फ्रान्सेली राज्यक्रान्ति
फ्रान्सेली राज्यक्रान्ति | |
---|---|
![]() बेस्टाइल कब्जा, १४ जुलाई १७८९ | |
स्थान: | फ्रान्स |
मिति: |
१७८९ मे ५ - १७९९ नोबेम्बर ९ ढाँचा:Start and end dates (ढाँचा:Age in months, weeks and days) |
परिणाम: |
|
फ्रान्समा धेरै पहिलेदेखि निरंकुस शासन चलेको थियो । फ्रान्समा लुई चौधौं योग्य भए पनि उनका छोरा लुई पन्धौं योग्य थिएनन् । लुई चौधौंको मृत्युपछि सन् १७१५ मा ५ बर्षको उमेरमा लुई पन्धौं गद्दिमा बसेका थिए । उनी अयोग्य , विलासी र अदुरदर्शी थिए । सन् १७७४ मा उनको मृत्यु भएपछी उनका छोरा लुई सोह्रौ २० बर्षको उमेरमा गद्दिमा बसे । यी सबै राजाहरु निरंकुस भएकाले जनताहरु राजनीतिक, सामाजिक, आर्थिक आदि रुपमा शोषित थिए ।
सन् १७८९ मा फ्रान्समा निरंकुस शासन व्यबस्थालाई समाप्त गर्न ठुलो क्रान्ति भयो | उक्त क्रान्तिलाई फ्रान्सेली राज्यक्रान्ति भनिन्छ ।
विषयसूची
कारणहरु[सम्पादन गर्ने]
राजनीतिक कारण[सम्पादन गर्ने]
- फ्रान्समा धेरै पहिलेदेखि निरंकुस एबम् स्वेच्छाचारी शासन चलेको थियो । शासकहरू जनहितका काम गर्न छाडीसकेकाले जनताले ठुलो दुख पाएका थिए | उनीहरुलाई कुनै राजनीतिक अधिकार थिएन।
- त्यस समाएको फ्रान्सको संसदलाई इस्टेट जनरल भनिन्थ्यो तर विगत १७५ वर्षआघि ( सन् १६१४ - १७८९ ) सम्म यसको बैठक नबोलाई राजाहरुले मनोमानी एबम स्वेच्छाचारी शासन चलाईरहेका थिए ।
- राजाका आसेपासे तथा दरबारी ऐसआराम तथा भोगबिलाशमा व्यस्त रहने भएकाले जनताको भलाईमा ध्यान दिदैनथे ।
- जनतालाई कुनै राजनीतिक अधिकार थिएन | कुनै पनि व्यक्तिलाई एक आग्यापत्र (letter de-cachet) द्वारा कैद गर्न सकिन्थ्यो ।
सामाजिक कारण[सम्पादन गर्ने]
फ्रान्सको समाज मूलतः सुबिधप्राप्त वर्ग र सुबिधाअप्राप्त वर्गमा विभाजित थियो ।
सुविधा प्राप्त वर्गमा कुलीन तथा पादरीहरु र सुबिधा अप्राप्त वर्गमा मध्यमवर्ग , बौद्दिक वर्ग कालिगढ , व्यापारी , किसन तथा मजदुरवर्ग पर्दथे ।
पादरी तथा कुलीन वर्ग सबै किसिमका सुविधाबाट नजिक थिए । उनीहरुको सामाजिक स्तर उच्च ठानिन्थ्यो। भने अन्य वर्गलाई तल्लो स्तरको ठानेर उनीहरुलाई कुनै पदमा नियुक्ति गरिदैनथ्यो।
पादरी तथा कुलीन वर्ग विशेष सुबिधा उपयोग गर्दथे भने सर्वसाधारणमध्ये किसान तथा मजदूरको अवस्था एकदमै गुज्रेको थियो ।
घटना क्रम[सम्पादन गर्ने]
तत्कालीन फ्रन्सेली राजा लुई सोह्रौले राज्यको ढुकुटीको दुरुपयोग गरी ढुकुटी नै सिध्याएको कारण जनतालाई आधारभूत सेवा दिन नसक्दा आमजनातामा आक्रोश पैदा भई उक्त क्रान्तिको लागि बस्तुगत परिस्थिती अनुकुल बन्न पुग्यो । सन् १७८९ को सुरुवातसँगै फ्रान्सेली स्टेट जनरलका तीन प्रतिनिधि तप्कामा फरक किसिमका अन्तरविरोधहरु देखा पर्न थाले । ती तीन तप्काहरु थिए कुलिन वर्ग, पुरोहित वर्ग र सामान्य जनता । राजाले तीनवटै तप्काका प्रतिनिधिहरुलाई बेवास्ता गर्दै आफ्नो मन्त्रीगण मार्फत राज्य सञ्चालन गर्दा राष्ट्र नै धारासायी बन्न पुगेका कारण क्रान्तिका ज्वारभाटा आउनु र जनआक्रोस बढ्नु स्वाभाविक नै थियो ।
संकट[सम्पादन गर्ने]
फ्रान्सको इतिहासमा नै सबैभन्दा संकट सन् १७८६ को औद्यौगिक संकट र सन् १७८७ र १७८८ मा देशैभरि खडेरी पर्न गई अन्न उत्पादनमा कमी भएको कारणले फ्रान्स भरीनै आर्थिक मन्दी आउनु फ्रान्सेली राज्य क्रान्तिका लागि उर्वर वातावरण बन्दै गएको थियो । अनिकाल र मूल्य वृद्धिका कारण सर्वसाधारण जनता संकटग्रस्त जीवन विताउन वाध्य हुनु नै उक्त क्रान्तिका लागि महत्वपूर्ण आधार बन्यो ।
स्टेट जनरलका कुलिन वर्ग, पुरोहित वर्गहरु पनि सामान्य जनताका प्रतिनिधि जस्तै राजतन्त्र विरुद्ध आक्रोसित बन्दै जानु नै राजतन्त्रको अवशान हुने अर्को मुख्य कारण थियो । अर्कोतर्फ सामान्य जनताको प्रतिनिधि भने पूरै आक्रोशित थिए । लुई सोह्रौले करिव १ सय ५० वर्ष पश्चात बढ्दो आर्थिक संकट समाधान गर्नको लागि भर्साइल स्टेट जनरलको बैठक बोलाउन वाध्य भए ।
स्टेट जनरल बैठक[सम्पादन गर्ने]
उनले भर्साइल स्टेट जनरलका ३ वटै तप्का कुलिन वर्ग, पुरोहित वर्ग र सामान्य जनाताका प्रतिनिधीहरुसँग राष्ट्रको आर्थिक संकटको समाधान गर्ने उपाय खोज्न चाहन्थे । उनको उक्त भर्साइल स्टेट जनरलका बैठकमा प्रस्तावित एजेण्डाहरु मध्यको प्रमुख एजेण्डा राष्ट्रमाथिको बढेको ऋणलाई कसरी चुक्ता गर्ने ? र अर्थ व्यवस्था कसरी सुदृढ गर्ने ? भन्ने थियो ।
उक्त वैठकमा सामान्य जनताका प्रतिनिधिहरु नै लगभग एघार सयको संख्यामा भएकाले उक्त आर्थिक संकटका विरुद्ध, राजा विरुद्ध बढी नै आक्रोशित भए । सामान्य जनताका वकिल र वुद्धिजीवी प्रतिनिधिहरुले राजाका विरुद्ध विभिन्न आरोप लगाउँदै जनताका आवाज उठाएका थिए । ५ मई १७८९ मा सुरु भएको स्टेट जनरलको बैठकमा लगभग २ महिना बहस भएको थियो ।
टेनिस कोर्टको हलमा बैठक[सम्पादन गर्ने]
सामान्य जनताका प्रतिनिधिहरुले लगभग ९६ प्रतिशत स्थान ओगटेकोले जनताको एजेण्डालाई बहुमतद्धारा पारित गर्न चाहन्थे । जनताका एजेण्डा पारित हुने देखेपछि राजाले सामान्य जनताका प्रतिनिधिहरुलाई सदनबाट निष्कासन गरेर कडा कारवाही गर्ने चेतावानी दिए । सामान्य जनताका निस्काशित प्रतिनिधिहरुले एउटा टेनिस कोर्टको हलमा बैठक सञ्चालन गर्न वाध्य भए ।
उक्त बैठकमा फ्रान्सको आर्थिक, सामाजिक र राजनीतिक क्रान्ति गरी नयाँ संविधान जारी नगरेसम्म पछि नहट्ने सपथ खाए । सामान्य जनताका प्रतिनिधिहरुको क्रान्तिकारी निर्णय थाहा पाएपछि लुई १६ औं राजाले उनीहरु विरुद्ध कडा कारवाही गर्ने चुनौतिपूर्ण धम्की दिए । त्यसको बदलामा सामान्य जनताका प्रतिनिधिहरुले राजालाई त्यस्तै धम्की दिँदै भने कि “संगिनको धारबाट सक्छौ भने हामीलाई हटाउ” । उक्त धम्की पछि लुई सोह्रौ डराए । लुई सोह्रौले आफ्नो प्रधानमन्त्री नेकरलाई ती सामान्य जनताका प्रतिनिधिहरु विरुद्ध कारवाही गर्नु भनी आदेश दिए । राजाको आदेश प्रधानमन्त्री नेकरले कार्यान्वयन गर्न नसकेपछि उनलाई प्रधानमन्त्री पदवाट नै बर्खास्त गरे ।
राजा र जनताका बीचमा यस क्रममा नै सहर र ग्रामिण क्षेत्रका विभिन्न इलाकाहरुमा भिषण संघर्ष भयो । राजा उक्त संघर्षमा पराजित हुदै जान थाले पछि वर्खास्त गरिएका प्रधानमन्त्रीलाई पुनःस्थापना गर्दै जनता समक्ष माफी माग्दै उक्त क्रान्तिलाई मान्यता दिन वाध्य भए । कुलिन वर्ग र पादरी वर्गका प्रतिनिधिहरुले समेत जनताका प्रतिनिधिहरुलाई समर्थन गर्न वाध्य भएका थिए । उक्त क्रान्ति मार्फत राजतन्त्र समाप्त भयो र केही समय पछि राजालाई माफ माग्न लगाएर संवैधानिक राजाको रुपमा पुनःस्थापना गराए । सहर र ग्रामिण क्षेत्रका विभिन्न इलाकाहरुमा विभिन्न कम्युन निर्माण गरिए र उक्त कम्युनहरुको एउटा छाता सङ्गठन फेडेरेसन बनाइयो ।
संविधान[सम्पादन गर्ने]
उक्त महान क्रान्तिमा प्रयोग गरिएको नारा ‘भातृत्व, समानता र स्वतन्त्रता’ प्रत्येक नागरिकहरुको मुखबाट कठस्त सुनिन्थ्यो । ‘यहाँबाट स्वतन्त्र धर्तीको सुरुवात हुन्छ’ भन्ने नारा देशका विभिन्न भागहरुमा टाँगिएको थियो । क्रान्ति पछिको निर्मित संविधानमा लेखिएको वाक्याशं ‘डिक्लेरेसन अफ दि राइटस अफ म्यान एण्ड दि सिटिजन The Declaration of the Rights of Man and of the Citizen’ झनै चर्चित थियो । सबै नागरिक जन्मले बराबर हुन्छन् , अधिकार सबैका लागि बराबर हुन्छ ।

उक्त संविधानमा फ्रान्सका राजा एउटा प्रभुसत्ता सम्पन्न राष्ट्रको केवल सेवक हो भन्ने कुरा उल्लेख गरिएका कारण फ्रान्स एउटा सार्वभौम स्वतन्त्र राष्ट्रको रुपमा रुपान्तरण हुन पुग्यो । क्रान्ति पछिको क्रान्तिकारी सरकारले भू–कर, व्यक्तिगत सम्पति माथिको कर, उद्योग तथा व्यापारका लागि लाइसेन्स आदि जस्ता कदम अगाडि सार्दै जनताका कामहरु अगाडि बढाउँदै लगे । यस क्रममा नै संविधान अन्तर्गत रहेका राजाले जनताका प्रतिनिधिहरु र तीनका कार्यक्रमहरुमा षड्यन्त्र गर्न थाले पछि लुई सोह्रौ राजालाई अन्ततः मृत्युदण्ड नै दिनु प¥यो ।
क्रान्तिको विभिन्न चरण[सम्पादन गर्ने]
फ्रान्सेली राज्यक्रान्ति विभिन्न चरण हुदै गयो । अध्ययनको सुविधाको दृष्टिले क्रान्तिलाई निम्नलिखित चार चरणमा बाडेर हेर्न सकिन्छ।
- प्रथम चरण - 1789-1792 ई. संवैधानिक राजतन्त्रको चरण
- द्वितीय चरण - 1792-1794 ई. उग्र गणतन्त्रवादको चरण
- तृतीय चरण - 1794-1799 ई. उदार गणतन्त्रवादको चरण
- चतुर्थ चरण - 1799-1814 ई. तानाशाही एवं साम्राज्यवादी चरण
परिणाम[सम्पादन गर्ने]
- संसारलाई प्रजातन्त्र पाठ सिकाउदै मानवता , स्वतन्त्रता र समानताको नारा दिई प्रजातान्त्रिक आदर्शको घोषणा
- युरोपमा गतिशील रास्ट्रियताको जन्म
- सैन्यवादको विकास
- अधिनायकवादको शुरूआत
- समाजवादको मार्ग प्रशस्त
- मध्यकालीन सामन्ती अवशेष समाप्त पारेर आधुनिक व्यबस्था लागु गर्यो |
- कृषिमा सामन्ती व्यबस्था समाप्त गरि किसानहरुलाई स्वतन्त्र बनेकाले कृषि उत्पादनमा वृद्धि , किसानहरुको जीवन स्तर मा वृद्धि
- कानुनी स्वतन्त्रता एबम समानताको आधारमा सामाजिक तथा आर्थिक सुधार
- धार्मिक स्वतन्त्रता
- संसारभरी नै क्रान्तिको लहर बढ्दै गयो र पुरानो निरंकुस व्यबस्था समाप्त पारेर नया प्रजातान्त्रिक वैधानिक शासन व्यबस्थाको व्यापक प्रचार
- फ्रान्समा अस्थिरता
- नेपोलियनको उदय
इटाली संग को युद्धमा नेपोलियन विजयी भए । उनले मिश्र(इजिप्ट )माथि पनि आक्रमण गरे । बिभिन्न युद्ध मा विजयी भएकाले उनको लोक प्रियाता बढ्यो ।त्यसैले सन् १७९९ मा बनेको संबिधान अनुसार नेपोलियन फ्रान्सको कन्सुल (राज्य सल्लाहकार ) बने । कन्सुल बनेपछि उनक्ले राज्यको आन्तरिक अवस्था ठीक गरे । उनले अनेकौ सुधार गारी फ्रान्सको आर्थिक, धार्मिक तथा सामाजिक स्थिति दह्रो बनाए । नेपोलियनको लोकप्रियता थप बढ्न थाल्यो । र १८०४ मा नेपोलियन फरासको सम्राट बने ।यस प्रकार फ्रान्समा पुनः राजतन्त्र कायम हुन गयो ।
ला मार्सेलाइज[सम्पादन गर्ने]
![]() |
|
यो फाइल सुन्नमा समस्या भएको छ? मिडिया सहायता हेर्नुहोस् |
"ला मार्सेलाइज" (फ्रेञ्च उच्चारण: [la maʁsɛjɛːz]) फ्रान्सको राष्ट्रिय गान बन्यो। यो गीत "क्लाउड जोसेफ रूजेट डी लिस्ले" ले १७९२ मा रचना गरेका हुन् । फ्रान्सको राष्ट्रिय सभाले यसलाई १७९५ मा राष्ट्रिय गानको रुपमा स्वीकार गर्यो ।