सामग्रीमा जानुहोस्

नाजी जर्मनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोयच राइस
(१९३३–१९४३)
Deutsches Reich

ग्रोस डोयचेस राइस
(१९४३–१९४५)
Großdeutsches Reich
१९३३–१९४५
नाजी जर्मनीको झन्डा
झण्डा
(सन् १९३५–१९४५)
नाजी जर्मनीको प्रतीक चिन्ह(सन् १९३५–१९४५)
प्रतीक चिन्ह
(सन् १९३५–१९४५)
गानहरू: 
दास लिड डेअ डोइस्चेन
("जर्मनेलीहरूको गीत")

Horst-Wessel-Lied[]
("होर्स्ट-भिसेल-लिड")
जर्मनीको क्षेत्रीय नियन्त्रण सबैभन्दा ठूलो मात्रामा दोस्रो विश्वयुद्धको समयमा (सन् १९४२ को उत्तरार्ध):
  •   जर्मन राइस[]
  •   नागरिक प्रशासनद्वारा सञ्चालित अधिनस्त क्षेत्रहरू
  •   सैन्य प्रशासनद्वारा कब्जा गरिएको क्षेत्र
राजधानी
र सबैभन्दा ठुलो सहर
बर्लिन
५२°३१′उ १३°२३′पू / 52.517°N 13.383°E / 52.517; 13.383
आम भाषाहरूजर्मनेली
धर्म
  • ५४% प्रोटेस्टेन्ट
  • ४०% क्याथोलिक
  • ३.५% भगवानमा विश्वास गर्नेहरू
  • १.५% अधार्मिक
  • १% अन्य
[]
रैथाने(हरू)जर्मनेली
सरकारएकात्मक नाजी एक दलीय फासीवाद एक तानाशाही अधिनायकत्व अन्तर्गत
राष्ट्रप्रमुख 
 सन् १९३३–१०३४
पल फोन हिन्डेनबर्ग []
 सन् १९३४–१९४५
एडल्फ हिटलर[]
 सन् १९४५
कार्ल दोनिट्च []
चान्सलर 
 सन् १९३३–१९४५
एड्ल्फ हिटलर
 सन् १९४५
योसेफ गोबेल्स []
 सन् १९४५
लुट्च फोन क्रोसिस[]
व्यवस्थापिकाराइसटाक
 माथिल्लो सदन
राइसराट (सन् १९३४ मा विघटन)
ऐतिहासिक कालविश्वयुद्धको मध्यकालीन अवधि   दोस्रो विश्वयुद्ध
 सत्ताको कब्जा
३० जनवरी १९३३
 सन् १९३३ को सक्षमकरण ऐन
२३ मार्च १९३३
 अस्ट्रियाको विलय
१२ मार्च १९३८
 पोल्यान्डमाथि हमला/ दोस्रो विश्वयुद्धको सुरुवात
१ सेप्टेम्बर १९३९
 हिटलरको मृत्यु
३० अप्रिल १९४५
 बर्लिनको लडाइँ र पतन
२ मे १९४५
 जर्मन आत्मसमर्पण
८ मे १९४५
 बर्लिन घोषणा
५ जुन १९४५
क्षेत्रफल
सन् १९३८[]६,३३,७८६ किमी (२,४४,७०६ वर्ग माइल)
सन् १९४०[][]८,२३,५०५ किमी (३,१७,९५७ वर्ग माइल)
जनसङ्ख्या
 सन् १९३९[]
७,९३,७५,२८१
 सन् १९४०[][]
१०,९५,१८,१८३
मुद्राराइसमार्क (ℛℳ)
पूर्ववर्ती
उत्तरवर्ती
वाइमर गणतन्त्र
अष्ट्रिया
पूर्वी जर्मनी
पश्चिम जर्मनी
अष्ट्रिया

नाजी जर्मनी (जर्मनेली: Nazi-Deutschland), [] सन् १९३३ देखि १९४३ सम्म आधिकारिक रूपमा डोयच राइस [] को नामले र सन् १९४३ देखि १९४५ सम्म ग्रोस डोयचेस राइसको [] नामले चिनिने, सन् १९३३ र १९४५ को समयमा अस्तित्वमा रहेको एक जर्मन राज्य थियो। एडल्फ हिटलरनाजी पार्टीले देशलाई तानाशाहीमा परिणत गरेपछि नाजी जर्मनीको निर्माण भएको थियो।

एडल्फ हिटलर सन् १९३४ मा फ्युअ उन्ड राइसकान्च्लको (Führer und Reichs kanzler) उपाधिसँग जर्मनीको राष्ट्र प्रमुख बनेका थिए

हिटलरको शासनमा, जर्मनी चाँडै नै एक अधिनायकवादी राज्य बन्दा त्यहाँको सामाजिक जीवनका लगभग सबै पक्ष सरकारद्वारा नियन्त्रित बनेका थिए। द्रिट्टे राइस , [] अर्थत "तेस्रो साम्राज्य" बताएर नाजी जर्मनीले आफूलाई पहिलेको पवित्र रोमन साम्राज्य (ई. ८००-१८०६) र जर्मन साम्राज्य (ई. १८७१-१९१८) को उत्तराधिकारी दावी गरेको थियो। जसलाई हिटलर र नाजीहरूले टाउसेनयागरेस राइस [] भनेर बयान गर्ने तेस्रो रिच मात्र १२ वर्ष पछि मे १९४५ मा समाप्त भयो, जब मित्र राष्ट्रहरूले जर्मनीलाई पराजित गरे र युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भयो।

सन् १९३३ जनवरी ३० मा, वाइमर गणतन्त्रका राष्ट्रप्रमुख पल भोन हिन्डनबर्गले हिटलरलाई जर्मनीको चान्सलर,( सरकारको प्रमुख) नियुक्त गरे। त्यसपछि नाजी पार्टीले सबै राजनीतिक विरोधीहरू हटाउन र आफ्नो शक्ति सुदृढ गर्न थाले। २ अगस्ट १९३४ ई. मा हिन्डनबर्गको मृत्यु भयो र हिटलर चान्सेलरी र राष्ट्रपतिको कार्यालय र अधिकारलाई एकीकृत गरेर जर्मनीको तानाशाह बने। सन् १९३४ अगस्ट १९ मा भएको राष्ट्रिय जनमत सङ्ग्रहले हिटलरलाई जर्मनीको एक मात्र फ्युहरर (नेता) को रूपमा चयन गर्यो। सबै शक्ति तथा अधिकारहरू हिटलरमा नै केन्द्रीकृत थियो र उनको वचन नै सर्वोच्च कानून बन्ने गरेको थियो। सरकार एक समन्वयकारी, सहयोगी निकाय थिएन, तर सत्ता र हिटलरको पक्षमा सङ्घर्ष गरिरहेका गुटहरूको सङ्ग्रह थियो। महामन्दीको बीचमा, नाजीहरूले आर्थिक स्थिरता पुनर्स्थापित गरे र भारी सैन्य खर्च र मिश्रित अर्थव्यवस्था प्रयोग गरेर सामूहिक बेरोजगारी समाप्त गरे। घाटा खर्च प्रयोग गरेर, हिटलरको शासनले वेहरमाक्ट (सशस्त्र बल) को गठन गरी ठूलो गोप्य पुन: सशस्त्रीकरण कार्यक्रम सञ्चालन गर्‍यो, र अटोबहनेन (सडक बाटो) सहित व्यापक सार्वजनिक कार्य परियोजनाहरू निर्माण गर्‍यो। आर्थिक स्थायित्वमा फर्किँदा उनको शासनको लोकप्रियता बढ्यो।

सन् १९३० को उत्तरार्ध देखि , नाजी जर्मनीले आक्रामक क्षेत्रीय माग गर्यो र ती मागहरू पुरा नभएमा युद्धको धम्की दियो। सन् १९३५ मा भएको जनमत सङ्ग्रहमा मा सारल्याण्डले जर्मनीमा पुन: सामेल हुन मतदान गर्‍यो, र १९३६ मा हिटलरले राइनल्याण्डमा सेना पठाए, जुन क्षेत्रलाई प्रथम विश्वयुद्ध पछि गैर-सैन्यीकरण गरिएको थियो। जर्मनीले १९३८ को अस्ट्रिया कब्जा गर्‍यो, र सोही वर्ष चेकोस्लोभाकिया को सुडेटेनल्याण्ड क्षेत्रको माग र प्राप्त गर्‍यो। १९३९ मार्च मा, स्लोभाक राज्य घोषणा गरियो र जर्मनीको एक संरक्षित बन्यो, र कब्जा गरिएको चेक भूमिहरूको बाँकी भागमा बोहेमिया र मोराभियाको जर्मन प्रोटेक्टोरेट स्थापना भयो। केही समय पछि, जर्मनीले लिथुआनियालाई मेमेल क्षेत्र सुम्पन दबाब दियो। जर्मनीले सोभियत सङ्घसँग गैर-आक्रमण सम्झौता मा हस्ताक्षर गर्यो र सन् १९३९ सेप्टेम्बर १ मा पोल्याण्डमाथि आक्रमण गर्‍यो, त्यसबाट युरोपमा दोस्रो विश्वयुद्धको सुरुवात भयो। सन् १९४२ को अन्त सम्म,धुरी शक्तिमा मित्र राष्ट्रले युरोप र उत्तरी अफ्रिकाका धेरै भूभाग मा नियन्त्रण कायम गरेका थिए । Reichskommissariat को विस्तारित कार्यालयले नाजी-विजयी क्षेत्रहरूको नियन्त्रण लिए र पोल्याण्डको बाँकी भागहरूमा जर्मन प्रशासन स्थापना भयो। जर्मनीले आफ्ना कब्जा गरिएका क्षेत्रहरू र आफ्ना सहयोगीहरू दुवैको कच्चा पदार्थ र श्रमको शोषण गर्‍यो।

सन् १९४१ मा सोभियत सङ्घ माथिको जर्मन आक्रमण सुरुमा सफल भए तापनि सोभियत सङ्घको पुनरुत्थान र युद्धमा संयुक्त राज्य अमेरिकाको प्रवेशपछि जर्मनीले पूर्वी मोर्चामा हार खायो र १९४४ को अन्त्यसम्ममा पूर्ववर्ती मोर्चा(– सन् १९३९ को सिमानामा) धकेलियो। १९४४ मा जर्मनीमा ठूलो मात्रामा हवाई बमबारी बढ्यो र धुरी शक्तिहरू पूर्वी र दक्षिणी यूरोपमा फिर्ता भए। फ्रान्समा मित्र राष्ट्रहरूको आक्रमण पछि, जर्मनीलाई पूर्वबाट सोभियत सङ्घ र पश्चिमबाट अन्य मित्र राष्ट्रले आक्रमण गरे र मे १९४५ मा आत्मसमर्पण गरेको थियो। हिटलरको पराजय स्वीकार नगर्नाले जर्मन पूर्वाधारको ठूलो विनाश भयो र नतिजास्वरूप युद्धको अन्तिम महिनाहरूमा थप युद्ध-सम्बन्धित हताहत भए। विजयी सहयोगीहरूले विनाजीकरण (denazification)को नीति अंगाले र धेरै जीवित नाजी नेतृत्वलाई न्युरेम्बर्ग ट्रायलहरूमा युद्ध अपराधको लागि मुद्दा चलाइयो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. On 12 July 1933, Reichsinnenminister भिलहेल्म फ्रिक the Interior Minister, ordered that the Horst-Wessel-Lied be played right after the standing national anthem Das Lied der Deutschen, better known as Deutschland Über Alles.Tümmler 2010, p. 63.
  2. 1 2 3 बोहेमिया र मोराभियाको संरक्षित र मुख्य सरकारसमेत समावेश गरी
  3. 1 2 राष्ट्रपतिको रूपमा
  4. नेतृत्वकर्ता र साम्राज्य चान्सलरको रूपमा
  5. De jure since 30 April until 1 May.
  6. De jure since 2 May until 23 May.
  7. In 1939, before Germany acquired control of the last two regions which had been in its control before the Versailles Treaty—Alsace-Lorraine, Danzig and the Polish Corridor—its area was ६,३३,७८६ वर्ग किलोमिटर (२,४४,७०६ वर्ग माइल). See Statistisches Jahrbuch 2006.
  8. जर्मनेली: Nationalsozialistischer Staat (lit. "National Socialist State"), NS-Staat (lit. "Nazi State") for short; also Nationalsozialistisches Deutschland (lit. "National Socialist Germany")
  9. जर्मनेली: Deutsches Reich
  10. जर्मनेली: Großdeutsches Reich
  11. जर्मनेली: Drittes Reich
  12. जर्मनेली: Tausendjähriges Reich