प्राथमिकता गणना
प्राथमिकता गणना (अङ्ग्रेजी: Borda Count) प्रणालीमा उम्मेदवार केन्द्रीत प्राथमिकता दिने प्रणाली हो । यसमा प्रत्येक मतदाताले उम्मेदवारलाई प्राथमिकता दिन उम्मेदवारको अगाडी सख्याको प्रयोग गर्दछन र प्रत्येक अंकको मूल्य निर्धारण गरिन्छ र यी मूल्यलाई गणना गरी सवैभन्दा वढीमत प्राप्त गर्ने उम्मेदवार विजयी घोषित गरिन्छ । यो प्रणाली एकल वा वहुसदस्यीय निर्वाचन क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ ।[१] यो प्रणाली नाउरुको संसद सदस्यको निर्वाचनमा लागु गरिन्छ।[२] सन् १९७० को प्रारम्भसम्म, प्राथमिकता गणनाको अर्को स्वरुप फिनल्याण्डमा पार्टी सूची भित्र व्यक्तिगत उम्मेदवारहरू चयन गर्न प्रयोग गरिन्थ्यो। यो प्रणाली विश्वभर विभिन्न निजी संस्था र प्रतियोगिताहरुमा पनि प्रयोग गरिन्छ।
उदाहरण
[सम्पादन]जस्तो कुनै १ क्षेत्रमा १० जना उम्मेदवार छन् भने प्रत्येक मतदाताले प्राथमिकता अनुसार १,२ .......१० सम्म अंक प्रदान गर्दछ । पहिलो प्राथमिकताको मूल्य १ हुन्छ । दोश्रोको आधार 1/2= ०.५ त्यसैगरी दोश्रो 1/3=०.३३ .... एवं रीतले दशौ प्राथमिकताको 1/10= ०.१ हुन्छ । सवैको मत गणना गरी सवैभन्दा वढी अंक प्राप्त गर्ने निर्वाचित हुन्छ।
जस्तो पाँच जनाको समुहमा सुन्तल, स्ट्रोबेरी र नास्पातिमा कुन फल रोज्ने भने विषयमा प्राथमिक गणना अनुसार निर्वाचन हुँदा:
साधारण गणना
[सम्पादन]Voters Candidate |
क | ख | ग | घ | ङ | अंक | |
|---|---|---|---|---|---|---|---|
| 2 | 1 | 0 | 1 | 2 | 6 | ||
| 0 | 0 | 1 | 2 | 1 | 4 | ||
| 1 | 2 | 2 | 0 | 0 | 5 |
यस प्रकार सुन्तले उम्मेदवार विजयी भए।
डोडल
[सम्पादन]डोडल नियम अनुसार
Voters Candidate |
क | ख | ग | घ | ङ | अंक | |
|---|---|---|---|---|---|---|---|
| 1 | 1/2 =0.5 | 1/3=0.33 | 1/2 =0.5 | 1 | 3.33 | ||
| 1/3=0.33 | 1/3=0.33 | 1/2 =0.5 | 1 | 1/2 =0.5 | 2.66 | ||
| 1/2 =0.5 | 1 | 1 | 1/3=0.33 | 1/3=0.33 | 3.16 |
यस प्रकार, साधारण नियममा जस्तै, डोडल नियममा पनि सुन्तल उम्मेदवार विजयी भए।
यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ भट्टराई, लक्ष्मण (बि.सं २०६३ जेष्ठ), विश्वमा प्रचलित प्रमुख निर्वाचन प्रणालीहरु, नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पृ: १४-२५।
- ↑ Fraenkel, Jon; Grofman, Bernard (२०१४-०४-०३), "The Borda Count and its real-world alternatives: Comparing scoring rules in Nauru and Slovenia", Australian Journal of Political Science 49 (2): 186–205, डिओआई:10.1080/10361146.2014.900530।