वयन गर्न चाहेको छ।[]

सांसद, विधायक र केन्द्रीय नेताहरूको एक समूहले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अधिनायकवादी र नेपालको सत्तारुढ सरकारको स्वार्थ विपरीत गएको आरोप लगाएपछि उपेन्द्र यादवको पार्टी, जनता समाजवादी पार्टी, नेपालमा विभाजन भएको थियो र यससँगै पार्टीको गठन भएको थियो।[][]

सो समूहले २०८१ वैशाख २३ गते निर्वाचन आयोगमा दल विभाजनका लागि निवेदन दिएको थियो जसमा सांसद अशोक राई, नवलकिशोर साह सुडी, हसिना खान, रञ्जुकुमारी झा, प्रदीप यादव, वीरेन्द्रप्रसाद महतो र सुशीला श्रेष्ठ थिए।[][] पार्टीले २०८१ वैशाख २४ मा निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको थियो।[]

जनता समाजवादी पार्टी (७)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग तथा जिम्मेवारी / टिप्पणी
सुनसरी १ अशोक राई
  • संसदीय दलको नेता
सप्तरी १ नवलकिशोर साह सुडी
  • वन तथा वातावरण मन्त्री
पर्सा १ प्रदीप यादव
सिराहा ४ वीरेन्द्रप्रसाद महतो
आदिवासी जनजाति सुशीला श्रेष्ठ
मधेशी रञ्जुकुमारि झा
मुसलमान हसिना खान

मन्त्रिपरिषद्का मन्त्रीहरु

[सम्पादन गर्नुहोस्]
क्रम नाम तस्वीर कार्यकाल दिन मन्त्रालय
केन्द्रीय सरकार
नवलकिशोर साह सुडी २०८० फागुन २७ २०८१ असार २८ १२४ दिन वन तथा वातावरण मन्त्री
२०८१ असार ३१ बहालवाला ८८ दिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
प्रदीप यादव २०८१ वैशाख ३१ २०८१ असार २८ ६० दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
२०८१ असार ३१ बहालवाला ८८ दिन खानेपानी मन्त्री
लुम्बिनी प्रदेश सरकार
भण्डारीलाल आहिर २०८० चैत २३ २०८१ असार २८ ९८ दिन कृषि तथा भूमि व्यवस्था मन्त्री
क्रम विधाग नाम
अध्यक्ष अशोक राई
अध्यक्ष

(सङ्घीय परिषद्)

राजेन्द्रप्रसाद श्रेष्ठ
उपाध्यक्ष रेणुकुमारी यादव
उपाध्यक्ष नवलकिशोर साह सुडी
रणध्वज लिम्बू
परशुराम बस्नेत
सुशीला श्रेष्ठ
महासचिव मोहम्मद इश्तियाक राई
उपमहासचिव प्रदीप यादव
सचिव रञ्जुकुममारी झा
कोषाध्यक्ष वीरेन्द्रप्रसाद महतो

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Janata Samajbadi Party Nepal splits", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ मे २०२४ 
  2. २.० २.१ "Election Commission grants recognition to Ashok Rai-led Janata Samajwadi Party", सेतोपाटी, ६ मे २०२४, अन्तिम पहुँच ६ मे २०२४ 
  3. ३.० ३.१ "उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद", खबरहब (नेपालीमा), ५ मे २०२४, अन्तिम पहुँच ५ मे २०२४ 
  4. एडमिन, "जनता समाजवादी पार्टीको विधान र नियमावली – जसपा" (नेपालीमा), अन्तिम पहुँच २०२४-०७-१२ 
  5. "जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?", खबरहब (अङ्ग्रेजीमा), ५ मे २०२४, अन्तिम पहुँच ५ मे २०२४ 
  6. "उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेकाले हामी अलग भयौ : महासचिव राई", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२४-०७-१२ 
  7. "अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?", खबरहब (अङ्ग्रेजीमा), ५ मे २०२४, अन्तिम पहुँच ५ मे २०२४ 
  8. "अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा [सूचीसहित]", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२४-०७-१२