पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली

साधारण बहुमत मत प्रणाली निर्वाचनको एउटा प्रमुख विधि हो जसमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई विजयी घोषणा गरिन्छ। त्यसैले यसलाई ‘सर्वाधिक मत प्राप्त गर्ने व्यक्तिको विजय’ (फर्स्ट पास्ट द पोस्ट) भनिन्छ। [१] यो मतदान प्रणाली सबैभन्दा पुरानो हो। [२] यो व्यवस्था बेलायतमा तेह्रौं शताब्दीदेखि प्रचलित छ। [३]
यो प्रणाली राष्ट्रमण्डल देश र संयुक्त राज्य अमेरिकामा मतदानको साझा विधि हो। यो प्रणाली नेपालको स्थानीय तहको निर्वाचन र माथिल्लो तहको प्रतक्ष्य तर्फाको निर्वाचनमा , भारतमा लोकसभा र विधान सभाको चुनावमा प्रयोग गरिन्छ।
यो प्रणाली प्रयोग गर्न सरल, संगठित विपक्षी दलको स्थापना, जातिगत र क्षेत्रगत रुपमा सुदृढ रहेको दलको उम्मेदवार विजयी हुने संभावना वढी हुन्छ । दलको आधारमा भन्दा पनि उम्मेदवारको व्यक्तिगत मूल्यांकन गरिने आदि यसका गुण हुन् भने साना साना दलको प्रतिनिधित्व हुनवाट रोक्ने, अल्पसंख्यक जाति समुदायको प्रतिनिधित्व हुनवाट वन्चित गर्नसक्ने, व्यापक रुपमा स्वीकार्य हुने उम्मेदवारले वढी मत प्राप्त गर्ने प्रवृतिले गर्दा महिला विजयी हुने संभावना कम हुने जस्ता नकरात्मक धारणा यस प्रणालीको विपक्षमा रहेका पाइन्छ । 'सर्वाधिक मत प्राप्त गर्ने व्यक्तिको विजय प्रणाली' प्रायः ठूला दलहरूको पक्षमा र कमजोर र अल्पसंख्यक दलको विरुद्धमा हुन्छ।
"समानुपातिक प्रतिनिधित्व" लाई मिसाएर मिस्रित चुनाव प्रणालीबाट यस प्रवृत्तिलाई हटाउन सुझाव दिइएको छ, तर यी सबै प्रणालीहरूको प्रयोगको लागि बहु-सदस्य मतदाता चाहिन्छ।
उदाहरण
[सम्पादन गर्नुहोस्]| क्रस | उम्मेदवारको नाम | पार्टी | प्राप्त मत | प्रतिशत | कैफियत |
|---|---|---|---|---|---|
| १. | राजेन्द्र प्रसाद लिङ्देन | राष्ट्रिय प्रजातन्त्र पार्टी | ४४,६१४ | ५६.५२ | निर्वाचित |
| २. | कृष्णप्रसाद सिटौला | नेपाली कांग्रेस | ३१,१७१ | ३९.४९ | |
| ३. | नवराज खरेल | नेकपा (माले) | १,३०६ | १.६५५ | |
| अन्य | १,८१० | ||||
| कुल सदर मत | ७८,९३२ | १०० | |||
| बदर मत | ४,३१२ | ||||
| खसेको मत | ८३,२४४ |
प्रभाव
[सम्पादन गर्नुहोस्]मतदाताको मत खेर जानु यसको मुख्य कमजोरी रहन्छ।
| पार्टी | सिट | सिट% | मत% | मत |
|---|---|---|---|---|
| नेकपा एमाले | ८० | ४८.४८ | ३०.६८ | |
| नेकपा (माओवादी केन्द्र) | ३६ | २१.८१ | १५.०४ | |
| नेपाली कांग्रेस | २३ | १३.९३ | ३५.७४ | |
| सङ्घीय समाजवादी फोरम, नेपाल | १० | ६.०६ | ५.२५५ | |
| राष्ट्रिय जनता पार्टी नेपाल | ११ | ६.६६ | ४.५६ | |
| नयाँ शक्ति पार्टी, नेपाल | १ | ०.०६ | ०.८४ | |
| नेपाल मजदुर किसान पार्टी | १ | ०.०६ | ||
| राष्ट्रिय प्रजातन्त्र पार्टी | १ | ०.०६ | ||
| स्वतन्त्र | १ | ०.०६ | ||
| राष्ट्रिय जनमोर्चा | १ | ०.०६ | ||
| कुल | १६५ |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "ब्रिटिश चुनाव शब्दावली", मूलबाट ४ अगस्त २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १० सितंबर २०२०।
- ↑ "First past the post Meaning in Hindi", hindi.oneindia.com, अन्तिम पहुँच १७ फेब्रुअरी २०१८।
- ↑ "वैकल्पिक चुनाव प्रणाली को 'ना'"।
- ↑ निर्वाचन आयोग, नेपाल पृष्ठ ६१
- ↑ निर्वाचन आयोग, नेपाल पृष्ठ २५