मधेशी जनअधिकार फोरम, नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Federal socialist Forum, Nepal

मधेसी जन अधिकार फोरम, नेपाल
अध्यक्षउपेन्द्र यादव
स्थापना२००६
विघटन२०१५[स्रोत नखुलेको]
अग्रकालीनमधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)
मधेशी जन अधिकार फोरम (गणतान्त्रिक)
प्रमुख कार्यालयकाठमाडौ, नेपाल
विचारधाराSocial democracy[१]
Teraibasi People's Rights
Madhesh autonomy and Self-determination
Federalism
राजनीतिक स्थानCentre-left
Constituent Assembly
१५ / ६०१
वेबसाइट
www.mprfn.org

मधेसी जन अधिकार फोरम, नेपाल ( translation : Madhesi People's Rights Forum, Nepal) नेपालको एक राजनीतिक दल हो। कतै कतै मधेसी जनाधिकार फोरम पनि लेखिएको भेटिन्छ भने कतै मधेशी जनअधिकार फोरम नेपाल । व्यक्तिका आधारभूत आवश्यकता पुरा गर्ने, लैगिक समानता कायम गर्ने, स्वतन्त्रता, राष्ट्रियता र सामाजिक न्याय प्राप्त गर्ने मधेसी जनअधिकार फोरम नेपालका मुख्य उद्देश्य हुन्[१] वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति । यो पार्टी को अध्यक्ष उपेन्द्र यादव हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

मधेसी जनअधिकार फोरमको जन्म गैरसरकारी संस्थाका रूपमा २०५४ सालमा भएको हो । २०५४ सालमा उपेन्द्र यादवको नेत्तृवमा विराटनगरमा भएको विभिन्न क्षेत्रका व्यक्तिहरूको भेलाले नेपालमा सामाजिक, आर्थिक र राजनीतिक समस्या मुख्य समस्याको रहेको भन्दै सचेतनामुलक कार्यक्रम गर्नुपर्ने निष्कर्ष निकाल्यो । यही भेलाले उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपालको जन्म दियो ।

फोरमको २०६० सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनले नेपालमा राजतन्त्रको विरोधमा आन्दोलन गर्ने निर्णय गर्यो अनि २०६२ साल चैतमा शुरु भएको आन्दोलनको सफलतापछि २०६३ साल माघ २ गते मधेश आन्दोलनको शुरुवात गर्यो । आन्दोलनले उठाएका ८ वटा माग मध्ये मधेश स्वायत्व राज्यको माग सहित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ साल फागुन १६ गते ८ बुँदे सहमति भयो । मधेस आन्दोलनको मुख्य उपलब्धि भनेकै अन्तरिम संविधानमा सङ्घीयता भन्ने शब्दले प्रवेश पाउनु हो । त्यसको मुख्य जस मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जान्छ ।

फोरमको २०६० सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनले नेपालमा राजतन्त्रको विरोधमा आन्दोलन गर्ने निर्णय गर्यो अनि २०६२ साल चैतमा शुरु भएको आन्दोलनको सफलतापछि २०६३ साल माघ २ गते मधेश आन्दोलनको शुरुवात गर्यो । आन्दोलनले उठाएका ८ वटा माग मध्ये मधेश स्वायत्व राज्यको माग सहित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ साल फागुन १६ गते ८ बुँदे सहमति भयो । मधेस आन्दोलनको मुख्य उपलब्धि भनेकै अन्तरिम संविधानमा सङ्घीयता भन्ने शब्दले प्रवेश पाउनु हो । त्यसको मुख्य जस मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जान्छ । २०६४ सालको संविधानसभा चुनाव अघि फोरम एउटा राजनीतिक दलका रूपमा निर्वाचन आयोग, नेपाल मा दर्ता भयो । त्यस चुनाव मा प्रत्यक्ष तर्फ ३० र समानुपातिक तर्फ २२ गरी जम्मा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बन्यो । उसले समानुपातिक तर्फ ६ लाख ७८ हजार ३ सय २७ मत प्राप्त गरेको थियो । यो जम्मा खसेको मतको ६ दशमलव ३२ प्रतिशत हो । तर यो पार्टी लामो समयसम्म चौथो ठूलो शक्तिको रूपमा टिक्न सकेन । २०६६ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने कि नहुने भन्ने विषयमा विवाद चर्किदै जाँदा पार्टी फुटेर फोरमका अर्का नेता विजय कुमार गच्छदारको नेतृत्वमा मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) पार्टी बन्यो ।[२] वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

यो पार्टी पुनः टूक्रिदै मधेशी जान अधिकार फोरम, नेपाल (गणतान्त्रिक) र मधेशी जान अधिकार फोरम मधेश बनेको छ, फलस्वरूप २०७० साल को सम्भिधन सभा निर्वाचन मा यो पार्टी खुम्चेर सातौ पार्टी बन्न पुग्यो त्यसमा २ ओटा सिट प्रत्यक्ष र ८ ओटा सिट समानुपातिक मा मात्रै जित्न सकेको छ।यो पार्टीले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल २०६,११० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २१४,३१९ मत प्राप्त गरेको थियो।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

मधेसी जनअधिकार फोरम, नेपालमधेसी जनअधिकार फोरम, नेपाल वेब्याक मेसिन अभिलेखिकरण २०१४-०१-०१ मिति

  1. The MJF states social democracy as its guiding principle वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-२३ मिति
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०