बेरोजगारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेरोजगारी दर, २०१७[१]

चलनचल्तीको ज्याला दरमा काम गर्न इच्छुक र काम गर्न सक्षम मानिसहरूले काम वा रोजगार प्राप्त गर्न नसिकिरहेको अवस्थालाई बेरोजगारी भनिन्छ | यसले समाजमा विकृति र अन्य समस्याहरु सिर्जना गर्दछ | बेरोजगारीले सिर्जना गर्ने समस्याहरु गरिबी , असमानता, चोरी , डकैती, वेश्यावृत्ति , मानव वेचविखन , हत्या आदि हुन् | बेरोजगारीले प्रतिभा पलायन हुने समस्या पनि सिर्जना गर्छ |

बेरोजगारीका किसिमहरु[सम्पादन गर्नुहोस्]

"बेरोजगारी किन उत्पन्न हुन्छ ?" यस सम्बन्धमा निम्नलिखित तीनवटा दृष्टिको प्रस्तुत गर्न सकिन्छ–

शास्त्रीय दृष्टिकोण[सम्पादन गर्नुहोस्]

क्लासिकल (शास्त्रीय) दृष्टिकोण अनुसार बजार संयन्त्रमा कुनै प्रकारको अपूर्णता वा हस्तक्षेप भएन भने बेरोजगारी पाईंदैन । जुन बेरोजगारी देखिन्छ, त्यो अस्थायी हुन्छ । कुनै कारणले श्रमिकको पूर्ति बढी छ भने अर्थव्यवस्थामा बेरोजगारी उत्पन्न हुनजान्छ तर छिटै बेरोजगार बीच ज्यालाका लागि प्रतिस्पर्धा उत्पन्न भइ ज्यालामा कमी आउंछ ज्याला कम हुनासाथ बढी मानिसहरूले रोजगार प्राप्त गर्छन् । त्यसैले उत्पादनमा कमी हुंदा बेरोजगारी उत्पन्न हुन्छ । निम्नलिखित बेरोजगारीको चर्चा गरिन्छ ।

  1. खुल्ला बेरोजगारी,
  2. अर्ध बेरोजगारी,
  3. लुकेको (अदृश्य बेरोजगारी) बेरोजगारी,
  4. चक्रीय बेरोजगारी,
  5. मौसमी बेरोजगारी,
  6. शिक्षित बेरोजगारी,
  7. संघर्षमयी बेरोजगारी,
  8. संरचनागत बेरोजगारी

इत्यादि ।

यी मध्ये केही बेरोजगारी समाधान हुंदैनन् । जस्तै चक्रीय बेरोजगारी व्यापार चक्र समाप्त भए पछि आफैं समाप्त हुन्छ । शैक्षिक बेरोजगारी हटाउन रोजगार चाहनेले आफ्नो योग्यतामा विशेषज्ञता हासिल गर्नु पर्दछ । फ्रिक्शनल बेरोजगारी वास्तवमा बेरोजगारी होइन त्यो रोजगार खोज्ने प्रयास गरे सजिलै हट्छ । अदृश्य बेरोजगारी एक अस्पष्ट अवधारणा हो । कति जना र कहां बेरोजगार छन्, त्यो पत्ता लगाउन सकिंदैन । कृषिमा यस्तो बेरोजगारी पाइन्छ भनिन्छ तर त्यहां सीमान्त उतपदकता नाप गर्न सकिंदैन । तर यस अवधारणाले के भ्रम उत्पन्न गर्न सफल भएको छ भने कृषि बेरोजगारी उत्पन्न गर्ने व्यवसाय हो ।   

मार्क्सबादी दृष्टिकोण[सम्पादन गर्नुहोस्]

मार्क्सको विचारमा बेरोजगारी समस्या पूँजीवादी प्रणालीको समस्या हो । बेरोजगारीको समस्या उत्पन्न हुने कारण उत्पादन प्रणालीमा परिवर्तन हो । मानिसको ठाउँमा पूँजीको प्रयोगले केही श्रमिक बेरोजगार हुन जान्छन् । यस्तो बेरोजगारी तीन प्रकारले बढन जान्छ–

  • मेशीनले कामदार विस्थापित गरी दिंदा,
  • कृषि उत्पादनबाट औद्योगिक उत्पादन वा गाउंबाट शहरमा गएर अलपत्र परेका, तथा
  • कामको अत्यधिक अनियमितताले हुने बेरोजगार ।

मार्क्सवादी तर्क के छ भने साम्यवादी अर्थव्यवस्थामा बेरोजगारी हुंदैन किनभने त्यसले श्रम प्रधान प्रविधि प्रयोग गर्छ ।  पोल्यान्डमा भएको श्रमिक असन्तोषले त्यहांको साम्यवादी सत्ता परिवर्तिन भयो । रुस र अन्य साम्यवादी देशहरूमा पनि  बेरोजगारीको समस्या छ । सबैलाई योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम एक सुन्दर मृगमरीचिका मात्र साबित भएको छ ।   

केन्सीयन दृष्टिकोण[सम्पादन गर्नुहोस्]

केन्सले बेरोजगारीको माग पक्षको विश्लेषण गरेका छन् । उनको विचारमा अर्थव्यवस्थामा प्रभावकारी माग घट्न गयो भने बेरोजगारी बढ्छ । अर्थव्यवस्थाको कुल माग बढाउना साथ बेरोजगारी समस्याको समाधान प्राप्त हुन्छ । यसका लागि मानिसहरूको आय वृद्धि गर्नु पर्दछ । यस विधिले विगत ५० वर्ष सफलता साथ काम गर्यो तर सन् २००७ को तरलतामा कमीको अन्तराष्ट्रिय समस्याले यस विधिका केही कमी छन् भन्ने तर्फ सोच्न बाध्य बनायो । त्यसैले अहिले केही अर्थशास्त्रीले रोजगारीको क्लासिकल दृष्टिकोणलाई समर्थन गर्छन् ।

अन्य बेरोजगारी[सम्पादन गर्नुहोस्]

अर्थशास्त्रीहरूले यस बाहेक अन्य बेरोजगारीहरूको पनि चर्चा गरेका छन् । जस्तै सरकारी वा बैङ्कर नियमले गर्दा अर्थव्यवस्थाको केही क्षेत्रमा बेरोजगारी फैलिन जान्छ । श्रम नियमन कानून लागू गर्दा अफ्रिका, मध्य पूर्व र ल्याटिन अमेरिकामा त्यहांका युवा र महिला बेरोजगार हुन पुगेका छन् । नेपालबाट निर्यात हुने कार्पेट युरोपमा बाल श्रम कानून अन्तर्गत लिन नमान्दा सन् १९९० मा नेपालमा कार्पेट श्रमिकहरु बेरोजगार हुन पुगेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Unemployment rate", Our World in Data, अन्तिम पहुँच ७ मार्च २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]