नेपोलियन तृतीय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
नेपोलियन तृतीय

नेपोलियन तृतीय (बोनपार्ट्, लुई) (सन् १८०८-१८७३) - सन् १८५२ देखि १८७० सम्म फ्रान्सका सम्राट, नेपोलियन प्रथमका भतीजा हुन्। सन् १८४८ को क्रान्तिको पराजयपछि उनी दोस्रो फ्रान्सेली साम्राज्य फ्रान्स गणतन्त्रको राष्ट्रपति निर्वाचित भएका थिए । सन् १८९१ को २ डिसेम्बरको राती राजकीय सत्ता पल्टाएर उनले सिंहासन हत्याएका थिए । [१]

जीवनी[सम्पादन गर्ने]

लुई नेपोलियनको जन्म २० अप्रिल १८०८ मा पेरिसमा भएको थियो। त्यस समय उनका काका नेपोलियन महान् आफ्नो गौरवको शिखरमा थिए। नेपोलियन सत्ताच्युत हुँदा नेपोलियन आफ्नो आमा सँग स्विजरल्यान्ड पलायन भएका थिए। उनको शिक्षादीक्षा उनको आमाको रेखदेखमा भयो। केही समयसम्म जर्मनी तथा इटलीमा पनि बसे। लुई नेपोलियनको शिक्षा दीक्षा त्यस्तो वातावरणमा जहाँ उनको पारिवारिक परम्परा फ्रेन्च क्रान्ति र राष्ट्रियताको पर्यायवाची बनेका थिए। फ्रान्सबाट भियनाको व्यवस्था समाप्त गरि बोनापार्ट वंशीय शासन स्थापित गर्नु करना लुई नेपोलियनको जीवन लक्ष्य बन्यो। इटलीको क्रान्ति कारी दल कारबोनारीको सदस्यको हैसियतले लुई नेपोलियनले पोप विरूद्ध भएको १८३१ को असफल आन्दोलनमा भाग लिएका थिए। लुई नेपोलियनले स्ट्रासवर्ग (Strasbourg)को दुर्गरक्षक द्वारा एक असफल विद्रोह गराए जसको परिमाणस्वरूप फ्रान्सको शासक लुई फिलिपद्वारा उनलाई अमेरिका पठाइयो। त्यहाँबाट उनले १८३७ मा स्वीजरल्यान्ड फर्किए र १८३८ मा इङ्ल्यान्ड पुगे।

सन् १८३९ मा लुई नेपोलियनले एक पुस्तकको रचना गरे जसमा नेपोलियन बोनापर्टको विचारलाई गरि "बोनापर्टवाद", समाजवाद र शान्तिवादको मिश्रणलाई युरोपेली समाजमा परिचित गराए। यस रचनाको परिणाम स्वरूप सम्पूर्ण फ्रान्समा नेपोलियनलाई लिएर केही कुराहरू चल्ब थाल्यो। नेपोलियनलाई अजेय बताइयो र उनको पराजयलाई शत्रुहरूको षड्यन्त्र मात्र लिइयो। तत्कालीन फ्रेन्च शासक लुई फिलिपले पनि औपचारिक रूपमा यस तथ्यलाई संमुख आफ्नो आस्था प्रकट गरे तथा अगस्ट, १८४० ई. मा सेन्ट हेलेनाबाट नेपोलियन महानको अस्तु फिर्ता ल्याएर उनलाई पूर्ण पवित्रताको साथ स्थापित गराए। यस समय लुई नेपोलियन बोलोन (Boulogne) मा सैनिक विद्रोह गराउन असफल भए र बन्दी बनाइएर हेगको किल्लामा कैद भए। कारागारमा लुईले राजनीतिक र सामाजिक विषयहरूमा केही पुस्तक लेखे। ६ वर्ष पछि सन् १८४६ मा कैद बाट मुक्त भएर लन्डनमा शरण लिए।

स्रोतहरू[सम्पादन गर्ने]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८२-४८९