समानान्तर प्रणाली
समानान्तर प्रणालीमा मतदाताहरुलाई सूचीमा आधारित समानुपातिक प्रणाली र वढीमत/ वहुमत प्रणाली अन्तर्गत उम्मेदवार तथा दल गरी दुवैलाई मत दिन्छन् । मुलक अनुसार कनै मुलुकले दलको सूची तथा उम्मेदवारको सूची एउटै मतपत्रमा समावेश गरी दलर उम्मेदवार दुवैलाई मत दिने व्यवस्था गरेका हुन्छन जस्तो दक्षिण कोरिया, जापान,लिथुआनिया, थाइलैण्डमा वढीमत/वहुमतको लागि एउटा र समानुपातिक प्रतिनिधित्वको स्थानको लागी अर्को मतपत्र प्रयोग गर्दछन् ।
यो प्रणाली मिश्रित सदस्य समानुपातिक प्रणाली जस्तो वढीमत/ वहुमतमा आधारित निर्वाचनक्षेत्रको अमिल्दो अनुपात वापत क्षतिपूर्ति दिन प्रयोग गर्ने नभै दुवै प्रणाली समानान्तर रुपमाप्रयोग गरिन्छ । यो प्रणालीमा समानुपातिक प्रतिनिधित्व तथा वढीमत वहुमत प्रणालीका गुणहरूलाई समावेश गर्न सकिने देखिएवाट पनि यसको प्रयोग वढी भएको पाइन्छ । जापान, दक्षिण कोरिया, पाकिस्तान, रुस, थाइलैण्ड, अण्डोरा, युकेन, फिलिपिन्स, पाकिस्तान, ट्यूनिसिया, सेशल्स आदि मुलुकहरुमा यो प्रणाली अपनाइएको पाइन्छ ।
यो प्रणाली अन्तर्गत कुल स्थान मध्ये कति प्रतिशत स्थान समानुपातिक प्रतिनिधित्व तथाकति प्रतिशत बढीमत / वहमत अन्तर्गतको प्रणालीलाई छटयाउने भन्ने विषय मलक :फरक पाइन्छ । जस्तो जापानमा समानुपातिक प्रतिनिधित्व अन्तर्गत ३७.५% तथा बढीमत / वहुमत अन्तर्गत ६२.५५, स्थान छुट्याइएको छ भने पाकिस्तानमा क्रमश: २०%, र८०, रुसमा क्रमश: ५०% र ५०%, गणतन्त्र कोरियामा १९%, र ८१% स्थान विभाजन गरिएको छ।
यो प्रणालीमा दुवै प्रणालीका गुणहरु समावेश हुने भएकोले स-साना दलहरुको प्रतिनिधित्व सहज हुने गरेको देखिन्छ । यो प्रणाली तुलनात्मक रुपमा निर्वाचन जटिल साथै निर्वाचन कार्यक्रम संचालन गर्दा मतदातामा भ्रम पर्न सक्ने देखिन्छ ।[१]
फाइदा
[सम्पादन गर्नुहोस्]फाइदा निम्नानुसार छन्:[२]
- समावेशीपन
- अल्पसंख्याकको प्रतिनिधित्व
- विशुद्ध सूचीमा आधारित समानुपातिक प्रतिनिधित्वको तुलनामा दलीय विखण्डन कम हुने ।
- अन्य विकल्पहरूका तुलनामा सहमत हुन सजिलो पर्नसक्ने ।
बेफाइदा
[सम्पादन गर्नुहोस्]- जटिल प्रणाली
- निर्वाचन क्षेत्र सीमा निर्धारण आवश्यक पर्ने ।
- प्रायः उप–निर्वाचनको आवश्यकता हुने ।
- प्रतिनिधिहरूको दुईवटा वर्ग सिर्जना गर्नसक्ने ।
- रणनीतिक मतदान ।
- सूचीमा आधारित समानुपातिक प्रणालीको तुलनामा अनुपस्थित मतदानको व्यवस्था गर्न बढी कठिन ।
- समग्र समानुपातको प्रत्याभूति नदिने ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ भट्टराई, लक्षमण (बि.सं २०६३ जेष्ठ), विश्वमा प्रचलित प्रमुख निर्वाचन प्रणालीहरु, नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पृ: १४-२५।
- ↑ निर्वाचन प्रणालीको प्रारूप: अन्तर्राष्ट्रियआइडीइएको नयाँ हातेपुस्तकको सिंहावलोकन, IDEA, २०६३ फागुन (फेब्रुअरी, २००७), पृ: १४-२५।