सामग्रीमा जानुहोस्

विवेकशील साझा पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विवेकशील साझा पार्टी
छोटो रूपविसापा
सभापतिसमिक्षा बास्कोटा
महासचिवरञ्जु दर्शना
प्रवक्ताआशुतोष प्रधान
स्थापना२०७४ साउन ११
२०७७ म‍ङ्सिर २४ (पुन:स्थापित)
समायोजनसाझा पार्टी
विवेकशील नेपाली दल
सिटिज्नस डिसकस फोरम
विलयराष्ट्रिय प्रजातन्त्र पार्टी (मिश्र गुट)
राष्ट्रिय स्वतन्त्र पार्टी (बास्कोटा गुट)
प्रमुख कार्यालयबखुण्डोल, ललितपुर[]
युवा सङ्गठनविवेकशील साझा युवा सङ्गठन
विचारधाराकल्याणवाद
समाजवाद
सङ्घीयता
धर्मनिरपेक्ष
निर्वाचन चिह्न
वेबसाइट
bsp.org.np

विवेकशील साझा पार्टी नेपालको एक राजनीतिक दल थियो।[] प्रतिनिधि सभा निर्वाचन, २०७४ पछि यो लोकप्रिय मतको आधारमा नेपालको छैटौँ ठूलो दलबागमती प्रदेश सभामा पाँचँ ठूलो दल थियो। रवीन्द्र मिश्रको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीमा विलय भएपछि यसले अस्तित्वको सङ्कटको सामना गर्नुपरेको थियो भने बाँकी रहेको पार्टीले प्रतिनिधि सभा निर्वाचन, २०७९मा देशभरबाट ४,०४९ मत मात्र जुटाउन सकेको थियो।[] यो पार्टी १४ मङ्सिर २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय भएको थियो।[]

यो मूल रूपमा २०७४ साउन ११ मा साझा पार्टीविवेकशील नेपाली दलको विलयबाट स्थापना भएको थियो,[] तर २०७५ पुस २७ मा पार्टी विभाजित भएको थियो। दुई दलहरू २०७६ पुस २४ मा दोस्रो पटक विलय भएका थिए।[]

पार्टीका संयोजक रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीलाई वैचारिक रूपमा दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विलय गरेका थिए। पार्टीका युवा नेताहरूले विलयको विरोध गरेका थिए र रवीन्द्र मिश्रको दस्तावेज विचार भन्दा माथि देशलाई अस्वीकार गर्दै पार्टीको मौलिक सिद्धान्तहरूलाई कायम राखेका थिए जसले सङ्घीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रहको प्रस्ताव राखेको थियो। तथापि, पूर्व काठमाडौँको नगरप्रमुखकी उम्मेदवार रञ्जु दर्शनाले केवल ६०० मत प्राप्त गर्दै २०७९ को निर्वाचनमा आफ्नो जमानत बचाउन असफल भएको थियो।[]

२०७४ साउन ११ मा साझा पार्टीले विवेकशील नेपाली दलसँग मिलेर विवेकशील साझा पार्टी बनाउने घोषणा गरिएको थियो। नयाँ पार्टीको नेतृत्व रवीन्द्र मिश्र र उज्वल थापाको संयुक्त नेतृत्वमा गरिएको थियो। पार्टीले आफ्नो चुनावी चिन्हको रूपमा तराजु अपनाएको थियो।[][][१०][११][१२]

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा, पार्टीले ६० सिटमा प्रतिस्पर्धा गरेतापनि तर कुनै पनि सिट जित्न असफल भएको थियो। पार्टीले समानुपातिक प्रतिनिधित्व अन्तर्गत २,१२,३३६ मत प्राप्त गरेको थियो र देशको छैटौँ उच्चतम मत पाएको थियो।[१३] प्रतिनिधि सभामा सिट प्राप्त गर्न दल तीन प्रतिशतको सीमा पार गर्न असमर्थ बनेको थियो। पार्टीले प्रदेश सभा निर्वाचन, २०७४मा १,२४,४४२ मतका साथ चौथो उच्चतम मत प्राप्त गरेको थियो र समानुपातिक प्रतिनिधित्व मार्फत बागमती प्रदेशको प्रदेश सभामा तीन सिट जितेको थियो।[१४] पार्टीले २०७४ माघ २३ मा राष्ट्रिय सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने निर्णय गरेको थियो।[१५] विवेकशील साझा पार्टीले नयाँ शक्ति पार्टी, नेपालसँगै राष्ट्रपतिय निर्वाचन, २०७४ निर्वाचनमा मतदान गर्नबाट अलग रहेको थियो।[१६]

प्रतिनिधि सभा निर्वाचन, २०७९ र पहिलो अधिवेशन

[सम्पादन गर्नुहोस्]

मिश्रको प्रस्थान पछि, विवेकशील साझा पार्टीले २०७९ को सङ्घीय र प्रादेशिक चुनावमा भाग लिएको थियो। विवेकशील साझा पार्टीले २०७९ माघ २८ मा अध्यक्ष समिक्षा बास्कोटा, उपाध्यक्ष मिलन पाण्डे र प्रकाशचन्द्र परियार र महासचिव रजनु दर्शनालाई निर्वाचित गर्दै आफ्नो पहिलो महाधिवेशन गरेको थियो।[१७]

चुनावी प्रदर्शन

[सम्पादन गर्नुहोस्]
निर्वाचन नेता(हरू) मत सिट स्थान गठित सरकार
# % # +/-
२०७४ रवीन्द्र मिश्र
उज्वल थापा
२,१२,३३६ २.२२
० / २७५
छैटौँ नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र)
२०७९ मिलन पाण्डे ४,०४९ ०.०४
० / २७५
नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र)

स्थानीय निर्वाचन

[सम्पादन गर्नुहोस्]
निर्वाचन नेता(हरू) सिट स्थानीय तह
# +/-
२०७९ रवीन्द्र मिश्र
१ / ७५३
+१
  • आशुतोष प्रधान, वि.सं २०८०- २०८२ मङ्सिर १३

प्रधान कार्यालय व्यवस्थापन

[सम्पादन गर्नुहोस्]
  • नवराज थापा, वि.सं २०८०- २०८२ मङ्सिर १३

प्रदेश सभाहरूमा उपस्थिति

[सम्पादन गर्नुहोस्]
प्रदेश निर्वाचनको वर्ष सिट गठित सरकार
क्रम स्थान
बागमती २०७४
३ / ११०
पाँचौँ प्रतिपक्ष

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "साझा पार्टी", Sajha Party (नेपालीमा), अन्तिम पहुँच २०२०-११-११ अभिलेखिकरण २०२१-१०-३० वेब्याक मेसिन
  2. "साझा पार्टी", साझा पर्टी (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२८ अभिलेखिकरण २०२१-१०-२८ वेब्याक मेसिन
  3. "संसदीय दल", provincialassembly.bagamati.gov.np, अन्तिम पहुँच २०२१-१०-२८
  4. "मन जित्ने विवेकशील र मत जित्ने रास्वपा जोड्यो एकता सभाले", अनलाइन खबर, अन्तिम पहुँच १३ मङ्सिर २०८२
  5. "विवेकशील साझा पार्टीले अरु दुई समूहसँग एकीकरण गर्दै", अनलाइन खबर, अन्तिम पहुँच १३ मङ्सिर २०८२
  6. "Bibeksheel, Sajha re-merge, vow to make it 'option-less' party - OnlineKhabar English News" (अङ्ग्रेजीमा), ९ डिसेम्बर २०२०, अन्तिम पहुँच २०२१-१०-२८
  7. Setopati, Setopati, "Bibeksheel Sajha endorses Mishra's proposal for abolition of federalism and plebiscite on secularism", Setopati, अन्तिम पहुँच २०२१-१०-२८
  8. विवेकशील साझा पार्टी घोषणा, मिश्र र थापा सहसंयोजक-कान्तिपुर दैनिक अभिलेखिकरण २०१७-०८-१८ वेब्याक मेसिन
  9. "Rabindra Mishra asks EC to secure Sajha Party's name, election symbol", The Himalayan Times, अन्तिम पहुँच १ मार्च २०१७
  10. "Mishra quits BBC to form 'Sajha Party'", The Kathmandu Post, अन्तिम पहुँच १ मार्च २०१७
  11. "Journalist Mishra registers Sajha Party", Republica, अन्तिम पहुँच १ मार्च २०१७
  12. "Rabindra Mishra's brainchild is born: Sajha Party proposes Balance as its election symbol", Onlinekhabar, मूलबाट २ मार्च २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०१७ अभिलेखिकरण २ मार्च २०१७ वेब्याक मेसिन
  13. "Bibeksheel Sajha contesting for 60 seats, with focus on Valley" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-१८
  14. "Only five parties crossed the threshold margin in PR votes - People's Review", People's Review (en-USमा), अन्तिम पहुँच २०१८-०४-१९
  15. "EC announces PR seats for Provincial Assembly", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-१९
  16. "Bibeksheel Sajha, Naya Shakti abstained from presidential poll", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-१९
  17. "विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार", २०७९ असोज ६, अन्तिम पहुँच १३ मङ्सिर २०८२