कार्ल मार्क्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Karl Marx.jpg
कार्ल मार्क्स
जन्म: ५ मे १८१८
ट्रायर् प्रुसिया अर्जेन्टिना(Trier, Prussia)
मृत्यु:१४ मार्च १८८३ (६४ वर्षको उमेरमा)
लन्डन, यु.के.
कार्यक्षेत्र: साम्यवादी दर्शन, मार्क्सवादीको दर्शनको सृजना
क्रान्तिको असर परेका देश:संसारका प्रायः सबै राष्ट्रहरू
क्रान्तिको क्षेत्र(विषय):साम्यवादी (Communist)
आन्दोलन:साम्यवादी (Communist)
क्रान्तिको परिणाम:साम्यवादी सरकारको स्थापना
महत्वपूर्ण कार्य:एङ्गेलसित मिलेर मार्क्सवादको स्थापना
लेखन कार्य:अधिशेष मूल्य, मूल्य, अलगावको श्रम सिद्धान्त र कार्यकर्ताको शोषणको लागि योगदान, कम्युनिस्ट घोषणापत्र, पूँजी, इतिहासको भौतिकवादी अवधारणा
अन्य कार्य:-
वेबपेज:-
हस्ताक्षर:Karl Marx Signature.svg

कार्ल हेन्-रिक् मार्क्स (५ मे १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो । कार्ल मार्क्सले सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” लेखेका थिए र यसमा मार्क्सले "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ "भन्ने तर्क दिएका छन् । [१][२]

जीवनी[सम्पादन गर्ने]

कार्ल हेन्-रिक् मार्क्सको जन्म प्रसिया (Prussia) राज्यको लोअर रीन् (Lower Rhine) प्रांतको ट्रायर् (Trier) भन्ने ठाउँमा भएको हो । उनका पिता हेन्-रिक् मार्क्स एक सफल वकील थिए । जसले प्रसिया (Prussia) को संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए । उनकी आमाको जन्मथलो होल्याण्ड थियो, माता-पिता दुवै यहूदी थिए । तर कार्ल मार्क्स जन्मनु एक वर्ष अघि एउटा चर्चमा बख्तिस् लिएका थिए । ६ वर्षको उमेरमा कार्ल मार्क्सलाई पनि बख्तिस् दिलाईएको थियो ।[३] कार्ल मार्कसले प्रसियाका ब्यापारीकी छोरी जेनी वोन् वेस्ट् फ्यालेन् (Jenny von Westphalen) सित सन् १८४३ १९ जून मा बिहे गरेका थिए । मार्क्स र जेनिका सात जना सन्तानहरू भए तर गरीबीको कारणले तीन जना मात्र जीवित रहे ।[४] मार्क्सको आयको प्रमुख श्रोत फ्रेड्रिक् एंगेल्स्बाट पाएको सहयोग मात्र थियो । मार्क्स प्रायः हात मुख जोड्ने समस्याका बीच नै जीवन यापन गरे, यसको कारण केही हदसम्म उनका पत्नी र सन्तानहरूको विलासिता थियो । जो मार्क्सले सामाजिक स्थिति एवं समयको संस्कृतिको निम्ति जरूरी सोचेका थिए । मार्क्सका जेनी पट्टि सात सन्तान भए भने एउटा अवैध सन्तान (छोरो) घरकी नोकरनी हेलेन डेमुट्बाट भएको थियो ।[५]

कार्ल मार्क्सको समाधि हाई गेट, लन्डन

डिसेम्बर १८८१ मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्सलाई रूघा खोकिबाट ग्रस्त भएका थिए जसले बिस्तारै ब्रोन्क्राइटिस्ट्को ‍रूप लियो । यस कारण जिन्दगीका अन्तिम १५ महिना अस्वस्थ अवस्थामा नै बिताए र १४ मार्च १८८३ को दिन लन्डनमा उनको देहावसान भयो । उनको परिवार र साथी-भाइले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लन्डनमा नै गरे । मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ-"Workers of the word, unite[६] सांस्कृतिक इतिहासकारहरू कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन् ।[७]

शिक्षा[सम्पादन गर्ने]

मार्क्सका माता-पिता उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिएका थिए । सन् १८३५ मा ट्रायर् जिम्नाजियम् स्कूल (Trier gymnasium school) बाट स्नातक गरेपछि १७ वर्षको उमेरमा बून विश्वविद्यालयमा भर्ना भएका थिए । उनी आफू दर्शन र अङ्ग्रेजी पढ्न् चाहन्थे । तर उनका पिताले कानुन विषय अध्ययनको अधिक व्यवहारिक क्षेत्र भनि जोर दिएका थिए ।[८] सामेल भई एक प्रकारले अगुवा भएको कारण कम अङ्क प्राप्त गरेको कारण उनका पिताले बर्लिन विश्वविद्यालयमा सरुवा गरे जहाँ दर्शन शास्त्र र इतिहासको भ्रमण (excursions)को कारण कानुन विषयको महत्व घट्यो । यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरू लेखे । उनका रचनामा उनका पिताबाट अर्जित उदार तथा धार्मिक भाषाको प्रयोग गरिएकोछ, तर पछि गएर उनी नास्तिक बनेका थिए ।

युवा कार्ल मार्क्स
सन् १८८२मा खिचेको मार्क्सको फोटो

लेखन कार्य[सम्पादन गर्ने]

प्रभाव[सम्पादन गर्ने]

कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर शहरमा जन्मिएका थिए । त्यो शहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधिनस्थ थियो र त्यसवेलासम्म पनि सन् १७८९ मा भएको फ्रान्सेली राज्य क्रान्ति बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए, जुनवेला सम्पूर्ण युरोपमा नयाँ खालको जागरण आइरहेको थियो ।

बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना–आफ्ना साम्राज्यहरू विस्तार गर्न जोरसोरले लागिपरेका थिए र एक–अर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए । पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो ।

यो कमाउ धन्दा बढिरहँदा फ्रान्सेली क्रान्ति ताका लागेका नारा ‘मुक्ति’ ‘समानता’ र ‘ऐक्यबद्धता’ क्रमशः ओझेलमा पर्दै गइरहेका थिए । कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो । त्यो विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी लोकतान्त्रिक व्यवस्था हुँदै साम्यवादतर्फ आकर्षित हुने वातावरण बन्यो ।

मार्क्स राम्रै आर्थिक अवस्था भएको यहुदी परिवारमा जन्मिएका थिए । उनका पिताजी वकिल थिए ।

उनी स्थानीय तहको शिक्षा सकेपछि सर्वप्रथम बोन विश्वविद्यालयमा कानुनको विद्यार्थी बने, त्यसपछि सांस्कृतिक केन्द्रका रूपमा रहेको बर्लिन विश्वविद्यालय गएपछि दार्शनिक जर्ग विल्हिम फ्रेडरिक हेगलका युवा अनुयायीहरूको संगतमा परेपछि इतिहास र दर्शन पढे ।

सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकाले । पत्रिकामा किसानमाथि गरिएको विभेदविरुद्ध लेखिएपछि सरकारले प्रतिबन्ध लगायो र उनलाई देश निकाला । त्यसपछि उनले राजनीतिक अर्थशास्त्र पढ्न थाले खासगरी फ्रेडरिक एंगेल्स लिखित तथा जर्मन–फ्रेन्च एनल्समा प्रकाशित ‘आउटलाइन्स अफ अ क्रिटिक अफ पोलिटिकल इकोनोमी’ पढे ।

त्यो एनल्समा मार्क्सका दुई निबन्ध छापिएका थिए । पहिलो ‘कन्ट्रिब्युसन टु दी क्रिटिक अफ हेगल्स फिलोसोफी अफ ल’ र ‘अन दी जिउइस क्वेस्चन’ । सन् १८४४ मा मार्क्स र एंगेल्सले १० दिन सँगै बसेर ब्रुनो बुयरको ‘सेपरेसन अफ फिलोसोफिकल क्रिटिक’को विपक्षमा ‘दी होली फ्यामेली’ लेखे । त्यहीँदेखि दुईजनाबीच जीवनपर्यन्त सहकार्य सुरु भयो ।

पर्सियन सरकार (हालको जर्मन) सरकारले दबाब दिएपछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र उनी ब्रसेल्समा पुगे । त्यही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्लैन्ड’ छापियो जुन बृहत् अध्ययन तथा वस्तुगत अनुसन्धानका आधारमा आधारित थियो । त्यसपछि एंगेल्ससँगै मार्क्स इंग्लैन्ड पुगे र राजनीतिक अर्थशास्त्र, इंग्लिस समाजवाद पढ्न थाले श्रमजीवि सङ्गठनका नेताकार्यकर्तासँग उठबस गर्न थाले ।

दुईजना मिलेर १८४५ मै जर्मन आइडोलोजी नामक पुस्तक लेखे, तर त्यो पुस्तक भने १९३२ मा मात्र प्रकाशित भयो । १८४८ मा प्रुधोँको आलोचना गर्दै लेखिएको पुस्तक ‘दी पोभर्टी अफ फिलोसोफी’ प्रकशित भयो । ब्रसेल्समा बस्दा मार्क्स सङ्गठन निर्माणको काममा पनि संलग्न भए । त्यही विचार आदान–प्रदानका लागि आदा अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरे ।

त्यही सञ्जाल पछि गएर ‘श्रमजीवी जनताको पहिलो अन्तर्राष्ट्रिय आन्दोलन’का रूपमा स्थापित भयो । ९ जुन अफ १८४७ मा पहिलो सम्मेलन गरेर ‘ओर्किङ म्यान आफ दी अल कन्ट्रिज युनाइट’ घोषणा गरियो । त्यही वर्ष गरिएको दोस्रो सम्मेलनले मार्क्स र एंगेल्सलाई राजनीतिक तथा सैद्धन्तिक कार्यक्रम तयार पार्ने जिम्मा दियो ।

उनीहरूले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारे । घोषणापत्र प्रकाशित भएपछि युरोपमा ठूलो हल्लीखल्ली हुन पुग्यो । ब्रसेल्सबाट निस्कासनमा परेपछि मार्क्स पुनः पेरिस फर्किए त्यसपछि कोलोन पुगे । त्यहाँ उनले, क्लास स्ट्रगल इन फ्रान्स, दी एटिन्थ ब्रुमेएर अफ लुई बोनापार्ट, ‘रिभ्योलुसन एन्ड काउन्टर रिभ्योलुसन इन फ्रान्स’ लेखे । जर्मन र फ्रान्सबाट पुनः लखेटिएपछि १८४९ मा लन्डनमा बस्न थाले र जीवनभर त्यहीँ रहे ।

इतिहास र सिद्धान्त

माक्र्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी माक्र्सवाद भन्छौँ, त्यो कल्पनामा होइन, ऐतिहासिक सत्यतथ्यमा आधारित छ । मार्क्स भन्छन्, ‘मान्छेले आफ्नो इतिहास आफैँ बनाउँछ, कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन (हेर्नुहोस्, दी एटिन्थ ब्रुमेएर अफ लुई बोनापार्ट’को पहिलो अध्याय) ।

त्यो इतिहास वर्गीय शोषण कुन चरणबाट गुज्रिँदै छ भन्ने कुरामा भर पर्छ । साधारणतया ‘उत्पादन पद्धति’, आर्थिक शक्ति र सम्बन्ध तथा उनीहरूबीचको अन्तरविरोध आदिले निर्माण गर्ने वर्ग र समाजमा कसको कस्तो निर्णायक भूमिका रहन्छ भन्ने निर्धारण गर्छ । ऐतिहासिक निर्धारण आर्थिक तथा प्राविधिक विषयले ऐतिहासिक रूपान्तरण गर्नमा तिनको भूमिका, राजनीतिले निर्धारण गर्ने आर्थिक नीति र संस्थागत परिचालनले शोषणका ऐतिहासिकता कस्तो भन्ने तय गर्छ ।

इतिहासका सबै मोडहरूलाई हेरेर नै मार्क्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा ‘अहिले अस्तित्वमा रहेको समाज इतिहासमा भएका अनेक वर्गसंघर्षको उपज’ भने । यो वाक्यले नै माक्र्सले खिचेको क्रान्तिकारी राजनीतिक कार्यक्रमको विचारको खाका प्रस्तुत हुन्छ ।

यही सोचले श्रमजीवी मानिसहरूको आत्म स्वभिमान जगाउने संघर्ष मात्र होइन, सबै प्रकारका शोषण र उत्पीडनबाट मुक्त हुनका लागि संघर्ष गर्न उक्साउँछ । पुँजीवादी आर्थिक तथा सामाजिक विकासमा उत्पादन सम्बन्ध र उत्पादन प्रकृयाको ऐतिहासिकताका आधारमा समाजलाई हेर्ने बुझ्ने क्रममा मार्क्सले शास्त्रीय अर्थशास्त्रको चिरफार गरे ।

त्यो चिरफार र आलोचनाको ऐतिहासिक विवेचनाको सैद्धान्तिक जग मार्क्सकै ‘गु्रन्डरिसे’मा उल्लेख गरिएको पाइन्छ । जो सन् १९७० को दशकममा मात्र अंग्रेजीमा प्रकाशित भयो । मार्क्सले एउट बुद्धिजीवीले गर्ने विश्व व्यवस्थाको ऐतिहासिकताको व्याख्या मात्र पस्किएनन् यसलाई कसरी बदल्न सकिन्छ भन्ने कुरामा आफ्नो ध्यान बढी केन्द्रित गरे ।

बुर्जुवा क्रान्तिका पक्षधरले यो ऐतिहासिकताका आधारमा हेर्ने दृष्किोणको ठूलो विरोध गरेका छन् । उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन प्रक्रिया तथा उत्पादन सम्बन्धको आधारको समाजको व्याख्याको विकल्पमा म्याक्स वैवरले ‘पुँजीवादी समाज र त्यसका क्रियाकलाप बुझ्न सीमान्त उपयोगिताको सिद्धान्तलाई’ प्रारम्भिक औजारका रूपमा प्रयोग गरे । वर्गको व्याख्यालाई उनले राजनीतिक मुद्दाबाट विशुद्ध ‘आर्थिक श्रेणी’मा ओराले । अहिलेसम्मका पुँजीवादी समाजशास्त्रीहरू वैवरकै धरातलमा उभिएर माक्र्सवादको विरोध गर्ने गर्छन् ।

मार्क्सको ‘हिस्टोरिकल म्याटेरियालिजम’ माक्र्सवाद मान्ने र नमान्ने दुवैथरी गम्भीर अध्येताहरूले राम्ररी बुझेका छन् र समर्थन र विरोधमा व्याख्या पस्किएका छन् । जस्तो लेनिन, रोजा, ग्राम्सी र चे ग्वेभारा आदि तीमध्ये प्रमुख हुन् । तर, कतिपय व्याख्या अधुरा र अपुरा रहेको भनाइहरू पनि आइरहेका छन् । क्यापिटलको पहिलो भोलुम छापिएपछि मार्क्सको देहान्त हुन पुग्यो ।

उनका नोटबुक र तत्काल उपलब्ध सामग्रीका आधारमा एंगेल्सले ‘क्यापिटल’को भाग २ र ३ प्रकाशमा ल्याए । यतिवेलासम्म पुँजीका ६ वटा भाग खासगरी जमिन (ल्यान्डेड प्रोपर्टी), ज्यालादारी मजदुरी, वैदेशिक व्यापार, विश्व बजार र संकटमा आधारित ६ भाग प्रकाशित छन् । पछिल्लो एक दशकयता ‘मार्क्स–एंगेल्स संकलनमाला (मेगा)’ गठन गरेर सबै सामग्री खोज्दा राजनीतिक अर्थशास्त्रका १५ वटा भोलुम तयार हुने कुरा प्रकाशमा आएको छ ।

मेगाले विश्व इतिहासको क्रोनोलोजी मात्रै १५ सय पृष्ठ भेटिएको जनाइएको छ । त्यतिवेलाका मार्क्सका साथीभाइ, इष्टमित्र र सामग्रीको तीव्रतासाथ खोजी भइरहेको छ । झन्डै २ सयका हाराहारीमा रहेका डायरी जुन समाज विज्ञान, इतिहास, मानवशास्त्र, प्रकृति विज्ञान र म्याथम्याटिक्ससँग जोडिएका भेटिएको दाबी गरिएको छ ।

यिनले विगतमा अधुराअपूरा रहेका कृति पूरा गर्न, कम व्याख्या भएका र अस्पष्टतालाई प्रस्ट बनाउन र व्यवस्थित गर्न सजिलो हुने जनाइएको छ (हेर्नुहोस्, जोन वेलामी फोस्टरद्वारा लिखित ‘माक्र्स ओपेन इन्डिड क्रिटिक’ मोन्थ्ली रिभ्यू, १ मे २०१८) । यसको अर्थ मार्क्सवाद अपुरो थियो अब पूरा हुने भन्ने अर्थ कदापि होइन । माक्र्सले आफ्नो जमानाको आर्थिक सामाजिक धरातलमा उभिएर गरेका खोज तथा अनुसन्धानले उनका त्यसवेला गरेका तर्कहरूलाई पुष्टि गर्न थप मद्दत पुग्नेछ ।

मार्क्सवादीमा आएको उतारचढाव

मार्क्सवाद ऐतिहासिक वर्ग संघर्षलाई अध्ययन गर्ने विधि हो । विज्ञानप्रविधिको विकासले ल्याउने परिवर्तन अर्को अर्थमा हरेक औद्योगिक क्रान्तिले ल्याउने परिवर्तन, हरेक परिवर्तनभित्र विकसित हुने कामदार शक्ति कसरी निर्माण हुन्छ, त्यो कामदार शक्ति कसरी प्रशिक्षित हुन्छ र कस्ता बाहक वा संगठकले तिनलाई डो-याउँछन् भन्ने कुराले कस्तो वर्ग बन्छ र कस्तो संघर्ष हुन्छ वा हुने सम्भावना रहन्छ भन्ने निर्धारण गर्छ ।

आर्थिक–सामाजिक परिस्थिति, श्रमजीवि शक्तिको प्रशिक्षण, राज्यको नीतिले निर्धारण गर्ने वर्ग संघर्ष र क्रान्तिपछिको रूपान्तरण प्रक्रिया यो अध्ययनसँग जोडिने महत्वपूर्ण कडी हुन् । त्यसैले सिद्धान्ततः मार्क्सवाद वादविवाद वा बहस (डाइलेक्टिक), भौतिकवाद (म्याटेरियालिजम), र इतिहास (हिस्ट्री) सम्मिश्रण हो ।

त्यसैले ठीकठीक विश्लेषण गर्न र एक्सनमा उत्रन त्यति सजिलो छैन त्यसैले माक्र्सको एउटा प्रसिद्ध भनाइ छ, ‘विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन’ । ‘मार्क्सवाद’, बाइबल, कुरान, वा गीता होइन, जसलाई कण्ठस्थ गरेर कथित ‘मुक्ति’ प्राप्त होस् । आजसम्म जेजति समाजवादी क्रान्ति सम्पन्न भए मार्क्सवादी विधिअनुरूप आफ्नो वर्गसंघर्षको इतिहास, तत्कालीन समाजको आर्थिक सामाजिक संरचना, तत्कालीन राज्यको प्रकृति र प्रवृत्ति, समाजमा विद्यमान वर्गसंघर्ष आदिलाई गहिरोसँग केलाएर बहुमत मानिसलाई संगठित संघर्षमा होम्दै सफलता चुमे ।

मार्क्सवादी अध्ययन विधिकै कारण पछिल्ला मार्क्सवादीहरू ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेर क्रान्तिलाई डो-याए । रुसको अक्टोबर क्रान्ति, चिनियाँ जनक्रान्ति वा क्युबाली क्रान्ति सबै आ–आफ्ना परिवेशमा आ–आफ्ना व्याख्या र विश्लेषणका आधारमा सम्पन्न भएका थिए । ती सबैको संघर्षको प्रकृति भिन्नाभिन्नै थियो ।

परिस्थिति र श्रमजीवी सर्वहारा वर्गको सामाजिक र सांस्कृतिक अवस्था भिन्नाभिन्नै थियो । समाजवाद कसरी लागू गर्ने भन्ने विषय कार्यक्रम पनि स्वाभाविक रूपमा फरक–फरक थिए । किनकि पूर्णरूपमा विकसित पुँजीवादी समाजको रूपान्तरण र अर्को पछौटे कृषि प्रधान देशको रूपान्तरण कपी गर्न मिल्दैनथ्यो । ज–जसले नीति निर्माण, कार्यक्रम र विचार हुबहु सार्न कोसिस गरे ती नराम्रोसँग पछारिए । जसले आफ्नो समाज विश्लेषण धरातलीय यथार्थमा रहेर राम्ररी केलाएर अगाडि बढे तिनीहरू सफल भए ।

केही नवउदारवादी पुँजीवादी पक्षधर विद्वानहरूले सोभियत संघ तथा पूर्वी युरोपको विघटनपछि इतिहासको समाप्तिको घोषणा गरे । यसको अर्थ पुँजीवादको विकल्पमा रहेको समाजवादको अन्त्य र सँगसँगै मार्क्सवादको अन्त्य भएको घोषणा गर्ने कसरत थियो त्यो । कसैकसैले मार्क्सवाद विज्ञान र प्रविधिमैत्री नभएको घोषणा पनि गरिदिए । कसैकसैले पुँजीमैत्री नभएकाले विकासमैत्री नभएको आरोप लगाउन चुकेनन् ।

तर, तिनले समग्रतामा के बुझेनन् भने यदि समाजवादले खोजेजस्तो सम्पत्तिको वितरण र पुनर्वितरण अवरुद्ध भयो भने आममानिस उत्पादन र उत्पादनका साधनबाट वञ्चित हुन्छन्, त्यसको अर्थ पुँजी सञ्चिति तथा पुँजी निर्माणसमेत अवरुद्ध हुन्छ । यसको अर्थ सम्पूर्ण वस्तु तथा सेवाको उत्पादन र पुनर्उत्पादनमा नकारात्मक असर पर्छ । त्यसले सम्पूर्ण अर्थतन्त्रमा मात्र होइन, सामाजिक संकट खडा हुन पुग्छ । दोस्रो विज्ञान र प्रविधिको विकास भनेको केही मुट्ठीभर व्यक्तिको धन सञ्चयका लागि कि आमजनताको सन्तुष्टिका लागि ?

मानव निर्मित वैज्ञानिक सिर्जना र प्रविधि विकास उपलब्धि मानव विकासका लागि धन आर्जन गर्ने साधन मात्र ? पुँजीवादीहरू मानवतावादलाई नकार्दै विज्ञान र विकासको निजत्वकरणमा लिप्त हुन्छन् । मार्क्सवाद निजत्वकरणको खिलाप थियो र छ । सम्पूर्ण उपलब्धि समाजका सम्पुर्ण मानिसको जीवन पद्धतिमा सुधार गर्न, सहज बनाउन लक्षित हुनुुपर्छ भन्ने थियो ।

आजसम्मका सबै वैज्ञानिक आविष्कार र विकास व्यक्तिगत निजी सम्पत्ति आर्जनका लागि नभएर समाजकल्याणका खातिर भएका हुन् भन्ने बुझ्न पुँजीवादीहरूले चाहेनन् (हेर्नुहोस् अल्वर्ट आइन्स्टाइन लिखित ‘ह्वाई सोसिलिजम’ अझै पनि मन्थ्ली रिभ्यू अनलाइनमा पढ्न सकिन्छ) ।

मार्क्सवाद अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन योजनाको पोको थिएन भन्ने पनि पुँजीवादीसँगै कथित मार्क्सवादीहरूले पनि बुझेनन् वा बुझ्न चाहेनन् । त्यसैले केही मार्क्सवादीहरूले शासनसत्ता हुँदा गरेका सतही घोषणा, सतही क्रियाकलाप तथा विकृत रूपान्तरणलाई मार्क्सवादसँग जोडेर हेरे । वास्तवमा ती केही मार्क्सलाई बदनाम गर्न चाहने पुँजीवादी र तिनका हिमायतीहरूको औजारजस्तै बन्न पुगे ।

पुँजीवादीहरूलाई एक प्रकारले औडाहा भएको थियो । मार्क्सवादप्रति तिनको ईष्र्या चुलिँदै गएको थियो । मार्क्सवादलाई सिराने हालेर गरिएका २०औँ शताब्दीभरिका क्रान्तिले गरिब, सर्वहारालाई सशक्तीकरण गरेर जमिन तथा फ्याक्ट्रीको मालिक बनाएको थियो । राष्ट्रिय राज्यको निर्माण गर्दै स्वतन्त्र सार्वभौम सत्तासम्पन्न जनताका अधिकारका नाममा साम्राज्यवादविरुद्ध स्वाधीन संघर्ष सञ्चालन गर्न हौस्याएको थियो ।

शिक्षा, स्वास्थ्य रोजगारीमा आमजनताको पहुँच पु-याउन र राज्यको दायित्वको पहिचान बढाउन माक्र्सवाद औजार बन्न पुगेको थियो । दासका रूपमा भित्र्याएका काला जाति र सम्पूर्ण महिलाहरूलाई मतदान दिने आधार मार्क्सवादका नाममा भएका क्रान्तिको अगुवाइमा भएका थिए ।

त्यसले मुट्ठीभर सामन्त तथा पुँजीवादीहरूमा खुम्चिएको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार आमजनताको पहुँचमा पु-याउन अहम् भूमिका खेलेको थियो । पुँजीवादीहरू समाजवादको नामबाट तर्सिनुपर्ने, झोँक्किनुपर्ने, यिनै कारण थिए । समाजवाद समापन हेर्न पुँजीवादीहरू सधैँ मौकाको खोजीमा थिए, छन् र भोलि पनि रहनेछन् ।

मार्क्सवाद माथि उल्लेख गरिएझैँ बहस–वादविवाद, भौतिकवाद र वर्ग संघर्षको समष्टि हो । क्रान्तिपछि जानी–नजानी राज्य पुँजीवादमा लैजानेहरूले बहस र वादविवादलाई प्रतिबन्ध लगाए । यसले भौतिक वस्तु उत्पादनको विकास त सम्भव भयो, तर समाजको सामाजिक रूपान्तरण प्रक्रिया अवरुद्ध हुन पुग्यो । डाइलेक्टिकको अभावमा राज्यमा ब्युरोक्रेसी हाबी हुन पुग्यो ।

डाइलेक्टिक (वादविवाद–बहस)को अभावमा जनवाद मलिन हुन पुग्यो र वर्ग संघर्ष झन् भुत्ते हुन पुग्यो । यसरी समाजवादका नाममा हुर्किएको राज्य पुँजीवाद ढल्नुथ्यो, ढल्यो । त्यो शासन पद्धति जनताको पक्षमा नभएकाले जनताले काँध थापेनन् र अवसान भयो । पुँजीवादीहरूले मार्क्सवाद मरेको प्रचार गरे ।

पूर्वी युरोप र सोभियत संघको विघटनपछि पुँजीवादमा एकपछि अर्को संकट देखा परे । सन् १९९७/९८ को पूर्वी एसियाली वित्तीय संकट, १९९८/९९ को रुस तथा मेक्सिको संकट, सन् २००२ को अर्जेन्टिनी संकट, यी शृंखलाबद्ध संकटहरू एक–अर्कामा गाँसिदै गाँसिदै आइनै रहेका वेला संयुक्त राज्य अमेरिकाका बैंकहरूले वित्तीय संकट निम्त्याए र त्यसले निम्त्यायो संसारव्यापी मन्दी ।

पुँजीवादी अर्थशास्त्री तथा नीतिनिर्माताहरू एक दशकदेखि छताछुल्ल हुन पुगेको पुँजीवादका अवयवहरू बटुलेर टालटुल गर्नमा व्यस्त छन्, तर समाजवादी अर्थशास्त्रीहरू भनिरहेछन्, पुँजीवादमा प्रणालीगत संकट –सिस्टमिक क्राइसिस) आइसकेकोले अब प्रणाली नै फेर्नुपर्छ र विकल्प भनेको समाजवाद नै हो । तर, समाजवादले पुराना गल्तीहरू दोहो-याउनुहुन्न ।

अघिल्लै शताब्दीको अन्तिम वर्षहरूमा नवउदारवादी पुँजीवादविरुद्ध ठुल्ठूला संघर्षहरू भए । समग्र ल्याटिन अमेरिका समाजवादमय बन्न पुग्यो । बोलिभारान क्रान्तिका नाममा ह्युगो चाभेजले दार्शनिक स्तेभान मेस्जारोसको भिजनमा आधारित रहेर २१औँ शताब्दीको समाजवादी कार्यक्रमलाई अगाडि सारे ।

अमेरिकी साम्राज्यवादको नाकैमुनि बोलेभिया, इक्वेडर, अर्जेन्टिना, ब्राजिल, उरुग्वेका श्रमजीवी कामदारहरूको जीवनस्तर ठूलो फड्को मार्ने गरी समाजवादी पार्टीहरू निर्वाचनमार्फत सत्तामा पुगे । कोही सफल देखिए कोही असफल । यद्यपि यो पुनर्जागरणले ल्याटिन अमेरिकामा सशक्त विकल्प प्रस्तुत गरेको छ ।

सन् २००७ देखि २०१० को अवधिमा पूर्वी र पश्चिमी युरोपमा समाजवादको नयाँ जागरण सुरु भएको छ । मार्क्सवादको गम्भीर अध्ययन सुरु भएको छ । पुँजीवादको स्वरूप र विस्तारका बारेमा लेनिन (इम्पेरियालिजम अ हाइअर स्टेज अफ क्यापिटालिज्म), रोजा लक्जेम्बर्ग (क्यापिटल एकुमुलेसन थ्यौरी), माइकल केलेस्की (जेनरल थ्यौरी र थ्यौरी अफ ग्रोथ एन्ड इम्लोइमेन्ट), जुवान रोविन्सन (थ्यौरी अफइम्पफेक्ट कम्पिटिसन), पौल बरान, पौल स्विजी, ह्यारी म्यागडफ (मोनोपोली क्यापिटालिज्म एन्ड स्ट्यागनेसन) आदि माथि गम्भीर बहस र छलफल चल्न थालेका कुरा हिजोआज प्रकाशित पुस्तक, जर्नल आर्टिकल तथा अखबारी लेखनहरूमा पाइन थालेकाले पुष्टि हुन्छ ।

ग्रिसेली अर्थशास्त्री कोस्तास लापाभिताससको ‘प्रोफिट विथआउट प्रोड्युसिङ’ नामक किताबले हामीकहाँ चलेको दलाल पुँजीवादको बहसको झल्को दिन्छ । उनले विस्तारमा त्यसको पछाडिको सैद्धान्तिक जरा केलाएका छन् । डेभिड हार्वे, फ्रेड मोस्ले, माइकल हेनरिचलगायत सयौँ समाजशास्त्री, अर्थशास्त्री तथा राजनीतिशास्त्रीहरू मार्क्सवादको विकासमा भिडेर लागिपरेका देखिन्छन् । हिजोआज पुँजीवादभित्रै दक्षिणपन्थी लोकप्रियतावाद झांगिरहेको छ ।

पुरानो उदारवादलाई नवउदारवादले खायो र नवउदारवादलाई दक्षिणपन्थी लोकप्रियतावादले । नवलोकप्रिय राष्ट्रवादीहरू पुँजीवादी भूमण्डलीकरणका विरुद्ध राष्ट्रवादी पुँजीवादको वकालत गरिरहेका छन् र त्यसका आडमा नश्लवाद, धर्मवाद, जातिवादलाई आड लिने गरेका छन् ।

तिनले फैलाउन सक्ने नरहिंसा, अन्याय, अत्याचार आततायी युद्धका विरुद्ध माक्र्सवादमा आधारित राजनीतिक सङ्गठनको निर्माणको विकल्पमा अरू केही देखिएको छैन । यस अर्थमा मार्क्सवाद अहिलेको संकटबाट माथि उठ्ने ठूलो वैचारिक विधि बन्ने सम्भावना प्रवल देखिएको छ ।

मार्क्सवादको विकास

माक्र्सवादलाई माथि भनिएझैँ धर्मशास्त्र बनाउने होइन । विधिसंगत ढंगले अध्ययनलाई अगाडि बढाउने हो । मार्क्सले भनेझैँ राष्ट्रभित्र रहेका स्रोतसाधहरू (जमिन, श्रमशक्ति, उद्योगधन्दा, पुँजी, वित्त) कसरी परिचालित भएका छन् ? कसरी कसले कसका हितमा उपयोग र दोहन गरिरहेका छन् यसको विधिवत् अध्ययन आवश्यक छ । विगतमा ‘डाइलेक्टिक्सको’ जसरी हत्या हुन पुग्यो अबका दिनमा त्यसो हुन नदिन पुनर्जीवन कसरी दिने, बहस छलफललाई कसरी सङ्गठनको जीवन बनाउने ?

कसरी वर्गसंघर्षलाई क्रान्तिपछि पनि जीवन्त तुल्याउने ? यसको खोजी हुन जरुरी छ । नेपालमा मात्रै होइन, संसारभर, संघर्षको कसरी पहिचान गर्ने भन्ने समस्या देखिएको छ । अमेरिका र युरोपमा काला जातिमाथि गरिएको भेदभाव र घृणा, मुस्लिममाथि फैलाइएका द्वेष, नेपाल, भारत जस्ता देशमा दलित, जनजातिमाथि गरिएका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक भेद र अन्य सीमान्तकृत जनसमुदायलाई गरिएका हिजोदेखिका भेदभावलाई कसरी हटाउने ?

कस्तो अभियानमार्फत, कस्तो आर्थिक तथा सामाजिक रूपान्तरणमार्फत ? यी गम्भीर विषय हुन् । गफ र भाषणले मात्र समाजवाद आउँदैन । ठोस परिस्थितिको ठोस विश्लेषण, परिवर्तनका लागि ठोस योजना, योजना कार्यान्वयनका लागि नयाँ क्रियाशील र कामकाजी संस्थाहरूको व्यवस्थापन आवश्यक हुन्छ ।

नेपालमा वामपन्थीहरूलाई जनताले लहलहैमा लागेर त्यत्तिकै भोट दिएका होइनन्, आमूल परिवर्तनको आसमा दिएका हुन् । यदि उनीहरूलाई यी नाम मात्रका मार्क्सवादी हुन्, यिनले सुधार गर्दैनन् भन्ने लाग्यो भने काँधबाट तल खसालिदिन्छन् जसरी सोभियत सरकारको लास बोक्न कोही सडकमा ओर्लिएनन् ।

अन्य[सम्पादन गर्ने]

श्रोत[सम्पादन गर्ने]

  1. Karl Marx: Critique of the Gotha Program (Marx/Engels Selected Works, Volume Three, p. 13-30;)
  2. In Letter from Karl Marx to Joseph Weydemeyer (MECW Volume 39, p. 58;)
  3. Isaiah Berlin (1996) - Karl Marx: His Life and Environment. ISBN 0-19-510326-2
  4. Peter Singer (2000) - Marx a very short introduction. pp. 5. ISBN 0-19-285405-4
  5. Francis Wheen (2000). Karl Marx. W. W. Norton and Company. प॰ 173. 
  6. See the photograph of the tombstone.
  7. Best, S and Kellner, Douglas (1997). "From the Spectacle to Simulation," The Postmodern Turn, p.(79)
  8. बोनमा Trier Tavern Club drinking society (Landsmannschaft der Treveraner)