समानुपातिक प्रतिनिधित्व प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

समानुपातिक प्रतिनिधित्व प्रणाली भनेको कुनै दलले निर्वाचनमा प्राप्त गरेको मतको हिस्साको अनुपात बरावरको स्थानमा निर्वाचित हुने प्रणाली हो । यस प्रणाली एकभन्दा बढी स्थान हुने क्षेत्रमा मात्र लागू गर्न सकिन्छ । एकमात्र स्थान भएको अवस्थामा समानुपातिक तरिका विभाजन गर्न सकिदैन त्यस्तो अवस्थामा यो प्रणाली लागू हुन सक्दैन । यो प्रणालीमा मतदातालाई राजनैतिक दल वा दुवै लाई छनौट गर्न पाउने अवसर प्राप्त हुन्छ । यो प्रणाली प्रतिनिधिमूलक विधायिका स्थापना गर्न सहयोगी सिद्ध भएको छ । स-साना दलहरुले पनिप्राप्त गरको मतको अनुपातमा आफ्ना तर्फवाट प्रतिनिधि पठाउन सक्छन् । प्रतिनिधित्व प्राप्त गर्नका लागि मतको न्यूनतम सीमा (Threshhold) तोकिएको हुन्छ र न्यूनतम सीमा सम्म मत प्राप्त गर्ने दलले आफ्नो प्रतिनिधि विधायिकामा पठाउन सक्षम हुन्छन् । यस्तो न्यूनतम सीमा विभिन्न देशमा फरक फरक तोकिएको छ । जस्तो इजराइलमा यस्तो सीमा १.५१, जर्मनीमा ५१, छ भने सिचेलसमा १०% छ ।[१]

फाइदा[सम्पादन गर्ने]

समानुपातिक प्रतिनिधित्व प्रणालीका फाइदाहरू[२]

  • मत कम खेर जाने
  • राज्यको जनसंख्या को बनोट अनुसार महिला तथा पिचादिएको बर्ग, क्षेत्र, अल्प संख्याक र जनजातिको प्रतिनिधित्व हुने
  • राजनैतिक दललाई बलियो बनाउने
  • चुनावमा भाग लिने अधिकांश राजनैतिक दलहरूको प्रतिनिधित्व हुने

बेफाइदा[सम्पादन गर्ने]

  • कोटा बमोजिमको उम्मेदवारी दिन र पहिचान गर्न कठिन हुने
  • मतबाट सिटमा रुपान्तरण गरिने जटिल प्रक्रिया
  • उम्मेदावार र जनता बीचाको प्रत्यक्ष सम्बन्ध नरहने
  • उम्मेदवारको सूचीमा राजनैतिक दलको नियन्त्र हुने हुँदा जनताको भन्दा दलको छनोट प्राथमिकतामा पर्ने

प्रकार[सम्पादन गर्ने]

यो प्रणाली अन्तर्गत दुई प्रणाली प्रमुख छन्।

  • सूचीमा आधारीत समानुपातीक प्रतिनिधित्व (List Proportional Representation System)
  • एकल संक्रमणीय मत प्रणाली (Single Transferable Vote System)

सूचीमा आधारीत समानुपातिक प्रतिनिधित्व[सम्पादन गर्ने]

यस प्रणाली अनुसार वहु सदस्य निर्वाचन क्षेत्रमा प्रत्येक दलले आफ्नो दलको तर्फवाट उठाइएका उम्मेदवारहरूको सूची पेश गर्दछन् । उम्मेदवारको आधारमा भन्दा पनि मतदाताहरुले दललाईमत दिन्छन् दलले प्राप्त गरेको कूल मतको अनुपातको आधारमा स्थान निर्धारण गरिन्छ रसूचीमा रहेका प्राथमिकताको क्रम अनुसारका उम्मेदवार निर्वाचित घोषित गरिन्छ ।मतगणना गरीसके पछि स्थानको वाँडफाँडको लागि "उच्च औषत" वा "अधिक शेष” विधि अपनाइने गरिन्छ । प्रतिनिधित्वको लागि न्यूनतम सीमा तोकिने गरेको पाइन्छ । जस्तो टर्कीमा न्यूनतम सीमा विन्दु १०% प्रयोग गरिएको छ । यस्तो अवस्थामा साना दलहरुको प्रतिनिधित्व कम हुने देखिन्छ भने इजरायलमा प्रयोग गरेको १.५%, न्यूनतम सीमाको आधारमा सानादलहरुको प्रतिनिधित्वलाई सम्वोधन गरेको पाइन्छ।

सूचीमा आधारित समानुपातिक प्रतिनिधित्व प्रणालीमा मतदाताहरुलाई सूचीमा रहेका उम्मेदवार तथा पार्टीगत आधारमा छनौट गर्न सक्ने विकल्पहरु दिएको पाइन्छ। उम्मेदवारको सूची खुला, वन्द तथा स्वतन्त्र गरी तीन विकल्पहरु प्रयोगमा आएको पाइन्छ । सूचीमा आधारित समानुपातिक प्रतिनिधित्व प्रणाली प्रयोग गर्ने अधिकांश मुलुकले वन्द सूचीलागू गरेको छन् । यस प्रणालीमा मतदाताले उम्मेदवार छनौट गर्न पाउने अवसर पाउदैन दलको मात्र छनौट गर्न सक्छन् । दललाई प्राप्त मतको आधारमा वांडफाड भएको स्थानमा दलका नेताहरुले पूर्व निर्धारण गरेको सूची अनुसारको प्राथमिकता क्रमका उम्मेदवार निर्वाचित हुन्छन् । यस प्रणालीमा विभिन्न जात, जाति र पिछडिएका वर्ग र महिलाहरुलाई पनि समावेश गर्न सकिने देखिन्छ । दक्षिण अफ्रिकामा वन्द सूची प्रणाली प्रयोग गरेको मतपत्रमा दलको नाम, निर्वाचन चिन्ह तथा दलको नेताको तस्वीर राखिन्छ तर उम्मेदवारको नाम समावेश गरिदैन ।

पश्चिमी यूरोपमा यो प्रणाली प्रयोग गर्ने अधिकांश मुलुकहरुले सूचीमा आधारित प्रतिनिधित्व प्रणालीमा खुला सूची प्रयोग गर्दछन् । यस प्रणालीमा मतदातालाई मन परेको दलको मनपरेको उम्मेदवारलाई मत दिने अवसर प्राप्त हुन्छ । त्यसैले कतिपय उम्मेदवारहरु लोकप्रियताको आधारमा निर्वाचित हुन सक्ने देखिन्छ । यस प्रणालीमा राजनैतिक दलवाट को-कोउम्मेदवार हुन् भन्ने सूची खुला रहन्छ । जसको आधारमा मतदाताले पार्टीको सूचीमा समावेश भएका उम्मेदवार मध्ये छनौट गर्न सक्छन् । दलका उम्मेदवारहरुले प्राप्त गरेको कूल मतको आधारमा दलले प्राप्त गर्ने स्थानको निर्धारणगर्दछ । दलभित्र पनि बढी व्यक्तिगत मत पाउने उम्मेदवारलाई विजयी/निर्वाचित घोषित गरिन्छ । यसरी मतदाताहरुलाई आफ्नो मन परेको उम्मेदवार छनौट गर्ने स्वतन्त्रता प्रदान गर्ने भएकोले यसलाई समानुपातिक प्रतिनिधित्व प्रणाली स्वतन्त्र सूची भन्ने गरीन्छ । ब्राजिल, फिनलैण्डले यो प्रणालीको प्रयोग गरेका छन् ।

एकल संक्रमणीय मत प्रणाली[सम्पादन गर्ने]

यो प्रणालीको प्रयोग वहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग गरेको पाइन्छ । यस प्रणालीमा मतदाताहरुले उम्मेदवारहरुलाई वैकल्पीक मत प्रणालीमा जस्तै प्राथमिकताको क्रम जनाई मतदान गर्दछन् । यो प्रणालीमा मतदाता एउटै मात्र उम्मेदवारलाई प्राथमिकता जनाउने वा सवैलाई वा केहीलाई मात्र भन्ने रोज्न पाउने अवसर प्रदान गरिएको हन्छ । म तर पहिलो प्राथमिकताका कल मत भिडान गरी एक उम्मेदवारको लागी कति मत आवश्यक पर्दछ सो को कोटा निर्धारण गरी मतगणना गरिन्छ । कोटा निर्धारणको लागि डुप कोटा प्रणाली प्रयोग गरिन्छ । पहिलो प्राथमिकताको मत गणना गरी निर्धारित कोटा संख्या वरावर वा सोभन्दा वढी मत प्राप्त गर्ने लाई तत्काल विजयी घोषित गरीन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. भट्टराई, लक्ष्मण (बि.सं २०६३ जेष्ठ), विश्वमा प्रचलित प्रमुख निर्वाचन प्रणालीहरु, नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पृ: १४-२५। 
  2. नेपालको निर्वाचन प्रणालीहरु, निर्वाचन आयोग, नेपाल, बि.सं २०७६, पृ: १३, आइएसबिएन 9789937-738-06-4