रोमन साम्राज्य


रोमन साम्राज्य (रोमन: Imperium Romanum, Classical Latin: [ɪmˈpɛri.ũː roːˈmaːnũː]; ढाँचा:Lang-grc-x-koine) (२७ ई.पू. – ४७६ (पश्चिम); १४५३ (पूर्व)) यूरोपको रोम नगरमा केन्द्रित एक साम्राज्य थियो। यस साम्राज्यको विस्तार दक्षिणी यूरोप को साथ साथै उत्तरी अफ्रिका र अनातोलिया क्षेत्र थियो। फारसी साम्राज्य यसको प्रतिद्वन्दी थियो जो युफ्रेटस नदीको पूर्वमा स्थित थियो। रोमन साम्राज्यमा अलग-अलग स्थानमा ल्याटिन र यूनानी भाषा बोलिन्थ्यो र सन् १३० मा यस साम्राज्यले ईसाई धर्मलाई राजधर्म घोषित गरेको थियो।
यो साम्राज्य विश्वको सबैभन्दा विशाल साम्राज्यहरु मध्ये एक थियो। पाँचौ शताब्दीको अन्तसम्ममा यस साम्राज्यको पतन भयो र इस्तान्बुल (कन्स्टेन्टिनोपल) यसको पूर्वी शाखाको राजधानीमा सन् १४५३ मा उस्मान (ऑटोमन तुर्क) ले यसमाथि अधिकार गरे। यो यूरोपको इतिहास र संस्कृतिको एक महत्त्वपूर्ण अङ्ग हो।
इतिहास
[सम्पादन गर्नुहोस्]गणतन्त्रबाट राजतन्त्र
[सम्पादन गर्नुहोस्]ईसापूर्व छैठौं शताब्दीमा रोमन गणतन्त्रको स्थापना भएको केही समयपछि नै रोम विस्तार हुन थालेको थियो, यद्यपि तेस्रो शताब्दी ईसापूर्वसम्म इटालियन प्रायद्वीप बाहिर थिएन। यसरी, सम्राट हुनुभन्दा धेरै अघि नै यो एक "साम्राज्य" (एक ठूलो शक्ति) थियो।[१] यो गणराज्य आधुनिक परिभाषाको एक राष्ट्र-राज्य थिएन, यो स्वशासित शहर (सिनेटबाट अलग-अलग स्तरको स्वतन्त्रता प्राप्त गरेको) र सैन्य कमान्डरद्वारा प्रशासित प्रान्तहरूको एक सञ्जाल थियो। यसको शासन सिनेटसँग मिलेर बर्षेनी निर्वाचित हुने मेजिस्ट्रेट (मुख्यतः रोमन कन्सुल) द्वारा हुन्थ्यो। [२] ईसापूर्वको पहिलो शताब्दी राजनीतिक र सैन्य उथलपुथलको समय थियो, जसमा अन्ततः सम्राटहरूको शासनको स्थापना भयो। [३][४][४][५] कन्सुलहरूको सैन्य शक्ति रोमन कानुनी अवधारणामा आधारित थियो, जसको अर्थ "आदेश" (सामान्यतया सैन्य अर्थमा) थियो। [६]
कहिलेकाहीँ, सफल कन्सुल वा जनरललाई मानार्थ उपाधि इम्परेटर (कमान्डर) दिइन्थ्यो; इम्पेरर (सम्राट) शब्दको उत्पत्ति यहींबाट भएको हो, किनकी यो उपाधि सुरुका इम्पेरर (सम्राट)हरूलाई दिइएको थियो। Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).[क]
रोमन साम्राज्य रोमन गणतन्त्रको परवर्ती थियो। अक्टेवियन ले जूलियस सिजर र सबै सन्तानलाई मारे र उसले मार्क एन्टोनीलाई पनि पराजित गरे। त्यसपछि मार्कले आत्महत्या गरे। यसपछि अक्टेवियनलाई रोमन सिनेटले अगस्टस नाम प्रदान गर्यो। उनी अगस्टस सिजरको नाममा सत्तासीन भए।
गृहयुद्धको कारण रोमन प्रान्त (लिजन )हरूको सङ्ख्या ५० बाट घटाएर २८ सम्म मा सिमित गरिएको थियो । जुन जुन प्रान्तको वफादारीमा सन्देह/ शंका थियो उसलाई साम्राज्य बाट सिधै निकालियो। डेन्युब र एल्बे नदिमा आफ्नो सिमा तय गर्ने को लागि अक्टेवियन (अगस्टस) ले इल्लीरिया, मोएसिया, पैन्नोनिया र जर्मेनिया माथि आक्ररमण गर्ने आदेश दिए । उनको प्रयासले राइन र डेन्युब नदि उत्तरमा साम्राज्यको सिमा बन्यो।
प्याक्स रोमाना
[सम्पादन गर्नुहोस्]अगस्टस पछी टाइबेरियस सत्तारूढ भए। उनी जूलियस को तेश्रो पत्नीको पहिलो बिबाहबाट जन्मेका पुत्र थिए । उनको शासन शान्तिपूर्ण रह्यो । उनीपछी कैलिगुला आए जसको सन् ४१ मा हत्या गरियो। परिवारको एक मात्र उत्तराधिकारी क्लाउडियस शासक बने । सन् ४३ मा उनले ब्रिटेन (दक्षिणार्ध)लाई रोमन उपनिवेश बनाए । त्यसपछि निरो सत्तासिन भए जसले सन् ५८-६३ को बीच पर्सियन (फारसी साम्राज्य) को साथ सफलता पूर्वक शान्ति सम्झौता गरे। निरो रोममा लागेको एक आगो को कारण प्रसिद्ध थिए । भनिन्छ कि सन् ६४ मा जब रोम आगो मा जलिरहेको थियो तब उनी बाँसुरी बजाउन व्यस्त थिए । सन् ६८ मा उनले आत्महत्या को लागि बाध्केय हुन पर्यो। सन् ६८-६९ सम्म रोम मा अराजकता छायो र गृहयुद्ध भयो । सन् ६९-९६ सम्म फ्लाव वंशको शासन आयो । पहिलो शासक वेस्पेसियन ले स्पेन मा कयौं सुधार कार्यक्रम चलाए। उनले कोलोसियम (एम्फीथियेटरम् फ्लावियन) को निर्माण को आधारशिला पनि राखे ।
सन् ९६-१८० को काल लाई पाँच योग्य सम्राटहरू को काल भनिन्छ। यस समयको राजाहरूले साम्राज्य मा शान्तिपूर्ण ढंगले शासन गरे । पूर्व मा पर्सियन साम्राज्य सँग पनि शान्तिपूर्ण सम्बन्ध रह्यो। यद्यपि फारस संग अर्मेनिया तथा मेसोपोटामिया मा रोमन को युद्ध भए तर उनको विजय र शान्ति समझौता बाट साम्राज्यको विस्तार कायम रही रह्यो। सन् १८० मा कमोडोस, जो मार्कस अरेलियस सा पुत्र थिए, शासक बने । उनको शासन पहिले त शान्तिपूर्ण रह्यो तर पछी उनको बिरुद्ध विद्रोह र हत्याको प्रयत्न भए । यसबाट भयभीत र यसैको कारण अत्याचारी बन्दै गए।
पतन
[सम्पादन गर्नुहोस्]सेरेवन वंशको समय रोमको सबै प्रान्तवासीलाई रोमन नागरिकता प्रदान गरियो। सन् २३५ सम यो वंश समाप्त भयो। यसपछि रोम को इतिहासमा सङ्कट को समय आयो। पूर्वमा फारसी साम्राज्य शक्तिशाली हुदै गयो। साम्राज्य भित्र पनि गृहयुद्ध को स्थिति आयो। सन् ३०५ मा कन्स्टेंटाइन को शासन आयो। यसै वंश को शासनकालमा रोमन साम्राज्य विभाजित भयो। सन् ३६० मा यस साम्राज्य को पतन पश्चात साम्राज्य सुस्त सुस्त कमजोर हुँदै गयो। पाँचौ शताब्दी सम्म साम्राज्यको पतन हुन लाग्यो र पूर्वी रोमन साम्राज्य पूर्व मा सन् १४५३ सम्म कायम रह्यो।
सरकार र सैन्य
[सम्पादन गर्नुहोस्]साम्राज्यका तीन प्रमुख तत्वहरू: केन्द्रीय सरकार, सेना र प्रान्तीय सरकार थिए।[८] सेनाले युद्ध मार्फत कुनै क्षेत्रको नियन्त्रण स्थापित गर्थ्यो। तर शहर वा त्यहाँका मानिसहरूलाई सन्धि अन्तर्गत ल्याएपछि, यो अभियान प्रहरी प्रशासन: "रोमन नागरिकहरू, कृषि क्षेत्रहरू र धार्मिक स्थलहरूको सुरक्षा"मा मा परिणत हुन्थ्यो।Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value). रोमनहरूसँग बल प्रयोग गरेर मात्र शासन गर्न पर्याप्त जनशक्ति वा स्रोतसाधनको अभाव थियो। व्यवस्था कायम राख्न, जानकारी सङ्कलन गर्न र राजस्व उठाउन स्थानीय अभिजात वर्गसँगको सहकार्य आवश्यक थियो। रोमनहरूले प्रायः आन्तरिक राजनीतिक विभाजनको उपयोग गर्थे।[९]
केन्द्रिय सरकार
[सम्पादन गर्नुहोस्]प्राचीन रोमको शाही परम्परामा सम्राटहरू र उनका परिवारका केही सदस्यहरूलाई ईश्वरीय रूपमा स्वीकृत अधिकारको साथ पहिचान गरिन्थ्यो।
सैन्य
[सम्पादन गर्नुहोस्]प्रान्तीय सरकार
[सम्पादन गर्नुहोस्]गाभिएको क्षेत्र तीन चरणमा रोमन प्रान्त बन्थ्यो: शहरहरूको दर्ता गर्ने, जनगणना गर्ने र भूमिको सर्वेक्षण गर्ने। [१०] थप सरकारी अभिलेख राख्ने कार्यमा जन्म र मृत्यु, घरजग्गा कारोबार, कर र न्यायिक कार्यवाही समावेश थियो।Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value). पहिलो र दोस्रो शताब्दीमा, केन्द्रीय सरकारले इटाली बाहिर शासन गर्न वार्षिक रूपमा लगभग १६० अधिकारीहरू पठाउँथ्यो।[२]
कानून
[सम्पादन गर्नुहोस्]कर प्रणाली
[सम्पादन गर्नुहोस्]
साम्राज्य अन्तर्गत कर यसको कुल उत्पादनको लगभग ५% थियो।[११] व्यक्तिहरूको लागि सामान्य कर दर २ देखि ५% सम्म थियो।[१२]
शासक सूची
[सम्पादन गर्नुहोस्]| Portrait | नाम | शासन | उत्तराधिकारी | जीवन वर्णन |
|---|---|---|---|---|
| अगस्टसImperator Caesar Augustus | १६ जनवरी २७इसा पूर्व –१९ अगस्ट १४ इसा (40 years, 7 months and 3 days) | जुलियस सिजरको धर्मपुत्र तथा भतिजा नाति , became emperor as a result of settlement with the Roman Senate | २३ September ६३ BC – १९ August सन् १४ (aged ७५)[१३]
प्राकृतिक मृत्यु | |
| TiberiusTiberius Caesar Augustus | १८ सितंबर ई। १४ - १६ मार्च ३७
१८ September सन् १४ – १६ March ३७ (त्रुटी:अमान्य समय। २२ वर्ष, ५ महिना, र २६ दिन) |
अगस्टसको झट्केलो छोरा, ज्वाइँ तथा धर्मपुत्र | १६ November ४२ BC – १६ March सन् ३७ (aged ७७)[१४]
Died probably of natural causes, possibly murdered at the instigation of Caligula | |
| Caligula(formally Gaius)
Gaius Caesar Augustus Germanicus |
१८ मार्च सन् ३७ - २४ जनवरी ४१
(त्रुटी:अमान्य समय। ३ वर्ष, १० महिना, र ६ दिन) |
Grandnephew and adoptive grandson of Tiberius, great-grandson of Augustus | ३१ August सन् १२ – २४ January ४१ (aged २८)[१५]
Murdered in a conspiracy involving the Praetorian Guard, senators and freedmen | |
| ClaudiusTiberius Claudius Caesar Augustus Germanicus | २४ जनवरी सन् ४१ - १३ अक्टूबर ५४
(त्रुटी:अमान्य समय। १३ वर्ष, ८ महिना, र १९ दिन) |
Uncle of Caligula, grandnephew of Augustus, proclaimed emperor by the Praetorian Guard and accepted as such by the Senate | १ August १0 BC – १३ October सन् ५४ (aged ६३)[१६]
Probably poisoned by his wife Agrippina, in favour of her son Nero | |
| निरो
Nero Claudius Caesar Augustus Germanicus |
१३ अक्टूबर सन् ५४ - ९ जुन सन् ६८
(त्रुटी:अमान्य समय। १३ वर्ष, ७ महिना, र २७ दिन) |
Grandnephew, stepson, son-in-law and adopted son of Claudius, great-great-grandson of Augustus | १५ December सन् ३७ – ९ June ६८ (aged ३0)[१७]
सिनेटद्वारा सार्वजनिक दुश्मन घोषित भएपछी आत्महत्या |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).; Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).; Brennan, T. Corey (२०००), The Praetorship in the Roman Republic, Oxford University Press, पृ: ६०५। Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value)..
- ↑ २.० २.१ Potter (2009), p. 179.
- ↑ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ ४.० ४.१ Hekster, Olivier; Kaizer, Ted (१६–१९ अप्रिल २००९), "Preface", Frontiers in the Roman World: Proceedings of the Ninth Workshop of the International Network Impact of Empire (Brill): viii।
- ↑ Lintott, Andrew (१९९९), The Constitution of the Roman Republic, Oxford University Press, पृ: ११४।; Eder, W. (१९९३), "The Augustan Principate as Binding Link", Between Republic and Empire, University of California Press, पृ: ९८, आइएसबिएन 0-5200-8447-0।
- ↑ Richardson, John (२०११), "Fines provincial", Frontiers in the Roman World, Brill, पृ: १०।
- ↑ Hornblower, Simon; Spawforth, Antony; Eidinow, Esther (२०१२), "Imperator", The Oxford Classical Dictionary, पृ: 728–729, आइएसबिएन 978-0-1995-4556-8, डिओआई:10.1093/acrefore/9780199381135.013.3268।
- ↑ Bohec (2000), p. 8.
- ↑ Plutarch, Moralia Moralia 813c and 814c; Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).; Luttwak, Edward (१९७९), The Grand Strategy of the Roman Empire, Johns Hopkins University Press, पृ: ३०, आइएसबिएन 0-8018-2158-4।
|orig-date=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Potter (2009), p. 183.
- ↑ Morris & Scheidel (2009), p. 183.
- ↑ Potter (2009), p. 187.
- ↑ DIR, "Augustus"; Kienast, pp. 61, 63.
- ↑ Kienast, p. 76; DIR, "Tiberius".
- ↑ Kienast, p. 85; DIR, "Gaius (Caligula)".
- ↑ Kienast, p. 90; DIR, "Claudius".
- ↑ Kienast, पृष्ठ. 96–97.
- ↑ ,अगस्टसले रोमको प्राचीन राजाहरूसँग कुनै सम्बन्ध जोडेनन्। अगस्टसले आफ्नो पहिलो नामको सट्टा इम्पेरेटर राखेका थिए। यो उपाधि जुलियस सिजरले नियमित रुपमा प्रयोग गर्थे। यसप्रकार उनी इम्पेरेटर सिजर अगस्टसबने, जसबाट यस उपाधि उनको पदसँग जोडियो। पहिलो शताब्दीको अन्त्य सम्म, इम्पेरेटरको अर्थ शासक भएको थिएन। [७] सिजर र अगस्टस दुई वटै औपचारिक उपाधिमा विकसित भयो, जसमा पहिलोले उत्तराधिकारी र दोस्रोले अधिपतिलाई जनाउँथ्यो। केही भाषाहरूमा, सिजर शब्द "सम्राट"को मूल बन्यो, जस्तै: जर्मन (कैजार) र कुछ स्लाव भाषाहरूमा (जार)