दुई चरण प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुई चरण प्रणाली (अङ्ग्रेजी: Two-round system)वढीमत प्रणालीकै वर्गिकरण अन्तर्गत को हो । यसमा पहिलो हने निर्वाचित हुने तरीका बाट पहिलो चरणको निर्वाचन गरिन्छ, त्यसबाट कनै उम्मेदवार वा दलले प्राप्त गरेको मत साधारणतया पूर्ण वहुमत (पचास प्रतिशत भन्दा वढी) प्राप्त गर्न नसकेको अवस्थामा सवैभन्दा वढी मत ल्याउने दुई उम्मेदवारहरु दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्दछन् र दोस्रो चरणका मतदानबाट पूर्ण बहुमत प्राप्त गर्ने एकजनालाई विजयी घोषित गरिन्छ। यो प्रणाली लागू गर्ने मुलुकहरुमा फ्रान्स, अफ्रिकी गणतन्त्र कंगो, ग्योवोन, इजिप्ट, हाइटी, इरान,हरु आदि छन् ।

यसका अतिरिक्त पहिलो चरणको निर्वाचनमा प्राप्त गर्नुपर्ने मतको न्यूनतम प्रतिशत तोकिएको हुन्छ, न्यूनतम प्रतिशत प्राप्त गर्ने उम्मेदवारहरु वीच दोस्रो चरणको निर्वाचन गरिन्छ । उदाहरणको लागि फान्सको विधायिकाको निवाचनको लागि १२.५% भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरु दोस्रो चरणको निर्वाचनमा प्रवेश गर्दछन र दोस्रो निर्वाचनबाट सवैभन्दा वढीमत प्राप्त गर्ने, पहिलो हुने विजयी हुने प्रकृया अनुसार नै विजयी घोषित गरिन्छ । दोस्रो चरणको निर्वाचनमा पूर्ण बहुमत प्राप्त गर्नु अनिवार्य मानिदैन ।

यो प्रणालीमा साधारणतया एक हप्ता वा एक पाक्षिकको अन्तरालमा एकै पदका लागि चरणको दई निर्वाचन कार्य सम्पन्न गरिन्छ ।

राम्रो पक्ष[सम्पादन गर्नुहोस्]

  • मतदाताहरुलाई आफूले रोजेको उम्मेदवारलाईदोस्रो पटक मत दिने मौका हुनुका साथै वीचार परिवर्तन भएमा उपयुक्त लागेको उम्मेदवारलाई मत दिन पाउने अवसर,
  • मत विभाजनको समस्या हटाई जनप्रिय उम्मेदवार ले जित्ने अवसर प्राप्त हुन्छ
  • पहिलो र दोस्रो निर्वाचनको वीचको परिदृष्यलाई मल्यांकन गरी प्रतिकया देखाउन मतदातालाई अवसर मिल्ने फाइदा हुन

नराम्रो पक्ष[सम्पादन गर्नुहोस्]

  • छोटो अवधिमा दुइ निर्वाचन गराउन व्यवस्थापनलाई कार्य वोझ र दवाव बढी हुने,
  • अनुपात नमिल्ने तथा
  • निर्वाचनमा पराजय भोग्ने निश्चित संकेत पाए पछि दोस्रो चरणको चुनाव वहिष्कार गर्न सक्ने वा त्यसलाई विघ्नवाधा हाल्ने कामलाई प्रश्रय दिन सक्छ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

फ्रान्सेली राष्ट्रपतीय निर्वाचन[सम्पादन गर्नुहोस्]

२०२२[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]