सामग्रीमा जानुहोस्

रोमन साम्राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आफ्नो उच्चतम विस्तार अवस्थामा ११७ इस्वीमा रोमन साम्राज्य
रोमन साम्राज्यको उत्थान एवं पतन

रोमन साम्राज्य (रोमन: Imperium Romanum, Classical Latin: [ɪmˈpɛri.ũː roːˈmaːnũː]; ढाँचा:Lang-grc-x-koine) (२७ ई.पू. – ४७६ (पश्चिम); १४५३ (पूर्व)) यूरोपको रोम नगरमा केन्द्रित एक साम्राज्य थियो। यस साम्राज्यको विस्तार दक्षिणी यूरोप को साथ साथै उत्तरी अफ्रिकाअनातोलिया क्षेत्र थियो। फारसी साम्राज्य यसको प्रतिद्वन्दी थियो जो युफ्रेटस नदीको पूर्वमा स्थित थियो। रोमन साम्राज्यमा अलग-अलग स्थानमा ल्याटिनयूनानी भाषा बोलिन्थ्यो र सन् १३० मा यस साम्राज्यले ईसाई धर्मलाई राजधर्म घोषित गरेको थियो।

यो साम्राज्य विश्वको सबैभन्दा विशाल साम्राज्यहरु मध्ये एक थियो। पाँचौ शताब्दीको अन्तसम्ममा यस साम्राज्यको पतन भयो र इस्तान्बुल (कन्स्टेन्टिनोपल) यसको पूर्वी शाखाको राजधानीमा सन् १४५३ मा उस्मान (ऑटोमन तुर्क) ले यसमाथि अधिकार गरे। यो यूरोपको इतिहास र संस्कृतिको एक महत्त्वपूर्ण अङ्ग हो।

गणतन्त्रबाट राजतन्त्र

[सम्पादन गर्नुहोस्]

ईसापूर्व छैठौं शताब्दीमा रोमन गणतन्त्रको स्थापना भएको केही समयपछि नै रोम विस्तार हुन थालेको थियो, यद्यपि तेस्रो शताब्दी ईसापूर्वसम्म इटालियन प्रायद्वीप बाहिर थिएन। यसरी, सम्राट हुनुभन्दा धेरै अघि नै यो एक "साम्राज्य" (एक ठूलो शक्ति) थियो।[] यो गणराज्य आधुनिक परिभाषाको एक राष्ट्र-राज्य थिएन, यो स्वशासित शहर (सिनेटबाट अलग-अलग स्तरको स्वतन्त्रता प्राप्त गरेको) र सैन्य कमान्डरद्वारा प्रशासित प्रान्तहरूको एक सञ्जाल थियो। यसको शासन सिनेटसँग मिलेर बर्षेनी निर्वाचित हुने मेजिस्ट्रेट (मुख्यतः रोमन कन्सुल) द्वारा हुन्थ्यो। [] ईसापूर्वको पहिलो शताब्दी राजनीतिक र सैन्य उथलपुथलको समय थियो, जसमा अन्ततः सम्राटहरूको शासनको स्थापना भयो। [][][][] कन्सुलहरूको सैन्य शक्ति रोमन कानुनी अवधारणामा आधारित थियो, जसको अर्थ "आदेश" (सामान्यतया सैन्य अर्थमा) थियो। []

कहिलेकाहीँ, सफल कन्सुल वा जनरललाई मानार्थ उपाधि इम्परेटर (कमान्डर) दिइन्थ्यो; इम्पेरर (सम्राट) शब्दको उत्पत्ति यहींबाट भएको हो, किनकी यो उपाधि सुरुका इम्पेरर (सम्राट)हरूलाई दिइएको थियो। [][]

रोमन साम्राज्य रोमन गणतन्त्रको परवर्ती थियो। अक्टेवियनले ईसापूर्व ३१ मा अक्टियमको लडाइँमा मार्क एन्टोनीलाई पनि पराजित गरे। त्यसपछि मार्कले आत्महत्या गरे र गृहयुद्धको अन्त्य भयो। गृहयुद्ध समाप्तिपछि अक्टेवियनले शक्ति सिनेटलाई फिर्ता गरे र ईसापूर्व २७मा अक्टेभियनलाई रोमन सिनेटले अगस्टस नाम प्रदान गर्यो। उनी अगस्टस सिजरको नाममा सत्तासीन भए। गणतन्त्र नाम मात्रको थियो , र अगस्टससँग सबै अर्थपूर्ण अधिकार थियो।[] उनको ४० वर्षे शासनकालमा, एउटा नयाँ संवैधानिक व्यवस्थाको निर्माण भयो जसले गर्दा उनको मृत्युपछि, टाइबेरियसले नयाँ वास्तविक राजाको रूपमा उनको उत्तराधिकारी भए।[१०]

गृहयुद्धको कारण रोमन प्रान्त (लिजन )हरूको सङ्ख्या ५० बाट घटाएर २८ सम्म मा सिमित गरिएको थियो । जुन जुन प्रान्तको वफादारीमा सन्देह/ शंका थियो उसलाई साम्राज्य बाट सिधै निकालियो। डेन्युब र एल्बे नदिमा आफ्नो सिमा तय गर्ने को लागि अक्टेवियन (अगस्टस) ले इल्लीरिया, मोएसिया, पैन्नोनिया र जर्मेनिया माथि आक्ररमण गर्ने आदेश दिए । उनको प्रयासले राइन र डेन्युब नदि उत्तरमा साम्राज्यको सिमा बन्यो।

प्याक्स रोमाना

[सम्पादन गर्नुहोस्]

सेरेवन वंशको समय रोमको सबै प्रान्तवासीलाई रोमन नागरिकता प्रदान गरियो। सन् २३५ सम यो वंश समाप्त भयो। यसपछि रोम को इतिहासमा सङ्कट को समय आयो। पूर्वमा फारसी साम्राज्य शक्तिशाली हुदै गयो। साम्राज्य भित्र पनि गृहयुद्ध को स्थिति आयो। सन् ३०५ मा कन्स्टेंटाइन को शासन आयो। यसै वंश को शासनकालमा रोमन साम्राज्य विभाजित भयो। सन् ३६० मा यस साम्राज्य को पतन पश्चात साम्राज्य सुस्त सुस्त कमजोर हुँदै गयो। पाँचौ शताब्दी सम्म साम्राज्यको पतन हुन लाग्यो र पूर्वी रोमन साम्राज्य पूर्व मा सन् १४५३ सम्म कायम रह्यो।

पश्चिमी रोमन साम्राज्य पाँचौं शताब्दीको सुरुवातमा विघटन हुन थाल्यो। रोमनहरूले सबै आक्रमणकारीहरूसँग लडे, जसमा सबैभन्दा प्रसिद्ध एटिला थियो, ,[११] तर साम्राज्यले रोमप्रति आक्रोस गर्ने धेरै जर्मनहरूलाई स्वीकार गरिसकेको थियो कि साम्राज्य आफैं विभाजित हुन थाल्यो। [१२] धेरैजसो वंशावलीहरूमा पश्चिमी रोमन साम्राज्यको अन्त्य ४७६ मा भएको मानिन्छ, जब रोमुलस अगस्टुलस जर्मनिक युद्धका सरदार ओडोसरको अगाडि आत्मसमर्पण गर्न बाध्य भए।[१३][१४][१५]

ओडोएसरले जेनोलाई सम्राट घोषणा गरेर र आफूलाई जेनोको नाममात्र अधीनस्थ शासकको रूपमा राखेर पश्चिमी साम्राज्यको अन्त्यको घोषणा गरे। वास्तविकतामा, इटालीमा ओडोएसरले मात्र शासन गर्थे।[१३][१४][१६] पूर्वी रोमन साम्राज्य, जसलाई पछिल्ला इतिहासकारहरूले बाइजान्टिन साम्राज्य भनेर चिन्छन्, अन्तिम रोमन सम्राट कन्स्टेन्टाइन एघारौं पालाइलोगोसको शासनकालसम्म जारी रह्यो। १४५३ मा कन्स्टान्टिनोपलको घेराबन्दीको क्रममा मेहमेद द्वितीय र उनका ओटोमन सेनाहरू विरुद्धको युद्धमा उनको मृत्यु भयो। मेहमेद द्वितीयले पूर्व साम्राज्यसँग सम्बन्ध राख्ने दाबी गर्ने प्रयासमा सिजरको उपाधि अपनाए। [१७][१८] उनको दाबीलाई चाँडै कन्स्टान्टिनोपलको प्याट्रिआर्केटले मान्यता दियो, तर युरोपेली सम्राटहरूले स्वीकार गरेनन्।

सरकार र सैन्य

[सम्पादन गर्नुहोस्]

साम्राज्यका तीन प्रमुख तत्वहरू: केन्द्रीय सरकार, सेना र प्रान्तीय सरकार थिए।[१९] सेनाले युद्ध मार्फत कुनै क्षेत्रको नियन्त्रण स्थापित गर्थ्यो। तर शहर वा त्यहाँका मानिसहरूलाई सन्धि अन्तर्गत ल्याएपछि, यो अभियान प्रहरी प्रशासन: "रोमन नागरिकहरू, कृषि क्षेत्रहरू र धार्मिक स्थलहरूको सुरक्षा"मा मा परिणत हुन्थ्यो।[२०] रोमनहरूसँग बल प्रयोग गरेर मात्र शासन गर्न पर्याप्त जनशक्ति वा स्रोतसाधनको अभाव थियो। व्यवस्था कायम राख्न, जानकारी सङ्कलन गर्न र राजस्व उठाउन स्थानीय अभिजात वर्गसँगको सहकार्य आवश्यक थियो। रोमनहरूले प्रायः आन्तरिक राजनीतिक विभाजनको उपयोग गर्थे।[२१]

केन्द्रिय सरकार

[सम्पादन गर्नुहोस्]

प्राचीन रोमको शाही परम्परामा सम्राटहरू र उनका परिवारका केही सदस्यहरूलाई ईश्वरीय रूपमा स्वीकृत अधिकारको साथ पहिचान गरिन्थ्यो।

प्रान्तीय सरकार

[सम्पादन गर्नुहोस्]

गाभिएको क्षेत्र तीन चरणमा रोमन प्रान्त बन्थ्यो: शहरहरूको दर्ता गर्ने, जनगणना गर्ने र भूमिको सर्वेक्षण गर्ने। [२२] थप सरकारी अभिलेख राख्ने कार्यमा जन्म र मृत्यु, घरजग्गा कारोबार, कर र न्यायिक कार्यवाही समावेश थियो।[२३] पहिलो र दोस्रो शताब्दीमा, केन्द्रीय सरकारले इटाली बाहिर शासन गर्न वार्षिक रूपमा लगभग १६० अधिकारीहरू पठाउँथ्यो।[]

The Temple of Saturn, प्राचीन रोममा खजाना राख्ने धार्मिक स्मारक

साम्राज्य अन्तर्गत कर यसको कुल उत्पादनको लगभग ५% थियो।[२४] व्यक्तिहरूको लागि सामान्य कर दर २ देखि ५% सम्म थियो।[२५]

Portrait नाम शासन उत्तराधिकारी जीवनकाल
अगस्टसImperator Caesar Augustus
TiberiusTiberius Caesar Augustus
Caligula(formally Gaius)

Gaius Caesar Augustus Germanicus

ClaudiusTiberius Claudius Caesar Augustus Germanicus
निरो

Nero Claudius Caesar Augustus Germanicus

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Kelly (2007), pp. 4ff; Nicolet (1991), pp. 1, 15; Brennan, T. Corey (२०००), The Praetorship in the Roman Republic, Oxford University Press, पृ: ६०५। Peachin (2011), pp. 39–40.
  2. 1 2 Potter (2009), p. 179.
  3. 1 2 Hekster, Olivier; Kaizer, Ted (१६–१९ अप्रिल २००९), "Preface", Frontiers in the Roman World: Proceedings of the Ninth Workshop of the International Network Impact of Empire (Brill): viii।
  4. Lintott, Andrew (१९९९), The Constitution of the Roman Republic, Oxford University Press, पृ: ११४।; Eder, W. (१९९३), "The Augustan Principate as Binding Link", Between Republic and Empire, University of California Press, पृ: ९८, आइएसबिएन 0-5200-8447-0
  5. Richardson, John (२०११), "Fines provincial", Frontiers in the Roman World, Brill, पृ: १०।
  6. Richardson (2011), pp. 1–2.
  7. Hornblower, Simon; Spawforth, Antony; Eidinow, Esther (२०१२), "Imperator", The Oxford Classical Dictionary, पृ: 728–729, आइएसबिएन 978-0-1995-4556-8, डिओआई:10.1093/acrefore/9780199381135.013.3268
  8. Syme, Ronald (१९३९), The Roman Revolution, Oxford University Press, पृ: 3–4।
  9. Eck, Werner; Takács, Sarolta A. (२००७), The Age of Augustus (2nd संस्करण), Oxford: Blackwell Publishing, पृ: 148–158, आइएसबिएन 978-1-4051-5149-8
  10. Bury, John Bagnall (१९२३), History of the Later Roman Empire, Dover Books, पृ: 295–297, मूलबाट १३ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०२१
  11. Bury (1923), pp. 312–313.
  12. 1 2 Scholl, Christian (२०१७), Transcultural approaches to the concept of imperial rule in the Middle Ages (अङ्ग्रेजीमा), Peter Lang AG, आइएसबिएन 978-3-6530-5232-9, "Odoacer, who dethroned the last Roman emperor Romulus Augustulus in 476, used neither the imperial insignia nor the colour purple; they were used exclusively by the emperor in Byzantium."
  13. 1 2 Peter, Heather, "The Fall of Rome", BBC, मूलबाट २८ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२०
  14. Gibbon, Edward (१७७६), "Gothic Kingdom of Italy. – Part II.", in Widger, David, History Of The Decline And Fall Of The Roman Empire (अङ्ग्रेजीमा), Harper & Brothers, ३० अगस्ट २०१७-को मूल सङ्ग्रहित|archiveurl= |url= आवश्यक (सहायता), अन्तिम पहुँच ११ फेब्रुअरी २०२० Project Gutenbergद्वारा, "The patrician Orestes had married the daughter of Count Romulus, of Petovio in Noricum: the name of Augustus, notwithstanding the jealousy of power, was known at Aquileia as a familiar surname; and the appellations of the two great founders, of the city and of the monarchy, were thus strangely united in the last of their successors", "The life of this inoffensive youth was spared by the generous clemency of Odoacer; who dismissed him, with his whole family, from the Imperial palace."
  15. Gibbon, Edward (१७७६), "Gothic Kingdom of Italy. – Part II.", The Decline and Fall of the Roman Empire (अङ्ग्रेजीमा), ३० अगस्ट २०१७-को मूल सङ्ग्रहित|archiveurl= |url= आवश्यक (सहायता), अन्तिम पहुँच ११ फेब्रुअरी २०२० Project Gutenbergद्वारा, "The republic (they repeat that name without a blush) might safely confide in the civil and military virtues of Odoacer; and they humbly request, that the emperor would invest him with the title of Patrician, and the administration of the diocese of Italy. ...His vanity was gratified by the title of sole emperor, and by the statues erected to his honor in the several quarters of Rome; ...He entertained a friendly, though ambiguous, correspondence with the patrician Odoacer; and he gratefully accepted the Imperial ensigns."
  16. Ozgen, Korkut, "Mehmet II", TheOttomans.org, मूलबाट ३० अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २००७; Cartwright, Mark (२३ जनवरी २०१८), "1453: The Fall of Constantinople", World History Encyclopedia, मूलबाट १२ अप्रिल २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०२०
  17. Nicolle 2000, पृष्ठ 85.
  18. Bohec (2000), p. 8.
  19. Bohec (2000), pp. 14–15.
  20. Plutarch, Moralia Moralia 813c and 814c; Potter (2009), pp. 181–182; Luttwak, Edward (१९७९), The Grand Strategy of the Roman Empire, Johns Hopkins University Press, पृ: ३०, आइएसबिएन 0-8018-2158-4 |orig-date= प्यारामिटर ग्रहण गरेन (सहायता)
  21. Potter (2009), p. 183.
  22. Potter (2009), pp. 177–179, Most government records that are preserved come from Roman Egypt, where the climate preserved the papyri..
  23. Morris & Scheidel (2009), p. 183.
  24. Potter (2009), p. 187.
  1. ,अगस्टसले रोमको प्राचीन राजाहरूसँग कुनै सम्बन्ध जोडेनन्। अगस्टसले आफ्नो पहिलो नामको सट्टा इम्पेरेटर राखेका थिए। यो उपाधि जुलियस सिजरले नियमित रुपमा प्रयोग गर्थे। यसप्रकार उनी इम्पेरेटर सिजर अगस्टसबने, जसबाट यस उपाधि उनको पदसँग जोडियो। पहिलो शताब्दीको अन्त्यसम्म, इम्पेरेटरको अर्थ शासक भएको थिएन। [] सिजरअगस्टस दुई वटै औपचारिक उपाधिमा विकसित भयो, जसमा पहिलोले उत्तराधिकारी र दोस्रोले अधिपतिलाई जनाउँथ्यो। केही भाषाहरूमा, सिजर शब्द "सम्राट"को मूल बन्यो, जस्तै: जर्मन (कैजार) र कुछ स्लाव भाषाहरूमा (जार)