बायाँ र दायाँ हाते सवारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सडक प्रयोगको साथ देशहरू, अन्दाजी सन् २०२०
  ↑↓ बायाँ-हाते सवारी
  ↓↑ दायाँ-हाते सवारी

बायाँ-हाते सवारी दायाँ-हाते सवारी क्रमशः बायाँ वा सडकको बायाँ तिर राख्ने द्विदिशात्मक यातायातका अभ्यासहरू हुन्। यो अभ्यास ट्राफिक प्रवाहको लागि आधारभूत मानिन्छन्, र कहिलेकाहीँ सडकको नियमको रूपमा उल्लेख गरिन्छ।[१] दायाँ र बायाँ हाते सवारी शब्दले चालकको स्थिति र वाहनमा स्टेरिङ ह्विललाई बुझाउँछ र सवारीसाधनमा, सडकको प्रयोग दायाँ कायम गरिएको छ भने सवारीसाधन दायाँबाट चलाउनु पर्ने हुन्छ सडकको प्रयोग बायाँ कायम गरिएको छ भने सवारीसाधन बायाँबाट चलाउनु पर्ने हुन्छ। यो एकआपसमा ठिक विपरीत रहेको हुन्छ। यो नियम अनुसार सडकमा, एक दिशामा एक भन्दा बढी सवारी साधनको लागि ठाउँ दिएको हुन्छ भने, साथै पछाडिको गाडीले अगाडिको गाडीलाई अतिक्रमण गर्ने पक्षसम्म पनि विस्तारित गरिएको हुन्छ। उदाहरणका लागि, सवारीसाधन दायाँबाट प्रयोग गर्ने देशको चालकले सामान्यतया अतिक्रमण भइरहेको गाडीको दायाँतिरबाट अतिक्रमण गर्छ भन्ने बुझिन्छ। नेपालमा बायाँ तर्फबाट सवारी चलाइने गरिन्छ।

दायाँ हाते १६५ देश र क्षेत्रहरूमा प्रयोग गरिन्छ र बाँकी ७५ देशहरू र क्षेत्रहरूले बायाँ हाते प्रयोग गरिएको छ।[२]

बायाँ हातको ट्राफिक प्रयोग गर्ने देशहरूले विश्वको भूमि क्षेत्रको लगभग ६ भाग, जनसङ्ख्याको लगभग एक तिहाई र एक चौथाई सडकहरू ओगटेका छन्।[३] सन् १९१९ मा, विश्वका १०४ क्षेत्रहरू बायाँ हातको प्रयो गर्दथे र त्यति नै सङ्ख्यामा बायाँ हाते रहेको थिए। सन् १९१९ र १९८६ को बीच, ३४ देशहरूले बायाँ हाते प्रयोगलाई अवलम्बन गरेका थिए।[४]

बायाँ हाते सवारी अपनाउने धेरै देशहरू पहिले बेलायती साम्राज्यको भाग थिए, यद्यपि इन्डोनेसिया, जापान, मोजाम्बिक, नेपाल, सुरिनाम, स्विडेन (सन् १९६७ देखि बायाँ हाते बनेको), थाइल्यान्ड र मकाउले यसको प्रयोग गरेका थिए। त्यस्तै गरी, फ्रान्सेली औपनिवेशिक साम्राज्यको एक भाग भएका धेरै देशहरूले बायाँ हाते सवारी अपनाएका थिए।

बायाँ दिशा प्रयोग गर्ने देशहरूमा, ट्राफिक बायाँ रहन्छ र सवारीसाधनहरूमा सामान्यतया दायाँतर्फ स्टेरिङ रहेको हुन्छ भने ठिक यसको विपरीत दायाँ दिशा प्रयोग गर्ने देशहरूमा, ट्राफिक दायाँ रहन्छ र सवारीसाधनहरूमा सामान्यतया बायाँतर्फ स्टेरिङ रहेको हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kincaid, Peter (डिसेम्बर १९८६), The Rule of the Road: An International Guide to History and Practice, Greenwood Press, पृ: 50, 86–88, 99–100, 121–122, 198–202, आइएसबिएन 978-0-313-25249-5 
  2. "Worldwide Driving Orientation by Country", अन्तिम पहुँच १३ डिसेम्बर २०१६ 
  3. Barta, Patrick, "Shifting the Right of Way to the Left Leaves Some Samoans Feeling Wronged", The Wall Street Journal, अन्तिम पहुँच ४ डिसेम्बर २०१६ 
  4. Watson, Ian, "The rule of the road, 1919–1986: A case study of standards change", अन्तिम पहुँच ३० नोभेम्बर २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]