सामग्रीमा जानुहोस्

जर्मनी

निर्देशाङ्कहरू: ५१°उ ९°पू / 51°N 9°E / 51; 9
यो लेख सुन्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सङ्घीय गणतन्त्र जर्मनी
Bundesrepublik Deutschland
जर्मनीको झन्डा
झन्डा
जर्मनीको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: 
राष्ट्रिय गान: 
  • Lied der Deutschen [] (जर्मनेलीहरूको सङ्गीत)

जर्मन सरकारको सिलमोहर
  • जर्मन सरकारको प्रतीक चिन्ह
 जर्मनीको अवस्थिति (गाढा हरियो) – युरोपमा (हरियो र गाढा खैरो) – in the युरोपेली सङ्घ (हरियो)  –  [व्याख्या]
 जर्मनीको अवस्थिति (गाढा हरियो)

– युरोपमा (हरियो र गाढा खैरो)
– in the युरोपेली सङ्घ (हरियो)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
बर्लिन
आधिकारिक भाषाहरूजर्मनेली[१]
जातिगत समूहहरू
रैथाने(हरू)जर्मनेली नागरिक
सरकारसंयुक्तराष्ट्रिय गणतन्त्र
फ्राङ्क-भाइटा स्टानमायार
फ्रिडरिच मेर्च
• बुन्डेसटागको अध्यक्ष
युलिया क्लोकनेर
• बुन्डेसराटको अध्यक्ष
आङ्के रेलिङ्गेर
व्यवस्थापिका
बुन्डेसराट
बुन्डेसटाग
क्षेत्रफल
• जम्मा
३,५७,३८६ किमी (१,३७,९८८ वर्ग माइल) (६२औँ)
• पानी (%)
२.३४%
जनसङ्ख्या
• सन् २०१८ अनुमानित
८२,८००,००० [] (१७औँ)
• सन् २०११ जनगणना
८०,२१९,६९५[] (१९औँ)
• घनत्व
२२५ /किमी2 (५८२.७ /वर्ग माइल) (५८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१२ लगत
• जम्मा
$३ खर्ब १९७ अर्ब[] (पाँचौँ)
• प्रति व्यक्ति
$३९,०२८[] (१७औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१२ लगत
• जम्मा
$३ खर्ब ४०१ अर्ब[] (चौँथो)
• प्रति व्यक्ति
$४१,५१३[] (२२औँ)
गिनी (सन् २००६)२७
न्यून
मानव विकास सूचकाङ्क (सन् २०१३)०.९२०[]
धेरै उच्च · पाँचौँ
मुद्रायुरो (€) (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य युरोपेली ग्रीष्मकालिन समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+49
इन्टरनेट डोमेनडट डिइ [२]
  1. ^ डेनिस, निम्न जमनेली, सर्बियाली, रोमानीफ्रिसियाली जस्ता भाषाहरू युरोपेली क्षेत्रीय वा अल्पसङ्ख्यक भाषाहरूको संस्थाद्वारा आधिकारिक रूपमा मान्यता प्राप्त छन्।
  2. ^ अन्य युरोपेली सङ्घका सदस्य राष्ट्रहरूमा पनि प्रयोग गरिएको डटइयु डोमेन जर्मनीमा पनि प्रयोग गरिन्छ।

जर्मनी (जर्मनमा: Deutschland), आधिकारिक नाम सङ्घीय गणतन्त्र जर्मनी (जर्मनेली: Bundesrepublik Deutschland, "बुन्डेसरेपुब्लिक डोयचलान्ड", उच्चारण [ˈbʊndəsʁepuˌbliːk ˈdɔʏtʃlant] ( )) [१०] युरोपको एक प्रमुख औद्योगिक तथा विकसित देशहरू मध्ये एक हो। यो १६ वटा राज्यको संयोजनबाट बनेको छ। जर्मनी मध्य युरोप र पश्चिम युरोपमा अवस्थित छ। यो देशको उत्तरी सीमान्त उत्तर सागर र बाल्टिक सागरको बीचमा र दक्षिणमा आल्पस पर्वतको बीचमा अवस्थित छ। जर्मनीको पूर्वी सीमान्त पोल्यान्डचेक गणतन्त्रसँग, पश्चिम सीमान्त फ्रान्स, लक्जेम्बर्ग, बेल्जियमनेदरल्यान्ड्ससँग र उत्तरी सीमान्त डेनमार्क तथा दक्षिणी सीमान्त अस्ट्रियास्विट्जरल्यान्डसँग जोडिएको छ। जर्मनीको इतिहास तनावपूर्ण र झन्झटिलो भएतापनि यसको संस्कृति निकै समृद्ध रहेको छ। सन् १८७१ भन्दा पहिले यो कुनै एकल राष्ट्र थिएन। सन् १८१५ देखि १८६७ को अवधिमा जर्मनी एक सङ्घ थियो भने सन् १८०६ भन्दा पहिले यो धेरै स्वतन्त्र तथा अलगअलग राज्यहरूको समूह थियो। जर्मन भूभाग ३,५७,०२१ वर्ग किलोमिटरमा फैलिएको छ।

जर्मनी आकारको हिसाबले युरोपको सातौँ सबैभन्दा ठूलो राष्ट्र हो। उत्तर सागर र बाल्टिक सागरको तटवर्ती निम्म भूमिबाट मध्यस्थलको पहाड तथा नदी उपत्यका र त्यसको दक्षिणमा घना जङ्गली पर्वत र हिउँले ढाकिएको आल्पस पर्वतशृङ्खलाले देशको भौगोलिकतालाई विविधता दिन्छ। देशभरि युरोपका धेरै प्रमुख नदीहरू जस्तै राइन, डान्युब, एल्बे बगेका छन् र यसले देशलाई एक व्यापारिक केन्द्रमा परिणत गर्न सहयोग गरेको छ। जर्मनीमा नगरीकरणको दर अत्यधिक उच्च छ। बर्लिन देशको राजधानी र ठूलो सहर हो। जर्मनेली भाषा यहाँको प्रमुख भाषा हो। यहाँका दुई-तिहाइ मानिसहरू रोमन क्याथोलिक वा प्रोटेस्टेन्ट इसाई धर्मवलम्बी मध्ये पर्दछन्। जर्मनीले पश्चिमी संस्कृतिमा ठूलो योगदान दिएको छ। जर्मनीमा धेरै असाधारण लेखक, कलाकार, वास्तुकार, सङ्गीतकार र दार्शनिक जन्मिएका छन्।

८ करोड २० लाख जनसङ्ख्या रहेको जर्मनी युरोपेली सङ्घको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो। यसका साथै जर्मनी संसारको तेस्रो ठुलो आप्रवासी जनसङ्ख्या भएको देश हो।[११]

ईपू १०० भन्दा पहिले देखि नै जर्मनिया नाम गरेको जर्मनेली मानिस बस्ने एक क्षेत्रको बारेमा जानकारी तथा दस्तावेजहरू रहेका छन्। १०औँ शताब्दीदेखि सन् १८०६ सम्म जर्मन भूभागहरूले पवित्र रोमन साम्राज्यको मध्य भाग बनाएको थियो।

सन् १८६३ मा बिस्मार्कको नेतृत्वमा जर्मनीको एकीकरण सुरु भएको थियो। सन् १८७१ मा फ्राङ्को-प्रसियन युद्धको बीचमा यो देश आधुनिक राष्ट्र-राज्यको रूपमा सर्वप्रथम देखा परेको थियो। दोस्रो विश्वयुद्ध पश्चात् अर्थात् सन् १९४९ मा अलाइड शक्तिको कब्जामा जर्मनी दुई अलग राज्यहरूमा विभाजित भएको थियो। सन् १९९० मा दुई राज्यहरूको पुनःएकीकरण भएपनि सन् १९५७ मा बनेको युरोपेली कम्युनिटी (सन् १९९३ मा युरोपेली सङ्घको रूपमा परिणत] पश्चिम जर्मनी संस्थापक सदस्य हो। सन् १९९० मा जर्मन प्रजातान्त्रिक गणतन्त्र (पूर्वी जर्मनी) सङ्घीय गणतन्त्र जर्मनी (पश्चिम जर्मनी)सँग जर्मन पुन: एकीकरण भएको थियो।

जर्मन पुन: एकीकरण]

[सम्पादन गर्नुहोस्]

सन् २०२३ को राष्ट्रिय जनगणना अनुसार जर्मनीको कुल जनसङ्ख्या ८ करोड ४७ लाख रहेको छ।[१२] जर्मनी युरोपेली सङ्घको सबैभन्दा बढी जनसङ्ख्या भएको सदस्य राष्ट्र हुनुका साथसाथै यो युरोपमा रूसपछि दोस्रो सबैभन्दा बढी जनघनत्व भएको देश हो। विश्वमा उन्नीसौँ सबैभन्दा बढी जनसङ्ख्या पनि जर्मनीमा रहेको छ।[१३] यसको जनघनत्व प्रति वर्ग किलोलिटरमा २३६ व्यक्ति (प्रति वर्ग माइल ६१० व्यक्ति) रहेको छ। सन् १९७० को दशकदेखि जर्मनीको मृत्युदर जन्मदर भन्दा बढी रहेको छ। यद्यपि यहाँ सन् २०१० को दशकको सुरुबाट जन्मदर र आप्रवासन दर बढ्दै गइरहेको छ। जर्मनीको औसत आयु ४७.४ वर्ष रहेको छ।

यहाँको राजनीति प्रणाली भने सङ्घिय गणतन्त्र प्रणाली हो सबै भन्दा ठूलो पार्टी एस पि डि हो सोसल डेमोक्रेटि पार्टी सि डि यु क्रिसियन डेमोक्रेटि पार्टी सग मिलि जुलि सरकार गठन गरेको छ श्रीमती एन्जेला मार्रकेल यहाँको चान्सर्लर राष्ट्र प्रमुख हो। उहाँ सि . डि. यु . पार्टीबाट छानिएकी चान्सर्लर हुन।

राज्य राजधानी क्षेत्रफल (किमी) जनसङ्ख्या
बादेन-वुर्तेम्बर्ग स्टटगर्ट ३५,७५२ १,०७,१७,०००
बेयर्न म्युनिख ७०,५४९ १,२४,४४,०००
बर्लिन राज्य बर्लिन ८९२ ३४,००,०००
ब्रैंडेनबर्ग पट्सडैम २९,४७७ २५,६८,०००
ब्रेमेन ब्रेमेन ४०४ ६,६३,०००
हेम्बर्ग हेम्बर्ग ७५५ १७,३५,०००
हेसे विसबैडेन २१,११५ ६०,९८,०००
मेक्लेनबर्ग-वोर्पोमेर्न श्वेरीन २३,१७४ १७,२०,०००
निचला सैक्सोनी हेनोवर ४७,६१८ ८०,०१,०००
उत्तरी राइन डसेलडार्फ ३४,०४३ १,८०,७५,०००
राइनलैन्ड मैन्ज १९,८४७ ४०,६१,०००
सारलैंड सारब्रुकेन २,५६९ १०,५६,०००
सैक्सोनी ड्रेसडेन १८,४१६ ४२,९६,०००
सैक्सोनी-एन्हाल्ट मेगडेबर्ग २०,४४५ २४,९४,०००
श्लेसविग-होल्सटीन काइल १५,७६३ २८,२९,०००
ठुरुंगिया अरफर्ट १६,१७२ २३,५५,०००

|}

Frankfurt parliament in १८४८

जर्मनीको सामाजिक बजार अर्थतन्त्र उच्च दक्ष जनशक्ति, न्यून स्तरको भ्रष्टाचार र उच्च स्तरको नवीनता तथा आविस्कार छ। [][१४][१५] यो विश्वको वस्तु तथा सामानको तेस्रो-ठूलो निर्यातकर्ता र तेस्रो-ठूलो आयातकर्ता हो । [] र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो, जुन जुनजीडीपी अनुसार विश्वको चौथो-ठूलो अर्थतन्त्र ,[१६] र पिपिपि अनुसार पाँचौं-ठूलो अर्थतन्त्र हो। .[१७] यसको प्रति व्यक्ति जीडीपी यूरोपेली संघ को औसत भन्दा १२१% ले बढी छ .[१८] २०१७ अनुसार सेवा क्षेत्रले कुल जीडीपी को लगभग ६९ %, उद्योग ३१ %, र कृषि १ % योगदान गर्दछ।[] Eurostat द्वारा २०२० जनवरी मा प्रकाशित बेरोजगारी दर अनुसार ३.२ % हो, जुन युरोपेली संघमा चौथो-न्यूनतम हो।[१९]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ "World Factbook वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-०३ मिति ढाँचा:Web archive" सिआइए, सङ्ग्रहीत मिति; ११ जुन २०१३।
  2. Bevölkerung und Erwerbstätigkeit: Bevölkerung mit Migrationshintergrund – Ergebnisse des Mikrozensus 2010, p. 64 statistics
  3. "Germans without any migrant background", मूलबाट १७ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१३ 
  4. "Press releases - For the first time more than 16 million people with migration background in Germany", Federal Statistical Office (Destatis) - Destatis.de, २०१०-०७-१४, मूलबाट २०१२-११-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-११-०४ 
  5. "Pressemitteilungen - Ein Fünftel der Bevölkerung in Deutschland hatte 2010 einen Migrationshintergrund" ((जर्मनेली)मा), Statistisches Bundesamt (Destatis) - Destatis.de, २०११-०९-२६, मूलबाट २०१८-११-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-११-०४ 
  6. "Statistisches Jahrbuch 1987 für die Bundesrepublik Deutschland", १९८७-०१-०१, डिओआई:10.1515/9783112327340 
  7. "Pressekonferenzen und Hintergrundgespräche", Statistisches Bundesamt (जर्मनेलीमा), अन्तिम पहुँच २०२२-०९-०३ 
  8. ८.० ८.१ ८.२ ८.३ "Germany", International Monetary Fund, अप्रिल २०१३, अन्तिम पहुँच १७ अप्रिल २०१३ 
  9. [url=http://hdr.undp.org/en/media/HDR_2013_CH.pdf "Human Development Report 2013"], UN, २०१३, अन्तिम पहुँच १४ मार्च २०१३ 
  10. Max Mangold (ed.), सम्पादक (१९९५), Duden, Aussprachewörterbuch (Duden Pronunciation Dictionary) (Germanमा) (6th ed. संस्करण), Mannheim: Dudenverlag (Bibliographisches Institut & F.A. Brockhaus AG, पृ: pp 271, 53f, आइएसबिएन 3-411-04066-1 
  11. Germany: Inflow of foreign population by country of nationality, 1994 to 2003
  12. "Immigration Drives Germany's Population Growth to 84.7 Million", European Travel Information and Authorisation System, ३० जनवरी २०२४। 
  13. Metz, Helen, सम्पादक (१९९५), "Turkey: A Country Study | Geography", GPO for the Library of Congress। 
  14. "Corruption Perceptions Index 2019", Transparency International, मूलबाट २७ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २७ मार्च २०२० मिति
  15. Schwab, Klaus, "The Global Competitiveness Report 2018", पृ: ११, मूलबाट २४ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२० 
  16. Bajpai, Prableen (२२ जनवरी २०२०), "The 5 Largest Economies In The World And Their Growth In 2020", NASDAQ, मूलबाट २१ मार्च २०२०-मा सङ्ग्रहित। 
  17. "GDP, PPP (current international $)", World Bank, मूलबाट ३० मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२० 
  18. "GDP per capita in PPS", ec.europa.eu/eurostat, Eurostat, मूलबाट २० जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०२० 
  19. "Unemployment statistics", Eurostat, मूलबाट ६ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

५१°उ ९°पू / 51°N 9°E / 51; 9