एमानुएल माक्रोँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एमानुएल माक्रोँ
Emmanuel Macron in 2019.jpg
सन् २०१९ मा, माक्रोँ
फ्रान्सका राष्ट्रपति
पद बहाली
१४ मे २०१७
प्रधानमन्त्री
पूर्वाधिकारीफ्रँस्वा ओलँद
अर्थव्यवस्था र वित्त मन्त्रालय (फ्रान्स)
कार्यकाल
२६ अगस्त २०१४ – ३० अगस्त २०१६
प्रधानमन्त्रीमानुएल भाल्स
पूर्वाधिकारीआर्नो मोँत्बुर
उतराधिकारीमिसेल सापेँ
अन्य...
व्यक्तिगत विवरण
जन्मएमानुएल जँ-मिसेल फ्रेदेरिक माक्रोँ
(१९७७-१२-२१) २१ डिसेम्बर १९७७ (उमेर ४३)
आम्येँ, फ्रान्स
राजनीतिक पार्टीला रेपुब्लिक एन मार्च (सन् २०१६–हाल)
अन्य राजनीतिक
संलग्नता
जीवन साथी(हरू)
अभिभावक(हरू)
निवासएलिजे दरबार
मातृ शिक्षाप्रतिष्ठान
हस्ताक्षर
वेबसाइटElysee website

एमानुएल माक्रोँ (फ्रान्सेली: [emanɥɛl ʒɑ̃ miʃɛl fʁedeʁik makʁɔ̃]; (उच्चारण:एमानुएल जँ मिसेल माक्रोँ) जन्म सन् १९७७ डिसेम्बर २१) फ्रान्सका राजनीतिज्ञ र राष्ट्रपति हुन्।[१] ३९ वर्षको उमेरमा फ्रान्सको राष्ट्रपति पदमा निर्वाचित भएर उनी सबैभन्दा कम उमेरमा राष्ट्रपति बन्न सफल भएका थिए।[२] सन् १९५८ मा फ्रान्समा गणतन्त्र स्थापना भएपछि त्यहाँका दुई प्रमुख परम्परागत राजनीतिक दलबाट राष्ट्रपति चयन हुँदै आएकोमा उनी अर्कै राजनीतिक दलको नेतृत्व गरेर निर्वाचित हुने पहिलो राजनीतिज्ञ हुन्। माक्रोँ युरोप समर्थक मध्यमार्गी नेता मानिन्छन्।[३]

राष्ट्रपति निर्वाचन[सम्पादन गर्ने]

माक्रोँले राष्ट्रपति निर्वचनमा कुल मतको ६५ प्रतिशत मत प्राप्त गरेका थिए। उनी पेशाले एक व्यापारी र युरोपेली सङ्घका समर्थक हुन्। माक्रोँसँग पराजित भएकी राष्ट्रपति उम्मेदवारकी प्रत्यासी पेनले राष्ट्रवादी नारा 'फ्रान्स पहिले' भन्दै आप्रवासीहरूको विरोध गरेकी थिइन्।

राजनैतिक जीवन[सम्पादन गर्ने]

सन् २०१२ मा जी-२० बैठकमा

माक्रोँलाई धेरैले मध्यमार्गी नेताको रूपमा चिन्ने गर्छन्। [४][५][६][७][८][९] केही अवलोकनकर्ताहरूले उनलाई सामाजिक उदारवादीको रूपमा व्याख्या गर्ने गरेका छन्[१०][११][१२][१३][१४] र अन्यले उनलाई सामाजवादी प्रजातन्त्रवादी नेताको रूपमा हेर्छन्।[१५][१६][१७] उनेी फ्रान्सको समाजवादी दलमा रहँदा उनले पार्टीको मध्यमार्गी नीतिलाई समर्थन गर्ने गरेका थिए।[१८] उनको राजनैतिक झुकाव बिल क्लिन्टन, टोनी ब्लेयरगेहार्ड स्क्रोडरको 'तेश्रो मार्ग' तर्फ थियो।[१९][२०][२१][२२]

अर्थतन्त्र[सम्पादन गर्ने]

माक्रोँले खुला बजार अर्थतन्त्रको पक्षमा मत राख्छन् र सार्वजनिक वित्तीय घाटा कम गर्न विश्वास गर्छन्।[२३] उनले सन् २०१५ को एक अन्तर्वार्तामा पहिलो पटक आफैँले आफुलाई 'उदारवादी' भनि भनेका थिए। उनले आफुलाई सामूहिक एकताको पक्षधर भएको र दक्षिणपन्थीबामपन्थी नभएको भनेका थिए।[२४][२५]

माक्रोँ कर कटौतीका पक्षधर समेत हुन्। उनले सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा करको दर ३३.३% बाट २५% मा झार्ने प्रस्ताव गरेका थिए। माक्रोँ लगानी आयको कर पनि हटाउन चाहन्छन्।[२६] माक्रोँले फ्रान्सको १ करोड ८० लाख घरलाई पनि स्थानीय आवासीय करबाट मुक्त गर्न चाहन्थे र आफ्नो २०१७ राष्ट्रपतीय निर्वाचनमा यसलाई 'अनुचित'को रूपमा प्रस्तुत गरेका थिए।[२७][२८][२९]

विदेश नीति[सम्पादन गर्ने]

जी-सेभेन नेताहरू
बेस्टाइल दिवस, जुलाई २०१७ को पूर्व सन्ध्यामा माक्रोँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

माक्रोँले अल्जेरियामाथि फ्रान्सको उपनिवेशकरणलाई 'मानवता विरुद्धको अपराध' भनी व्याख्या गरेका थिए।[३०][३१]

सन् २०१७ जनवरीमा, उनले फ्रान्सलाई बसर अल असदसँग वार्ता गर्नुपर्ने सहितको अझ बढी सन्तुलित नीतिको आवश्यकता रहेको बताएका थिए।[३२] सन् २०१७ अप्रिलमा, रासायनिक हमाला भएपछि माक्रोँले असद सरकारविरुद्ध संयुक्त राष्ट्रको मातहतमा रहेर सैन्य हस्तक्षेप गर्ने प्रस्ताव गरेका थिए।[३३] उनले यदि सिरियाली सत्ताले रासायनिक हतियारको प्रयोग गरेमा उनले सजाय दिने चेतावनी पनि दिएका थिए।[३४]

उनले राष्ट्रपति फ्राँस्वा होलान्दको इजरायल नीतिलाई निरन्तरता दिए र प्यालेस्टाइनलाई मान्यता दिन अस्वीकार गरेका थिए।[३५] सन् २०१८ मे महिनामा, माक्रोँले गाजा सिमा क्षेत्रमा विरोध प्रदर्शनको क्रममा प्यालेस्टाइनी विरुद्ध इजरायली सशस्त्र बलले गरेको हिंसाको निन्दा गरेका थिए।[३६]

आप्रवासन[सम्पादन गर्ने]

माक्रोँले जर्मनीमा एन्जेला मर्केल जस्तै मध्य पूर्व र अफ्रिकाका आप्रवासीको लागि खुला ढोका नीतिको समर्थन गर्छन्।[३७] उनले फ्रान्समा आप्रवासी र मुसलमानप्रति सहिष्णुताको प्रवर्द्धन गर्छन्।[३८][३९] माक्रोँले आप्रवासीहरूलाई स्थापित गर्न सक्ने र युरोपमा उनीहरूलाई स्वागत गर्न सक्ने फ्रान्सको क्षमताप्रति विश्वास गरेका छन्। उनीहरूको आगमनले सकारात्मक आर्थिक प्रभाव पर्ने उनको विश्वास छ।[४०]

धर्म निरपेक्षता[सम्पादन गर्ने]

माक्रोँ धर्म निरपेक्षताको सिद्धान्तका पक्षधर हुन्। उनले सबैलाई सम्मानपूर्वक आफ्नो धर्म मान्न दिनु हाम्रो दायित्व रहेको बताएका छन्।[४१] सन् २०१६ जुलाईको एक बैठकमा माक्रोंले विश्वविद्यालयमा मुस्लिम हिजाबमा प्रतिबन्ध गर्ने बारे उनले व्यक्तिगत रुपमा, नयाँ पाठ्यपुस्तक, नयाँ कानून, नयाँ मापदण्ड बनाउन पर्छ भन्नेमा विश्वास नगर्ने गरेको मत राखेका थिए।"[४२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "फ्रान्सको राष्ट्रपतिमा एमानुएल माक्रों विजयी"रेडियो कान्तिपुर। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  2. "फ्रान्समा सबैभन्दा कम उमेरका राष्ट्रपति उम्मेदवार जितको दिशातिर"। पहिलो पोस्ट। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  3. "माक्रोँ: ट्रम्प फौज फिर्ता नगर्न सहमत"। बीबीसी नेपाली। सङ्ग्रह मिति १० डिसेम्बर २०२० 
  4. "France's Macron Joins Presidential Race to 'Unblock France'", BBC, UK, १६ नोभेम्बर २०१६, अन्तिम पहुँच २६ अप्रिल २०१७ 
  5. "French election: Far right Marine Le Pen and centrist Emmanuel Macron through to final round", London Evening Standard, २४ अप्रिल २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७ 
  6. "France's Fillon overtakes centrist Macron in election ratings – poll", Reuters, २१ फेब्रुअरी २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७ 
  7. "Centrist Macron and far-right Le Pen in French presidency fight", The Scotsman, २४ अप्रिल २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७ 
  8. "France election: Centrist rising star Macron urges unity", BBC News, ४ फेब्रुअरी २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७ 
  9. "Right-wing Le Pen claims victory alongside centrist Macron for French presidential runoff, with E.U. future at stake", The Washington Post, २३ अप्रिल २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७ 
  10. "Macron ou la "révolution passive" des élites françaises", Slate (फ्रान्सेलीमा), २९ मे २०१६, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  11. "Valls II: social-démocrate ou social-libéral ?", Libération (फ्रान्सेलीमा), २७ अगस्ट २०१४, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  12. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named unBanquier
  13. Jalabert, Pascal, "La ligne social libérale passe par Macron", Est Républicain (फ्रान्सेलीमा), अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  14. "Macron, l'anti-Montebourg" (फ्रान्सेलीमा), leJDD.fr, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  15. "Nommé à Bercy, l'ancien banquier Emmanuel Macron fait consensus", Le Point, २७ अगस्ट २०१४, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  16. Biseau, Grégoire; Allemagna, Lilian (२६ अगस्ट २०१४), "Valls et les jeunes loups hollandais", Libération, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  17. "Ils ont marqué 2012 : Emmanuel Macron, l'enfant prodige de l'Elysée", Tempsreel.nouvelobs.com, २८ डिसेम्बर २०१२, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  18. "Gauche, droite, centre... qui peut s'allier à Macron?", Bfmtv.com, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  19. "C'est la confiance des entreprises que Manuel Valls doit vraiment obtenir", Slate, १७ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  20. "Manuel Valls, c'est le blairisme, mais plus à droite encore", Tempsreel.nouvelobs.com, २९ अगस्ट २०१४, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  21. Perrineau, Pascal (२०१६), "Les droites en France à l'horizon de 2017", Le Débat 191 (4/191): 113–20, डिओआई:10.3917/deba.191.0113 
  22. "Valls and Macron have much in common...apart from their poll ratings", Financial Times, १२ जनवरी २०१६, अन्तिम पहुँच ८ फेब्रुअरी २०१७ 
  23. "Avec Macron, l'Elysée décroche le poupon", Libération, १७ सेप्टेम्बर २०१२, मूलबाट ७ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  24. "Emmanuel Macron: "Le libéralisme est une valeur de la gauche"", Le Monde, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  25. "Emmanuel Macron, l'homme qui excelle pour ne pas répondre aux questions" (फ्रान्सेलीमा), Marianne.net, ४ सेप्टेम्बर २०१६, मूलबाट १५ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  26. "Macron Sets Out Tax Policies For France", tax-news.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ जुलाई २०१७ 
  27. France, Connexion, "Macron's planned tax reforms and you", connexionfrance.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ जुलाई २०१७ 
  28. "Taxe d'habitation: Macron avait bien promis son exonération "en début de quinquennat"", Le Huffington Post, अन्तिम पहुँच २२ जुलाई २०१७ 
  29. "Comment Macron compte supprimer la taxe d'habitation pour 80% des Français" (fr-FRमा), अन्तिम पहुँच २२ जुलाई २०१७ 
  30. "Emmanuel Macron loses lead in French election polls after remarks on colonial Algeria and gay marriage spark outrage", The Daily Telegraph, १८ फेब्रुअरी २०१७, अन्तिम पहुँच २५ अप्रिल २०१७ 
  31. Genin, Aaron (२०१९-०४-३०), "FRANCE RESETS AFRICAN RELATIONS: A POTENTIAL LESSON FOR PRESIDENT TRUMP", The California Review (en-USमा), अन्तिम पहुँच २०१९-०५-०१ 
  32. "France's presidential hopeful Macron pushes for Syria talks", Fox News Channel, २४ जनवरी २०१७। 
  33. Valens, Marco (७ अप्रिल २०१७), "Le Pen 'Shocked' By Trump's Decision to Hit Syria, Macron Urges Military Intervention", The Issue, अन्तिम पहुँच २५ अप्रिल २०१७ 
  34. Sophie Pedder (३० सेप्टेम्बर २०१७), "President Macron wants France to play a bigger part in Europe", The Economist 
  35. "Emmanuel Macron: "Faire de la destitution d'Assad un préalable à tout a été une erreur"", Le Monde (फ्रान्सेलीमा), २४ जनवरी २०१७, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  36. "France's Macron condemns Gaza violence, to call Israeli PM Tuesday". Reuters. 14 May 2018.
  37. "Accueil des réfugiés : "Un devoir" pour Macron", Le Parisien (Frenchमा), अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  38. "Accueil des réfugiés : "Un devoir" pour Macron", Le Parisien (Frenchमा), अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  39. Rubin, Alissa J. (१९ अप्रिल २०१७), "Macron Wants to Change France. But Will Voters Elect an Unknown?", The New York Times, आइएसएसएन 0362-4331, अन्तिम पहुँच २४ अप्रिल २०१७ 
  40. "Macron : "L'arrivée de réfugiés est une opportunité économique"", Le Figaro, अन्तिम पहुँच १ फेब्रुअरी २०१७ 
  41. Rose, Michel (१८ अक्टोबर २०१६), "Macron outlines vision of French Islam, drops more ambition hints", Reuters, अन्तिम पहुँच २५ अप्रिल २०१७ 
  42. "Voile à l'université: Macron prend le contre-pied de Valls", Le Figaro (फ्रान्सेलीमा), १२ जुलाई २०१६, अन्तिम पहुँच १ फेब्रुअरी २०१७